For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

बेथितिमा भासिँंदै हरितालिका

byDainik Nepalgunj
September 3, 2024
in विचार
0 0
0
बेथितिमा भासिँंदै हरितालिका
Share on FacebookShare on Twitter

धार्मिक आस्था र विश्वासबाट प्रारम्भ भएको हिन्दु नारीहरुको पवित्र पर्व हरितालिका तीज आजभोली आडम्बर प्रदर्शन गर्ने मेलो बनेको छ । तीज आउन महिना दिन अघि देखि नै दरका नाममा भोज भतेर र नाचगान शुरु हुन्छ, अचेल । त्यो पनि घरमा होइन होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरुमा ! घर छाडेर रेष्टुरेन्ट पुगेको तीजको दरको मेन्यु पनि बदलिएको छ । सेलरोटी र खिर अचारको ठाउँ पिज्जा, बर्गर र आइसक्रिमले लिएको छ । दुध, दहि र घ्युको ठाउँ केके जाती पेय पदार्थले लिएको छ । भन्नै पनि नमज्जा लाग्ने त्यस प्रकारका वस्तुहरुमा केके पर्छन् विद्वान् पाठकहरुलाई थाहा भएकै कुरा हो । यसरी समाज कता तिर जान लागेको हो ? बडो चिन्ताको विषय बनेको छ ।

पहिले पहिले आफुलाई कम्युनिष्ट भन्नेहरुले तीजको विरोध गरेको सुनिन्थ्यो । महिलालाई दासको रुपमा चित्रण गर्ने यो पर्व सामन्ती समाजको निरन्तरता हो, त्यसैले यसको अन्त्य हुनुपर्छ भन्ने जस्ता अति क्रान्तिकारी भाषण गरेको पनि सुन्न पाइन्थ्यो । लोग्नेको खुट्टाको पानी खानुपर्ने र लोग्नेकै दिर्घायुको लागि ब्रत (भोको पेट) बस्नुपर्ने यो पर्वले महिलाको आत्मसम्मान ठेस पुर्याउने तर्क समेत गर्ने गरेको सुनिन्थ्यो ! आजभोली ति कम्युनिष्ट र क्रान्तिकारीहरु कता हराएछन् खै ? तिनको आदर्श कता गएछ कुन्नि ? केहि अत्तोपत्तो छैन । अझ हास्यास्पद त के छ भने अहिले तिनै कम्युनिष्ट पार्टीहरु नै धमाधम होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसहरुमा महिना दिन पहिले देखि नै तीज कार्यक्रमको आयोजना गरेर भोज भतेर र नाचगान चलाइरहेका छन् ! अहिले त यस्तो छ कि तीज कार्यक्रम आयोजना नगर्ने कुनै समुह, संस्था, संगठन वा पार्टी नै छैन । तीज कार्यक्रम आयोजना गर्नु अनिवार्य जस्तै भैसकेको छ ।

यसो भनिरहँदा तीजको विरोध गर्न खोजिएको बिल्कुलै होइन । यो आलेखको उद्देश्य त्यो कदापि होइन । बरु तीजको महत्व र महिमा, यसको धार्मिक एवं सांस्कृतिक पक्ष, मुल्य, मान्यता र यसको मौलिकता माथिको प्रहारबाट यसलाई कसरी जोगाउने भन्ने चाहिं यो आलेखको मूल आशय र विषय हो । हो, चाडपर्व वा रितिरिवाज वा संस्कृति भित्रका खराब पक्षलाइ समय क्रम संगै हटाउदै र छोड्दै जानुपर्छ । यसमा दुइमत हुन सक्दैन । तर कुनैपनि चाडपर्व वा रितिरिवाज वा संस्कृतिलाई थप विकृत भने बनाउनु हुँदैन । यसले समाजको हित कदापि गर्दैन । अहिले तीज सबैभन्दा भड्किलो पर्व बनेको छ । महंगा महंगा गरगहना र लुगाकपडा प्रदर्शन गर्ने प्रतिस्पर्धा जस्तो बनेको छ तीज ! होटेल र रेष्टुरेन्टमा महिनै दिन जसो चल्ने दर नामको भतेरले कति फजुल खर्च बढाएको छ ? यसको हिसाब गरी साध्य छैन । यसले कैयौंको खल्ती रित्याएको छ ! समाजमा आडम्बर मौलाएको छ । यसलाई रोक्न भने जरुरी छ ।

हरेक बर्ष भाद्र शुक्ल द्वितीया देखि पन्चमी सम्म मनाइने हिन्दु नारीहरुको अत्यन्त महत्वपूर्ण र पवित्र एवं धार्मिक पर्व हो, हरितालिका तीज । भगवान शिवलाई पतिको रुपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरि बरदान पाएको दिन हो, हरितालिका तीज । विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दिर्घायुको कामना सहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति प्राप्त होस् भन्ने कामना सहित व्रत बसी पूजाआजा गरि मनाइने पवित्र पर्व हो, हरितालिका तीज । तर आजभोली यतिमै मात्र सिमित रहेन, हरितालिका तीज । हिजोआज तीजको परिभाषा लगभग बदलिएको छ । माइतीको आँगनमा बाबुआमा, दाजुभाई र दिदीबहिनी जम्मा भएर मनाइने हरितालिका तीज अहिले होटल र पार्टी प्यालेसमा पुगेको छ । व्रत र पुजाआजा गरि भाद्र शुक्ल द्वितीय देखि पन्चमी सम्म मनाइने हरितालिका तीज आजभोली दरका नाममा महिनैभरी मनाउन थालिएको छ । व्रत र पुजाको स्थान भोजभतेरले लिएको छ । शृंगारको नाममा गरगहना र वस्त्रको प्रदर्शन, गीतको नाममा उच्छृङ्खलता र नाचको नाममा अंग प्रदर्शन एवं अश्लिलताको प्रदर्शन बढिरहेको छ । त्यसैगरी आजभोलिका कतिपय तीज गित र नाचगान त घरपरिवारमा बसेर हेर्न र सुन्न सकिने खालका पनि छैनन् ।

