For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

मैले जस्तो पीडा अव कसैले भोग्नु नपरोस

byDainik Nepalgunj
December 8, 2024
in मुख्य समाचार, विचार
0 0
0
मैले जस्तो पीडा अव कसैले भोग्नु नपरोस
Share on FacebookShare on Twitter

म चन्द्रकला उप्रेती द्वन्द्वकालमा जवरजस्ती बेपत्ता पारिएका भुपेन्द्रराज उप्रेतीको श्रीमती । दोलखा जिल्ला चरीकोट नाम्दु–१ घर भई हाल नेपालगन्ज–१ धम्बोझी बस्दै आएका मेरा श्रीमान भुपेन्द्रराज उप्रेतीलाई मिति २०६० साल मंसिर २३ गते सुरक्षाकर्मीद्धारा नेपालगंजबाट पक्राउ गरि इमामनगर राँझा ब्यारेकमा लगेकोमा त्यहिबाट हालसम्म वेपत्ता पारिएको छ ।

घटनामा संलग्न पीडकलाई कारवाही न्यायको माग राख्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराइकी थिए । अदालतको आदेश पछि बाध्य भई प्रहरीले जाहेरी दर्ता गरेको भए पनि जाहेरी दर्ता भएको एक बर्ष ब्यतित भैसक्दा समेत मुद्धाको प्रभावकारी अनुसन्धान हुन सकेको छैन । मेरो श्रीमानलाई के कति कारणले पक्राउ गरि बेपत्ता पारियो ? बेपत्ता पारिएका मेरा श्रीमानको अवस्था के कस्तो छ भन्ने कुराको सत्य तथ्य जानकारी हालसम्म पाउन सकेकी छैन ।

श्रीमान भुपेन्द्र उप्रेती घरबाट साविक नेपालगञ्ज नगरपालिका वडा नं.१ (हाल नेपालगंज उपमहानगरपालिका वडा नं.१) धम्बोजी चोक स्थित पसलमा सधंै झै आफ्नो ब्यापार ब्यवसायमा व्यस्त हुनुहुन्थ्यो । उक्त दिन साँझ अन्दाजी ५÷६ बजेतिर सैनिक अधिकारीहरुको कमाण्डमा गस्तीमा आएका सुरक्षाकर्मीहरुको टोली हाम्रो उक्त पसलमा आँए । सो समयमा श्रीमान भुपेन्द्रराज उपे्रती पसल बन्द गरेर संगै पक्राउ परेका सुनिल क्षेत्रीसंग गफ गर्दै अवस्थामा सुरक्षाकर्मीहरुले बलपुर्वक पक्राउ गरी नियन्त्रण लिए । श्रीमानले प्रयोग गर्ने गरेको भे प १, १८२३ नं मोटरसाइकल र श्रीमानलाई नेपालगंजको धम्बोजी चोकतर्फ लिएर गएर केहीसमय उक्त चोकमा राखे । आर्मिको गाडीमा राखेर लैजाने बेला मोटरसाईकल छ भने पछि एक जना सेनाले मोटरसाईकलको चापी लिई झरेर मोटरसाईकल चलाएर लगे । आखाँमा पट्टी बाँधी सेनाको गाडीमा उक्त ब्यारेक पुर्याइएका निज श्रीमानलाई आजसम्म बेपत्ता पारिएको अवस्था छ ।

