For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

वन संरक्षण सँगै व्यवस्थापन निकै जरुरी

byDainik Nepalgunj
March 27, 2025
in विचार
0 0
0
वन संरक्षण सँगै व्यवस्थापन निकै जरुरी
Share on FacebookShare on Twitter

वन हाम्रो जीवन बचाउने एक आधार हो । पृथ्वीमा बस्ने प्रत्येक प्राणीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वनसँग जोडिएको छ । वनले वातावरणीय सन्तुलन कायम राख्नुका साथै अक्सिजन उत्पादन गर्छ जसले गर्दा आज जीवनसम्भव बनाएको छ । तर वन विनाश र अनियन्त्रित दोहनका कारण जलवायु परिवर्तन प्राकृतिक विपत्ति र जैविक विविधताको क्षय भइरहेको छ । आजको युगमा वन संरक्षण मात्र पर्याप्त होईन यसको उचित व्यवस्थापन निकै अत्यावश्यक छ ।

नेपालमा पाइने जैविक विविधता वन्यजन्तु औषधीय बिरुवा तथा वन नीति नियमहरूलाई सन्तुलित ढंगले प्रयोग गर्न सकिएन भने हामीले वन संरक्षण भन्नू मात्र हुन्छ । वनको महत्व बुझी यसको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन नसक्दा प्राकृतिक स्रोतहरूको अनियन्त्रित प्रयोग भई हाम्रो वातावरणीय प्रणाली नै संकटमा पर्ने सम्भावना छ । अहिलेको आवश्यकता भनेको वन जोगाउने मात्र नभई यसलाई दीर्घकालसम्म बचाई राख्न सक्ने व्यवस्थापन गर्ने नया तरिका अपनाउनु पर्छ ।

नेपाल जैविक विविधताले भरिपूर्ण देश हो जहाँ विभिन्न प्रजातिका वनस्पति जनावर र औषधीय जडीबुटी पाइन्छन् । तर बढ्दो जनसंख्या अवैध तस्करी वन क्षेत्रको अतिक्रमण र अनियन्त्रित प्राकृतिक स्रोत दोहनका कारण वन क्षेत्र लगातार घट्दै गएको छ । नेपालमा पाइने सल्ला साल सिसौ सिमल खैर पलास कटुस भोजपत्र अन्य महत्वपूर्ण काठजन्य रुखहरूको अत्यधिक कटानीले वन विनाशलाई तीव्र बनाइरहेको छ । बहुमूल्य जडिबुटीहरू जस्तै यार्सागुम्बा जटामसी , चिराईतो, पलास , सतुवा, जस्ता जडिबुटीहरू लोप हुँदै गएका छ्न ।वन विनाशकै कारण दुर्लभ वन्यजन्तुहरूको बासस्थान नष्ट भइरहेको छ जसले गर्दा गैंडा बाघ, भालु, चितुवा,हात्ती कस्तुरी तथा अन्य जनावरहरूको संख्या घट्दो क्रममा छ । वन विनाश रोक्नका लागि सरकारले राष्ट्रिय निकुञ्ज । वन्यजन्तु आरक्ष र संरक्षित क्षेत्रहरूको घोषणा गरे पनि प्रभावकारी व्यवस्थापन नहुँदा समस्या अझ जटिल बन्दै गएको छ । वन संरक्षणमा स्थानीय समुदायलाई प्रत्यक्ष संलग्न गराएर मात्र सफल व्यवस्थापन सम्भव छ ।

नेपालमा वन व्यवस्थापनका लागि विभिन्न नीति तथा कानुनी प्रावधानहरू लागू गरिएका छन् । नेपालको वन ऐन २०७६ अनुसार सामुदायिक वन निजी वन तथा राष्ट्रिय वनको व्यवस्था गरिएको छ । सामुदायिक वन कार्यक्रम नेपालमा निकै प्रभावकारी देखिएको छ जसले स्थानीय समुदायलाई नै वन व्यवस्थापनको जिम्मेवारी दिएको छ । हाल नेपालमा हजारौं सामुदायिक वनहरू छन् जसले वन क्षेत्रको व्यवस्थापन गर्न महत्त्वपूर्ण काम गरेका छन् ।

यस्तै वन्यजन्तु संरक्षण ऐन २०२९ ले नेपालमा पाइने दुर्लभ वन्यजन्तुहरूको संरक्षण गर्न कानुनी व्यवस्था गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरूको व्यवस्थापनमा कानुनी मार्गदर्शन गरेको छ । वनको दीर्घकालीन संरक्षणका लागि हरित नेपाल नीति वृक्षारोपण कार्यक्रम र जलवायु परिवर्तन न्यूनीकरण योजना ल्याइएका छन् । यी नीतिहरूको प्रभावकारी कार्यान्वयन नहुँदा अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन । वन व्यवस्थापनमा सरकार मात्र जिम्मेवार छैन स्थानीय समुदाय गैरसरकारी संस्था अन्तर्राष्ट्रिय संघसंस्था तथा वातावरणविद्हरूको सहकार्य आवश्यक छ । स्थानीय स्तरमा समुदायले वनको अत्यधिक दोहन रोक्न वनमा आगलागी हुन नदिन अवैध रूपमा काठ तस्करी रोक्न र वृक्षारोपण अभियानलाई प्राथमिकता दिनुपर्छ । सरकारले वन संरक्षणका लागि बनाएको नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । शिक्षा प्रणालीमा समेत वन संरक्षण सम्बन्धी ज्ञान समावेश गरिनुपर्छ पहिले जस्तै पाठक्रममा हरियो बन नेपालको धन भन्ने पाठ राख्नु पर्छ बन संबंधित चेतना मुलक कार्यक्रमहरू राख्न जरुरी जसले गर्दा भविष्यका पुस्ताहरूले वातावरणीय सचेतना प्राप्त गर्न सकून् ।

