बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको सरुवा भएको छ ।
गृह मन्त्रालयले प्रजिअ रिजाललाई बाँकेबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरुवा गर्ने मन्त्री स्तरीय निर्णय गरेको हो । बाँकेका ९ महिना बढीको प्रशासकीय नेतृत्व प्रदान गरेका प्रजिअ रिजाल आयोग तथा त्यस अन्तर्गतको जिम्मेवारीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
त्यसैबीच, सरुवा भै जान लागेका प्रजिअ रिजाललाई शनिबार एक कार्यक्रम बीच सम्मान तथा बिदाई गरिएको छ । नागरिक समुदायका विभिन्न प्रतिनिधिमूलक व्यक्तित्वहरू संगठित मल्हमपट्टी मर्निङ्गवाक गु्रपले प्रजिअ रिजाललाई बाँकेको सफल कार्यकालका लागि सम्मान गर्दै अख्तियार अन्तर्गतको जिम्मेवारीमा खरो उत्रिन सम्मान तथा बिदाई कार्यक्रममा शुभकामना दिइएको थियो ।





























