For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

मानव–वन्यजन्तुबीचको लडाई कहिलेसम्म ?

byDainik Nepalgunj
August 14, 2024
in News, मुख्य समाचार
0 0
0
जैविक मार्गको अवरोधले मानव–जीवजन्तुबीचको द्वन्द्व बढ्दै
Share on FacebookShare on Twitter

भावुक योगी

आन्तरिक र बाह््य पर्यटकहरू बाघ हेर्न चितवनपछि बर्दिया राष्ट्रिय निकुञ्जलाई रोज्ने गर्छन् । बर्दियामा पछिल्लो समय पाटे बाघ लगायतका वन्यजन्तुहरूको संख्या बढ्दै गएको छ । निकुञ्जसंग जोडिएका सामुदायिक वन र खाता जैविक मार्ग क्षेत्रमा बाघको प्रवेश बढेको छ ।

बाघ बर्दिया निकुञ्जको पहिलो आकर्षक वन्यजन्तु भएको छ । निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा जैविक मार्ग क्षेत्रका वनबाट आएका बँदेल, निलगाई र बाँदरले किसानहरूको अन्नबाली वर्षेनी नष्ट गरिरहेका छन् ।

बाघ र चितुवाले हरेक वर्ष घरपालुवा पशुचौपाया खाने र जंगली हात्तीले घरगोठ भत्काउने, अन्नबाली क्षति गर्ने क्रम पनि जारी छ । यी वन्यजन्तुको आक्रमणबाट मानविय क्षति पनि बढेको छ । आक्रोशित स्थानीयबासीले बाघ र जंगली हात्ती मारेका घटना पनि त्यत्तिकै छन् ।

संरक्षणका क्षेत्रमा नेपाल अन्तर्राष्ट्रिय रूपमै चर्चित छ । यो चर्चासँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व पनि बढ्न थालेको छ । विशेषगरी बाघले मानिसको ज्यान लिने र मानिसले बाघ मार्ने त्यत्तिकै छ । पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण मानिएको विश्वकै दूर्लभ वन्यजन्तु बाघ र मानवबीचको द्वन्द्वले संरक्षण क्षेत्रमा विभिन्न प्रश्न उठ्न थालेका छन् । बाघ संरक्षण र व्यवस्थापनमा नयाँ नयाँ चुनौतीहरू थपिदै छन् ।

सन् २०१० देखि २०२२ बीचमा नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै पाटे बाघको संख्या दोब्बर बनायो । सन् २०२२ को गणनाअनुसार बाघको संख्या ३ सय ५५ पुगेको छ । जबकी सन् २००९ को गणनामा यसको संख्या १ सय २१ वटा मात्र थियो ।

सन् १९९५ को पहिलो गणनामा नेपालमा ९८ वटा मात्रै बाघ थिए । यसको संख्या बढाउन सरकार, समुदाय, विभिन्न साझेदार संस्था र संरक्षणकर्मीहरूले अनेक प्रयास गरे । बर्दियामा पाटे बाघको संख्या बृद्धि भएर १ सय २५ पुगेसंगै ५ वर्ष यता बाघको आक्रमणका घटनाहरू प्नि
ह्वात्तै बढेका छन् । यस अवधिमा ३३ जनाको बाघ र ११ जनाको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको छ ।

विशेषगरि कोरोना महामारी रोकथामका लागि देशभर लकडाउन भएपछि सामुदायिक वनमा मानिसहरूको चहलपहल रोकियो । निकुञ्ज भित्र पर्ने राजमार्ग क्षेत्रमा यातायातका साधन ओहोरदोहोर शून्य प्राय भयो । ती राजमार्गमा दिनहुँ बाघ देखिए । लकडाउन खुखुलो भएसँगै सामुदायिक वनभित्र मानिसहरूको चहलपहल बढ्यो र निकुञ्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधन गुड्न थालेपछि बाघ आक्रमणका घटनाहरू बढ्न थालेका हुन् ।

