For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अस्पताल भित्रै नाराबाजी र प्रदर्शन

byDainik Nepalgunj
December 27, 2024
in News, मुख्य समाचार
0 0
0
अस्पताल भित्रै नाराबाजी र प्रदर्शन
Share on FacebookShare on Twitter

निजी क्षेत्रले सञ्चालन गरेको स्वास्थ्य संस्थामा सरकारी सरह सेवा, सुविधा माग गर्र्दै कर्मचारीले थालेको आन्दोलनका कारण नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल, नेपालगन्ज र कोहलपुरको स्वास्थ्य सेवा अस्तव्यस्त भएको छ । समस्या समाधानका लागि गरिएका पहल र प्रयास प्रभावकारी नहुँदा १६ दिनदेखि स्वास्थ्य सेवा प्रभावित भएको छ भने कर्मचारी र व्यवस्थापन बीचको दुरी बढ्दो देखिएको छ ।

‘नयाँ व्यवस्थापनको दम्भ र कर्मचारी नेतृत्वको अराजकताले समस्या समाधानको गति सुस्ताएको छ’, आन्दोलनलाई नजिकबाट हेरिरहेका अस्पतालकै कर्मचारी भन्छन्, ‘कर्मचारी नेतृत्वले यसरी नै व्यवस्थापनलाई यसरी नै गलाउँदै आएपनि नयाँ व्यवस्थापन गल्ने अवस्थामा नहुँदा समस्या सहजै टर्ने देखिंदैन ।’

यद्यपि, आन्दोलनरत् कर्मचारीको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक रत्ना गिरीले चरणबद्ध वार्ता, छलफलका माध्यमबाट समाधानको प्रयास भैरहेको बताएकी छिन् । ‘अन्तिममा वार्ता र संवादबाटै सहमति खोज्ने कुरामा हामी निश्चिन्त छौं’, बिहीबार अस्पताल परिसर भित्रै चर्का नाराबाजी सहित विरोध सभा भैरहँदा दैनिक नेपालगन्जसँग कुरा गर्दै संयोजक गिरीले भनिन्, ‘श्रम ऐनमा टेकेर गरेको हाम्रो मागलाई व्यवस्थापनले पोजेटिभ रूपमा लिएर श्रमिकहरूको मनोबल बढाइदिनुस् भन्ने हाम्रो भनाइ हो ।’ संयोजक गिरीले व्यवस्थापनसँग वार्ताकै माध्यमबाट निकास खोज्ने कुरामा आफुहरू सकारात्मक भएको पनि बताइन् ।

व्यवस्थापनका तर्फबाट वार्तामा खटिएका लर्ड बुद्ध एजुकेशनल एकेडेमीका सहनिर्देशक श्याम कुमार शर्मा पनि वार्ताबाटै समस्या समाधान हुनेमा ढुक्क छन् । ‘अस्पताल जस्तो संवेदनशील ठाउँमा धर्ना, प्रदर्शन, नाराबाजी र सभा गरेर गलत सन्देश गैरहेको छ’, १६ दिनसम्म माग सुनुवाईमा व्यवस्थापनले किन उदासिनता देखायो ? दैनिक नेपालगन्जको प्रश्नमा शर्माले भने, ‘उहाँहरूले अघि सारेका सबै जसो मागमा कर्मचारीले भने अनुसार नै गर्न व्यवस्थापन तयार छ, एकाध मागमा अडिएर बसेकाले समस्या समाधान हुन सकेन ।’

संस्थाको सञ्चालन खर्च बढिरहेको र त्यसको अनुपातमा आम्दानी बढ्न नसक्दा अहिले पनि २÷२ महिनामा तलब खुवाउनु पर्ने अवस्थामा रहेको जानकारी दिंदै उपनिर्देशक शर्माले भने, ‘उहाँहरूले अडान लिइरहेको नेपाल सरकारको तलब कुनै हालतमा दिन सक्ने अवस्थामा अहिले संस्था छैन ।’

सम्बद्ध स्रोतका अनुसार, डा. कनोडियाको नेतृत्वमा रहँदा नियमित आन्दोलन र सामूहिक सौदाबाजीबाट कर्मचारी समस्या समाधान गरिंदै आएको थियो । ‘पुरानो व्यवस्थापनको त्यही कमजोरी अहिले नयाँ व्यवस्थापनका लागि घाँडो भयो’, सम्बद्ध स्रोत भन्छ, ‘नयाँ व्यवस्थापनले कम्पनीको २९ करोड ३५ घाटा रिकभर नभएसम्म कर्मचारीको तलब बढाउन नसक्ने अडान लिएको छ ।’ सम्बद्ध स्रोतका अनुसार, अस्पतालको नयाँ व्यवस्थापन नेतृत्वले आवश्यक आइपरे अस्पताल नै बन्द गरिदिएर कर्मचारीहरूलाई बिदामा पठाउने सम्मको चेतावनी पठाएका छन् । त्यसअघि नेतृत्वले कर्मचारीको चित्त बुझ्छ भने प्रतिव्यक्ति एक हजार रूपैयाँ बढाएर जान तयार भने भएको सम्बद्ध कर्मचारी नै बताउँछन् ।

‘आगामी आ.व.को साउनसम्म संस्थाको अवस्था हेरेर मूल्यांकन गरी तलब वृद्धिमा जाऔं भन्ने प्रस्ताव हाम्रो कर्मचारीसँग हो’, कम्पनीका सिइओ सन्तोष कुमार बिएनले दैनिक नेपालगन्जसँग भनेका छन् ।

