For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

बहस

byDainik Nepalgunj
September 14, 2024
in विचार
0 0
0
बहस
Share on FacebookShare on Twitter

विषय प्रवेश
आजको महान बहसले इतिहासमै विशेष अर्थ राख्नेछ । विशेषत: कम्युनिस्ट आन्दोलनको सन्दर्भमा अझै दूरगामी महत्त्वको स्थान ओगट्ने छ । किन्तु बहस सकारात्मक वा नकारात्मक जुनसुकै कोणबाट उठे पनि त्यसले सत्यको अन्वेषण गर्न मद्दत नै पुग्नेछ । यसरी हामीले बहसको बैठानलाई सकारात्मक संश्लेषण र निष्कर्षमा पुर्‍याउने प्रयत्न गर्नुपर्ने हुन्छ । यतिबेला कम्युनिस्ट आन्दोलन दिशाविहीन स्थितिमा छ । यसको सही दिशा निर्धारण गर्न प्रस्तुत हुने अवधारणा, विचार र दृष्टिकोणहरू बीचको संवाद, टकराव र घर्षणले बहसको महत्त्वलाई उजागर गर्छ र ज्ञानको प्रगतिमा योगदान पुर्‍याउँछ । साथै नयाँ चीजको जन्म पनि दिन्छ । यो महान बहसको महत्वलाई यसरी पुष्टि गर्न सकिन्छ । यसका अतिरिक्त कम्युनिस्ट आन्दोलनलाई सुस्पष्ट दिशा निर्दिष्ट गर्न कोशेढुङ्गा नै सावित हुनेछ ।

“महान बहस” भन्नाले मुलतः दुई वा दुईभन्दा बढी परिप्रेक्ष्यहरू, सिद्धान्तहरू, विचारधाराहरु वा दृष्टिकोणहरूको बीचमा हुने गहन छलफल वा संवादलाई बुझ्नुपर्छ । यसप्रकारका बहसहरूमा सहभागी पक्षहरूले आफ्ना सिद्धान्तहरू, प्रमाणहरू र दृष्टिकोणहरु प्रस्तुत गरेर एकअर्कालाई चुनौती दिन्छन् । साथै एकाअर्काका तर्कहरु काट्ने गर्छन । मूलभूत कुरा त तथ्यद्वारा निष्कर्ष वा सत्यमा पुग्ने कुरा हो । यसको दृष्टान्तका लागि प्रथमतः सन् १९२० मा “महान बहस” भनेर खगोलशास्त्रको बहसलाई संश्लेषण गरिएको थियो । जसमा खगोलशास्त्रीहरूले जगतको आकार र स्वरूपबारे बहस गरेका थिए । त्यस सन्दर्भमा तर्कहरु जेसुकै प्रस्तुत गरिए पनि तथ्यद्वारा सत्यमा पुगियोको थियो । द्वितीय, सन् १९५० तिर रसियन कम्युनिस्ट पार्टी र चीनको कम्युनिस्ट पार्टीबीच “महान बहस” चल्यो । त्यो बहस सन् १९५० को दशकको अन्त्यदेखि १९६० को दशकसम्म चलेको थियो । वस्तुतः बहस दुई देशका कम्युनिस्ट पार्टीहरूबीचको वैचारिक र राजनीतिक असहमतिका गम्भीर विषवस्तुहरुमा केन्द्रित रह्यो । त्यो बहस ख्रुश्चेवको आधुनिक संशोधनवादका विरुद्धको संघर्षको रूपमा संश्लेषण गरिएको थियो । तृतीय, आज जगतमा सैद्धान्तिक, वैचारिक र आर्थिक संकट एवं चुनौतीहरु उत्पन्न हुँदै आएका छ्न । त्यसको समाधान गर्नका लागि महान बहसको जरुरी हुन्छ । विश्व समाज र कम्युनिस्ट आन्दोलनमा विद्यमान संकटको समाधान गर्न महान बहसको प्रक्रियाद्वारा नै नयाँ संश्लेषण गर्न सकिन्छ र यो आवश्यक छ ।