निकुञ्जभित्र पर्ने पुर्वपश्चिम राजमार्ग र हुलाकी सडकमा वन्यजन्तुमैत्री संरचना आवश्यक छ । वन्यजन्तु र मानिसका लागि अण्डरपास वा ओभरपासजस्ता सडक संरचना निर्माणमा जोड दिन थालिएको छ । निकुञ्ज, मध्यवर्ती क्षेत्रका राष्ट्रिय र सामुदायिक वन छेउछाउमा दिगो व्यवस्थापनका लागि तारबार लगाउनुपर्ने,वन्यजन्तु ओहोरदोहोर हुने सडक (कोरीडोर) क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्ने र निकुञ्ज भित्र पर्ने राजमार्गको दाँया बाँयाको झाडि सफाई गर्नुपर्ने माग उठिरहेकोछ । निकुञ्ज तथा सामुदायिक वनमा निर्भर विपन्न समुदायका लागि विशेष कार्यक्रम ल्याई वन भित्र नजाने वातावरण वनाउन र सामुदायिक वनभित्रको झाडी सफा गर्नुपर्ने संरक्षणकर्मीहरूको जोड छ ।

‘बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ का झन्डै ५ हजार घरधुरीको दैनिकी डर र त्रासमा छ । निकुञ्ज आसपासका बासीन्दा सधैँ बाघ र हात्तीकै त्रासमा हुन्छन् । घाँस, दाउराका लागि जंगलमा जान्छन् । जंगल भित्र जाने बित्तिकै बाघ, हात्ती र चितुवाले आक्रमण गरिहाल्छन्,’ खाता सामुदायिक वन समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ्गले भने ।

‘वन जंगलमा जाँदा मात्रै होइन, घरआँगनमै पनि बाघ, हात्ती र चितुवा आउँछन् । राति घरबाहिरको शौचालयसमेत जान नसक्ने अवस्था छ । गाउँमा विशेगरि बाघ, हात्ती र चितुवाले एकपछि अर्काको ज्यान लिने, घाइते बनाउने, घरपालुवा पशुचौपाया मार्ने लगायतका घटना बढिरहेका छन्’, गुरुङ्गले भने ।

पहिले पाटे बाघ, एकसिँगे गैँडा, हात्ती लगायतका वन्यजन्तु संरक्षण गर्न निकै चुनौती थियो । चोरीसिकार निस्तेज पार्ने काम चुनौतीपूर्ण थियो । वन्यजन्तु जोगाउन स्थानीय समुदायले निकै मेहनत गरे । सरकारी निकाय र संघसंस्थाहरूका कार्यक्रम सफल पार्न समेत योगदान दिए ।

झण्डै तीन दशकदेखि स्थानीयबासी वन र वन्यजन्तु संरक्षणमा दत्तचित्त भएर लागे । समुदायकै सक्रियतामा वन र वन्यजन्तुको संरक्षण पनि भयो । संरक्षण क्षेत्रमा पहिलो चरणको काम पनि सकियो । वन्यजन्तुको संख्या पनि बढ्यो । तर अब के त ? यसैगरी हामी कहिलेसम्म वन्यजन्तुको शिकार हुनुपर्ने हो भन्दै स्थानीयले प्रश्न तेर्साउन थालेका छन् । संरक्षणकर्मी पनि भन्छन्, ‘अब वन्यजन्तुका घटना धेरै बढ्न थाले, यसलाई रोक्ने योजना चाहियो ।’

मानव र वन्यजन्तुबीचको सहअस्तित्वको सन्तुलन खोज्ने बेला आएको उनीहरूको ठहर छ । संरक्षणलाई अब कता र कसरी लैजाने ? भन्ने प्रश्न उठ्न थालेको छ । संरक्षणको परिमार्जित नीति खोज्न थालिएको छ । समयमै द्वन्द न्युनिकरण हुन सकेन भने आगामी दिनमा अझै चुनौती थपिने चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संजाल बर्दियाका अध्यक्ष हेमन्त आचार्यले बताए ।
निकुञ्ज र राष्ट्रिय वनका बाघ, जंगली हात्ती, चितुवालगायतका वन्यजन्तुबाट हुने जनधनको क्षती कम गर्ने विकल्पहरू खोजी भइरहे पनि ती सफल भएका छैनन् । हरेक वर्ष मान्छे मर्ने क्रम बढन थालेपछि स्थानियबासीले संरक्षण नीतिमै प्रश्न गर्न थालेका हुन् । ‘मान्छे भन्दा ठुलो वन्यजन्तु हुन सक्दैन, त्यसैले मान्छे पनि जोगिने र वन्यजन्तु जोगिने खालको दिगो व्यवस्थापन गर्न खाँचो छ,’ श्रीरामनगर उपभोक्ता समितिका पुर्व अध्यक्ष एवं उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले भने ।

