जिल्ला प्रहरी कार्यालय बाँकेले जुवा खलिरहेका १४ जनालाई सोमबार विहान पक्राउ गरेको जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वमा खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका ४, सल्यानी बागबाट जुवातास खेलिरहेका १४ जनालाई एक लाख ५४ हजार ८२० रुपैयाँ नगद सहित पक्राउ गरेको हो । त्यसक्रममा चार गड्डी तास पनि प्रहरीले बरामद गरेको थियो ।
बाँके प्रहरीका अनुसार पर्व बीच जयसपुर, राप्तीसोनारी, वसपार्क लगायतका क्षेत्रबाट लाखौं रुपैयाँसहित तीन दर्जन बढी जुवाडेहरु पक्राउ गरिसकेको छ ।
‘जुवातास नियन्त्रणका लागि सादा पोशाकका प्रहरी परिचालन गरि सूचना लिने र छापा मार्ने काम जारी छ,’ बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले भने ।






























