For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

विचार

byDainik Nepalgunj
April 1, 2026
in विचार
0 0
0
विचार
Share on FacebookShare on Twitter

नेपालको लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक निर्वाचन जनताको सार्वभौम अधिकारको अभ्यास मात्र नभई शासन प्रणाली प्रतिको विश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम पनि हो । वि.सं. २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन पनि यही लोकतान्त्रिक अभ्यासको निरन्तरता हो, जसले जनप्रतिनिधि मार्फत शासन सञ्चालनको वैधता र उत्तरदायित्वलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । निर्वाचन सम्पन्न भएसँगै विभिन्न निर्वाचन क्षेत्रबाट प्राप्त मत परिणामले जनताको अभिमत प्रतिबिम्बित गरेको छ भने निर्वाचनको समग्र प्रक्रिया, व्यवस्थापन, सहभागिता तथा निष्पक्षताबारे पनि मूल्याङ्कन आवश्यक हुन्छ ।

यस निर्वाचनमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न निर्वाचन आयोग लगायत राज्यका विभिन्न निकायहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । निर्वाचन व्यवस्थापन देखि सुरक्षा प्रबन्ध, मतदान प्रक्रिया सञ्चालन, मतपेटिका संकलन तथा मतगणनासम्मका सम्पूर्ण चरणमा सम्बन्धित निकायहरूको सक्रियता देखिएको थियो । विशेषगरी सुरक्षा निकाय, प्रशासन, निर्वाचन व्यवस्थापनसँग सम्बन्धित निकायहरू बीच समन्वयका कारण अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सकेको देखिन्छ । यद्यपि केही स्थानमा देखिएका छिटपुट समस्या र आचारसंहिता उल्लंघनका घटनाले स्वच्छ निर्वाचन सुनिश्चित गर्न अझै सुधार आवश्यक रहेको संकेत पनि गरेको छ ।

लुम्बिनी प्रदेशका १२ जिल्ला—बर्दिया, बाँके, दाङ, रोल्पा, प्यूठान, रुकुम पूर्व, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची र पश्चिम नवलपरासी—मा सम्पन्न उक्त निर्वाचन समग्रमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको देखिन्छ । निर्वाचनका क्रममा विभिन्न जिल्लाबाट प्राप्त अवलोकन, सूचना तथा तथ्यांकका आधारमा हेर्दा निर्वाचन प्रक्रियामा व्यापक जनसहभागिता देखिएको छ भने केही संरचनागत तथा व्यवस्थापन सम्बन्धी चुनौतीहरू पनि उजागर भएका छन् । केही मतदाताले मतदाता परिचय पत्र भएर पनि निर्वाचन आयोगको कमजोरीका कारण मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्नबाट बन्चित भए । कतिपय मतदाताको नाम दुई जिल्लामा रहेको पनि पाईयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा कुल ३३ लाख ८६ हजार ६८० मतदाता कायम रहेका थिए । तीमध्ये १७ लाख १५ हजार १६३ पुरुष, १६ लाख ७१ हजार ४७९ महिला र ३८ जना अन्य मतदाता रहेका थिए । प्रदेशका १२ जिल्लामा रहेका २६ निर्वाचन क्षेत्रमा झण्डै ६ सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए, जसमा ३९४ जना राजनीतिक दलका उम्मेदवार र २०५ जना स्वतन्त्र उम्मेदवार थिए । कुल उम्मेदवारमध्ये ५४३ पुरुष र ५६ महिला उम्मेदवार रहेका थिए, जसले अझै पनि महिला सहभागिता अपेक्षाकृत न्यून रहेको देखाउँछ । प्रदेशभर १ हजार ६७१ मतदान स्थल र ३ हजार ९९८ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

प्रदेशभर खसेको कुल १९ लाख ५२ हजार ८६४ मतमध्ये १ लाख २ हजार ९५६ मत बदर भएको थियो, जुन करिब ५.२७ प्रतिशत हुन आउँछ । यो प्रतिशतले मतदाता शिक्षाको अभाव र मतदान प्रक्रियाबारे पर्याप्त जानकारी नपुगेको अवस्थालाई संकेत गर्दछ । मत परिणामले विभिन्न निर्वाचन क्षेत्रमा जनताको मताधिकार प्रयोगको स्तर र राजनीतिक प्रतिस्पर्धाको अवस्थालाई प्रतिविम्बित गरे पनि समग्र विश्लेषण गर्दा सहभागिता सन्तोषजनक देखिन्छ ।

जिल्लागत रूपमा हेर्दा रुपन्देहीमा करिब ६५ प्रतिशत मतदान भएको पाईयो । रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको थियो भने मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको थियो । पश्चिम नवलपरासीमा कुल मतदातामध्ये ६७.८ प्रतिशतले मतदान गरेका थिए र सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो । दाङमा ५८.३३ प्रतिशत मतदान भएको थियो । समग्रमा निर्वाचन शान्तिपूर्ण भए पनि बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका केही स्थानमा स्थानीय समस्या समाधान नभएको भन्दै मतदान बहिष्कार गरिएको थियो, जसका कारण एक मतदान केन्द्रमा शून्य मत खसेको र अर्कोमा अत्यन्त न्यून मत खसेको देखियो । साथै एक स्थानमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाले निष्क्रिय पारेर मतदान प्रक्रिया सुरक्षित बनाएको थियो ।