के हामीले खोजेको संस्कृति यस्तै हो त ?। अनि हरितालिका तीजको संस्कृति यहि हो त ?। अझ अचम्म र दुखद पक्ष त केछ भने कतिपय संघ संस्थाहरुले नै तीज आउनु कहिले हो कहिले, पहिल्यै नै तिज कार्यक्रमहरुको आयोजना गर्ने र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ । यो झनै विकृतिको रुपमा मौलाएको छ । संस्कृतिको संरक्षण गर्नु हरेक व्यक्ति, समुह, संघ संगठन र सरकार सबैको दायित्व हो । तर, संकृतिको नाममा विकृति भित्र्याउने छुट भने हामी कसैलाई छैन ।

महिनादिन पहिल्यै देखि तीजका नाममा भोजभतेर र नाचगान न त सांकृतिक ÷ धार्मिक रुपमा सहि देखिन्छ न त साधन, स्रोत, समय र औचित्यका हिसावमा सहि । पर्वको मर्म बुझेर त्यसको उपभोग र प्रचलन गर्नु राम्रो कुरा हो । तर पर्वलाई नै गिज्याउने गरि, त्यसको मर्म विपरित कार्य गर्नु गराउनुलाई भने शोभनीय मान्न सकिंदैन । तीजमा आएको यस प्रकारको विकृतिले हरितालिका तीज पर्वको मर्म माथि गम्भीर आघात पु¥याएको छ भने नयाँ पुस्ता माझ तीज पर्वको गलत सन्देश प्रवाह भैरहेको छ । केहि वर्ष देखि संस्थागत रुपमा तीज कार्यक्रमको आयोजना गर्ने प्रचलन पनि ह्वात्तै बढेर गएको छ । पछिल्लो समयमा त लगभग प्रतिष्पर्धा जसरी कार्यक्रमहरुको आयोजना भैरहेको देखिन्छ । महिला सँग सम्बन्धित संघ संस्था मात्र होइन, राजनीतिक पार्टी, सरकारी ÷ गैरसरकारी संघ संस्था, उद्योगि, व्यापारी, कर्मचारी, वकिल, पत्रकारहरुका संघ संगठन, क्लब, समूह आदि सबैले तीजको कार्यक्रम आयोजना गर्ने र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ । लगभग यो चलन जस्तै भैसकेको छ ।

तीज वा कुनैपनि चाडपर्व मनाउने विषयमा कसैको पनि दुइमत हुन सक्दैन । यो त सुखद पक्ष हुँदै हो । चाडपर्व, रितिरिवाज, धर्म संकृति त कुनैपनि देश र समाजका निम्ति अमुल्य उपहार र निधि हुन् । यसको संरक्षण र सम्वर्द्धन गरिनुपर्दछ । तर यिनको मुल्य, मान्यता र पहिचानलाई भने कायम गर्नुपर्ने हुन्छ । कुनैपनि चाडपर्वको आफ्नै विशेषता, मूल्य, मान्यता र पहिचान हुन्छ । चाडपर्वको आफ्नो विशेषता, मुल्य र मान्यता अनुसार त्यसको संरक्षण गर्नु, जगेर्ना गर्नु र त्यसलाई निरन्तरता दिनु संस्कृति हो भने त्यसको मुल्य, मान्यात, आदर्श, पहिचान र विशेषताको प्रतिकुल हुने कार्यहरु गर्नु विकृति हो । अहिले यो पवित्र पर्व हरितालिका तीज विकृतिको शिकार बनेको छ ।

यस्ता विकृतिले हाम्रो संस्कार र संकृतिका मुल्य एवं मान्यतालाई दिग्भ्रमित गर्ने र समग्र समाजलाई नै दुषित बनाउने हुनाले यस खालका विकृति र विसंगतिलाई हटाइ हाम्रो संस्कार, संस्कृति, रितिरिवाज र चाडपर्वलाई मौलिक एवं स्वच्छ र स्वस्थ राख्न एकदमै जरुरी छ । हामीले हाम्रा सन्ततिलाई दिने भनेकै हामि सँग भएको संस्कार, संस्कृति, रितिरिवाज र चालचलन हो । अरु कुरा त मानिस संगै मेटिएर, हराएर, बिलाएर जाने हो । धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व, अर्थ र विशेषता भएका यस्ता पर्वहरुको मर्म, भावना र उद्देश्य अनुरुप सभ्य तथा सुसंस्कृत तवरले चाडपर्वहरु मनाउनु र धर्म एवं संस्कृतिको संरक्षण गर्नु हामि सबैको साझा कर्तव्य हो ।

Previous Post

मोती जयन्ती मनाइयो

Next Post

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

Next Post
परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

परिवारका तीन सदस्य अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजको मौसमः हल्का वर्षाको सम्भावना

देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

March 20, 2026
अवसरको लागि अराजकता त्यागौंं

अवसरको लागि अराजकता त्यागौंं

March 20, 2026
एक अर्ब घटाइयो भन्सार लक्ष्य

नेपालगन्ज भन्सारको कारोबार ५ प्रतिशतले वृद्धि

March 20, 2026
विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

March 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version