For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

जहाँ बाहुन माथि खनिनुलाई प्रगतिशीलता भनिन्छ

byDainik Nepalgunj
September 13, 2024
in विचार
0 0
0
जहाँ बाहुन माथि खनिनुलाई प्रगतिशीलता भनिन्छ
Share on FacebookShare on Twitter

नेपाल परापूर्वकाल देखि नै बहुजातिय, बहुसाँस्कृतिक राज्य रहि आएको हो । यहाँ कहिल्यै जात कै कारणले वा साँस्कृतिक कारणले कोहि कसैलाई हेलोहोँचो गरेको र समाजिक घृणावादको बिष पालेको पाइँदैन । एक अर्काको साँस्कृतिक मूल्य मान्यतालाई सम्मान गर्ने परम्परा नै नेपाली समाजको चरित्र रहि आएको हो । यो चरित्रलाई जतिसुकै बङ्ग्याएर प्रस्तुत गर्न खोजिएता पनि यसको यर्थाथलाई बटार्न सकिँदैन । नेपाली समाज भनेको पूर्णतया प्रकृतिमैत्री समाज पनि हो । यहाँका जतिपनि चाडपर्वहरु रहेका छन् तिनको चरित्र, महत्व, मनाउने तौर तरिका सबैजसो मौसम, खेतीपातीको अवस्था, भौगोलिक परिस्थिति, यहाँ फल्ने अन्नपात, यहाँका जातजाति आदिको आधारमा नै रहेका छन् । यहाँ हरेकले वेद पढेको छैन । उपनिषद व्याख्या गरेको छैन । तर पनि कर्मले धर्ती, माटो, जल जमीन आकाश, नदिनाला, पर्वत, मूल कुल आदिलाई आफ्नो वेद मानेको छ । यसैको महत्वमा उपनिषद खोजेको छ । यहाँको समाजमा कामको आधारमा थर निर्माण भएको र त्यसैमा एकले अर्काको कामको सम्मान गर्ने र अर्काको काममा कुनै प्रकारको हस्तक्षेप नगर्ने समाजिक परिपाटीको विकास गरेर आएको समाज नेपाली समाज मात्रै हो ।

नेपाली समाज भनेको स्थिति र गतिको संयोगात्मक समाज हो । यस्तो स्थििति गत्यात्मक समाज देखिनसकेका नेपालका शत्रुहरुले जातिय घृणावादको बिऊ रोपेका छन् । यसको तारो बनाएका छन् बाहुन जातिलाई । जबकि नेपालमा बाहुन थर मात्रैले पनि कहिल्यै शासन गरेन । न बाहुनले कसैको कुनै काम माम र दाममा कब्जा जमायो । कामीको फलाम खानी र औजार निर्माण गर्ने आरनमा बाहुनले कब्जा गर्न गएन । सुनारको सुनखानी र सुनखोजी गर्ने सीपमा बाहुनले कब्जा गर्न गएन । दमाईको बाजा र उसको लुगा सिउने सीपमा बाहुनले कब्जा गर्न गएन । भोटेको जटिबुटी उत्पादन, चौरी गोठमा बाहुनले कब्जा गर्न गएन । नेवारको ब्यापारमा बाहुनले कब्जा गर्न गएन । कुमालको राम्रो भाँडा बनाउने सीप खोस्न र कब्जा गर्न बाहुन गएन । सार्कीले राम्रो जुत्ता बनायो र कमायो भनेर उसको पेशा कब्जा गर्न बाहुन गएन । ठकुरीको शासक बन्ने काममा बाहुन बाधक कहिल्यै भएन । सुँगुर र कुखुरा पालेर कमाइ हुन्छ भनेर बाहुनले पेशा कब्जा गर्न गएन । अरुले गरिखाएकोमा आँखा लगाएर न कहिल्यै डाह गर्यो न ईष्र्याले मर्यो । आफु र आफ्ना स्वानी छोराछोरीको भोको पेटको लागि बाहुनले गरेको भनेको जम्माजम्मी कृषिसम्म मात्रै हो ।