घटनाको तीन चार दिन पछि मध्यपश्चिम पृतना हेडक्वाटर इमामनगर राँझा ब्यारेकमा खसी तथा मासु आपुर्ति गर्ने एकजना ठेकेदारसँग नेपालगञ्ज स्थित मुस्लिम टोलमा भेट भयो । निज ठेकेदारले मलाई मेरा श्रीमान भुपेन्द्रराज उप्रेतीलाई राँझा ब्यारेकमा भेटेको कुरा सुनाउनु भयो । मेरा श्रीमान भुपेन्द्रले उनीसंग म एक दुई दिनमा घर आउँछु, पीर नगर्नु, बच्चाहरुको राम्रो हेरविचार गर्नु, घर खर्चको लागि चिनेका व्यक्तिहरुसँग सापटी लिनु, आएर तिरौला भनि मलाई भनीदिनु भनि सन्देश पठाउनु भएको रहेछ । श्रीमान भुपेन्द्रलाई पक्राउ गरिएको सत्रौँ दिनमा उहाँसँगै पक्राउ परेका निज सुनील क्षेत्री उक्त ब्यारेकबाट थुनामुक्त भै घर फर्किएको खबर तिनै आर्मि ब्यारेकमा मासु पु¥याउने ठेकेदारबाट पाएँ । यो कुरा थाहाँ पाउने बित्तिकै म निज क्षेत्री थरका ब्यक्तिको घरमा गए र उहाँको बारेमा सोधपुछ गरे । निजले मलाई आफु बाघको मुखबाट बाँचेर आउन सफल भएको बताउदै पति भुपेन्द्रराज उप्रेतीसँगै आफु तीन दिनसम्म उक्त ब्यारेकमा थुनामा बसेको र त्यसपछि भुपेन्द्र र आफुलाई सेनाले अलग अलग गरिदिएकाले त्यस पछिको अवस्थाका बारेमा थाहाँ नभएको बताएका थिए । उनले ब्यारेकका लागि मासु पु¥याउने ठेकेदार र तरकारीवालासँग खबर पठाउँदा सेनाले मार्छकी भनी डराएको अवस्थामा हुनुहुन्थ्यो भनि बताएका थिए । साथै उनले सेनाले मेरा श्रीमान भुपेन्द्रराज उप्रेतीलाई पनि कुटपिट गरेको कुरा बताएका थिए । यातना र सेनाको धम्कीका कारण श्रीमान उक्त ब्यारेक भित्रका कुराहरुबारे खुलेर बोल्न सक्ने स्थितिमा देखिदैनथे ।

यस पछि मैले श्रीमानको खोजी कार्य अझ बढाए । खोजतलास गर्ने क्रममा म पटक पटक उक्त ब्यारेकमा गएँ । तर ब्यारेककोे गेटमा डिउटीमा खटिएका नाम पद थाहाँ नभएका सुरक्षाकर्मीले तिम्रो श्रीमानलाई पक्राउ नै नगरेको बताउदै आईन्दा खोजतलास गर्न नआउनु भनि मलाई हकार्थे । घटना घटेको २२ दिनको दिन पतिको सोधखोजको लागी उक्त ब्यारेकमा जाँदा पनि गेटमा बसेका सेनाले तिम्रो पतिलाई पक्राउ नै गरिएको छैन भन्ने जवाफ दिए । घटनाका बारेमा प्रहरी प्रशासनतिर बुझ्न जाँदा त्यहाँका अधिकारीहरुले समेत माओवादी हराएकोमा केही फरक पर्दैन, आइन्दा खोज्न नआउनु भनी धम्की दिन्थे ।

मेरो श्रीमान नै हाम्रो परिवारको गाँस, बास, कपास र शिक्षा दिक्षा लगायतको सम्पूर्ण जिविकाको एकमात्र श्रोत हुनुहुन्थ्यो । उहाँलाई वेपत्ता पारिदिए पछि वहाँले सञ्चालन गर्दै आउनु भएको हार्डवेयरको पसल बन्द हुनुका साथै हाम्रो परिवारले विभिन्न आर्थिक समस्याहरुको सामना गर्नु परेको छ । बेपत्ता श्रीानको खोजी र न्यायका लागि प्रयास थालेको आज २१ बर्ष पुग्दा यस बिचमा हाम्रो सम्पूर्ण परिवारले आर्थिक, सामाजिक र मानसिक लगायत थुप्रै किसिमका पीडाहरु भोग्नु परेको छ ।

वेपत्ता पतिको खोजी गर्दै बिभिन्न संस्थामा निवदेन दिएँ । धेरै पटक प्रहरी प्रशासन धाएर उजुरी गरे । राष्ट्रिय मानवअधिकार आयोग गए ।संक्रमणकालीन न्यायको व्यवस्थापन गर्ने भनि हाल बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पारित भएको छ । ऐनमा भएको ७५ प्रतिशतसम्म सजायमा छुट दिने कुरामा हामी पीडितहरुको चित्त बुझेको छैन । नया कानून अनुसार दुवै आयोग गठनको प्रक्रियामा रहेको छ । पदाधिकारी चयनका लागी सिफारिस समिति बनेको छ । संक्रमणकालिन न्यायको मर्म बुझेको, योग्य सक्षम ब्यक्ति छनौट हुनु पर्दछ भन्ने हाम्रो माग रहेको छ ।

