जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आइतबार बाँकेका विभिन्न १० स्थानमा ट्राफिक नियम सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार, सवारी दुर्घटना न्यूनीकरणका लागि दैनिक सचेतनामूलक कार्यक्रमहरू आयोजना भैरहेका छन् ।
चालक, सह–चालक, सवारी धनी, बाटो प्रयोगकर्ता विद्यार्थी र सर्वसाधारणहरूलाई लक्षित गरी सचेतनाका कार्यक्रम आयोजना भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
‘लेन अनुशासन पालना गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउने, तिब्र गतिमा सवारी साधन नचलाउने, सार्वजनिक सवारीमा सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी नचलाउने, ओभरटेक गर्दा ध्यान दिनु पर्ने कुरा लगायत सवारी दुर्घटना न्यूनीकरणका उपायहरूका बिषय जानकारी दिने गरिएको हो’, ट्राफिक प्रहरीले उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गत असोज महिनामा मात्रै बाँकेमा १ सय ९४ वटा सचेतनाका कार्यक्रम गरिएको बताएको छ ।






