राष्ट्रिय मुक्ति क्रान्ति भन्नाले कुनै राष्ट्र वा देशको स्वाधीनता र स्वतन्त्रताको आन्दोलनसँग सम्बन्धित क्रान्ति हो । यो वर्गीय क्रान्तिकै एउटा अभिन्न अंग पनि हो । यसरी कुनै देश वा राष्ट्रले विदेशी शासन तथा आन्तरिक वा बाह्य उपनिवेशिक नियन्त्रण या अत्याचारी सत्ता विरुद्ध संघर्ष गर्नुपर्ने हुन्छ । यो आफ्नो स्वतन्त्रता, सम्मानता र अधिकारका लागि गरिने क्रान्ति हो । यस प्रकारका क्रान्तिहरु मुलुकको स्वतन्त्रता, नागरिक अधिकार तथा जनवादी र समाजवादी शासन प्रणालीको स्थापनाका लागि गरिन्छन । राष्ट्रिय मुक्ति क्रान्ति केवल राजनीतिक स्वतन्त्रताको लागि मात्र नभई सामाजिक र आर्थिक स्वतन्त्रताको लागि गरिने संघर्ष पनि हो । यसर्थ राष्ट्रिय मुक्ति क्रान्ति कुनै पात्र विशेषको आवेग, उत्तेजना वा मनोगत चाहनाले हुने होइन, अपितु यो वस्तुगत र ऐतिहासिक आवश्यकताको माग अनुरुप हुन्छ ।

कार्यदिशाको बहस भ्रम र यथार्थ
कुनै पनि सन्दर्भमा बहस हुनु राम्रो कुरा हो । किन्तु बहसलाई दिशान्तर गर्नु भने राम्रो पक्ष होइन । आजको समाजमा गम्भीर समस्या नै बहसलाई निषेध गर्ने प्रवृत्ति सर्वत्र छ । त्यसरी विषयवस्तुको सतही, छिपछिपे र बोक्रे बुझाइको आधारमा धारणा बनाउने गरिन्छ । फलतः त्यसले गहिराईसम्म पुग्न सकिदैन । यो सही होइन । यसर्थ हामीले समग्र कार्यदिशा सम्बन्धी भ्रम र यथार्थको प्रश्नलाई एकातिर सैद्धान्तिक र अर्कोतिर व्यवहारिक दुबै दृष्टिले पुष्टि गर्न गर्न सक्नुपर्छ ।

पहिलो, हाम्रो कार्यदिशालाई राजनीतिक कार्यदिशा नै होइन भनेर दुष्प्रचार गरिदैछ । यो प्रतिक्रियावादीहरुको भ्रम हो । यसरी इतिहासमा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा नै छैन भन्नु झुट मात्र होइन, बरु इतिहासमाथिकै राजनीतिक बेइमानी हो । त्यो त विश्वकम्युनिस्ट आन्दोलनको इतिहासबारे गहिरो ज्ञान-चेतना नभएकाहरुले गर्ने लफ्फाजी र बकवास मात्र हो । बरु सत्य कुरा क्रान्तिकारी आन्दोलनको इतिहासमा तीनवटा कार्यदिशाहरु प्रयोग हुँदै आएका छ्न । ती हुन्- प्रथमतः समाजवादी क्रान्तिको विचारधारात्मक राजनीतिक कार्यदिशा र सशस्त्र जनविद्रोहको सामरिक कार्यदिशा छ । त्यो रसियन क्रान्तिको प्रक्रियामा विकास गरियो । यो रसियन क्रान्तिको मोडेल हो । द्वितीय, नयाँ जनवादी क्रान्तिको विचारधारात्मक राजनीतिक कार्यदिशा र दीर्घकालीन जनयुद्धको सामरिक कार्यदिशाको संश्लेषण गरिएको छ । यो चीनियाँ क्रान्तिको मोडेल हो । तेस्रो, सशस्त्र छापामार संघर्षको सामरिक कार्यदिशाको जगमा विकसित राष्ट्रिय मुक्ति क्रान्तिको राजनीतिक कार्यदिशा संश्लेषण गरिएको छ । यस मोडेलको प्रयोग दुनियाँमा भयो । यो क्रान्तिको सार्वभौम मोडेल हो । परन्तु यसको संश्लेषण हामीले गरेका छौं । यसको सही संश्लेषण र प्रयोग गर्ने श्रेय इतिहासले हामीलाई प्रदान गर्‍यो र हामीले क्रान्ति तेस्रो मोडेलको रुपमा विकास गर्‍यौं । यसको वैज्ञानिकता व्यवहारिक प्रयोगद्वारा पुष्टि गरिनेछ ।

