For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

उद्धारपछि आत्मनिर्भर बन्दै बेचिएका चेलीहरु

byDainik Nepalgunj
September 5, 2024
in News, मुख्य समाचार
0 0
0
उद्धारपछि आत्मनिर्भर बन्दै बेचिएका चेलीहरु
Share on FacebookShare on Twitter

धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् । फसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो । कुराकानी हुँदै गर्दा एक दिन रमेश नाम बताउने ती व्यक्तिले उर्मिलालाई कत्ति पनि पैसा नलिइ कुवेत पठाइदिने प्रलोभन देखाए । घरको आर्थिक अवस्था कमजोर भएकी उर्मिलाले कुवेत जाने निधो गरिन् । तर उनले घरमा कसैलाई पनि थाहा नदिइकन रमेशसँग भारत हुँदै कुवेत जानका लागि घरबाट निस्किन् ।

रमेशले कुवेत भनेर आफूलाई भारतको बेश्यालयमा लगेर बेचिसकेको कुरा उर्मिलालाईपछि मात्रै थाहा भयो । केही महिनापछि उर्मिला त्यस ठाउँबाट भाग्न सफल भइन् । त्यसपछि उनी नेपाल फर्किएर अहिले गलैँचा बुन्ने कारखानामा काम गर्छिन् । त्यसैगरी सिन्धुपाल्चोककी सुनिताका दुई ओटी आमा छन् । बाबुले अर्की आमा बिहे गरेर छुट्टै बस्छन् तर सुनिता, उनकी आमा र दुई भाइलाई हेर्दैनन् । सुनिताले घरको दुःख देखेर १० कक्षा पढ्दापढ्दै साथीको लैलैमा कामको खोजीमा काठमाडौँ छिरिन् । सुनिता काठमाडौँ छिरेको पनि आज छ वर्ष भयो । यो छ वर्षको बीचमा सुनिताको जीवनमा धेरै उतारचडावहरु आए ।

आफू पालिन र घरमा भाइहरुलाई पाल्नका लागि उनले होटलमा भाडा माझ्नेदेखि घर बनाउने ठाउँमा मजदूरको कामसमेत गरिन् । घर बनाउने ठाउँमा मजदूरी गर्दैगर्दा सुनिताको एक दलालसँग भेट भयो, बोलचाल चिनजान भयो र कुराकानी हुँदैजाँदा ती दलालले सुनितालाई वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाए । महिनामा एक लाखसम्म तलब पाउने कतारको एक कम्पनीमा काममा लगाइदिने दलालले प्रलोभन देखाएका थिए । जानका लागि लाग्ने खर्च पछि तिर्ने शर्तमा ती दलालले कतार पठाउने भनेका थिए ।

सुनितालाई होला त नि भन्ने लाग्यो । त्यही दलालको लैलैमा उनी भारत हुँदै कतार जाने भइन् । ती दलालले भारत लगेर आठ दिनसम्म आफूसँगै होटलमा राखे । त्यसपछि सुनितालाई भारतको वेश्यालयमा लगेर बेचिदिए । सुनितालाई आफू बेचिएको भन्ने थाहै थिएन । पछि मात्रै थाहा भयो । भारतमै काम गर्ने एक आफन्तको सहारामा उनी नेपाल फर्किन सफल भइन् । अहिले सुनिताले सीप सिकेर काठमाडौँमै सिलाई पसल खोलेकी छन् । उनले आमा र दुई भाइबहिनीलाई पाल्ने गरी आम्दानी गर्न सकेकी छन् ।

त्यसैगरी नुवाकोटकी उजेलीलाई कुनै दिन यस्तो लाग्थ्यो कि विदेश जान पाइयो भने त जति पनि पैसा कमाउन सकिन्छ । चालीस वर्षकी उजेलीले गत साल विदेश जाने निर्णय गरिन् । तर दलालले भारत हुँदै कुवेत पु¥याउने भनेर भारतको बेश्यालयमा पु¥यायो । “घरमा श्रीमान् जहिल्यै रक्सी खाने, केही काम पनि नगर्ने, पैसा पनि नकमाउने, चार छोराछोरी पाल्न पनि गाहे भएको थियो । एकपटक म आफैँ भए पनि विदेश गएर पैसा कमाएर ल्याउँछु भन्ने सोचले हुन्छ त नि विदेश जान्छु भनिहालँे तर दलालले भारत लगेर बेश्यालयमा पु¥यायो”, उनले सुनाइन् । तर आफन्तको सहारामा नेपाल फर्किएपछि भने अहिले उजेलीको जीवन फेरिएको छ ।

