For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन

byDainik Nepalgunj
October 27, 2024
in News
0 0
0
नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ प्रकाशन
Share on FacebookShare on Twitter

वैदिक अनुसन्धान गुठी (वाग्) ले नेपालमै पहिलो पटक ‘शुद्ध पत्रे वेद’ को प्रकाशन गरेको छ । गुठीले शुद्धस्वरुपमा वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेदसंहिताका ४० अध्याय प्रकाशन गरेको हो । वैदिक सनातन धर्म, दर्शन, संस्कार, संस्कृति, संस्कृतसंबद्ध ग्रन्थहरूको संरक्षण तथा प्रवद्र्धन, प्राचीन तथा अर्वाचीन ग्रन्थको अध्ययन, अनुसन्धान, सम्पादन, व्याख्या, विश्लेषण, अनुवाद तथा प्रकाशन, वैदिक वाङ्मयको प्रविधिमैत्री पाठ्यक्रम, पाठ्यपुस्तक र श्रव्यदृश्य पाठ्यसामग्री निर्माण, गुरुकुल एवं आश्रम सञ्चालन गरी संस्कृत, संस्कार र संस्कृतिको अध्ययन, अध्यापन र प्रचार–प्रसार, वैदिक वाङ्मयप्रति आस्थावान् व्यक्तिलाई जागरुक बनाई विशेषज्ञ उत्पादनको एकाइ निर्माण गर्र्ने उद्देश्यले एक वर्षअघि स्थापना भएको गुठीको यो पहिलो प्रकाशन हो ।

वेदपाठको नियमसहित समावेश गरिएको ग्रन्थको सम्पादन गुठीको संस्थापक अध्यक्षसमेत रहनुभएका युवा सन्त डा स्वामी केशवानन्द गिरिले गर्नुभएको हो । दुईदेखि चार जनासम्म ब्राह्मणले वेद पाठ गर्दा कति, कति अध्यायसम्म विभाजन गरी गर्ने भन्ने जानकारी समेत यो पत्रे वेदमा दिइएको छ । पुस्तकमा वेद पाठका नियमसहित वेदाध्यायीको नियम र आचरण, वर्ण एवं वर्णोच्चारणका नियम, वेद पाठ विधिलगायत विषय पनि समावेश गरेर सहज बनाइएको छ । पुस्तकमा वेदको महत्व, वेदको विभाजन, शुक्ल यजुर्वेद नाम रहनुमा कारण, यजुर्वेदको शाखा, वाजसनेयि माध्यन्दिन संहिता, काण्व संहिता, शुक्लयजुर्वेद माध्यन्दिन संहिताको विषयवस्तु, चार वेदको संक्षिप्त विवरण, वेदका अङ्गहरु, शुक्लयजुर्वेद माध्यन्दिन संहिताको विवरणलगायत विषयसमेत समावेश गरिएको छ । विधिअनुसार वेद पाठ गर्न चाहनेका लागि पुस्तक सहयोगी हुने देखिन्छ ।

कागेश्वरी मनोहरा–६ निवासी मुरारिप्रसाद फुयाँल एवं उहाँकी धर्मपत्नी सुशीला फुयाँलको सहयोगमा यो ग्रन्थ एक हजार एक प्रति छपाइ गरिएको हो । नेपाली कागज र सामान्य कागज गरी दुई थरी पुस्तक प्रकाशन गरिएको छ । कपडाको वासासहितको पुस्तक गुठीको कार्यालय गौरीघाट र पशुपतिनाथ मन्दिरस्थित शङ्कराचार्य मठमा पाउन सकिन्छ । नेपाली कागजमा प्रकाशन गरिएको पुस्तकको रु ११ हजार १११ र सामान्य कागजमा प्रकाशन गरिएको पुस्तकको मूल्य रु एक हजार १११ तोकिएको छ । पुस्तक बिक्रीबाट प्राप्त स्रोत वैदिक क्षेत्रका बारेमा गुठीले गर्ने अध्ययन, अनुसन्धामा खर्च गरिने जनाइएको छ । स्वामी केशवानन्द गिरिले यसअघि विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको थियो । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोषमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिन्छ ।

