For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

byDainik Nepalgunj
October 31, 2024
in मुख्य समाचार, विचार
0 0
0
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार
Share on FacebookShare on Twitter

नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार । दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने, टीका लगाउने, पूजा गर्ने र त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई स्नेहपूर्वक उपहार दिने एकदमै राम्रो चलन हो । यो चलनलाई जोगाउनुपर्छ । तर यो पर्व मनाउँदै गर्दा विभिन्न मसला र भोजन दाजुभाइलाई दिदा त्यस्तो भोजन कस्तो तरिकाले बनाइएको र कस्तो तेल प्रयोग गरिएको छ भनेर विचार चाहीँ गर्नुपर्छ ।

तेलको गुणस्तरले भोजनको गुणस्तरमा पनि असर पार्ने हुँदा आफूले प्रेमपूर्वक दिएको खानेकुराले कुनै असर नगरोस् भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ । त्यसले मुटु र कलेजोलाई हानि पु¥याउँछ । यस्तो खाना खाएपछि दाजुभाइलाई समस्या उत्पन्न हुनसक्छ । त्यसमाथि पनि मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरूमा झन् समस्या थपिन सक्छ । त्यसैले दिदीबहिनीले सबैलाई स्वास्थ्यकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरे दाजुभाइलाई ‘माया’ गरेको ठहरिन्छ ।

तिहार पर्व मनाइरहँदा सन्तुलित र स्वस्थ खानेकुरातर्फ ध्यान दिन जरुरी छ । यो बेलामा विभिन्न तरिकाले बनाएका बढी मासु खाँदा स्वास्थ्यमा समस्या पनि आउन सक्छ । धेरै चिल्लो, मसला र पिरो राखेर पकाएको मासु स्वादिष्ट त हुन्छ । भात, रोटी, चिउरासँग त्यो स्वादिष्ट मासु खाएर पेट टन्न हुँदा पनि जिब्रो अघाएन र जिब्रोले स्वाद खोज्यो भन्दै पुनः थपेर खाँदा पेटको स्वास्थमा असर गर्छ । जिब्रोको स्वादका आधारमा यसरी मासु र धेरै परिकार तथा अन्य खानेकुरा खाँदा स्वास्थमा अनेक समस्या आउन सक्छ । त्यसैले संयमित भएर भोजन गर्नुपर्छ ।

पर्वका बेला कहिलेकाहीँ धेरै स्वादिष्ट मसलेदार मासु खाएको खण्डमा बिहान टन्न खाएमा दिउँसो खाजा नखाँदा पेटलाई आराम हुन्छ । पेट अटसमटस हुने गरी मासु खाँदा झाडापखाला लाग्ने, पेट दुख्ने समस्या निम्तिन सक्छ । मासुमा रेशादार तत्व हुँदैन । त्यसैले मासुसँगै हरियो सागसब्जी, दही, गेडागुडी, दाल फलफुल अनिवार्य रूपमा मिलाएर शरीरलाई चाहिने मात्रा सेवन गरेर सन्तुलित आहार खाँदा स्वस्थ बन्न सकिन्छ । यस्तो साधारण कुराको ज्ञान राखेर दिदीबहिनीले दाजुभाइलाई कसरी स्वस्थ बनाउने पनि विचार गर्नुपर्छ ।

पहिला नेपालीलाई मासु खानका लागि दशँै, तिहारजस्ता चाडपर्व नै कुर्नुपथ्र्यो । आजभन्दा ४४–४५ वर्षअघि दशैं, तिहारमा मासुभात, मासु चिउरा, मिठाइ खान पाइन्छ भनेर खुशी भइन्थ्यो । यही बेलामा मात्रै मन लागे जति मासु खान पाइन्थ्यो । अरूबेलामा त एक पाउ ल्याएर परिवारले खाने भएर होला, दशैं, तिहारको बेला धेरै मासु खाने चलन थियो । अहिले मासु खान दशैं, तिहारजस्ता चाडपर्वमा पर्खिनु पर्दैन । दैनिक जीवनमा पनि हप्तामा एक÷दुई चोटी मासु प्रायः धेरै परिवारमा पाक्छ । मासु मात्रै लगातार खाने अनि दाल, गेडागुडी, हरियो सागसब्जीलाई बेवास्ता गर्दा कब्जियतको समस्या हुन्छ । शरीरलाई चाहिने प्रोटिन तत्व प्राप्त गर्नका लागि सबै खानेकुरालाई मिलाएर खानुपर्छ ।

