For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

मनोरञ्जन क्षेत्रमा हिंसा : ‘रङ्गीन’ क्षेत्र नै ‘रङ्गहीन’

byDainik Nepalgunj
December 6, 2024
in News, मुख्य समाचार
0 0
0
मनोरञ्जन क्षेत्रमा हिंसा : ‘रङ्गीन’ क्षेत्र नै ‘रङ्गहीन’
Share on FacebookShare on Twitter

देशको राजधानी, सिन्धुपाल्चोककी शान्तिमाया लामाका लागि कुनै बेला सपनाको सहर थियो । रङ्गहीन जीवनमा रङ्ग भर्ने सपनाका कारण यो सहर उहाँका लागि अन्तिम गन्तव्य बन्यो । अनि सुरु भयो उमेरले १४ नकट्दै सपना पछ्याउने यात्रा । “हो, जीन्दगी रङ्गहीन नै थियो, बुबाले अर्को बिहे गरेर हामीलाई जीवित भएर पनि टुहुरो बनाउनुभयो । लालनपालन, पठनपाठनको ठेगान थिएन, आर्थिक अवस्था कमजोर भएपछि यस्तै हुँदोरहेछ”, शान्तिमायाले भन्नुभयो, “त्यसैले सिन्धुपाल्चोकमा पूरा हुन नसकेका सपना काठमाडौँमै पूरा गर्ने अभिलाषासहित बाल्यकालमै घरको आँगन छोड्नुप¥यो ।”

कलिलो उमेर, कलिलै सपना । पुग्नु धेरै पर थियो तर उडान भर्ने कसरी ? उत्तर थिएन उहाँसँग । “धेरैले भन्ने गर्थे काठमाडौँ त ठुलो सहर, अवसर पनि ठूलै होलान् । त्यसैले कामसँगै पढाई अगाडि बढाउँदै बाँकी सपना पछ्याउन पाइएला भन्ने सोचकी थिए । अहँ ! सोचेको पूरा भएन”, शान्तिमायाले विगत स्मरण गर्दै भन्नुभयो ।  

सीप थिएन, थियो त नृत्य गर्ने सौख । त्यसैले साथीभाइको लहलहमै सुरु भयो नृत्यशाला (डान्सबार, रोधीघर, दोहोरीसाँझ आदि) को खोजी । दिनभरि पढ्न पाइने, रातिराति काम गरे हुने, यस्तो सुनेपछि उहाँलाई लाग्यो योभन्दा उत्तम विकल्प अरु के होला ! तर सजिलो थिएन यस क्षेत्रमा गर्नुपर्ने सङ्घर्ष । यो प्रसङ्ग सुरु हुँदै गर्दा उज्यालो शान्तिमायाको अनुहार धपक्क निभे झैं भयो । “घरको कमजोर अवस्थाले १५ वर्षको कलिलो उमेरमै काठमाडौँतर्फ डोहो¥यायो, साथीभाइको लहलहैले दोहारी साँझ । त्यसपछि जीन्दगीको अध्यारो यात्रा सुरु भयो”, शान्तिमायाले मनको बह पोख्न सुरु गर्नुभयो । 

नयाँ ठाउँ, नयाँ परिवेश । नयाँ सपना, नयाँ जोश । शान्तिमायामा धेरै दिन टिकेन त्यो । “मसँग राम्रो लुगा पनि थिएन । साहुँले लुगा, बस्ने ठाउँसहित काम त दिन्छु तर तीन महिना कामसम्म तलब हुँदैन, सामान्य खर्चका लागि रु तीन हजार मात्रै दिन्छु भने । अरु विकल्प थिएन, वेटरका रूपमा काम गर्न राजी भएँ”, उहाँले भन्नुभयो,“अध्याँरो, डरलाग्दो ठाउँ । चुरोट, जाँडरक्सी खाने मान्छे, मात लागेपछि होस गुमाउने, छुन खोज्ने, मलाई नै मद्यपान गर्न लगाउने । साहुलाई भन्दा ठीकै छ नि त, धेरै सामान बेचियो भने तिमीलाई पनि त पैसा आउँछ भन्थे । मलाई त बेचबिखनमै परेजस्तो लाग्यो सुरुकै दिन ।”

