बाँके : एक महिनामै घरेलु हिंसाका ३८ उजुरी

बाँकेमा एक महिनामै ३८ वटा घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले गत असोज महिनामा कुल ३८ वटा घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएका हुन् ।

प्रहरीका अनुसार, असोजमा महिला तथा बालबालिका सम्बन्धी ११ वटा मुद्दा दर्ता भएकोमा ७ जनालाई पक्राउ परी कानुनी कारवाहीको दायरामा ल्याएको छ ।

प्रहरीले घरेलु हिंसा सम्बन्धी परेका ३९ वटा उजुरीमा २२ वटा फस्र्यौट गरेको जानकारी दिएको छ ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको २५ वटा उजुरी बाँके प्रहरीमा असोजमा परेका थिए । प्राप्त खोजतलासमा कारवाही गरी प्रहरीले ९ जना फेला पारी अभिभावकको जिम्मा लगाएको जानकारी दिएको छ ।

गत भदौमा महिला तथा बालबालिका सम्बन्धी २० वटा उजुरी प्रहरीमा परेकोमा १० जनालाई पक्राउ परेका थिए । घरेलु हिंसाका ६४ उजुरी परेकोमा ५१ वटा फस्र्यौट भएका थिए भने हराएका ४२ निवेदनमा २६ फेला परेका थिए ।

Exit mobile version