रोल्पामा ४६.३९ प्रतिशत मतदान भएको थियो । मतदान शान्तिपूर्ण रूपमा भए पनि एक मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ता बीच झडप भई दुई जना घाइते भएका थिए, यद्यपि मतदान प्रक्रिया अवरुद्ध भएन । पाल्पामा ५५.५४ प्रतिशत मतदान भएको थियो र महिला मतदाताको उल्लेख्य सहभागिता देखिएको थियो । केही मतदान स्थल साँघुरो हुँदा व्यवस्थापनमा कठिनाइ देखिएको थियो । गुल्मीमा ५१.३६ प्रतिशत मतदान भएको थियो र केही स्थानमा सामान्य ढिलाइ भए पनि समग्र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो । अर्घाखाँचीमा ४९.५१ प्रतिशत मतदान भएको थियो र त्यहाँ ज्येष्ठ नागरिक, बिरामी तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज व्यवस्था मिलाइएको पाईयो । प्यूठान जिल्लामा ५१.१६ प्रतिशत मतदान भएको थियो र सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।

बर्दियामा ६०.६० प्रतिशत मतदान भएको थियो र दुवै निर्वाचन क्षेत्रमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पाइयो । बाँकेमा ६३.४६ प्रतिशत मतदान भएको थियो । एक स्थानमा बम फेला परेपछि केही समय मतदान प्रभावित भए पनि निष्क्रिय पारेर प्रक्रिया सञ्चालन गरिएको थियो । अर्को स्थानमा मतदान केन्द्र नजिक कार्यकर्ता भोज आयोजना गरिएको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको थियो ।

कपिलवस्तुमा ६३.६३ प्रतिशत मतदान भएको थियो र महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको थियो । रुकुम पूर्वमा करिब ५१ प्रतिशत मतदान भएको थियो र विकट भौगोलिक अवस्थाका कारण मतपेटिका हेलिकप्टरमार्फत संकलन गरिएको थियो ।

यस निर्वाचनका सकारात्मक पक्षहरूमा विगतको तुलनामा कम तडकभडक, कम होहल्ला, प्रचारप्रसारमा सामाजिक सञ्जालको बढ्दो प्रयोग, सार्वजनिक स्थानमा पोस्टर, पम्प्लेट र झण्डाको न्यून प्रयोग, तथा महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि राम्रो व्यवस्थापन प्रमुख रूपमा देखिएका छन् । अधिकांश मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु हुनु र मतदाताको उल्लेख्य सहभागिता हुनु सकारात्मक संकेत हुन् । यसै गरि मतदाता प्रक्रियामा युवाको सक्रिय सहभागिता, राजनैतिक चेतमा अभिबृद्धि पनि सकारात्मक पक्ष देखिए । यसै गरि मतदाताको चेतनाको स्तरमा बृद्धि, बिगतमा जस्तो घर परिवार वा मुलि ब्यक्तिको प्रभावमा मतदान गर्ने प्रबृत्तिमा पनि सुधार भएको पाईयो ।

यद्यपि केही चुनौतीहरू पनि स्पष्ट रूपमा देखिएका छन् । कतिपय स्थानमा सुरक्षाकर्मीबाट पत्रकार र पर्यवेक्षकहरूसँग व्यवहार सन्तोषजनक नभएको गुनासो आएको छ । ५.२७ प्रतिशत मत बदर हुनु मतदाता शिक्षाको कमीलाई देखाउँछ । निर्वाचनमा खटिएका कर्मचारीहरूमा समान बुझाइको अभाव, आचारसंहिता अनुगमनको कमजोरी तथा सामाजिक सञ्जालमार्फत हुने प्रचारको प्रभावकारी नियमनको अभाव पनि चुनौतीका रूपमा देखिएका छन् ।

अन्ततः लुम्बिनी प्रदेशमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ समग्रमा शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक अभ्यासको रूपमा सफल देखिन्छ । तथापि, स्वच्छ, निष्पक्ष र समावेशी निर्वाचन सुनिश्चित गर्न मतदाता शिक्षा, कर्मचारी क्षमता अभिवृद्धि, आचारसंहिता कार्यान्वयन, र प्रविधिमैत्री अनुगमन प्रणालीको सुदृढीकरण अपरिहार्य देखिन्छ । भविष्यका निर्वाचनहरूलाई अझ पारदर्शी, विश्वसनीय र सहभागितामूलक बनाउन सम्बन्धित सबै निकायहरूको समन्वित प्रयास आवश्यक छ ।

Previous Post

चार हजार बढीको काटियो लाइन

Next Post

गाउँमा आएन डिपबोरिङमा पानी

Next Post
बाँकेको फत्तेपुरका घरमा स्वच्छ पेयजलको सुविधा

गाउँमा आएन डिपबोरिङमा पानी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

बाँके एसपी ‘सर्वोत्कृष्ट प्रहरी’

April 23, 2026
नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

नेपालगन्जमा ब्राउन सुगर र ट्रामाडोलसहित दुई पक्राउ

April 22, 2026
आगलागीको प्रमुख कारण विद्युतीय

आगलागीको प्रमुख कारण विद्युतीय

April 22, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

होर्मुजमा गोलीकाण्डपछि वार्ता सङ्कटमा

April 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version