For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

चौथो नेपालगन्ज फोटो फेस्टिवलकालागि फोटो आह्वान

byDainik Nepalgunj
September 19, 2024
in News, मुख्य समाचार
0 0
0
चौथो नेपालगन्ज फोटो फेस्टिवलकालागि फोटो आह्वान
Share on FacebookShare on Twitter

पुरस्कार राशी दोब्बर

सदभावना दुतमा चुङ्वाकै निरन्तरता

चौथो नेपालगन्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाकालागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गते सम्म रहेको छ ।

अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभरबाट फोटो पठाउन सकिन्छ ।

९ वटा विधामा फोटो प्रतिष्पर्धा हुनेछ भने हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटो मध्ये सर्वाेत्कृष्ट फोटोलाई बर्ष फोटो उपाधीबाट पुरस्कृत गरिनेछ ।

वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लव (PJ Club) का पूर्व अध्यक्ष विकास काकीर्को नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनौट गर्नेछन् ।
फोटो प्रतिष्पर्धामा रहेका विधाहरु समाचार (News), दैनिक जीवन (Daily Life), पर्यटन (Tourism), वन्यजन्तु (Wild Life), खेलकुद (Sports), संस्कृति (Culture), प्रकृति र संरक्षण (Nature & Conservation), कृषी (Agriculture), खुशी र उत्साह झल्किने फोटोहरु नेपाल स्माईल (Nepal Smile) रहेका छन् । हरेक बिधामा १ जना ब्यक्तिले २ वटा सम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेवसाइट antaral.com.np लगइन गरेर फोटो पठाउन सकिनेछ ।

‘सिङ्गो नेपाल झल्किने फेस्टिवलको रुपमा नेपालगञ्ज फोटो फेस्टिवललाई सञ्चालन गरिने छ’ — अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘यो फोटोग्राफी सम्वद्ध धेरै व्यक्तिहरुको जमघटको साझा फोरम पनि बन्नेछ ।’

फेस्टिवल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रर्दशनीमा देशभरवाट छानिएका १ सय ५१ फोटो राखिनेछ ।

साथै २ दिने फोटोग्राफी कार्यशाला हुनेछ, जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणकालागि काठमाण्डौंवाट वरिष्ठ फोटो पत्रकारहरुको उपस्थिति रहनेछ ।

यसैगरी फोटोग्राफी अन्तरक्रिया आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरहरुले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिवलले अघिल्लो पुस्ता र नयाँ पुस्ता वीच सेतुको काम पनि गर्नेछ ।

यसैगरी प्रदर्शनीमा राखिएका फोटोहरुलाई सर्वसाधारणको वढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिवल पछि फोटोहरु राजधानी काठमाण्डौं र मुलुकका बिभिन्न स्थानमा प्रदर्शन गरिनेछ ।

पुरस्कार राशी दोब्बर
बर्ष फोटो (Photo of the Year)
फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा २५ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्दै आएकोमा पुरस्कार राशी यस बर्ष देखि दोब्बर बढी वृद्घि गरी ५१ हजार १ सय ११ रुपैयाँ पुर्याइने भएको छ ।

दोस्रो संस्करण सम्म लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका फोटो मात्रै सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करण देखि देशव्यापी बनाइएको थियो ।

राष्ट्रिय स्तरको प्रतिस्पर्धा भएकोले यस वर्ष देखि पुरस्कार राशी वृद्घि गरिएको आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताएका छन् ।
यसैगरी हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु ५ हजार सहित प्रमाणपत्र दिने गरिएकोमा यस वर्ष वृद्घि गरिने भएको छ ।

पिपुल्स च्वाइस फोटो अवार्ड
(People’s choice Photo Award)
यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटो मध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिने छ । यस अवार्ड विजेताले रु. ५० हजार १ रुपैयाँ नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छ ।

टप २५ वटा फोटोहरु मध्ये अनलाईन भोटिङ्गका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् ।
फोटो छनौट पछि १५ दिनको समय दिएर अनलाइन भोटिङ्ग खुल्ला गरिने आयोजक अन्तरालले जनाएको छ ।