ऋषिपुत्र भनिएका सबै बाहुनहरुको चुलोचौको टपरी टक्टकाएर मात्रै चल्दैनथ्यो तथापि अन्य जातमा पनि टपरेहरु नभएका होइनन् । तर बाहुनले मलाई नै त्यहाँ टपरे राख्नुपर्छ भनेर कुनै जातकोमा कब्जा गर्न कहिल्यै गएन । अरुको पेशामा पैसा छ भनेर कहिँ कतै कब्जा गर्न लूट्न गएको इतिहास बाहुनको छैन । आफुले पाएको पेशा सके पढ्ने पढाउने नसके खेतीपाती गरेर खाने काम गर्दैै बाहुनले आफ्नो जिन्दगी खपाएको र यहाँसम्म आएको हो । तर पनि आज बाहुन सामन्त कहलाइएको छ । लूटेरा भनाइएको छ । बाहुन कै कारणले अरु जातिको विकास रोकिएको, बाहुन कै कारणले अरु जातिले गरिखान नपाएको, बाहुन कै कारणले यो देशको शासन सत्तामा अरु जाति पुग्न नसकेको, जस्ता भाष्य निर्माण गरिएको छ । गर्दा गर्दा आजभोलि त यहाँसम्म भएको छ कि बाहुनलाई दिनमा एकपल्ट गाली नगरि कतिपयलाई खाना नपच्ने, निद्रा नलाग्ने रोग नै लागेको देखिन्छ ।

आज बाहुन सबैतिरबाट स्वार्थ समूहका लागि बाधक देखिएको छ । नेपाली समाजको रितिथिती बचाइराख्नको लागि, बहुसाँस्कृतिक सम्पदालाई जर्गेना गर्न र यसमा सर्वस्वीकार्य सम्मान प्रकट गर्न बाहुन सधैं साधक नै रह्यो । यसैले बाहुन भन्ने जात र उसको कर्म रहँदासम्म नेपालको बहुभाषिक, बहुसाँस्कृतिक विविधतालाई मास्न नसकिने कुरा बुझेकाहरुले बाहुनलाई आफ्नो मिशनको बाधकको रुपमा हेरे । अनि यहाँ अरु जातजातिको कल्याण भन्दा पनि बाहुनको सर्वनाशको लागि मात्रै योजनाहरु चलाइए र चलेका छन् ।

सर्पको टोकाइ मार्न सर्पकै बिषबाट बनेको औषधी प्रयोग हुन्छ । कुनैपनि रोगलाई रोकथाम गर्न सम्बन्धित रोगको भाइरसको भ्याक्सिन दिइन्छ । यसैले त हिरा काट्ने हिरैमा राखेर भनिएको हो । यहि नीतिलाई पश्चिमाले नेपालको समाजिक संरचनामा ब्यापक प्रयोग गरिरहेका छन् । यहाँका बुद्धिजिविलाई नै प्रयोग गरेर नेपाली मौलिक ज्ञान मासे । यहाँका महिलालाई प्रयोग गरेर नेपाली महिलाको मौलिकता, उनीहरुका नेपाली पर्वहरु, उनीहरुमा रहेको मातृत्व र ममतत्व मासिरहेका छन् । बाहुनको थर भएकाहरुलाई नै प्रयोग गरेर बाहुनहरुलाई गाली गलौच गराइरहेका छन् । मौलिक धर्म सँस्कृतिबाट च्यूत गराइरहेका छन् । बाहुनको छवि भनेको अरुलाई निचता देखाउने, लूट्ने, जातिय सर्वोच्वता कायम गर्ने जस्ता मात्रै हुन भन्ने भाष्य निर्माण गरिएको छ । पहिला ब्राम्हण भर्सेस अरु जात र अरु जात भित्र पनि यस्तै नीति प्रयोग गरेर कित्ताकाट माथि कित्ताकाट र घृणावादको चरमोत्कर्षमा समाजलाई लैजाने काम भैरहेको छ । समाजमा मिलेर बसेको समुदाय जतिजति खण्डिकृत हुँदै जान्छ त्यतित्यति विदेशीलाई आफ्नो स्वार्थ पूर्ति गर्न सजिलो हुन्छ । देश र समाजको भेद निकाल्न सजिलो हुन्छ भन्ने बुझेका पश्चिमाले दुई चार हजारमा आएका मुगल या अँग्रेजले हजार बर्षसम्म भारतमा त्यहिँका राजारजौटा र जनताहरु नै प्रयोग गरेर शासन गरेको नीति नेपालमा लागू गरेका छन् । यो ‘डिभाइड एण्ड रुल’ को सिद्धान्त पश्चिमाको मूल सिद्धान्त हो । नेपालमा अरु कुराबाट यिनीहरुले सकेनन् र जातिजाति भित्रको डिभिजनलाई आफ्नो स्वार्थपूर्तिको माध्यम बनाएका छन् । यसैको मुख्य तारो बाहुन बनेको छ ।

