For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेका द्वन्द्वपीडित भन्छन्ः ‘प्रभावकारी उपचारको व्यवस्था हुनुपर्छ’

byDainik Nepalgunj
December 9, 2024
in News, मुख्य समाचार
0 0
0
आयोगलाई पीडितमैत्री बनाउनुपर्ने द्वन्द्वपीडितको सुझाव
Share on FacebookShare on Twitter

नेपालगञ्ज (बाँके), २३ मङ्सिरः द्वन्द्वकालमा शारीरिक तथा मानसिक यातनाबाट पीडित बनेका बाँकेका द्वन्द्वपीडित अहिले पनि कष्टकर जीउन बिताउन बाध्य छन् । द्वन्द्वकालमा पाएको शारीरिक तथा मानसिक यातनासँगै प्रभावकारी उपचार नपाउँदा समयमा नपाउँदा सास्ती खेप्नुपरेको द्वन्द्वपीडितको भनाइ छ । जिल्लाको कोहलपुर–११ की कलि परियारको अहिले दाँहिने कुहिनाले राम्रोसँग काम गर्न सक्दैन । “मेरो अहिले दाहिने पाटो चल्दैन, चिकित्सकले कुटपिट भएकाले समस्या भएको भन्दै आएका छन्”, उहाँले भन्नुभयो । आफू अपाङ्ताको अवस्थामा पुगेको भन्दै सरोकार भएकाले प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “श्रीमान् अहिले पनि बेपत्ता हुनुहुन्छ, धेरै वर्ष बित्यो । मानसिक पीडा छँदैछ, अहिले शारीरिक पीडा पनि थपिएको छ । औषधि उपचार गर्न कठिनाइ भइरहेको छ । राज्य तथा सरोकार भएका निकायले निःशुल्क औषधि उपचारको व्यवस्था गरे हामी पनि सामान्य जीवन जीउन सक्ने थियौँ”, परियारले भन्नुभयो । द्वन्द्वपीडितको जीविकोपार्जनका लागि आयमूलक सीप विकास, आम्दानीको दिगो स्रोत व्यवस्थापन र स्वास्थ्य उपचारको व्उवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “अङ्गभङ्ग भएकाहरूको शरीरलाई मलम लगाउन निःशुल्क औषधि, उपचारको व्यवस्थाका साथै आयआर्जनमा जोडिन सीप विकास आवश्यक छ”, उहाँले भन्नुभयो । राप्तीसोनारी गाउँपालिकाका द्वन्द्वपीडितका घाइते रामरतन थारूले तत्कालीन समयमा विभिन्न यातना पाएर बाँचेको भन्दै औषधि, उपचार नपाउँदा थप सास्ती भइरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्वकालमा पाएको यातनाले अहिले अपाङ्ग भएको छु । दुवै भाँचिएकाले वैशाखीको सहाराले अलिअलि हिँडडुल गर्न सक्छु । उपचारका लागि पैसा छैन, उपचारको व्यवस्थासहित अङ्गभङ्ग भएकाहरूका लागि ‘जीवन निर्वाह भत्ता’ को व्यवस्था गरिनुपर्छ ।” द्वन्द्वपीडित थारूले अहिलेसम्म कुनै राहत नपाएको उल्लेख गर्दै वास्तविक पीडितले न्याय पाउनुपर्नेमा जोड दिनुभयो । जुनसुकै सरकारी कार्यालयमा काम गर्दा÷गराउँदा द्वन्द्वपीडितलाई पहिलो प्राथमिकता दिन आग्रह गर्दै उहाँले कर छुट, सरकारी तथा निजी अस्पताल निःशुल्क उपचारको व्यवस्थापन गरिदिन सरोकार भएका निकायसँग आग्रह गर्नुभयो । थारूले भन्नुभयो, “उच्च शिक्षासम्म द्वन्द्वपीडितका छोराछोरीलाई निःशुल्क पढाइको व्यवस्था गरिदिनुपर्छ । क्षतिपूर्तिसहित अन्तरिम राहतको व्यवस्था, कुनै पेसा÷व्यवसाय गर्न चाहनेका लागि बिना धितो ऋणको व्यवस्था गर्नुपर्छ ।” उहाँले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) मा असहमति जनाउँदै विधेयक पीडितमैत्री नभएको गुनासो गर्नुभयो । बैजनाथ गाउँपालिका–८ की विनिता चौधरीले द्वन्द्वकालमा आफ्नो बुवाको