- प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा सरकारका कामका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।
- चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व संकलन दोब्बर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा ४० अर्ब २० करोड ७६ लाख बराबर बजेट खर्च हुँदा ९६ अर्ब ९५ करोड ७१ लाख बराबर राजस्व उठेको हो ।
- गाईभैंसीमा लाग्ने संक्रामक रोग लम्पी स्किनविरुद्धको खोप अभियानअन्तर्गत् बागमती प्रदेशभर झण्डै ७२ हजार पशुमा खोप लगाइएको छ ।
- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ ।
- नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा चेतनारायण आचार्यलाई सर्वसम्मत चयन गरेको छ । संसदीय दलको शनिवार बुटवलमा बसेको बैठकले दलको नेतामा हाल मुख्यमन्त्रीसमेत रहेका आचार्यलाई सर्वसम्मत चयन गरेको हो ।
- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विकल्पका रुपमा राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याउन सबै प्रदेश तयार भएका छन् । त्यसकालागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरण खरिदमा प्रदेश अन्तर्गतका मन्त्रालयहरुले सहयोग गर्ने निर्णय गरेका छन् ।
- भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रुपमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
- ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत् प्राधिकरण नाफामा गयो भनेर धेरै बोनस नबाँड्न आग्रह गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा राज्यमन्त्री तामाङले यस्ताे बताएका हुन्
देशमा आजः ८ बजे ८ खबर