यहाँ जातिय समुदायका संघसंगठनहरु बनेका छन् तर तिनीहरु नै आपसी बिखण्डन र तिक्ततालाई नै संस्थागत गर्नमा व्यस्त देखिएका छन् । समष्टिगत अमुक जात भन्दा पनि त्यसभित्र पनि कित्ताकित्ता खोजेर आफ्नो आफ्नो स्वार्थको लागि अर्कोलाई भेद दिने र त्यसैको अप्रत्यक्ष गुलामी गर्दै उसैको आदेश पालकको रुपमा काम गर्ने गरिएको छ ।

जात व्यवस्था र छूवाछूतको अन्त्यको कुरा गरियो । धर्म नै परिवर्तन गराएर जात व्यवस्था अन्त गराउने भनियो । तर कामीले दमाईले छोएको खान सकेन । कामी र सुनार भित्र मै विभेद छ । आपसमा बिहेबारी गर्दैन । दमाईले सार्कीले छोएको खान्न । आपसमा बिहेबारी गर्दैन । सार्कीले पोडेले छोएको खान्न । आपसमा बिहेबारी गर्दैन । तर त्यहाँ कुनै विभेद भएको कुरा कहिल्यै सतहमा आउँदैन । कुनै अधिकारकर्मी र विदेशीका पाल्तू टट्टूहरुले वाक्दै हिँड्दैनन् । तर बाहुनले आफ्नो परम्पराभित्र रहेर बस्दा मात्रै पनि विभेद गरेको छ भन्ने कुरा यिनीहरुले सधैं ठूलो मुद्दा बनाउँदै वाक्दै र छेर्दै हिँडेका छन् ।

यहाँ पश्चिमाको नजरमा सबैभन्दा पहिला मास्नै पर्ने जात बाहुन देखिएको छ । उनीहरु खुलेआम भन्छन् ‘ब्राम्हण रहेसम्म यो जात व्यवस्था रहि रहन्छ’ । यो उनीहरुको घोषित नीति हो । हाम्रो समाजको थिति मास्ने दुस्प्रयास हो । पश्चिमाहरुले बुझेका छन् ब्रम्हाण रहेसम्म यहाँको समाजिक संरचना बिथोलेर इसाइकरण गर्दै डार्रफोर बनाउन सकिन्न । नेपाली समाजभित्रका असल अभ्यासहरु मासेर पूर्ण परनिर्भर समाज बनाउन सकिन्न ।

हामीले अन्यत्रको पनि देख्नुपर्छ, बुझ्नुपर्छ । समाजमा आपसमा लडाएर कसरी आफ्नो स्वार्थ मिलाउने गरिएको छ भनेर । हालै बंग्लादेशमा मुस्लीम मुस्लीम लडाइँदै छ । हिजो मध्यपूर्वमा पनि त्यहि गरियो । अफ्रिकाभरि यस्तै गरियो र आजपनि गरिँदै छ । सुडानमा त्यहि गरियो र देश नै अलग बनाइयो । रुवाण्डामा यस्तै गरियो । पूर्वी टिमोरमा त्यस्तै गरियो । भारतमा धर्मको आधारमा देश नै तीन टुक्रा बनाइयोे । नेपालमा धार्मिक, जातिय र नश्लिय तीनवटै फर्मूला एकैचोटी लागू गरिएको छ । यो कुरा नेपालीले आफ्नो जात भन्दा माथि उठेर बुझ्नुपर्छ ।

