बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद तथा मन्त्री बादशाह कुर्मी विरुद्धको आन्दोलन अझै नरोकिने अधिकारकर्मी रुबी खानले बताएकी छिन् ।
निर्मला कुर्मीको न्यायको लागि रुबी खानको नेतृत्वमा मिति २०७८ भदौ १३ गते बाँकेबाट सुरु भएको आन्दोलन विभिन्न चरण हुँदै हाल काठमाडौंमा जारी छ ।
‘आन्दोलनको पाँचौं चरण ३३ दिनदेखि काठमाडौंमा जारी छ’, अधिकारकर्मी खानले दैनिक नेपालगन्जसँग भनिन्, ‘कुर्मीको राजिनामाले निर्मलालाई न्याय हुँदैन ।’ उनको भनाइ थियो, ‘सरकारले निर्मलालाई न्याय दिन खोजेको भए मन्त्री पदबाट कुर्मीलाई बर्खास्त गरी प्रदेशसभा सदस्यता खारेज गर्न सक्नुपथ्र्यो ।’
‘निर्मलाको न्याय सुनिश्चित नहुँदासम्म काठमाडौंमा जारी आन्दोलन रोकिंदैन’, महिला अधिकार मञ्चकी इन्चार्ज समेत रहेकी खानले आरोपित कुर्मी विरुद्ध मुद्दा दर्ता नहुँदासम्म दबाबका लागि सडकमै रहने जानकारी दिंदै भनिन् ।
मिति २०७८ भदौ १३ गते जिल्ला प्रशासन कार्यालय बाँके अगाडि धर्ना दिएका खान नेतृत्वको समूहले सोही बर्ष न्यायका लागि भन्दै असोज १ गतेदेखि २० गतेसम्म हिडेर काठमाडौं पुगेका
थिए । त्यसबीच पटकपटकको आन्दोलन, आमरण अनसन पछि सरकारले विभिन्न सम्झौता
गरेपनि त्यसको कार्यान्वयन
नभएको अधिकारकर्मी खान बताउँछिन् ।






























