For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कोशी प्रदेशसभाः बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन

byDainik Nepalgunj
September 22, 2024
in News, मुख्य समाचार
0 0
0
कोशी प्रदेशसभाः बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन
Share on FacebookShare on Twitter

कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको थियो । त्यसअवसरमा सभामुख विष्टले कोशी प्रदेशसभाले यसपटक समयमै बजेट पारितगरी समितिका विषयगत सभापतिसमेत चयन गर्न महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै सभालाई मर्यादित रुपमा सञ्चालन गर्न सत्तापक्ष र विपक्षसमेत सबैले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो ।

गत वैशाख ३१ गते सुरु भएर झण्डै चार महिना चलेको सो अधिवेशनमा २० पटक बैठक बसेको थियो । कोशी प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा बैठक ४७ घण्टा ५८ मिनेट ४३ सेकेन्ड चलेको थियो । सचिवालयका अनुसार पाँचौँ अधिवेशनको अन्तिमसम्ममा शून्य समय ८४ पटक र वार्षिक नीति तथा कार्यक्रम, विधेयक तथा मुख्यमन्त्रीको विश्वासको मतसम्ममा एक सय ४३ पटक प्रदेशसभा सदस्यले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । यस अधिवेशनमा आर्थिक विधेयकबाहेक अरु तीन विधेयक पारित भए । केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेकय, २०७९ (२०८१) तथा प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित भएका छन् ।

प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमा चार संशोधन प्रस्ताव दर्ता भएकामा अधिकांश संशोधन सरकारले स्वीकार गरेकाले संशोधनकर्ता प्रदेशसभा सदस्यहरुले संशोधन फिर्ता लिएपछि उक्त विधेयक सर्वसम्मतले पारित भएको थियो । यस्तै प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐनलाई संशोधन गर्न बनेको २०७७ (विधेयक २०८१) मा कुनै संशोधन सर्वसम्मतिले पारित भएको छ । यही सभामा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ । दुई तिहाइ मतसहित उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । कोशी प्रदेशमा ९३ प्रदेशसभा सदस्य छन् । नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक प्रदेशसभा सदस्य छन् । कोशी प्रदेशमा नेपाली कांग्रेसको समर्थन र सहभागितामा एमालेको सरकार छ ।

मत विभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको थियो भने विपक्षमा १५ मत प्राप्त भएको छ । एकीकृत समाजवादीका दुई सदस्यले मतदानमा भाग लिएनन् । मतदानका क्रममा प्रदेशसभाका ८३ सदस्य उपस्थित रहेका थिए । यसअघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो । गत भदौ १४ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पुनःविश्वासको मत लिनुपरेको हो । यही अधिवेशनमा प्रदेशसभाको दोस्रो कार्यकालको २२ महिनासम्म विषयगत समितिका सभापति छनोट हुन सकेका थिएनन् । पछिल्लो समयमा केन्द्रीय राजनीतिमा आएको परिवर्तन पछि कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेपछि कोशी प्रदेशमा सातवटै समितिमा सर्वसम्मतले सभापतिहरु चयन भएका छन् । त्यसमा एमालेका तीन, नेपाली कांग्रेसका तीन र माओवादी केन्द्रका एक जना निर्विरोध निर्वाचित भएर कोशी प्रदेशसभामा सहमति, सहकार्य र एकता देखिन पुगेको छ ।

कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८१÷८२ का लागि सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता तथा त्यसमा आधारित नीति र कार्यक्रमअनुसार सरकारले करिब रु ३५ अर्बको वार्षिक बजेट प्रस्तुत गरेको थियो । बजेटमा आएका प्रतिक्रिया र सुझावलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सकारात्मक रुपमा लिने र यसलाई विधि एवम् प्रक्रियाबाट परिस्कृत गर्ने घोषणा गर्नुभएपछि बजेट पनि सर्वसम्मतले पारित भएको थियो । अधिवेशन समापनका अवसरमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले अब सरकारले कुरा गर्ने होइन काम गरेर देखाउनुपर्ने सुझाव दिँदै नेपाल निर्माण गर्न एमाले र नेपाली कांग्रेसको नयाँ समीकरण बनेको जानकारी दिनुभयो । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अहिलेको सरकारले जनतालाई दिने सेवाप्रवाहलाई अझ व्यवस्थित गर्ने भन्दै सरकार बनेको थोरै समयमा प्रदेशबाट अस्थायी सवारी चालक अनुमतिपत्र दिने काम सुरु गर्नु र प्रदेशमा देखिएका बेरुजु खर्च घटाउनु सराहनीय रहेको बताउनुभयो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशसभा राजनीतिक अस्थिरताको छायाँ बन्न नहुने बताउँदै प्रदेशसभा स्वतन्त्र रुपमा चल्नुपर्ने जिकिर गर्नुभयो । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले आन्दोलन र निर्वाचनताका जनतासँग गरेको कबुल पूरा गर्न सुझाव दिँदै सरकारले समयको सङ्केत बुझेर काम गर्न आग्रह गर्नुभयो ।

राप्रपा संसदीय दलका तर्फबाट निमसरी राजवंशीले सरकारको राम्रो कामको समर्थन र खराब कामको खबरदारी गर्ने जनाउँदै सरकारले चाडपर्वको समयमा सीमाक्षेत्रमा हुने तस्करी, लागू र दुव्र्यसनीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने माग गर्नुभयो । जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला तावा लिम्बूले आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने वातावरण हुँदाहुँदै पनि सरकारले आफूहरुसँग विश्वासको मतका लागि आग्रह नगरेकामा दुःख व्यक्त गर्नुभयो । विगतमा विशेष समय र शून्य सममयमा उठेका प्रश्नहरुको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशमा देखिएका समस्यालाई समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले सङ्घमा कतिपय कानुन निर्माण नभएकाले प्रदेश सरकार अप्ठ्यारोमा परिरहेको गुनासो गर्नुभयो । मुख्यमन्त्री कार्कीले रासससँग कुरा गर्दै हालसम्म प्रदेशसभाले ७० कानुन बनाइसकेको जानकारी दिँदै आगामी हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा अघि सार्दै एक दर्जन कानुन बनाउने गरी तयारी थालेको जानकारी दिनुभयो ।

कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८१÷८२ का लागि सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता तथा त्यसमा आधारित नीति र कार्यक्रमअनुसार सरकारले करिब रु ३५ अर्बको वार्षिक बजेट प्रस्तुत गरेको थियो । बजेटमा आएका प्रतिक्रिया र सुझावलाई मुख्यमन्त्री कार्कीले सकारात्मक रुपमा लिने र यसलाई विधि एवम् प्रक्रियाबाट परिस्कृत गर्ने घोषणा गर्नुभएपछि बजेट पनि सर्वसम्मतले पारित भएको थियो ।

Previous Post

मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

Next Post

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

Next Post
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

इरानमा १६०० बढी मृत्युदण्ड

April 13, 2026
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

April 13, 2026
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’

सरकारी विज्ञापन सम्बन्धि मुद्दा आज “हेर्न नभ्याइने”

April 13, 2026
सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

April 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version