दोस्रो, राष्ट्रिय मुक्ति क्रान्तिको नारा त राजेन्द्र महतोले उठाएका छ्न भन्ने भ्रम छ । उहाँले उठाउनु भएको कुरा सत्य हो । तर उहाँको राष्ट्रिय मुक्ति क्रान्तिको प्रश्न साम्राज्यवादीहरुको नारा हो । त्यसप्रकारको तर्क गर्दा समाजवादको नारा त हिटलरले पनि उठाएका थिए । के समाजवादको नारा बोक्नेहरु हिटलरवादी हुन् भन्न सकिन्छ ? अँह ! त्यो भन्न सकिदैन । यसर्थ हाम्रो कार्यदिशालाई राजेन्द्र महतोको नारासँग तुलना गर्नै पनि मिल्दैन । किनकि कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिने राष्ट्रिय मुक्ति क्रान्तिको प्रश्न नयाँ जनवादी कार्यभारसहित समाजवादी गणतन्त्रमा पुग्ने उद्देश्यसित सम्बन्धित हुन्छ । किन्तु यसलाई राजेन्द्र महतोसँग जाेडेर गाेएबल्स प्रचार गर्ने दुस्साहस गर्नु हुँदैन । यो इतिहासमाथि कै अन्याय हुन्छ । यसरी राष्ट्रिय मुक्ति क्रान्तिको सन्दर्भमा लेनिनले भन्नुभएको छ- “साम्राज्यवादी विचारकहरु प्रायः राष्ट्रिय मुक्तिबारे गन्थन गर्दछ्न, … तर आर्थिक स्वाधीनताको प्रश्न एकातिर थन्क्याइदिन्छ्न । वास्तवमा चाहिँ यही कुरा मुख्य हो ।” (लेनिन संकलित रचना संग्रह, खण्ड २२, पृ. १८७) । उक्त उद्धरले प्रष्ट गर्छ कि कुनै पनि साम्राज्यवादी वा विस्तारवादीहरुले उठाउने राष्ट्रिय मुक्तिको प्रश्नको सार यही हो । उनीहरूले राष्ट्रिय मुक्तिको गन्थन गर्छन् वा मुद्दा उठाउने गर्छन् । तर आर्थिक स्वाधीनता र वर्गीय मुक्तिको प्रश्नलाई किनारा लगाउने गर्छन् । यो नै हाम्रो र साम्राज्यवादीहरुले उठाउने राष्ट्रिय मुक्ति क्रान्ति बीचको अन्तर छुट्याउने सही र अकाट्य संश्लेषण हो ।

तेस्रो, आजसम्म विश्वस्तरमा सम्पन्न तथा संचालनको अवस्थामा रहेका क्रान्तिहरु सशस्त्र छापामार संघर्षको जगमा राष्ट्रिय मुक्ति क्रान्ति नै हुन् । विशेषत: चाइना, भियतनाम, क्युवा, उत्तरकोरिया र युरोपमा सम्पन्न क्रान्तिको मोडेल पनि सशस्त्र छापामार संघर्ष जगमा विकास गरिएको राष्ट्रिय मुक्ति क्रान्तिकै मोडेल थिए । यसरी राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशाको अपव्याख्या गर्नु भनेको भौतिकवादी ज्ञान-चेतना नभएकाहरुको बकवास मात्र हो । हाम्रो कार्यदिशाको विरोध र समर्थन दुवै हुनेछ । तर सत्यको खोज गर्नु बुद्धिमानी हुन्छ । हामीले तथ्यद्वारा प्रमाणित गरिसकेको स्थिति छ कि हाम्रो कार्यदिशा सही र व‌‌ैज्ञानिक छ । हाम्रो कार्यदिशा सही छ भन्ने कुरा फेरि व्यवहारत: पुष्टि गर्नेछौं ।

चौथो, हामीले नेपाली समाजका विशेषता, प्रधान अन्तरविरोधहरु, भयावह आर्थिक संकटहरु र सामाजिक विघटनको स्थितिलाई द्वन्द्वात्मक भौतिकवादी आँखाद्वारा अध्ययन गर्‍यौं । आज मुलुक अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक अवस्थामा मात्र रहेन । परन्तु त्यसका अवशेषसहित प्रत्यक्ष औनिवेशिक साम्राज्य राज्य विस्तारको स्थितिमा पुग्यो । साथै समाजको समग्र ऐतिहासिक, सामाजिक, आर्थिक तथा राजनीतिक विशेषताहरुको विश्लेषण गर्दै नेपाली क्रान्तिको स्वरुप राष्ट्रिय मुक्ति क्रान्तिको राजनीतिक कार्यदिशा र सशस्त्र छापामार संघर्षको फौजी कार्यदिशाको रुपमा संश्लेषण गर्‍यौं । यसरी सशस्त्र छापामार बलद्वारा राज्यसत्ता कब्जा गर्नु हाम्रो राष्ट्रिय मुक्ति क्रान्तिको केन्द्रीय प्रश्न हो । यसर्थ सशस्त्र क्रान्ति आमूल परिवर्तन तथा वर्गीय एवं राष्ट्रिय मुक्ति क्रान्तिको सार्वभौम नियम हो । यो क्रान्ति मूलभूत उद्देश्य र नियमसंग सम्बन्धित छ । यसप्रकारका महान उद्देश्य र नियमहरुको व्यवहारिक कार्यान्वयन वस्तुस्थितिको सापेक्षता, मौलिकता र विशिष्टतामा गरिन्छ ।