नेपाल आएपछि उनले ऋण÷धन गरेर कुखुरा फार्म खोलेकी छन् । त्यही कुखुरापालनबाटै उनले आफन्तसँग लिएको ३० हजार रुपैयाँ पनि तिरिसकेकी छन् । अहिले उजेलीको कुखुरा फार्ममा ४० वटा बोइलर खुकुरा छन् । उजेलीले भनिन्,“इन्डियामा तीन महिना बस्दा नर्कको जीवन जीउन बाध्य भएकी थिएँ, तर अहिले मलाई यहाँ स्वर्ग जस्तै लागेको छ, आफ्नै घरमा कुखुरा पालेर खेतीपाती गरेर छोराछोरीलाई स्कुल पढाउन, खान र लाउन पुगेकै छ ।”

उजेलीका दुई भाई छोरा कलेज पढ्ने भएका छन् । दुई वैनी छोरीहरु भने स्कूलमा पढ्दैछन् । “महिला भएर खाली विदेश विदेश मात्र भनेर नहुँदो रहेछ, आफू जान्ने बुझ्ने नभएपछि दलालको हातमा परिँदोरहेछ, त्यो दलालले मैले ऋण काडेर दिएको ९० हजार रुपैयाँ पनि खाइदियो, त्यो ९० हजारले बरु घरमै कुखुरा÷बाख्रामा लगानी गरेको भए अहिले कति फाइदा हुँदो रहेछ, अब त म कसैले सित्तैमा लैजान्छु भने पनि जान्न”, उनले भनिन् ।

उनी विदेशबाट फर्किएर कुखुरा फार्म खोलेपछि अहिले उनका श्रीमान् पनि सुध्रिएका छन् । जाडरक्सी खान छोडेका छन् । अहिले श्रीमान् हरिराम पनि खेतबारीमा तरकारी खेती गर्नमै व्यस्त छन् । हरिराम अहिले खेतबारीमा सिमी, बोडी, धिरौला, करेलालगायतका तरकारी उत्पादन गरेर बजारसम्म पु¥याउँछन् । “अहिले त जे गरे पनि हामी बुढाबढी सरसल्लाह गरेर मात्रै घर व्यवहार चलाएका छौँ, उहाँ पनि अहिले त खेतबारीमै व्यस्त हुनुहुन्छ, अरु भन्दापनि बुढाले रक्सी जाँड छोडेर घरमा समय दिएकोमा खुसी लाग्छ”, उजेलीले सुनाइन् ।

रोजगारीको सिलसिलामा दलालले भारत लैजाने क्रममा झापाको विर्तामाडबाट माइती नेपालको उद्धारपछि उजेली जस्तै रामेछापकी कमला पनि अहिले आफ्नै व्यवसाय सुरु गरेकी छन् । “म पनि त्यही विदेश जाने चक्करमा दलालको हातमा परेको रहेछु, धन्न माइती नेपालले बचाएर ल्यायो, मलाई त पछि अरुले भनेपछि मात्रै थाहा भयो, भारतमा लगेर नराम्रो काममा लगाउने रहेछ भनेर”, कमलाले सुनाइन् । सिन्धुपाल्चोककी सावित्राले अहिले सिलाइबुनाइको पसल खोलेकी छन् । अहिले कमलाको हातमा सीप र पैसा दुवै छ । विहे गरेको तीन वर्षमा श्रीमानले अर्को बिहे गरेपछि भौंतारिएर विदेश जाने चक्करमा लागेकी कमलाले अहिले आफ्नै पसलबाट महिनामा रु २५÷२६ हजार कमाई गर्छिन् । उनले अहिले आफूले कमाएको पैसाबाट बचत गरेर सहकारीमा समेत जम्मा गर्ने गरेकी छन् ।

यसरी विदेश जाने लैलैमा दलालको हातबाट फुत्किएर आफ्नै देशमा सीप सिकेर आत्मनिर्भर बन्ने उर्मिला, सुनिता, उजेली र कमला उदाहरण मात्रै हुन् । विदेशमा महिनामा दुई÷तीन लाख रुपैयाँ कमाई हुन्छ भन्दै ललाइफकाई गरी भारत लैजाने क्रममा विभिन्न नाकाबाट उद्धार गएिका महिलाहरु आफ्नै देशमा उद्यम गर्ने धेरै महिला छन् । अहिले उनीहरु विदेश जानभन्दा स्वदेशमै केही सीप सिकेर आफू आत्मनिर्भर हुन गाउँका अन्य महिलाहरुलाई सल्लाहसुझाव दिने भएका छन् । पछिल्लो समयमा मानव बेचबिखनको मुख्य कारण अशिक्षा र रोजगरी, घरेलु हिंसा, घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू नै बढी शिकार हुने गरेका छन् । हिंसामा परेकाहरू सधैंँ अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाँडै त्यस्ता दलालको पञ्जामा पर्ने गरेको पाइन्छ ।