तीन महिना कट्यो तर तलब बढेन । त्यही बीचमा शान्तिमायाको सहकर्मीसँगै प्रेम भयो र नयाँ ठाउँमा जागिर । त्यहाँ उहाँको तलब रु पाँच हजार तोकियो । १५ वर्ष नकट्दै विवाह भयो । यहाँ पनि सोचेजस्तो भएन । यो सङ्घर्षको अर्को चरण थियो । शान्तिमायाले भन्नुभयो,“प्रेम, विवाह र सङ्घर्ष एकैपटक सुरु भयो । नयाँ जागिर सुरु गरेको केही समयमै गर्भ रह्यो । तीन महिनापछि काम गर्न नसक्ने भएपछि साहुँले कामबाट निकाले । फेरि बेरोजगार । श्रीमानको व्यवहार परिवर्तन भयो, हिंसा गर्न थाल्नुभयो । कलिलै उमेरमा गर्भ, त्यसैमाथि हिंसा, उफ !”

कैयन दुःख सहेर छोरी जन्मिइन् । श्रीमान् थप हिंश्रक बन्न थाले । छोरी एक वर्षकी भएपछि शान्तिमायाले फेरि काम सुरु गर्नुभयो । पहिले वेटरको काम गर्ने उहाँलाई अब स्टेज भएको ठाउँमा डान्सरको रूपमा काम गर्ने मन लाग्यो । अरु काम गर्दा हिंसा बेहोर्नुपरेकी उहाँलाई यस्तो काम गर्दा सजिलो होला भन्ने लागेको थियो । “छोरीलाई कोठामा थुनेर जान्थे । कार्यस्थलमा नथाकुञ्जेल नाच्ने, ग्राहकसँग बस्नुपर्ने । नचाहँदा नचाँदै पिउनुपर्ने, ग्राहकको रुचिअनुसार गर्नुपर्ने । घरमा श्रीमान् थप पीडा दिन थाले । अन्ततः सम्बन्ध टुट्यो”, उहाँले पीडा सुनाउनुभयो,“काममा समस्या, त्यसैमाथि श्रीमान्को ज्यादति । १५ वर्षमा प्रेम र विवाह, १६ वर्षमा बच्चा र १७ वर्ष नपुग्दै सम्बन्ध विच्छेद । अहिले छोरी आठ वर्षकी भइन् । जीन्दगी जेनतेन चलेकै छ ।”

उहाँले रोजगारीका दौरान पटकपटक शारीरिक, मानसिक र यौनजन्य हिंसा भोग्नुपरेको सुनाउनुभयो । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा काठमाडौँको एउटा कार्यक्रममा भेटिएकी शान्तिमायाले आफूले भोगेजस्तो समस्या मनोरञ्जन क्षेत्रका धेरैले भोग्न बाध्य हुनुपरेको सुनाउनुभयो । 

लाखौँ मान्छेलाई रोजगारी दिइरहेको मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र आवरणमा रङ्गीन देखिए पनि व्यवहारमा रङ्गहीन रहेको उहाँको कथन छ । “मैले काम सुरु गर्दै गर्दा उमेर, रुचि, सीपबारे केही सोधिएन न त नियुक्तिपत्र दिएर काममा लगाइयो । शारीरिक, मानसिक र यौन दुव्र्यवहार त्यस्तै । ग्राहक मात्रै होइन, साहुँबाट पनि हिंसा खेप्नुपर्ने । सबैतिर उस्तै छ र सबै जनाले हिंसा भोग्छन् त म भन्दिन तर यो क्षेत्र समस्याले जेलिएको छ”, शान्तिमायाको निष्कर्ष हो यो । 

