- निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेद्वारको खर्च सीमा निर्धारण गरेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को ४० बमोजिम उम्मेदवारले मनोनयन पत्र दर्ता भएदेखि परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवार खर्च गर्न पाउने रकमको सीमा निर्धारण गरेको हो ।
- बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए ।
- जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ मूल्यबराबरको स्याउ जुम्लाले बेचेको हो ।
- सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति आफ्नो दल सन्तुष्ट रहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाको भनाइ छ ।
- मालपोत कार्यालय खादबारीको भवन उद्घाटन गर्दै शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अधिकार सम्पन्न भूमि आयोग गठन हुने बताएका छन् ।
- सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । निकुञ्जको कोर एरियामा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकारात्मक असर गर्ने तथा ध्वनि प्रदूषण समेत हुने भएकाले स्याङबोचेभन्दा माथिको हिमाली क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् ।
- गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ ।
- काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
देशमा आजः ८ बजे ८ खबर