स्वामी केशवानन्द गिरिले यसअघि वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहितालाई केएन स्वामी युनिकोड फन्ट तयार पारी आफ्नै सम्पादनमा प्रकाशन गर्नुभएको थियो । शुक्लयजुर्वेदको यो पुस्तक आउनुअघि नेपाली प्रकाशनले निकालेको शुद्ध पुस्तक पाउन कठिन थियो । यसैगरी लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका चार भाग पनि उहाँले प्रकाशन गरी संस्कृत पढ्न चाहने विद्यार्थीका लागि सहज बनाइदिनुभएको छ । आफूले गुरुकुलमा अध्ययनका क्रममा पाठ्यसामग्री पाउन मुस्किल भएको अनुभव पछिका विद्यार्थीले भोग्न नपरोस् भनी गिरिले यो काम गर्नुभएको हो । पूर्वीय वाङ्मयका यी पुस्तकको माग अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत देशमा रहेका बर्मा, भुटान, भारत र नेपालका नेपाली मूलका पाठकबाट भइरहेको छ ।

नेपाल संस्कृत विश्वविद्यालयबाट ‘पाणिनीको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि शोध गर्नुभएका गिरिको लक्ष्य पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै विद्यार्थी एवं अनुसन्धाताका लागि सहज वातावरण बनाइदिनु रहेको छ । यसैका लागि गुठीको स्थापना गरिएको जानकारी पनि उहाँले दिनुभयो । यसैगरी गुठीले महाभारत अनुवाद परियोजना पनि सुरु गरेको छ । यो योजना यही वर्ष चैतमा सम्पन्न हुनेछ । करिब एक लाख श्लोक रहेको विश्वकै ठूलो महाकाव्य महाभारत संस्कृतबाट नेपालीमा पहिलोपटक अनुवाद गर्न लागिएको हो । प्राचीन वाङ्मयको यो सर्वमान्य ग्रन्थ प्रामाणिक विद्वानहरूबाट नेपाली भाषामा अनुवाद भइरहेको छ । करिब रु दुई करोडको लागतमा महाभारतको अनुवाद भइरहेको हो ।

विश्वको सबैभन्दा पहिलो काव्य रामायणको अनुवादलाई पनि गुठीले निरन्तरता दिइरहेको छ । करिब २४ हजार श्लोक रहेको रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरी यसै वर्ष चैत मसान्तसम्म सकिने गुठीले जनाएको छ । रामायण पनि पहिलोपटक संस्कृतबाट नेपालीमा अनुवाद गर्न लागिएको हो । त्रेता युगको घटनाका रुपमा विश्वास गरिने रामायण पनि प्रामाणिक विद्वानबाट नेपाली भाषामा अनुवाद भइरहेको छ । यसको लागत करिब रु ४५ लाख लाग्ने अनुमान गरिएको छ । गुठीले नेपाली संस्कृत शब्दकोश पनि निर्माण गरेको छ । कोशमा २५ हजारभन्दा धेरै नेपाली शब्दको संस्कृत अर्थ समावेश गरिएको छ । यो नेपालकै पहिलो नेपाली संस्कृत आधिकारिक कोष हो । करिब रु १० लाखको लागतमा निर्माण गरिएको यो शब्दकोश संस्कृत अध्ययन गर्नेहरुका लागि उपयोगी मानिएको छ ।

गुठीले बृहत्तम संस्कृत–नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत विद्युतीय कृत्रिम बौद्धिकता (एआई) शब्दकोश निर्माण गर्न लागेको छ । यो विश्वकै सबैभन्दा ठूलो बहुभाषिक शब्दकोश हुने जनाइएको छ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित यो शब्दकोशमा वर्गीकृत शब्द एवं अर्थ समावेश हुनेछ । व्युत्पत्तिमूल शब्दको व्युत्पत्तिसहित उदाहरण प्रस्तुत हुने शब्दकोशमा व्यक्तिको योग्यताअनुसार शब्द छनोट गर्न मिल्नेछ । विसं २०८५ असार मसान्तमा सक्ने लक्ष्य राखिएको यो शब्दकोशका लागि पहिलो चरणमा रु १० लाख र दोस्रो चरणमा रु पाँच करोड लागत लाग्ने अनुमान गरिएको गुठीले जनाएको छ ।

Previous Post

सुनको मूल्य तोलामा एक हजार चार सयले बढ्यो

Next Post

ड्रोनबाट सामान ढुवानी

Next Post
ड्रोनबाट सामान ढुवानी

ड्रोनबाट सामान ढुवानी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपनिर्वाचनमा एमालेले तोक्यो उम्मेदवार

एमालेका आन्दोलन स्थगित

April 18, 2026
रुपैडिहामा ब्राडगेज रेल सेवा सञ्चालनको तयारी तीव्र

रुपैडिहामा ब्राडगेज रेल सेवा सञ्चालनको तयारी तीव्र

April 18, 2026
खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

खजुरा गोल्डकप : जेबिएम फुटबल एकेडेमी लखनउ फाइनलमा

April 18, 2026
पत्रकार महिला टोली विजयी

पत्रकार महिला टोली विजयी

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version