मनोरञ्जन क्षेत्रमै क्रियाशील लगनशील किशोरी समूहकी अध्यक्ष शिवानी मगरले यस क्षेत्रमा धेरैजसो महिला श्रमिक १८ वर्षमुनिका हुनु, न्यून पारिश्रमिक, यौनजन्य हिंसा र सामाजिक रुपमा हेलोहोचो गरिनुजस्ता समस्या रहेको बताउनुहुन्छ । कार्यरत श्रमिकले सुरक्षाको अभावमा विभिन्न प्रकारका दुव्र्यवहार खेप्नु परिरहेको उहाँले सुनाउनुभयो । “मैले पनि १७ वर्षमै क्याफे तथा रेस्टुरेन्टमा काम गरे । समयमा तलब नपाइने, कार्यस्थलमा गलत मनसायका साथ छुन खोज्ने समस्या भोग्नुपथ्र्यो”, मगरले भन्नुभयो,“कलिलो उमेरमा काम गर्नुपर्ने, काम गर्दागर्दै विवाह हुने, बच्चा जन्मिने र त्यसपछि थप हिंसा बेहोर्नुपर्ने समस्या छन् । त्योभन्दा ठूलो समस्या भनेको यो क्षेत्रमा काम गर्नेलाई हेर्ने नजर नै गलत छ । त्यसैले चौतर्फी हिंसाको सामना गर्ने अवस्था अन्त्य गर्न सबै जिम्मेवार बनौँ”, मगरले आग्रह गर्नुभयो ।  

नृत्यङ्गना अल्का श्रेष्ठ मनोरञ्जन क्षेत्रमा काम गर्नेहरु सबै गलत हुन्छन् र जे गरे पनि हुन्छ भन्ने आमग्राहकको सोचमै परिवर्तनको आवश्यकता देख्नुहुन्छ । यस्तै व्यवसायीमा श्रम अधिकारलाई बेवास्ता गर्ने र जसरी पनि धेरै पैसा कमाउनुपर्छ भन्ने मानसिकता हाबी हुँदा थप हिंसा हुने गरेको उहाँको अनुभव छ । “मनोरञ्जन भन्नेबित्तिकै सबै गलत नै हुन्छन् भन्ने हुँदैन तर ग्राहकले गलत मानसिकता राखेर आउने, जिस्क्याउने, होच्याउने, कुनै महिला श्रमिक मन परेमा मूल्य तोकेर आफूसँग हिड्न, रात बिताउन दबाब दिने समस्या छ । 

माथि उल्लेख गरिएका त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन्, विभिन्न अध्ययनले पनि यस्तै समस्या औँल्याएका छन् । शक्ति समूहले सन् २०२३ मा देशका तीन सहरमा गरेको मनोरञ्जन क्षेत्रमा श्रमिक अधिकारहरूको कार्यान्वयन स्थितिसम्बन्धी अध्ययनले श्रम कानुनको उचित पालना नहुँदा धेरैजसो समस्याहरु देखिने गरेको उल्लेख गरेको छ । पोखरा, इटहरी र काठमाडौका पाँच सय सात नमूना उत्तरदाताहरूलाई आधार मानेर गरिएको सो अध्ययनले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) उचित कामको परिभाषाअनुसार काम नभएको देखाएको छ । 

अनुसन्धानले  कुल उत्तरदातामध्ये ४६ प्रतिशतले कार्यस्थलमा कुनै न कुनै प्रकारको दुव्र्यवहार अनुभव गरेको देखाएको छ । स्थान विशेषमा पोखरामा ६९, काठमाडौँमा ४५ र इटहरीमा २३ प्रतिशत  उत्तरदाताले दुव्र्यवहारका घटना अनुभव गरेको देखाएको छ । क्षेत्र विशेषमा डान्सबारका ७३, दोहोरी ५१, मसाज पार्लर ३४, क्याबिन ३० र खाजा घरका ३० प्रतिशत उत्तरदाताहरूले दुव्र्यवहारको अनुभव गरेको जनाएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । “विशेषगरी शब्द, शारीरिक, मनोवैज्ञानिक, यौन, भेदभाव र अन्य प्रकारका दुव्र्यवहारहरू ग्राहक, रोजगारदाता, सहकर्मी, पुरुष र महिलाहरू, प्रहरी, समुदायका सदस्यहरू, श्रीमान्, प्रेमी, साथीहरू आदिबाट दुव्र्यवहार हुने गरेको छ । त्यसमध्ये १८ प्रतिशतले पुलिस र ५ प्रतिशतले मात्रै गैरसरकारी संस्थामा दुव्र्यवहार र हिंसामा परेको भनेर सहयोग माग्न जाने गरेका छन्”, अध्ययनमा भनिएको छ । 