पाँचौ, मुक्ति क्रान्तिको यथार्थ र बजारमा फिजाइएको भ्रमबारे बलियो तर्क प्रहार गर्न जरुरी छ । त्यो प्रश्न भनेको राष्ट्रिय मुक्ति क्रान्तिको प्रश्न हो । यो बहसमा आउनु सही छ । किनकि यस बहसले सही र गलत छुट्याउने छ । हाम्रो राष्ट्रिय मुक्ति क्रान्तिको प्रश्न अन्धराष्ट्रवादी र साम्राज्यवादीहरुले उठाएको जस्तो नारा होइन । हाम्रो कार्यदिशा गुणात्मक रुपैया नै भिन्न छ । त्यसको सुस्पष्ट व्याख्या गरिसकेका छौं । यद्यपि यसको यथार्थ र भ्रम जनता समक्ष पुर्‍याउन जरुरी छ । यसरी राष्ट्रिय मुक्ति क्रान्तिको उद्देश्य भनेको मानिसद्वारा मानिसमाथि हुने शोषणमूलक प्रणालीलाई संसारबाट नामेट पार्नु, सर्वहार वर्ग एवं उत्पीडित समुदायलाई सबैप्रकारका वैदेशिक उत्पीडन र शोषणबाट मुक्त गर्नु, नयाँ जनवादी कार्यभारसहित समाजवाद हुँदै साम्यवादमा पुग्ने सर्वहारा वर्गको ऐतिहासिक कार्यभार हो । यो कार्यभार पूरा गर्न हामीले अत्यन्तै डरलाग्दो र कुरुप दुश्मनलाई पराजित गर्नुपर्ने हुन्छ । उक्त कार्यभार राष्ट्रिय मुक्ति क्रान्तिले गर्नेछ । यो नै राष्ट्रिय मुक्ति क्रान्तिको सार हो ।

कार्यदिशा निरुपणको प्रश्न
वस्तुतः कार्यदिशा सम्बन्धी बहसमा विरोध र समर्थन दुबै हुन्छ । खासगरी विरोध अस्पष्टता र वर्ग अन्तरविरोधको स्थितिबाट हुने गर्दछ । यहाँ हाम्रो कार्यदिशाको सन्दर्भमा पनि यही विरोध र समर्थनको नियम लागू भइरहेको छ । यसरी समर्थन र विरोधको द्वन्द्ववादी प्रक्रियाले कार्यदिशाको वैज्ञानिकता पनि पुष्टि गर्छ । हाम्रो कार्यदिशाको पक्षमा सर्वहारा वर्ग, उत्पीडित राष्ट्र एवं समुदायको समर्थन प्राप्त हुँदै जानेछ । किन्तु क्रान्तिकारी कार्यदिशा अवसरवादीहरुको हातमा पुग्यो भने भ्रष्टीकृत हुन्छ । यसको रक्षा क्रान्तिकारीहरुद्वारा मात्र सम्भव हुन्छ । यसर्थ क्रान्तिकारीहरुले क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासमा विशेष ध्यान दिनुपर्छ ।

नेपाली कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न निकै जटिल प्रश्न हो । प्रथमतः यसको लागि सैद्धान्तिक र व्यवहारिक रुपमा प्रष्टता चाहिन्छ । कम्युनिस्ट आन्दोलन नुन खाएको कुखुरा जस्तो झोक्राएको स्थितिमा अगाडि बढ्न सक्दैन । यसर्थ सैद्धान्तिक, वैचारिक र व्यवहारिक सन्दर्भमा प्रष्ट हुनुपर्ने हुन्छ । द्वितीय, नेपाली कम्युनिस्ट आन्दोलनको सन्दर्भमा कार्यदिशा निरुपणको प्रश्न निकै महत्वपूर्ण प्रश्न हो । यो नेपालको वस्तुगत परिस्थितिलाई ठिक ढंगले संश्लेषण गर्ने हो भने कार्यदिशाको निरुपण गर सकिन्छ । त्यही अनुरुप कार्यदिशा सम्बन्धी बहसद्वारा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा संश्लेषण गरिएको छ । यतिबेला यथास्थितिको निरन्तरता तथा अकर्मण्यतामा फसेको नेपाली कम्युनिस्ट आन्दोलनमा क्रमभंग गर्दै क्रान्तिको सुस्पष्ट बाटो निर्माण गरिएको छ । तृतीय, सशस्त्र छापामार संघर्षको जगमा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशालाई प्रयोगमा लिने प्रश्न छ । यो अझै चुनौतीपूर्ण छ । किन्तु नेपाली समाजको आन्तरिक तथा बाह्य उत्पीडन एवं साम्राज्य राज्यको अत्यन्त गरी नयाँ सामाजिक सत्ता र व्यवस्था स्थापना गर्नको लागि उक्त कार्यदिशा प्रयोग गर्न अनिवार्य छ । यसको प्रयोगद्वारा मात्र देश र जनताको मुक्ति सुनिश्चित हुन्छ ।