बेपत्ता श्रीमानको लास र सासको अवस्था थाहा नपाउदा म लगायत धेरै बेपत्ता परिवाहरु न्याय पाउने नपाउने आशा र निराशाको दोसादमा छौ । सामाजिक लाल्छना सहनु परेको छ । एकल न दोकलको अन्योलतामा जिवन जिउँन बाध्य हुनु परेको छ । हरेक दिन बेपत्ता पतिको सम्झनाले सताउने गरेको छ । साँझमा कुकुर भुकेको बेला होस वा टाढाबाट घरतर्फ कोही आईरहेको अवस्थामा पतिको सम्झना आईहाल्छ । बेपत्ता पारिएका श्रीमानको खोजखवरका लागी कहिले मानव अधिकारका कार्यालय त कहिले द्वन्द्व पीडितका आन्दोलनमा धाईरहदा न दिनको भोक छ न त रातको निन्द्रानै । बेपत्ताको पतिको खोजीका लागी २१ बर्षदेखि संघर्षरत छु तर पनि बेपत्ता श्रीमान कहा के कस्तो अवस्थामा हुन हुन्छ भन्ने बारेमा घटनाको सत्य तथ्य थाहा पाउन सकेकी छैन । अव त श्रीमानको मर्दो जिउदोको कुनै खवर मरिने हो कि भन्ने चिन्ताले सताउन थालेको छ ।

यहि आसा र निरासाको दोषादमा गत बर्ष २०८० पुषको १२ गते मैले मेरो श्रीमान भुपेन्द्रराज उप्रेतीको कुसको शव बनाएर काठमाण्डौ स्थित पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार दाहा संस्कार गरे । सदा झै यस पाली पनि मेरो श्रीमानलाई पक्राउ गरेर बेपत्ता पारेका स्थान बाँकेको नेपालगंज स्थित धम्बोजी चोकमा श्रीमानको सम्झनामा चाडो भन्दा चाडो सत्य न्याय प्राप्त होस भन्ने कामना सहित दिप प्रज्वलन, पुजा, परेवा उडाउने कार्यक्रम तय गरेकी छु । मनले नमान्दा नमान्दै पनि वहाँको बार्षिकी ०८१ पुषको २ गते गर्दैछु । तर राज्यले दिने सत्य, न्याय र परिपुरण सहित आत्मसम्मान कहिले दिने हो थाहा छैन ।

एकातिर आफ्नो हिन्दु संस्कारमा बस्नु पर्ने अर्को तिर राज्यले बेपत्ता पारिएका मेरा श्रीमानको न लास न साँसको अवस्था जानकारी नदिदा शब्दमा मेरो पीडा कसरी लेखु ? लेख्नै कुनै शब्दै भेटिन ।

मेरा पति भुपेन्द्रराज उप्रेतीलाई २०६० सालको मंसिर २३ गते सुरक्षाकर्मीले पक्राउ गरेर बेपत्ता गरेको पनि २१ बर्ष पुरा भएछ । बेपत्ता पारिएका पति भुपेन्द्रराज उप्रेतीको अनुपस्थितिमा मैले कसरी २१ बर्ष कटाए, कसरी बालबच्चा हुर्काए सम्झना आङ्गै सिरिङ्ग भएर आउछ । कैयौ रात रुदै श्रीमानको सम्झनामा नसुती कटाए, कसरी पीडा सहदै आए सम्झेर आउदा आफै कता कता हराएझै लाग्छ ।

कामना गर्छु मलाई जस्तो पीडा कसैले भोग्नु नपरोस । भबिश्यमा कसैले बेपत्ता हुन नपरोस । अझै पनि मनमा मेरा बेपत्ता पारिएका श्रीमान कतैबाट आउनु हुन्छ कि ..? कतैबाट केही खवर आउछ कि ? भन्ने लाग्दा लाग्दै मृत्युको संस्कार गर्नु पर्दाको पीडा कस्तो होला ? हामी पीडित माथी राज्यले किन यति ठुलो पीडा दिईरहेको छ । भो अव त अति भो हामी पीडितलाई कति रुवाउछौ सरकार ? अव त भनिदेउँ हाम्रा मान्छे कहाँ छन् ? भनीदेउ सत्य तथ्य । अव धेरै पीडा सहन गर्ने क्षमता छैन । पारदर्शि तरिकाले पीडित मैत्री संक्रमणकालिन न्यायका संरचना बनाई न्यायको अनुभुति दिलाउ सरकार । (लेखक द्वन्द्व पीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष हुन् ।)

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

Next Post
सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

March 17, 2026
इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

इस्तियाक राईले पुरा गरे चुनावी वाचा, मालपोतमा ‘नागरिक सहायता कक्ष’ उद्घाटन

March 17, 2026
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता

लुम्बिनीको पूँजीगत खर्च न्यून

March 17, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु

March 17, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version