यसैबीच, आन्दोलन चर्किदै जाँदा स्वास्थ्य सेवा प्रभावित भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट बिहीबार आन्दोलनरत् कर्मचारीसँग भेट गरेका छन् । नगर प्रमुख विष्ट आन्दोलनकारीहरूको मञ्चमै पुगेर उनीहरूको माग सुनुवाईमा सकारात्मक हुन व्यवस्थापनको ध्यानाकर्षण गराए । ‘तर, तपाईहरूले अस्पतालमा सेवा ठप्प गर्दा सयौंको स्वास्थ्य अधिकार हनन् भएको छ’, आन्दोलनको स्वरूपबारे चिन्ता गर्दै नगर प्रमुख विष्टले दुवै पक्ष अडानमा रहेर स्वास्थ्य सेवा लामो समयसम्म प्रभावित भए राम्रो नहुने चेतावनी दिंदै भने, ‘तपाईहरू दुवै तत्काल गम्भीर बनेर समस्याको समाधान उन्मुख हुनुस्, अन्यथा स्थानीय सरकार चुपचाप हेरेर बस्न सक्दैन ।’

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई आन्दोलनरत् कर्मचारीहरूले आफ्ना मागहरू समेटिएको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले समेत सेवा अवरुद्ध नगर्न कर्मचारीसँग आग्रह गरेका थिए । त्यसबाट असन्तुष्ट कर्मचारीहरूले प्रदर्शनका क्रममा मन्त्री विरुद्ध नै नाराबाजी गरेका थिए ।

व्यवस्थापन पटक्कै गम्भीर भएन

रत्ना गिरी, संयोजक, आन्दोलन परिचालन कमिटि

अस्पताल भित्रै नाराबाजी गरिरहनु भएको छ, कहिलेसम्म हो ?
आन्दोलन १६ औं दिनमा भैरहँदा हाम्रो व्यवस्थापन अझै पनि कानमा तेल हालेर बसिरहनु भएको छ । यो चाही उहाँहरूको जिम्मेवारी हो । स्वास्थ्य जस्तो संवेदनशील ठाउँमा काम गर्ने कर्मचारीलाई आन्दोलित हुँदा उहाँहरू जिम्मेवार हुनुपर्नेमा बेखबर भैरहनु भएको अवस्था हो ।

त्यो भए, तपाईहरू थप जिम्मेवार हुनुपर्ने होइन ?
आन्दोलनको १६ दिन भैरहँदा मेडिकल कलेजका पूर्व एमडी सुरेश कुमार कडोनियालाई हामीले भेटेका छौं । हाम्रो म्यानेजमेन्टको सिए सर, वार्ता कमिटिको पनि हुनुहुन्छ, डिल्ली भुसाल र हाम्रो सदस्य नै व्यवस्थापनको तर्फबाट रामकृष्ण हमाल उहाँहरूसँग पनि मोटामोटी बसिसक्यौं ।

जतिपनि हस्पिटलमा आउने इनकम हो त्यो दिनहुँदिन घट्दै अवस्थामा तपाई र हामी जहाँ भएपनि अन्तिम बिन्दु भनेकै वार्ता हो, हामी दुवैको हकहितलाई श्रम ऐनमा टेकेर गरेको माग हो, यसलाई नेगेटिभ रूपमा नलिएर पोजेटिभ रूपमा लिएर श्रमिकहरूको मनोबल बढाइ दिनुस्, हामी पनि यो वार्तालाई टुंगाउ भन्ने भएको छ । हामी पोजेटिभ छौं भोलिका दिनमा के हुन्छ ।

दुई पक्षको नाफाघाटाको चेपुवामा बिरामी परे नि ?
हो, पक्कै पनि । स्वास्थ्य जस्तो ठाउँमा बिरामी नै चेपुवामा परेको हो । र, ओभरअल रूपमा हामी र संस्था दुवै घाटामा हो ।
हामीले राखेको मागमा उहाँहरूले पहिलको लोन छ, त्यो नतिरिन्जेलसम्म तिमीहरूलाई दिन्नौं भनेको अवस्था हो । त्यो लोन पनि कोभिडको पिरियडको भन्दै हुनुहुन्छ उहाँले । कोडिभको बेलामा पनि कर्मचारीले आफ्नो ज्यानको बाजी लगाएर काम गरेको हो । दुई तीन महिना तलब नपाएर पनि काम गरेको अवस्था हो ।

पुरानो घाटा देखाएर अहिले श्रमिकलाई दिन्न भन्न पाउनुहुन्न जस्तो लाग्छ । हकदार हामी पनि हौं । अझै पनि पोजेटिभ लिएर हाम्रो माग सम्बोधन गर्नुपर्छ । आउने २०८२ साउनलाई कुरेर बसिदिनुस् भन्नु भएको छ, श्रम ऐनलाई टेकेर अर्को साउन भन्ने हुँदैन । अहिले हामीले मागेको पनि २०८१ को हो नि त ।

Previous Post

भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेका छाैं : मुख्यमन्त्री आचार्य

Next Post

बाँकेमा मानवअधिकार उल्लंघन एक सय ९८ घटना

Next Post
बाँकेमा मानवअधिकार उल्लंघन एक सय ९८ घटना

बाँकेमा मानवअधिकार उल्लंघन एक सय ९८ घटना

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
योगिनी कपः उद्घाटनमै आयोजकको जीत

योगिनी कपः उद्घाटनमै आयोजकको जीत

April 6, 2026
नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

नेपालगन्जका संस्थागत विद्यालयमा तीन बर्ष एउटै पुस्तक

April 6, 2026
दुर्घटना भन्दा आफै ज्यान गुमाउने बढी

अकालमा ज्यान गुमाउने युवा बढी

April 6, 2026
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय

April 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version