चाडपर्वको बेला मासु बढी खाने तर अन्य स्वस्थकर खानेकुरालाई बेवास्ता गर्दा मधुमेह, युरिकएसिड, अत्याधिक मोटोपन, ग्यास्ट्रिक भएकाहरूलाई झन् समस्या पर्छ । विदेशतिर काँचो मासु काटेर डिप–फ्रिजमा राख्छन् र आफूलाई चाहिएका बेला निकालेर पकाउँछन् । हामीकहाँ चाँहि धेरै मासु एकैपटक पकाएर फ्रिजमा राख्ने, त्यसपछि पुनः खानेबेलामा सबै निकालेर एकैचोटी तताउने, चाहिएको खाने अनि फेरि फ्रिजमा राख्ने गरिन्छ । यसरी फ्रिजमा राख्दै, बाहिर निकाल्दै खाने अनि फेरि फ्रिजमा राख्ने गर्दा मासुमा भएको पौष्टिक तत्व र गुणत्मकता घट्छ । खानामा विषालु तत्व उत्पन्न पनि हुनसक्छ । धेरै मासु एकैचोटी ल्याएर डिप–फ्रिजमा काँचो मासु राख्ने, जति चाहिन्छ, त्यति मात्रै निकालेर पकाउने गर्नुपर्छ । सकेसम्म जुनसुकै खानेकुराहरू फ्रिजमा राखेको २४ घण्टादेखि ४८ घण्टाभित्र खानुपर्छ । अहिले नसर्ने रोगहरूको बिगबिगी बढेकाले दाजुभाइको स्वास्थमा राम्रो फाइदा गर्ने भोजन दिनुपर्छ ।

यदि कोही दाजुभाइहरू शाकाहारी छन् भने उनीलाई दही, दुध, पनिर, च्याउ, तोफु, फापर, विभिन्न थरिको रोटी, ढिँडो, चिउराका परिकार आदि खानेकुरा मिलाएर भोजन गराउँदा स्वाद र स्वास्थ दुवै पाइन्छ । तिहारमा चाडपर्वमा मिठाई कोसेली लैजान त बन्द नै गर्नुपर्छ । मैले त घरमा आउने पाहुनालाई ‘मिठाइ ल्याउँदा पनि नल्याउनुहोस्’ भनेको छु । म पनि अरूकोमा जाँदा फलफूल नै लैजान्छु । फलफूल लैजान सजिलो पनि छ । अलि सम्मान गर्ने व्यक्तिको घरमा जाँदा काजु लैजान्छु । गाउँबाट ल्याएको तामा, कोदो, फापर लैजान्छु । तिहारमा म कहिल्यै मिठाइ किन्दिन । अरूलाई उपहार दिँदा पनि दिन्न ।

