For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सडक बत्ती कसले निभाउने ?

byDainik Nepalgunj
March 5, 2025
in Blog
0 0
0
सडक बत्ती कसले निभाउने ?
Share on FacebookShare on Twitter

विहान ८ बजिसकेको छ, कारकाँदो प्रहरी तालिमकेन्द्रदेखि पश्चिम मानवआश्रम हुँदै गाउँतर्फको बाटोमा सुर्यको तेजसँगै सडकबत्ती बलिरहेको देखिन्छ । सरासर संवाददाता गएर बत्ती बन्द गर्छ, हेरिरहेका गाउँले छेउको अर्काे पोलतिर हेर्दै मतिर फर्किंदा लाग्छ त्यो पोलको बत्ती निभाउन इशारा गरिरहेका हुन् । सरासर तीन वटा पोलको सडक बत्ती निभाउँदै गन्तव्यतिर हानिएँ ।

समय दिनको १ बजे । स्थान विपीचोकदेखि त्रिभुवनचोक जाने व्यस्त इदगाहरोड । सयौं ओहोर–दोहोर गरिरहेको यो सडकमा लहरै सडक बत्ती बलिरहेको देखिन्छ । ‘यो बत्ती कसले निभाउने ?’ दैनिक नेपालगन्जको प्रश्नमा सबै मुखामुख गर्छन्, एक पसल सञ्चालक आफ्ना कर्मचारीलाई पोलमा रहेको स्वीच देखाउँदै भन्छन्, ‘जाओ लाइट अफ करो !’

मंगलवार दिउँसो २ बजेको हुँदो हो । सुर्खेतरोड कारकादो चोक– गुलरिया वाइपासरोड हुँदै खजुरातर्फ जाँदै गर्दा विशालनगर चोकदेखि हुलाकी सडकसम्म पुग्दा अधिकाँस सडकबत्ती बलिरहेका देखिन्थे ।

जुन पहिलो पटक थिएन । ‘सडक पोलका बत्ती बन्दनै नगरिंदो रहेछ,’ सँगै यात्रारत नेपालगन्ज म्याराथनका संस्थापक टिएस ठकुरीले भने, ‘वास्तवमा यो जिम्मेवारी कस्को हो ?’ उनीसँगै ५ बजे फर्किंदा घाम चर्कै थियो, नेपालगन्ज प्रवेश गर्दा खजुरारोडका सबैजसो पोलमा बत्ती बलिनै रहेको थियो ।

त्यतिनै बेला कोहलपुरतिरबाट फर्किंदै रहेका दैनिक नेपालगन्जका उप–सम्पादक देवेन्द्रराज पौडेल राझा क्षेत्रमा सडकबत्ती बलिरहेको देखेपछि भन्छन् ‘धेरै दिनदेखि यसरी दिउसै सुर्खेतरोडमा बत्ती बलिरहेको देखिन्छ, सम्बन्धित पक्ष किन गैरजिम्मेवार बनिरहेको होला ?’

‘दिउँसै अध्याँरो हुन्छ नेपालगन्जमा ?,’ अपरान्ह साढे ५ बजेतिर लहरै बलिरहेको सुर्खेतरोडको सडक बत्ती, धम्बोझी चोकको हाइमाष्ट लाइट देखाउँदै नेपालगन्ज साइक्लिङ क्लबका निवर्तमान अध्यक्ष सतिश निरौलाले दैनिक नेपालगन्जसँग प्रतिप्रश्न गरे यसको निगरानी कसले गर्ने ? निरौलालाई सुनिरहेका व्यवसायी रतन शर्मा, पूर्व बैंकर रमेश मल्लमात्रै होइन, सुर्खेतरोडमा ओहोर–दोहोर गर्ने जो कोही पनि असमन्जसमा लाग्थे दिउँसै सडक बत्ती किन बालिन्छ ?