२०५२ सालबाट सतहमा नै ल्याइएको आफै आफै मारामार काटाकाट गर्ने फर्मूला आजपनि कुनै न कुनै रुपमा प्रयोग भैरहेको छ । मगर गुरुङ तामाङ शेर्पाहरुलाई अम्बेडरवादी र अन्य अन्य आदि इत्यादी भन्दै बिभाजन गरिँदै छ । बौद्ध भित्र पनि कित्ताकाट गराइएको छ । हिन्दूभित्र वनारसी, वृन्दावनी र मष्टो आदि भनेर कित्ताकाट गरिएको छ । क्षेत्रीलाई पनि खस र अखस भनेर कित्ताकाट गरिएको छ । शिल्पी समुदायमा पहाडे दलित र मधेशी दलित भनेर कित्ताकाट गरिएको छ । उनीहरुका पूर्खाले थालेको बसालेको थितिमाथि नै आक्रमण गरेर मासिँदै छ । उनीहरुका चाडपर्व सँस्कृति माथि गलत ब्याख्या गरेर ‘यो ब्राम्हणको हो तिमीहरुको होइन’ भन्ने गरिँदै छ । यसैको नमूना मगर जातिको दशैंलाई बाहुनको दशैं भन्दै टिकालाई बहिष्कार गर्ने योजना हो । मगरको थानपूजा गर्ने चलनलाई बाहुनले लादेको भनेर थान मै मुतेर मासिएको छ ।

यिनीहरुका चर्च र इसाइ संगठनहरुमा समेत अरु जातबाट नेतृत्व भरपर्दो देखिन्न र बाहुन कै थर भएकालाई बिशेष महत्व दिएर राखिने गरिएको छ । बाहुनवाद र ब्राम्हणको तेजोबध गर्नेहरुलाई समेत आफ्नो सवर्थपूर्तिको भरपर्दो दलाल बाहुन नै चाहिएको छ । बाहुनलाई गाली गर्ने प्रगतिशील बुद्धिजिवी पनि बाहुन नै चाहिएको छ । नेपालका इसाइ संघसंगठन चलाउन समेत त्यहि बाहुन नै चाहिएको छ । गज्जबको तमासा छ नेपालमा बाहुनलाई गाली गरेर प्रगतिशीलताको पगरी गुँथ्ने ।

संसारको सबैभन्दा पुरानो संस्था परिवार हो । परिवारले नीजत्वको रक्षा गर्छ । अहिले आफ्नो जातभित्रको विवाह, रक्त शुद्धताको वैवाहिक परम्परा, (अलग गोत्रमा विवाह परम्परा ) जस्ता हाम्रा स्थायी संस्था नै पश्चिमाहरुको स्वार्थपूर्ति गर्नका लागि सबैभन्दा ठूलो अवरोध भएका छन् । परिवारले वंशको रक्षा गर्छ । वंशभित्रको रितिथिति भाषा सँस्कृति सहित समाजको विकास गर्छ । सुरक्षा प्रदान गर्छ । आफ्नो कुलवंशमा अरुको आक्रमण हुँदा प्रत्याक्रण गर्छ र आफ्नो समाजको सुरक्षा गर्छ । यो कुरा बुझेका पश्चिमाहरुले हाम्रो यो परम्परा मास्ने योजनामा काम गरेका छन् ।

चौतर्फी आक्रमण बीच पनि बाहुनले आफ्नो परम्परा जिउँदो राख्न सकेको इतिहास छ । बाहुनले बरु स्थान परिवर्तन गरेको छ तर आफ्नो मुल कुल धर्म सँस्कृति जोगाउन र सनातन भित्रका अरु सँस्कृतिमा समाहित भएर उच्च सम्मानका साथ मिलेर बस्न सक्ने संयमता राखेको जाति हो बाहुन । यसैले यहाँ हरेकको स्वार्थपूर्तिको बाधक बाहुन बनेको छ । बाहुन जाति माथि नखिनिने समाजसेवी, बुद्धिजिवी पनि कस्तो क्रान्तिकारी ? कस्तो प्रगतिशील ? बाहुनको हुर्मत नलिएसम्म त यहाँ कोहि प्रगतिशील नै हुँदैन । यसैले त सबैभन्दा टार्गेट गरिएको जात बाहुन हो । यो त्यहि देश हो, त्यहि समाज हो जहाँ बाहुनमाथि खनिनुलाई नै क्रान्तिकारिता र प्रगतिशिलता भनिन्छ ।

Previous Post

‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’

Next Post

कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल

Next Post
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णालीका नौ जिल्लामा सुपथ मूल्य पसल

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेतृत्व छनोट प्रक्रियामा संघ

नेतृत्व छनोट प्रक्रियामा संघ

April 11, 2026
सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

April 11, 2026
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

April 11, 2026
गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version