मुलतः अहिलेसम्मको इतिहासलाई हेर्दा विश्व कम्युनिस्ट आन्दोलनमा तीनवटा कार्यदिशा प्रयोगमा आएको देखिन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा पनि कार्यदिशा सम्बन्धी बहसमा तीनवटा कार्यदिशाहरु प्रस्तुति भएका छ्न । पहिलो, नयाँ जनवादी क्रान्तिको कार्यदिशा छ । यससँग सामरिक कार्यदिशा छैन । मुलतः विचाराधारात्म राजनीतिक कार्यदिशासँग सामरिक कार्यदिशा संयोजन गरिएन भने राजनीतिक कार्यदिशा अपूर्ण नै हुन्छ र प्रयोगसिद्ध पनि हुन सक्दैन । यसरी जनवादी क्रान्तिको कार्यदिशा शास्त्रीय छ । दोस्रो, समाजवादी क्रान्तिको कार्यदिशा प्रस्तुत गरिएको छ । त्यो सँग पनि सामरिक कार्यदिशा छैन । त्यो काल्पनिक छ । किनकि वस्तुस्थितिलाई छाेडेर मानसिक उडानमा प्रस्तुत गरिएको छ । यसले ठिक ठाँउमा पुर्‍याउँदैन । तेस्रो, सशस्त्र छापामार संघर्षको जगमा राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा संश्लेषण गरिएको छ । यो सही र वैज्ञानिक छ । यो वस्तुगत र आत्मगत स्थितिको उपज हो । यस राष्ट्रिय मुक्ति क्रान्तिले प्रथमतः नयाँ जनवादी कार्यभार पुरा गर्छ । द्वितीय, वैदेशिक उत्पीडनको अन्त्य गर्छ । तृतीय, नयाँ जनवादी कार्यभारसहित स्वाधीन तथा जनवादी गणतन्त्र स्थापना गर्दै समाजवादी क्रान्तिको निरन्तरता दिनेछ । यो नै हाम्रो कार्यदिशाको यथार्थ हो ।
।
निष्कर्ष,
अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी कार्यदिशा निर्माण गर्ने विषय नै मुख्य प्रश्न हो । कुनै पनि क्रान्तिको कार्यदिशा बनिबनाउ हुँदैन । कम्युनिस्टहरुले त्यसप्रकारको कार्यदिशा खोज्नु पनि हुँदैन । परन्तु, आजको स्थितिमा कार्यदिशा भन्नाले परिवर्तनको लक्ष्य प्राप्त गर्नको लागि अपनाइने कार्यक्रम, नीति, र मार्गदर्शनको समष्टि हो । यस अनुरुप नै हामीले नेपाली क्रान्तिको राजनीतिक र सामरिक कार्यदिशा निर्धारण गरेका छौं । यसरी सामरिक कार्यदिशा विनाको विचारधारात्मक राजनीतिक कार्यदिशा अपूर्ण हुन्छ । यस स्थितिमा सामरिक कार्यदिशाको जगमा राजनीतिक कार्यदिशाको विकास गरिएको छ । आजको सही कार्यदिशा भनेकै राष्ट्रिय मुक्ति क्रान्ति नै हुन्छ । यो नयाँ जनवादी कार्यभार पूरा गरी वैदेशिक उत्पीडनको अन्त्य गर्ने अचुक अस्त्र पनि हो ।

Previous Post

बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती

Next Post

पब्लिक स्पिचमा दिल बहादुर प्रथम

Next Post
पब्लिक स्पिचमा दिल बहादुर प्रथम

पब्लिक स्पिचमा दिल बहादुर प्रथम

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version