यति मात्रै होइन, श्रम ऐन, २०१७ ले कुनै पनि व्यक्तिलाई सम्झौताबिना काममा लगाउनु हुँदैन भने पनि सो अध्ययनले केबल ३२ नमूना उत्तरदाताहरू अर्थात छ प्रतिशतसँग मात्रै लिखित कामको सम्झौता रहेको देखाएको छ । “रोजगारदाता श्रम अधिकारसँग सम्बन्धित कानूनी झन्झटहरूबाट बच्नका लागि कर्मचारीहरूलाई लिखित सम्झौता दिनमा हिच्किचाएका उनीहरूको कथन थियो । इटहरीका केवल १२ प्रतिशत र काठमाडौंका सात प्रतिशत नमूना उत्तरदाताहरूले लिखित सम्झौता राखेको पाइएको थियो । पोखरामा कुनै पनि उत्तरदातासँग लिखित सम्झौता थिएन”, प्रतिवेदनमा भनिएको छ । 

यस्तो हुँदा सबैभन्दा बढी समस्यामा पर्ने भनेका महिला र बालिका नै हुन् किनकि यस क्षेत्रमा कार्यरत श्रमिकमध्ये करिब ८० प्रतिशत महिला रहेको जानकारहरुको भनाइ छ ।  यस क्षेत्रका श्रमिकको अधिकारको पैरबी गरिरहेको विश्वास नेपाल नामक गैरसरकारी संस्थाले गरेको ‘मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा कार्यरत श्रमिकहरुको अवस्थाबारे विषयगत अध्ययन प्रतिवेदन २०७९ ले कुल उत्तरदातामध्ये नौ दशमलव चार प्रतिशतले मात्रै नियुक्तिपत्र पाएको र सात प्रतिशतसँग मात्रै श्रम सम्झौता गरिएको देखाएको छ । 

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा कार्यरत श्रमिकसहित तीन सय दुई जनालाई आधार मानेर यो अध्ययन गरिएको थियो । प्रतिवेदनमा भनिएको छ, “३० दशमलव आठ प्रतिशतले कार्यस्थलमा यौनजन्य हिंसा तथा दुव्र्यवहार सामना गर्नु परेको तर तीमध्ये १५ दशमलव दुई प्रतिशतले आफ्नो र जागिरको सुरक्षाका लागि सहेर बसेको जनाएका थिए । हिंसामा पर्नेमध्ये ३६ दशमलव सात प्रतिशत महिला र १७ दशमलव चार प्रतिशत पुरुष रहेको कुराले यस क्षेत्रमा महिला भएकै कारण हिंसा हुने दर उच्च रहेको देखाउँछ र १२ प्रतिशतले चाहेको बेला जागिरसमेत छोड्न नपाउने बताएका छन् ।” 

यस क्षेत्रका श्रमिहरु पनि आफ्नो अधिकारबारे बेखबर जस्तै छन्् । यस विषयमा जानकारी दिने, अनुगमन गर्ने र अधिकारको पैरबी गर्ने काम पनि बृहत् रुपमा भएको पाइँदैन । विश्वास नेपालको सोही अध्ययनले ४० दशमलव पाँच प्रतिशतले सेवा क्षेत्रका मुख्य सरोकारवालाबारे थाहा नै नपाएको, ४९ दशमलव आठ प्रतिशतले कार्यस्थलमा कुनै अनुगमन नभएको र ५१ दशमलव आठ प्रतिशतले कार्यस्थलमा कुनै आचारसंहिता लागू नभएको बताएको पनि उल्लेख गरेको छ । 