यसरी दिउसै बलिरहेको बत्तीको पैसा कसले तिर्छ ? खासमा मनपरि सडक बत्ती बालिरहँदा यसको नोक्सानी भार कहाँ थोपरिन्छ ? मुलुकको राजस्वमा । त्यसको मार कसलाई पर्छ ? देशलाई अनि नागरिकलाई । त्यसको जिम्मेवार स्थानीय तहनै रहेको तर्क गर्दै नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछाने भन्छन्, ‘पैसा पनि नतिर्ने, बत्ती नियन्त्रण पनि नगर्ने भएको छ ।’

नेपालगन्ज वितरण केन्द्र अन्तर्गत सडक बत्तीकोमात्रै विद्युत प्राधिकरणले २८ करोड बक्यौता असुली गर्न बाँकी छ । ‘६ करोडजति त जरिवानानै होला,’ वितरण केन्द्र प्रमुख लामिछानेले दैनिक नेपालगन्जसँग भने, ‘यस्तो अवस्थामा खर्च कम गराउने दायित्वमा गम्भीर भएर स्थानीय तहले बत्ती नियन्त्रण व्यवस्थापन गर्नु उचित हुन्छ ।’

सडकमा नागरिकलाई आवागमन सजिलो पार्न उज्यालोका लागि जडान गरिएका अधिकाँश पोलबत्तीको मीटर छैन । प्राधिकरणले नेपालगन्ज, जानकी, डुडुवा र राप्तीसोनारीसँग त्यसखालको सडक बत्तीमा मात्रै १८ करोड ३० लाख बक्यौता छ । ‘४ करोड ४० लाखबढी रकम मिटर जडान गरिएका सडक बत्तीकोमात्रै बक्यौता छ,’ प्राधिकरणको नेपालगन्ज कार्यालय भन्छ्, ‘जथाभावी बत्ती बालेर बढिरहेको चुहावट नियन्त्रण गर्ने दायित्वमा स्थानीय सरकार पटक्कै जिम्मेवार बनेनन् ।’

प्राधिकरणले बेलाबेलामा मनपरि रोक्न पालिकालाई ध्यानाकर्षण गराउँदै आएको पनि छ । ‘त्यसपछि सेन्सरको टाइम सेटिङ मिलाएर केही कन्ट्रोल पनि हुने गरेको छ,’ नेपालगन्ज वितरण केन्द्र प्रमुख लामिछानेले भने, ‘विनाकाम बत्ती बाल्दा हुने नोक्सानीको जिम्मेवारीबाट नागरिक पनि उम्किन मिल्दैन ।’

पालिकाको करोडौं विद्युत बक्यौता नतिर्ने सूचीमा नेपालगन्जनै अगाडी छ । अनि किन सडक बत्ती दिनभरि बल्छन् ? ‘हामीले बत्ती जडान गरि दिने, मरम्मतसम्हार गरिदिनेसम्म हो,’ नागरिक दायित्व र जिम्मेवारीको नैतिकतामा ध्यानाकर्षण गराउँदै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट भन्छन्,
‘आफ्नो टोलमा, घरै सामुन्ने बत्ती बाल्ने निभाउने काममा पनि हामीनै जिम्मेवार बनिदिनुपर्ने ?’ नगर प्रमुख विष्टले आफु हरेक दिन मर्निङवाकमा जाने गरेको र कयौं सडक बत्ती निभाउँदै गरेको जनाउँदै हरेक नागरिक जिम्मेवार बन्न आवश्यक रहेको बताए ।

वडाध्यक्ष दीपक कुमार बर्मा टोल–सडकमा बत्ती जडान गर्दानै समयमा बाल्ने र निभाउने दायित्व नजिकैका सेवाग्राही नागरिकलाई दिइने गरेको बताउँछन् । ‘आफ्नो घर, छिमेक, टोलको सडकबत्ती बन्द गर्ने, आवश्यक पर्दा बाल्ने दायित्व हरेक टोलवासीको हो,’ नेपालगन्ज–१८ का वडाध्यक्ष बर्माले त्यसैका लागि थप कर्मचारी खटाउन सम्भव नभएको तर्क गर्दै दैनिक नेपालगन्जसँग भने, ‘नागरिक दायित्वलाई आफुले बोध गर्ने हो, सिकाउने, दण्ड वा डण्डा लगाउने कुरा होइन ।’