सन् २०११ मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा बाघ पाइने १३ वटा राष्ट्र प्रमुखहरूको भेलाले सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर पुर्याउने प्रतिवद्धता जनाएको थियो । यो प्रतिवद्दता पुरा पनि भयो । तर अब के त ? भन्ने प्रश्न उठिरहेको छ । वन्यन्तुको संख्या बढेपछि खुसीसंगै व्यवस्थापनमा चुनौती रहेको वरिष्ठ प्रकृति पथ प्रर्दशक राम बहादुर शाहीले बताए ।
अघिकांश मानविय क्षतिका घटना जंगलभित्र भइरहेका छन् । घाँस दाउरा, च्याउलगायतका दैनिक उपभोगका वस्तु खोज्न जाँदा यस्ता घटना हुन्छन् । बर्दिया निकुञ्जभित्र पर्ने राजमार्गमा दुई दशक अघि एक जना पुरुषलाई मोटरसाइकलबाटै पाटे बाघले झम्टेर ज्यान लिएको थियो । दुइ वर्ष अघिपनि त्यही स्थानमा बाघले मोटरसाइकलमा सवार एक महिलाको ज्यान लियो । त्यसपछि निकुञ्जले तत्काल मोटरसाइकल, साइकल र पैदल यात्रुलाई बेलुका ७ बजेदेखि विहान ६ बजेसम्म ओहोरदोहोरमा रोक लगायो । ‘मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने कार्यक्रम ल्याएर दुवै तर्फको क्षति कम गर्ने बैकल्पीक उपाय खोज्नु पर्ने र वन्यजन्तुमैत्री संरचना बनाउन आवश्यक छ,’ बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश रमेश कुमार थापाले भने ।

सामुदायिक वन संरक्षण गरियो तर व्यवस्थापन गर्न सकिएन, जैविकमार्गमा मानवबस्ती राख्दा जीविकोपार्जनको पाटोलाई ख्याल नगरिएकाले अब घाँस दाउरासंगै च्याउ, साग, निउरो टिप्न जानुपर्ने स्थानीयबासिन्दाको अवस्था सुधार गर्न वैकल्पिक सिप तथा रोजगारीका अवसर प्रदान गर्नुपर्छ । धान, गहुँ, मकै जस्ता अन्नबाली वन्यजन्तुले मन पराउने गरेपनि कतिपय जडीबुटीजन्य तथा सुगन्धित तेलसंग सम्बन्धित बालीलाई वन्यजन्तुले नखाने भएकाले त्यस्ता खालका बैकल्पिक बालीनाली लगाउनेतर्फ प्रोत्साहन गरिनुपर्ने खाता सामुदायिक वन समन्वय समितिका पुर्व अध्यक्ष एवं हाल मधुवन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बलिराम चौधरीको भनाई छ ।