सोही संस्थाको अर्को एक अध्ययन प्रतिवेदनमा भनिएको छ, “अमेरिकी विभाग मोनिटर एण्ड कम्ब्याट ट्रयाफिकिङ २०२० को प्रतिवेदनअनुसार नेपालमा मानव बेचबिखनका दलालहरूले नेपाली केटाकेटीहरूलाई सडक, डान्सबार, मसाज पार्लर र क्याबिन रेष्टुरेन्टलगायत सत्कार क्षेत्र जस्तो स्थानमा यौन क्रियाकलापमा सङ्लग्न गराउने जनाएको छ । ती यौनकर्मीहरूले निजी अपार्टमेन्टहरू, भाडाका कोठा, गेष्टहाउस र रेष्टुरेन्टहरूलाई यौन बेचबिखन स्थानका रूपमा प्रयोग गछ्र्रन्”, त्यहाँ उल्लेख छ,“यस क्षेत्रमा प्रवेशबारे एउटा अध्ययनले भन्छ कि अधिकांश श्रमिकहरू अर्थात ६२ प्रतिशतले १८ वर्षमुनिकै उमेरमा काम सुरु गर्छन् ।... यी ठाउँहरूमा काम गरिरहेका व्यक्ति चाहे १२ वर्षका हुन् वा २१, श्रमिकहरूले विभिन्न शोषणको सामना गरिरहेका छन् ।”

शारीरिक, मानसिक, यौनजन्य हिंसा मात्रै होइन पछिल्लो समय यो क्षेत्र मानव बेचबिखनको उच्च जोखिममा पर्दै गएको जानकारहरु बताउँछन् । सामरी उत्थान सेवाले गरेको एक अध्ययनको पृष्ठभूमिमा भनिएको छ, “नेपालमा मानव बेचबिखनबाट प्रभावित हुनेहरूमध्ये ६८ दशमलव ४९ प्रतिशत घटनाहरू आन्तरिक मानव बेचबिखनसँग सम्बन्धित छन् । त्यसमा पनि वयस्क मनोरञ्जन क्षेत्र सबैभन्दा ठूलो क्षेत्र हो । यसले नेपालमा हुने मानव बेचबिखनको सबैभन्दा धेरै अर्थात् १८ प्रतिशत हिस्सा ओगट्छ ।”  

राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०७९ ले मानिसको जीवनशैलीमा आएको परिवर्तन, विश्वव्यापीकरण, प्रविधिको विकास एवं विस्तार, बढ्दो आप्रवासन, सहरीकरण तथा मध्यम वर्गमा भएको वृद्धिका कारण विश्वभर नै वयस्क मनोरञ्जन व्यवसाय विस्तार हुँदै गएको तर मानव बेचबिखन र ओसारपसारको दृष्टिमा यो व्यवसाय थप चुनौतीका रूपमा विश्वसामु देखिएको छ । “वयस्क मनोरञ्जन तथा सत्कार व्यवसायमा उच्च यौनजन्य हिंसाका क्रियाकलाप हुने गरेको तथ्य त्यस क्षेत्रमा कम उमेरका किशोरीको उपयोगमा रहेको बाहुल्यताले पुष्टि गर्दछ । नेपालका प्रमुख सहरहरूमा बढ्दो वयस्क मनोरञ्जन व्यवसायले आन्तरिक मानव बेचबिखन र ओसारपसारका घटना वृद्धि हुनुले थप जटिलता ल्याएको छ । यसका अतिरिक्त श्रमिकको खुला आवागमन, अन्तर्राष्ट्रिय मनोरञ्जन बजारसँगको सहज सम्पर्क र सञ्जाल, आन्तरिक र बाह्य एजेण्टको खुला गतिविधि, बेचबिखनकर्ताको सञ्जाल, खुला सीमाना, प्रविधिको बढ्दो प्रयोग, इन्टरनेटलगायत सुविधाका कारण नेपाली महिला तथा किशोरीलाई देशभित्र र अन्तर्राष्ट्रिय मनोरञ्जन बजारमा उपयोग गर्ने क्रम बढ्दै गएको छ”, प्रतिवेदनमा भनिएको छ । 