पछिल्लो समयमा बन्धक बनाइएका धनुषाका सात र सिरहाका २१ गरी (२४ देखि ६० वर्षसम्मका) जम्मा २८ पुरुषका सम्बन्धमा भारतीय गैरसरकारी संस्था किन इन्डियामार्फत जानकारी हुन आएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इन्डियाको प्राविधिक सहयोग र सहकार्यमा ती पीडित÷प्रभावितहरुलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको जनाइएको छ । मानव बेचबिखनबाट पीडित र प्रभावितहरुको उद्धार गरी र संरक्षण कार्यलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ ।

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले पछिल्लो समय सञ्चार, सूचना र प्रविधिको विकासका कारण मानव बेचविखन तथा ओपसार गर्ने स्वरुपमा परिवर्तन आएको बताउनुभयो । “पहिलापहिला मानिससँग आफ्नो फोन हुँदैन थियो, गाउँका साझासाझा महिला बढी बेचबिखनमा पर्ने गर्थे, तर अहिले सबैको हातहातमा फोन छ, प्रविधिको विकास भएको छ, त्यसैले शहरमा बस्ने एकदम टाठाबाठा पनि नजानिदो तरिकाले बेचिन पुगेका छन्, यो हाम्रा लागि पनि चुनौती हो”, उहाँले भन्नुभयो । उहाँले शङ्कास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको वारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गर्ने गरी सबै निकाय सक्रिय भएको खण्डमा मानव बेचबिखन तथा ओसारपसारलाई न्यूनीकरण गर्न सकिने तर्क गर्नुभयो ।

नेपालले मानव बेचबिखनलाई गम्भीर अपराधको रूपमा स्वीकार गरेको छ । यससम्बन्धी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसारलाई स्पष्ट परिभाषित गरेको छ । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको मानव बेचविखन रोकथाममा सक्रिय अभियान्ता रेणु सिजामतीले बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ सँगै वैदेशिक रोजगार ऐन २०६४, अध्यागमन ऐन २०४९, बाल श्रम (निषेध र नियन्त्रण) ऐन २०५६, श्रम ऐन २०७४, कानुनी सहायता ऐन २०५४, पारस्परिक कानुनी सहायता ऐन २०१४, राहदानी ऐन २०७४, सङ्गठित अपराध निवारण ऐन २०७०, मुलुकी अपराध संहिता, २०७४ सङ्गठित अपराध निवारण ऐन २०७०, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७० लगायतका कानुनको समेत प्रभावकारी कार्यान्वयन नसक्दा पनि मानव बेचविखनले प्रशय पाएको छ ।

मानव बेचविखनलाई न्यूनीकरण गर्दै अन्त्य नै गर्नका लागि सरकारले बेचबिखन रोक्न समाजमा चेतना फैलाउनुका साथै विद्यालयदेखि नै बालबालिकालाई त्यसका बारेमा शिक्षित गराउन पाठ्यक्रममै समावेश गर्न जरुरी देखिन्छ । पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउनका लागि सम्बन्धित मन्त्रालय लागि पर्नुपर्ने देखिन्छ । महिला मन्त्रालयले मानब बेचबिखनसँग सम्वन्धित ऐन÷कानूनको प्रभावकारी कार्यान्वयनसँगै सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, ¥याली, घरदैलो जस्ता कार्यक्रम समेत गर्न जरुरी देखिन्छ । मानव बेचविखनविरुद्ध क्रियाशील सरकारी र गैरसरकारी सङ्घ–संस्थाहरूसँग समन्वय गर्दै मन्त्रालयले पीडित प्रभावितहरूलाई आवश्यक सहयोग र परामर्श पनि प्रदान गर्नुपर्ने हुनछ । मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई त्यसका बारेमा अझै धेरै ज्ञान दिने र उनीहरूलाई बेचबिखनसम्बन्धी अपराधको गाम्भीर्यता बुझाउने र भारतीय सीमा नाकाहरुमा सङ्घ संस्था र नागरिक समाजसँग मिलेर निगरानीलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

Previous Post

सीमापारी नेपाली उपभोक्ताको घुइँचो

Next Post

अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको वाचा

Next Post
अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको वाचा

अफ्रिकाका लागि ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको वाचा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version