सद्भावना दुतमा चुङ्वाकै निरन्तरता
चर्चित वाईल्डलाईफ फोटोग्राफर चुङ्वा शेर्पालाई नेपालगञ्ज फोटो फेस्टिवलको गुडविल एम्वासडर
(सद्भावना दूत) मा यस बर्ष पनि निरन्तरता दिइएको छ ।

गत बर्ष फोटोग्राफर शेर्पा र फेस्विटलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहवीच राजधानी काठमाण्डौंमा सो सहमति भएको थियो ।

शेर्पाले हुम्लाको लिमी भ्यालीमा खिचेको ‘वाईल्ड याक’ (जंगली याक) को फोटो निकै चर्चित बन्यो । यो फोटो खिच्ने क्रममा याकको आक्रमणबाट मुस्किलले जोगिएको शेर्पा बताउँछन् ।

वाईल्ड याक बिश्वकै दुर्लभ वन्यजन्तु हो । जुन नेपालको हुम्ला क्षेत्र र तिव्वती पठारहरुमा भेटिएको छ । जंगली याकलाई कर्णाली प्रदेशको खुर्खेतमा यसै वर्ष आयोजना हुने १०औं राष्ट्रिय खेलकुदको ‘मस्कट’ घोषणा गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय उनले खिचेको पाटेबाघका तस्वीर र भिडियो निकै चर्चित छन् ।

एअरलाईन्स र होटेल व्यवसायमा लामो समय काम गरेका चुङ्वा शेर्पा शोलुखुम्वुको लुक्ला निवासी हुन् । ५८ बर्षको उमेर पछि क्यामेरा लिएर आफ्नो शौख पुरा गर्न निस्केका शेर्पाले हिमचितुवा, रेडपाण्डा, बाघ, विभिन्न चराहरुको दुर्लभ फोटो खिचेका छन् । नेपालमा मात्र होईन तान्जानियको राष्ट्रिय निकुञ्जमा समेत करिव १ महिना वसेर फोटो खिचेको अनुभव उनीसँग छ । हाल शेर्पा काठमाण्डौमा बसोबास गर्छन् ।

वाईल्डलाईफ फोटोग्राफी गर्न व्यत्तिगत तवरमा धेरै खर्च गरेका चुङ्वा याकको फोटो खिच्न हेलिकोप्टरनै चाटर्ड गरेर लिमी भ्याली पुगेका थिए । प्रविधिमा निकै रुची राख्ने शेर्पाले विश्वकै सबैभन्दा नयाँ प्रविधिका क्यामेरा र लेन्स लगायत उपकरण चलाईरहेका छन् ।
शेर्पाको यो जाँगर र सक्रियताको सम्मानमा उनको सवारी साधनलाई नेपालको सबै राष्ट्रिय निकुञ्ज प्रवेशको अनुमति दिइएको छ ।

हरेक फोटोसँगै भिडियो पनि खिच्ने शेर्पा सामाजिक सञ्जाल फेसबुकमा सक्रिय छन् भने टिकटकमा उनले खिचेको फोटो र भिडियो ‘भाइरल’ छन् ।

‘यो उमेरमा पनि चुङ्वा शेर्पाको उत्साह, हिम्मत र सक्रियता र योगदानलाई सम्मान गर्न हामीले सद्भावना दुतमा निरन्तरता गरेका हौं’ अन्तरालका प्रमुख कार्यकरी जयनारायण शाहले भने ‘उहाँको सहभागिताले नेपालगञ्ज फोटो फेस्टिवलले पनि थप उचाई लिनेछ ।’

Previous Post

पेजरपछि वाकीटकी विस्फोटन, कम्तीमा २० जनाको मृत्यु

Next Post

आज नेपालगन्जमा नाइट रन

Next Post
आज नेपालगन्जमा नाइट रन

आज नेपालगन्जमा नाइट रन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अनाधिकृत हाबी हुँदा हैरान ‘लेखापढी’

घरजग्गा कारोबारमा नेपालगन्जको ‘ब्रेकथ्रु’: दुई कम्पनीलाई इजाजत

March 23, 2026
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

March 23, 2026
३८ वर्षमा एक सय नौ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

साउन यता १७ गैंडा मरे

March 23, 2026
१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

March 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version