सडक विभागले बजार क्षेत्रमा पूर्वपश्चिम राजमार्गको दायाँ बायाँ ३१÷३१ मिटर सडक खाली गराउँदै आएको छ । तर निकुञ्ज भित्र पर्ने राजमार्ग क्षेत्रमा यो काम गरिएको छैन । पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापा भन्छन्, ‘निकुञ्ज भित्रको राजमार्ग किनारमा रुख, विरुवा र घाँसले ढाकेको छ । वन्यजन्तु त्यहीँ घाँसमा बसिरहेका हुन्छन् । गाडीको आवाज सुनेपछि जनावर तर्सिन्छ अनि गाडीमा ठोक्किने र आक्रमण गर्ने जोखिम हुन्छ । त्यसैले दिर्घकालिन विकल्प वन्यजन्तुमैत्री संरचना नबनुन्जेलसम्म निकुञ्ज भित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र घाँस तत्काल काट्न जरुरी छ ।’
बर्दिया निकुञ्ज आसपासका क्षेत्रमा सन् २००९ मा बाघको संख्या १८ थियो । त्यसैगरी सन् २०१३ मा ५० वटा, सन् २०१८ मा ८७ वटा हुँदै सन् २०२२ मा गरिएको बाघ गणनामा बाघको संख्या बढेर बर्दियामा १ सय २५ वटा वयस्क बाघ पुगेको हो । आगामी वर्षमायो संख्या अझैँ बढ्न सक्ने निकुञ्जकै अनुमान छ । संख्या बढेकोमा खुशीसँगै सावधानी अपनाउन राष्टिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फे सुझाव दिन्छन् ।

बर्दिया निकुञ्जभित्र पर्ने पूर्वपश्चिम राजमार्गमा सवारीसाधनको ठक्करबाट यसअघि २ वटा बाघ मरे । अन्य वन्यजन्तु र सवारीसाधन ठोक्किने क्रम बढेको छ । यसबाट पनि सयौं वन्यजन्तुहरू र दर्जन बढी मान्छेको ज्यान गएको छ । कतिपय घाइते भएका छन् ।

डिभिजन वन प्रमुख प्रविन बिडारी र बर्दिया निकुञ्जका सुचना अधिकारी पुरुषोतम वाग्लेका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनियाघाट वन्यजन्तु आरक्षबीचमा खाता जैविकमार्ग छ । यस मार्गबाट वन्यजन्तु ओहोरदोहोर गर्छन् । केही बाघले यही क्षेत्रलाई आफ्नो स्थायी बासस्थान समेत बनाइरहेका छन् । त्यसैले पछिल्ला वर्षमा यस क्षेत्रमा बाघको गतिविधी बढेको छ । खाता क्षेत्र र निकुन्ज क्षेत्रमा मानविय क्षति पनि बढिरहेको छ । बाघ र मानवबीच द्वन्द्व न्यूनीकरण गर्न डिभिजन वन र निकुञ्ज रणनीतिक योजना बनाएर अघि बढेको बताए ।
मान्छेलाई पटक पटक आक्रमण गरेर खाएका (नरभक्षी) ६ वटा बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा निकुञ्ज र डिभिजन कार्यालयले नियन्त्रणमा लिएर खोरमा राखेको छ । निकुञ्जको क्षमता भन्दा बढी संख्यामा बाघ भएपछि द्वन्द्व बढेको हुनसक्ने आंकलन पनि छ । बाघको संख्या बढेपछि बाघबीचमै पनि प्रतिस्पर्धा हुने र शारिरीक रूपमा कमजोर भएका बाघहरू गाउँबस्ती छेउका झाडी र स–साना जंगलमा आएर मान्छेलाई आक्रमण गरेका छन् । मानिस बाघको आहारा त होइनन् । तर पछिल्लो बाघ गाउँवस्ती नजिक आउन थालेका छन् । त्यतिबेला धेरै घटना भएका छन् ।

बाघको आक्रमण बढ्न नदिन निकुञ्ज तथा राष्ट्रिय प्रकृती संरक्षण कोष र डिभिजन वन कार्यालयबाट समुदाय स्तरमा मानव व्यवहार परिवर्तन कार्यक्रम संचालन भइरहेको छ । मुख्य कारण मानिसहरूको व्यवहार नै हो, बाघको स्वभाव बदल्न सकिँदैन तर त्यसको स्वभावलाई बुझेर मानिसले व्यवहार गर्ने हो भने समस्या कम हुन सक्छ । बाघ बिहान र बेलुका बढी सक्रिय हुने भएकाले त्यो बेला जंगल नजान बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामको सुझाव छ । वन्यजन्तुमैत्री संरचना निर्माणका लागि पनि विभागमा पहल भइरहेको उनको भनाइ छ ।