तिहारमा रमाइलो गरेर मनाइरहँदा स्वास्थ्य अवस्थालाई चाहिँ ध्यानमा राख्नुपर्छ । यो बेला चिल्लो धेरै खायो भने विरामी परिन्छ । त्यसको असर दीर्घकाल रूपमा पनि पर्न सक्छ । पाँच÷छ फिटको शरीरको लागि तीन चार इञ्चको जिब्रोले ‘कन्ट्रोल’ गर्न नसक्दा समस्या पर्छ । दाजुभाइले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ । यो बेला मासु तरकारी, दालभात, विभिन्न किसिमका परिकारहरू खाइन्छ । भोजनले पेट भर्ने मात्र होइन, यो आनन्द पनि जोडिएको छ । पेट भर्ने घर परिवारसँग पाहुनालाई सँगै खाँदा छुट्टै आनन्द आउँछ । तर यस्तो बेला खानेकुरामा एकदमै विचार गर्नुपर्छ । दाजुभाइलाई पाहुना बोलाएको बेला विशेषगरी मासु एकदमै चिल्लो र मसलादार साथै हेर्दा राम्रो लाग्ने गरी बनाइन्छ । तर यस्तो मासु धेरै खाँदा स्वास्थमा असर गर्छ भन्ने कुरा बुझ्नुपर्छ । स्वास्थ्यलाई नराम्रो असर पर्ने कुराहरू सकेसम्म दाजुभाइलाई पर्वको बेला दिनु हँुदैन । मासु र भात पकाएर खाँदा पेट भरिए पनि मुख भरिएको छैन भनेर खाइन्छ ।
पर्वको बेला धेरै चिल्लो, गुलियो पदार्थहरू चिसो पेयपदार्थहरू, मिठाइहरू खाँदा मानिसहरूको शरीरमा विशेषगरी कलेजोमा बोसो जम्ने समस्या हुन्छ । त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाइसम्म चिसो पेयपदार्थदेखि अन्य पेय पदार्थहरूसम्म सेवन गर्दा धेरै विचार गर्नुपर्छ । जुन वस्तुले स्वास्थ्यमा राम्रो असर पार्छ, त्यही खानुपदर्छ । तिहारको बेला ‘ड्राइफुड्स्’का विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गरेर परिकार बनाउन सकिन्छ । यिनीहरू एकदमै स्वास्थ्यवद्र्धक खानेकुरा हुन् । तर यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन । अलिअलि थोरैथोरै हरेक दिन खाने गरेमा स्वास्थमा सकारात्मक असर पर्छ । भाइमसलामा शरीरलाई चाहिने पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ । यस्तो खानेकुराको प्रयोग हामीले हलुवा, खिरमा मिसाएर पनि खान सकिन्छ । यसको प्रयोगले खानेकुरा मीठो र स्वस्थकर हुन्छ ।
भाइमसलाहरू महँगो हुन्छ । काजु, ओखर आदि थोरै थोरै धेरै प्रकारका खानेकुरा बनाएर खाए पनि पुग्छ सकिन्छ । सस्तो बदामलाई गरिबहरूको काजु भनिन्छ, तिहारमा ‘बदाम’ प्रयोग गरेर विभिन्न परिकार बनाउन सकिन्छ । यो बेलामा दाजुभाइलाई बाहिरबाट ल्याइएका खानेकुरा दिनुभन्दा घरमा नै बनाइएका विभिन्न प्रकारका खानेकुरा स्वस्थकर हुन्छ । बाहिरबाट ल्याइएका प्याकेटका खानेकुरा उपहार दिंदा दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ । यस्ता खानेकुरा ल्याएर
दाजुभाइलाई ‘माया गरेको’ नठाने हुन्छ ।

हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको लागि मनाउँछौँ । त्यसैले उनीहरूको स्वास्थ्यको ख्याल राख्नु दिदीबहिनीको कर्तव्य हो । अहिले उपहारमा पनि अनेक फलफूलको जुस होइन, स्थानीय फलफूल नै दिनुपर्छ । बट्टाको फलफुलको जुसले शरीरमा धेरै बेफाइदा गर्छ । बट्टाको जुसहरूमा एकदमै धेरै चिनीको मात्रा हुन्छ । अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरूलाई विभिन्न किसिमका समस्या आइपरेका छन् । त्यसमाथि यदि कसैका दाजुभाइ मधुमेहका बिरामी छन् भने त झनै समस्या हुन्छ । त्यसकारणले बारीमा, पसलमा सजिलै पाइने अम्बा, सुन्तला, अमला हलुवाबेदजस्ता खानेकुराले दाजुभाइको तिहार विशेष बनाऔँ । खानेकुरा घरमा दाल, भात, तरकारी, माछामासु बनाउँदा पनि चिल्लो, पिरो कम गरी बनाउनु पर्छ । स्वादको लागि टमाटर, लप्सी, तिल, सिलाम, आलस, आलुको अचार बनाउन सकिन्छ । अचार खाँदा यसमा हालेको अमिलोमा भिटामीन ‘सी’ हुन्छ, त्यसले रोगसँग लड्ने शक्ति बढाउँछ । सरल र सहज रूपमा पाइने खानेकुराको प्रयोग गरेर पनि तिहार विशेष बनाउन सक्छौँ ।
चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रूपमा खानु हुँदैन । खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो । चिल्लो, पिरो, अमिलो तथा हरेक प्रकारका खानेकुरालाई व्यवस्थापन गर्न सकिन्छ । हरेक खानेकुरा समयमा खानाले स्वास्थ्य भई चाड मनाउन सकिन्छ । रमाइलो गर्ने हो तर स्वास्थ्यको ख्याल गर्दै गरेका हरेक कुरा हाम्रा लागि लाभदायक हुने गदर्छन् । चाडबाड मनाउँदै गर्दा स्वास्थ्यको क्षति नगरी हरेक खानेकुराले आफन्ती तथा दाजुभाइको स्वास्थ्यको ख्याल गर्नुपर्छ । (लेखक पोषणविद् हुनुहुन्छ)

Previous Post

इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version