हत्या भएपछि शारीरिक तथा मानसिक यातना खेप्नु परेको बताउनुभयो । विसं २०५८ मङ्सिर १७ गते बुवाको हत्या भएपछि आफू मानसिक यातनाले आत्महत्या गर्ने सम्मको अवस्स्थामा पुगेको भन्दै केही अधिकारकर्मीको संरक्षण पाएर उक्त घटना नभएको उल्लेख गर्नुभयो । “मानसिक यातनाले मानिसले भित्रभित्रै रोगी बनाउँछ । मानसिक यातनाले आत्महत्या गर्ने अवस्था पुगेकी थिएँ । आमाले अहिले पनि दैनिक औषधि सेवन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो । द्वन्द्वकालमा बुवाको हत्या भएपछि आमामाथि बोक्सीको आरोपमा कुटपितसमेत भएको घटना सुनाउँदै द्वन्द्वपीडितलाई आत्मसम्मानपूर्वक बाच्न दिनुपर्ने उहाँले माग गर्नुभयो । चौधरीले बुवाको हत्याको कारण थाहा पाउनुपर्ने उल्लेख गर्दै सदनबाट पास भएको टिआरसी विधेयक द्वन्द्वपीडितलाई न्याय दिने किसिमको नभएको टीप्पणी गर्नुभयो । “पीडकलाई कुनै हालतमा छुट दिनुहुँदैन, उनीहरूलाई कानुनी कारबाही हुनुपर्छ”, उहाँले भन्नुभयो । राप्तीसोनारी–८ का देवबहादुर डिसीले अहिले पनि राम्रोसँग कान सुन्न नसक्ने बताउनुभयो । द्वन्द्वकालमा आफूमाथि भएको शारीरिक यातनाले उहाँको श्रवणशक्ति कमजोर भएकाले उपकरणको सहारा लिनुपरेको उहाँले उल्लेख गर्नुभयो । “शारीरिक यातनाका कारण घाइते र अपाङ्ता भएको हुँ, अब राज्य र सरोकार भएकाले उचित उपचारसहित आम्दानीमूलक सीप विकाससम्बन्धी योजना ल्याएर द्वन्द्वपीडितलाई न्याय दिनुपर्छ”, उहाँले भन्नुभयो । द्वन्द्वपीडित सञ्जाल बाँकेका अध्यक्षसमेत रहनुभएका डिसीले दोषीमाथि कारबाही हुँदा द्वन्द्वपीडितलाई न्याय हुने उल्लेख गर्दै औषधि उपचारलाई सहज बनाइदिन सरोकार भएका पक्षलाई आग्रह गर्नुभयो । नेपाल पिस विल्डिङ इनिसिएटिभका कार्यक्रम प्रबन्धक मिबुसा घिमिरेले द्वन्द्वमा भएका गम्भीर प्रकारका घटनाका विषय संवेदनशील भएको औँल्याउँदै पीडितको पक्षमा स्थानीय सरकारबाट विस्तारे असल अभ्यास हुँदै गएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । यस परियोजनाले द्वन्द्वपीडितका पक्षमा लुम्बिनी प्रदेशको बाँके, बर्दिया, रोल्पा र दाङमा काम गर्दै आएको छ । राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारूले द्वन्द्वपीडितका लागि द्वन्द्वपीडित सञ्जाल गठन गरेर निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, बाँकेले अहिलेसम्म एक सय २२ जना अपाङ्ता भएका द्वन्द्वपीडितले राहत लिएको जनाएको छ । साथै ६५ जना द्वन्द्वपीडितले जिल्लामा जीवन निर्वाह भत्तासमेत लिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका अनुसार जिल्लामा द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या दुई सय ८४, बेपत्ता ६२ र १४ अङ्गभङ्ग भएका छन् ।

Previous Post

वन्यजन्तु प्रभावित क्षतिपूर्ति बारे अनभिज्ञ

Next Post

गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !

Next Post
गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !

गिजर र हिटरको प्रयोगमा सावधानी नअपनाउँदा जानसक्छ ज्यान !

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version