नेपालगन्ज उपमहानगर–पालिकालाई उज्यालो सहर बनाउने भन्दै सहर भरि सडक बत्ती लगाइएका छन् । सुर्खेतरोडमा त अझै थप आकर्षक बनाउन पोलमा झिलीमिलीसमेत पारिएको छ । त्यसको भार थाम्न नसकेर बेलाबेलामा सुर्खेतरोडका सडकबत्ती निभेका घटना नियमित जस्तै छन् । अहिलेपनि बीपीचोक देखि वेष्टर्न मलसम्मको सडक बत्ती बलेको छैन । त्योसहित धेरै ठाउँमा बिग्रिएको सडक बत्ती मरम्मतकार्य भइरहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

चोक चौराहमा ४ सय वाटका ८÷१० वटासम्मका बल्ब राखिएका ७६ वटा हाइमाष्ट लाइट जडान छन् । यसका लागि अर्बबढी सरकारी राजस्वको धुकुटी खर्चिएको छन् । तर, अहिलेसम्म यसका सञ्चालन कार्यविधि, उपलब्धीमुलक उपयोग बारे कुनै योजना उप–महानगरपालिकासँग छैन । जिल्लाका अन्य पालिकासँग पनि भएको कुरा सार्वजनिक भएका छैनन् ।

‘आफ्नो घर अगाडीको सडक बत्ती निभाउन पनि भनिराख्नुपर्ने हो ?’ नेपालगन्ज उप–महानगरपालिकाका विद्युत शाखाका सब–इन्जिनियर दिपेन्द्र बिकले सरकारले बालिदिने जिम्मेवारी भएजस्तै नागरिकले उज्यालो भएपछि निभाउने दायित्व बुझ्नुपर्ने बताउँदै भने । उनका अनुसार, नेपालगन्जमा कति सडक बत्ती छन् बन्ने तथ्यांकसम्म छैन । ‘हाइमाष्ट लाइट ७६ वटा भएको रेकर्डमा देखिन्छ,’ हालैमात्र विद्युत शाखाको जिम्मेवारीमा आएकाले धेरै क्ुरा अध्ययनमै रहेको जानकारी दिंदै सब–इन्जिनियर बिकले दैनिक नेपालगन्जसँग भने, ‘सेन्सर सिष्टमबाहेकका बत्ती निभाउने नैतिक जिम्मेवारी टोलवासीकै हो ।’ उज्यालोमा पनि बत्ती बालिंदा अनावश्यक लोडले हुने राजस्व क्षतिको भार नागरिककै दायित्वमा आउने भएकाले पनि गम्भीर हुनुपर्ने उनको भनाइ छ । दिउँसै सुर्खेतरोडमा बत्ती बलिरहेकोबारे नेपालगन्ज उप–महानगरपालिकाका विद्युत शाखाका सब–इन्जिनियर बिकले जाडो लागेका बेला सेट गरिएको टाइमर सिष्टममै अहिलेपनि चलेकाले त्यसो भएको प्रतिक्रिया दिए । अनि ? ‘अब मेरो हातमा चाबी आएको छ, छिट्टै टाइमर सेट गरेर साँझ परेपछि बल्ने र उज्यालो हुनासाथ बन्द हुने सिष्टममा सेट गरिन्छ ।’

Previous Post

जुम्लामा बर्थिङ सेन्टरमा सुत्केरी हुने बढ्दै

Next Post

‘भयावह’ बन्दै नसर्ने रोग

Next Post
‘भयावह’ बन्दै नसर्ने रोग

‘भयावह’ बन्दै नसर्ने रोग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version