For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, December 8, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

चितुवाको त्रासमा सिमलघारीवासी

byDainik Nepalgunj
October 20, 2024
in News, मुख्य समाचार
0 0
0
चितुवाको त्रासमा सिमलघारीवासी
Share on FacebookShare on Twitter

चितुवाले घरमा आएर मानवीय क्षति पुर्‍याउन थालेपछि खजुरा गाउँपालिका–६ सिमलघारीका स्थानीय त्रसित भएका छन् । स्थानीय गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसरे आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।

गत भदौ ३० गते घरबाट स्थानीय वीरन्द्र पुनकी तीन वर्षीया बालिका लक्ष्मी पुनलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि सिमलघारीवासी त्रसित बनेका स्थानीय विनोद शाहीले बताउनुभयो । “चितुवाले यसअघि पनि पटकपटक खोरमा राखेका बाख्रा तान्ने गरेको थियो, अहिले मान्छे तान्न थाल्यो”, उहाँले भन्नुभयो, “घरको आँगनमा खेल्दै गरेकी बालिकालाई चितुवाले लगेपछि असुरक्षा बढेको छ ।”

बालिकाको घरदेखि करिब एक किलोमिटर पश्चिमतर्फको गिजरा सामुदायिक वनको जङ्गलमा टाउको र एउटा खुट्टा फेला परेको थियो । सिमलघारी बस्ती नजिकै मानखोला किनारमा गिजरा सामुदायिक वन पर्दछ ।

मानखोला पारी बर्दिया जिल्लातर्फ ठूलो जङ्गल रहेकाले राति जङ्गली जनावर मानव बस्तीमा आउने गरेका खजुरा–६ का वडाध्यक्ष फारुख शेषले बताउनुभयो । जङ्गली जनावरका कारण स्थानीयवासी एक्लै हिँडडुल गर्न, घरायसी काममा निस्कन, दाउँरा, घाँस गर्नसमेत डराउनुपर्ने स्थिति आएको उहाँले उल्लेख गर्नुभयो ।

गिजरा वनबाट दुई चितुवा नियन्त्रणमा लिए पनि स्थानीयको त्रास घटेको छैन । गत भदौमा बालिकाको चितुवाले ज्यान लिएपछि डिभिजन वन कार्यालय बाँकेले गत असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिन खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो ।

खोजतलासका क्रममा हालसम्म दुई चितुवा खोर (केज) मा परेका डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिनुभयो । सामुदायिक वनमा अझै पनि चितुवा देखिएकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

गत असोज १८ गते र २५ गते दुई चितुवा नियन्त्रणमा लिई चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको वरिष्ठ वन अधिकृत चौधरीले बताउनुभयो । उहाँका अनुसार चितुवालाई नियन्त्रणमा लिन असोज १ गतेदेखि वन क्षेत्रमा तीन वटा फलामको खोर र वनका पाँच स्थानमा पाँच वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिएको थियो । उहाँका अनुसार एक हप्ताभित्र दुई चितुवा नियन्त्रणमा आएका छन् ।

बाँके र बर्दियाको सीमावर्ती क्षेत्र मानखोलाको किनारमा पर्ने गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसरे आक्रमण गर्न थालेपछि स्थानीय त्रसित हुँदै आएका छन् । दुईवटा चितुवा नियन्त्रणमा आएपछि केही राहत महसुस भएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले बताउनुभयो । वन क्षेत्रमा अझै चितुवा रहेकाले खोजी नियन्त्रणमा लिने प्रयास भइरहेको भन्दै उहाँले स्थानीयलाई आवश्यक सर्तकता अपनाउन आग्रहसमेत गर्नुभयो ।

Previous Post

पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव

Next Post

सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय

Next Post
सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय

सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

    प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न

    December 8, 2025
    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

    December 8, 2025
    छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता

    छाडा पशु व्यवस्थापनमा लुम्बिनी प्रदेश सरकारको अग्रसरता

    December 8, 2025
    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

    December 8, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version