जयन्दु बाल सुधार गृहमा हिजो राती देखि भएको तनावपूर्ण स्थिति नियन्त्रणमा आउँदै गएको छ ।
बाँके प्रहरी प्रमुख तुल बहादुर कार्कीले पटकपटक आव्हान गर्दा पनि सुधार गृहको छतबाट प्रहरी माथि नै ढुंगामुढा नरोकिएपछि प्रहरी सुधार गृहमा छिरेको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बालबिज्याईकर्ताले लगाएको आगोबाट उनीहरुलाई क्षति नहोस्, आपसी झडपले थप क्षति नहोस् भन्ने उद्देश्यले सुरक्षित गर्न प्रहरी सुधार गृह छिरेको बताए ।
प्रजिअ जोशीले बालकहरु सुरक्षित गर्ने हिसाबले आफ्ना कमद हुने बताएका छन् ।
गएरातिदेखि सुरु भएको झडपमा घाइते भएका ६ जनाको भेरी अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ । बाल सुधार गृह बाहिर नेपाल र प्रहरी सशस्त्र प्रहरी ठूलो संख्यामा तैनाथ छन् ।