अध्यता शिवहरि ज्ञवाली यस क्षेत्रमा आर्थिक, सामाजिक रुपमा विपन्न तर सांस्कृतिक रुपमा कलासम्पन्न समुदायका श्रमिकको बाहुल्यता रहेकाले उनीहरु थप हिंसामा पर्ने गरेको सुनाउनुहुन्छ । उहाँ यस क्षेत्रमा अधिकांश जनजाति र दलित समुदायका व्यक्तिहरु क्रियाशील रहेको र विशेष गरी दलित समुदायका महिलाहरूले जातकै कारण रोजगारी पाउन कठिन भएको, कार्यस्थलमै जातीय विभेद भोग्नु परेको, रोजगारी पाउनका लागि थर परिवर्तन गर्न बाध्य हुनुपरेको बताउनुहुन्छ । “थर लुकाउनु भनेको आफ्नो पहिचान खुल्ने कानुनी परिचयपत्र नदिनु हो । यदि कानुनी पहिचान नै छैन भने त्यहाँ कार्यसम्झौता हुँदैन । कार्यसम्झौता नभएमा जुनसुकै बेला आइपर्ने समस्या, यौनजन्य, शारीरिक, मानसिक तथा आर्थिकलगायत हिंसाको कानुनी प्रतिवाद गर्ने आधार हुँदैन, जसले गर्दा थप हिंसा भोग्नुपर्ने हुन्छ”, ज्ञवालीले भन्नुभयो । 

दलित महिला सङ्घका संस्थापक दुर्गा सोब पनि पछिल्लो समय मनोरञ्जन क्षेत्रका महिलामाथि हुने हिंसा सबैका लागि चिन्ताको विषय भएको बताउनुहुन्छ । यस क्षेत्रमा हुने हिंसा अन्त्य गर्न सरकार र सबै सरोकारवालाले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता देखिएको उहाँको भनाइ छ । “घरेलु हिंसा, बलात्कार तथा बलात्कारको प्रयास र हत्या, जातीय तथा लैङ्गिक आधारमा हुने हिंसाका समस्या त्यस्तै छन् । रोजगारीको प्रचुर सम्भावना रहेको मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुले थप हिंसा सामना गर्नु, सङ्गठित संस्थामै हिंसाको अवस्था रहनु, कार्यस्थलमा हिंसा बेहोर्नु तर सञ्चालक, राज्यलगायत सरोकारवालाबाट संरक्षण प्राप्त नगर्नु चिन्ताको विषय हो”, सोवले भन्नुभयो । 

राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक एवं श्रम अधिकार अभियन्ता मिलन धरेल मनोरञ्जन तथा सत्कार क्षेत्रका व्यवसाय अनिवार्य दर्ता हुनुपर्ने, श्रम कानुनअनुसार श्रमिकहरुको भर्ना, सेवा सुविधा, पारिश्रमिक र सुरक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुहुन्छ । उहाँ आधुनिक विश्वमा नेपाललगात सबै देशमा मनोरञ्जन व्यवसाय फस्टाउँदै गएको तर यो क्षेत्र व्यावसायिक, सम्मानित र मर्यादित बन्न नसकेको भनेर उठ्ने प्रश्नबारे चिन्ता व्यक्त गर्नुहुन्छ । 

विश्वास नेपालका अध्यक्ष तारा भण्डारी यस क्षेत्रलाई व्यवस्थित गर्नसके लाखौँ नागरिकलाई रोजगारी दिनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा राख्नुहुन्छ । त्यसका लागि यस क्षेत्रमा कार्यरत धेरै श्रमिक महिला आर्थिक, सामाजिक, मानसिक र यौन शोषणमा पर्न बाध्य भएको गुनासा सम्बोधन गर्न रोगारदाता, सरकार, सरोकारवाला र श्रमिकहरु एकताबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ छ ।

Previous Post

२४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागी

Next Post

आयोगलाई पीडितमैत्री बनाउनुपर्ने द्वन्द्वपीडितको सुझाव

Next Post
आयोगलाई पीडितमैत्री बनाउनुपर्ने द्वन्द्वपीडितको सुझाव

आयोगलाई पीडितमैत्री बनाउनुपर्ने द्वन्द्वपीडितको सुझाव

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
हालसम्मकै उच्च सुनको मूल्य

सुनचाँदीकोे मूल्य घट्यो

March 18, 2026
मदरसामा १८ लाखबढीको भ्रष्टाचार, अख्तियारले गर्यो मुद्दा दायर

भ्रष्टाचारका उजुरी बढ्दो फस्र्यौट

March 18, 2026
बालिका जोगाउनै गाह्रो !

शिक्षकमाथि बाल यौन दुराचारको आरोप

March 18, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

प्रतिशोधमा हत्या, छिमेकी पक्राउ

March 18, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version