तराईको सबैभन्दा ठुलो संरक्षित क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्र ५ सय ७ वर्ग किलोमिटर रहेको छ । यस्तै २० हजार ७ सय हेक्टर राष्ट्रिय वन क्षेत्र मध्ये ९ हजार २५० हेक्टर खाता जैविक मार्गको क्षेत्रफल रहेको छ । मान्छे मारेर बाघ र हात्ती किन संरक्षण गर्ने ? भन्ने प्रश्न उठन थालेको छ । यसका लागि सरकारले मानिसलाई बाघ लगायतका वन्यजन्तुसंग मिलेर बस्ने सीप सिकाउन र पर्याप्त आहारासहित जङ्गलभित्रै रोक्ने काम गर्न आवश्यक देखिन्छ । जंगली हात्तीबाट भइरहेको जनधनको क्षती व्यहोरिरहेका स्थानीय समुदाय पछिल्लो समय बाघबाट त्रसित छ । जंगली हात्ती, पाटे बाघ लगायतका वन्यजन्तुको बासस्थानमा बाधा पुगेका कारण आक्रामक बनेका हुन सक्छन् । वनप्रतिको स्थानीयबासीको निर्भरता कम गर्दै लैजानुपर्ने देखिन्छ । जंगल जानैपर्ने भएमा समूहमा सर्तकतापूर्वक जानुपर्ने अवस्था आएको छ ।

निकुञ्ज भित्रको राजमार्ग क्षेत्रमा र हुलाकी सडकको जैविक मार्ग क्षेत्रमा वन्यजन्तुमैत्री संरचनाहरू चाहिएको छ । सडकको माथिबाट वन्यजन्तु हिँड्न मिल्ने (ओभरपास) र तलतिरबाट यातायातका साधनहरू गुड्न मिल्ने (अन्डरपास) अथवा माथिबाट यातायातका साधनहरू गुड्न मिल्ने र तलतिरबाट वन्यजन्तु ओहोरदोहोर गर्न मिल्ने खालका भौतिक संरक्षण तत्काल चाहिएको संरक्षणकर्मीको भनाई छ । निकुञ्ज र वन छेउछाउमा व्यवस्थित तारजाली तथा पक्कि पर्खाल आवश्यक छ । च्याउ, सागपात र घाँसदाउरा लिन जंगल प्रवेश गर्ने कार्य रोक्न वा वनप्रतिको निर्भरता कम गर्न वन छेउछाउका वस्तीमा रोजगारी सिर्जना गर्ने आयमुलक कार्यक्रम संचालन गर्नुपर्ने देखिन्छ ।
निकुञ्ज भित्र पर्ने राजमार्गको दाँया बाँया रुख, विरुवा र घाँसका झाडी तत्कालै सफाई गनुपर्ने संरक्षणकर्मीको माग छ । वन र वन्यजन्तु संरक्षण तथा व्यवस्थापनका क्षेत्रमा सक्रिय सरोकारवाला निकायहरूको संयुक्त र योजनावद्ध प्रयास बिना समस्या समाधान नहुने देखिन्छ । त्यसैले संरक्षणको अबको बाटो कस्तो हुने र कस्तो नीति तथा कार्यक्रम बनाएर अघि बढन्े भन्ने कुरा निक्र्यौल अनिवार्य भइसकेको छ । अन्यथा मानविय तथा भौतिक क्षति बढ्दै जाने र यो सँगै नयाँ चुनौतीहरू पनि थपिदै जाने छन् ।

Previous Post

कृष्ण माविमा अक्षयकोष स्थापना

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
सहकारी अतियमिततामा निष्पक्ष छानबिन हुनेमा आशंका : गगन थापा

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

बाँकेमा नदीजन्य पदार्थको अबैध उत्खननबारे अनुगमन

April 7, 2026
रहेनन् भगत सिंह

रहेनन् भगत सिंह

April 6, 2026
गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

गोपाल नीना फाउन्डेशन नेपालद्वारा बाल सुधार गृहलाई खेलकुद सामग्री हस्तान्तरण

April 6, 2026
योगिनी कपमा राईजिङ स्टार र सीतापुर युनाइटेड विजयी

योगिनी कपमा राईजिङ स्टार र सीतापुर युनाइटेड विजयी

April 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version