सरकारले वैज्ञानिक अनुसन्धानलाई प्रवद्र्धन गर्दै वन संरक्षण र व्यवस्थापनको लागि नवीनतम प्रविधिहरू अपनाउनु आवश्यक छ । वन व्यवस्थापनको अभावले जलवायु परिवर्तनलाई तीव्र बनाएको छ । जब वन विनाश हुन्छ तब कार्बनडाइअक्साइडको मात्रामा वृद्धि हुन्छ जसले विश्वव्यापी तापमान वृद्धिलाई बढावा दिन्छ । हाल नेपाल जलवायु परिवर्तनका विभिन्न असरहरू झेलिरहेको छ जस्तै अनियमित वर्षा खडेरी बाढी पहिरो र तापक्रम वृद्धिको समस्या । यी समस्याहरूको मूल कारण वन विनाश पनि हो । वन जोगाउनु र यसको व्यवस्थापन गर्नु भनेको प्राकृतिक स्रोतहरूलाई दिगो रूपमा उपयोग गर्दै वातावरणीय सन्तुलन कायम राख्नु हो । यसका लागि वृक्षारोपण प्राकृतिक स्रोतहरूको दिगो उपयोग र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक छ । वनको उचित व्यवस्थापन गर्न विभिन्न उपायहरू अवलम्बन गर्नुपर्छ । सबैभन्दा पहिलो उपाय भनेको स्थानीय समुदायलाई वन व्यवस्थापनमा प्रत्यक्ष संलग्न गराउनु हो । सामुदायिक वन कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कानुनी र प्रशासनिक संरचनालाई सुदृढ पार्नु आवश्यक छ ।

ग्रामीण क्षेत्रमा दाउराको विकल्पका रूपमा नवीकरणीय उर्जाको प्रयोग प्रवद्र्धन गर्नुपर्छ जसले गर्दा वनको अत्यधिक दोहनलाई कम गर्न सकियोस् । वन क्षेत्रमा नियमित अनुगमन अवैध कटानी रोक्ने प्रविधिहरूको प्रयोग तथा वन अपराध नियन्त्रण गर्ने नीतिहरू कडाइका साथ लागू गर्नुपर्छ । वन संरक्षणका लागि प्रविधिको सदुपयोग गरी डिजिटल नक्सांकन भू–उपग्रह चित्रहरूको प्रयोग गर्न सकिन्छ । वनस्पति र वातावरण मानव जीवनका आधारशिला हुन् । वातावरणीय सन्तुलन कायम गर्न र पृथ्वीलाई हराभरा राख्न रुख रोप्न अति आवश्यक छ । केवल रुख रोप्नु मात्र पर्याप्त हुँदैन । जति रुखहरू उम्रन्छन् तिनीहरू समयसँगै वृद्ध पनि हुन्छन् । ढलेका सडेगलेका वा रोगग्रस्त बूढा रुखहरूले वनको उत्पादनशीलता घटाउन सक्छन् । यस्ता रुखहरू हटाएर नयाँ रुख रोप्नाले वनको पुनरुत्पादन क्षमता बढ्छ । यसको अलावा कटानयोग्य बूढा रुखहरूको उचित व्यवस्थापन गर्न सके राज्यका लागि आम्दानीको भरपर्दो स्रोत बन्न सक्छ ।

नेपालमा वन सम्पदा देशको प्रमुख प्राकृतिक स्रोत हो । यदि सरकारले वैज्ञानिक वन व्यवस्थापनमार्फत ढलेका रुखहरू कटान गरी त्यसबाट काठ कागज औषधि तथा अन्य सामग्री उत्पादन गर्ने नीति अपनायो भने आर्थिक वृद्धिमा टेवा पुग्छ । सामुदायिक वन उपभोक्ता समूहहरूलाई समेत उचित रूपमा संलग्न गराएर वन क्षेत्रको दिगो व्यवस्थापन गर्न सकिन्छ । वृक्षारोपण र वन व्यवस्थापन एकैसाथ अगाडि बढाउनु पर्छ ।

वनको संरक्षण आर्थिक उपयोगको सन्तुलित नीति अवलम्बन गर्न सके मात्र वातावरण संरक्षण र आर्थिक समृद्धि दुवै सम्भव हुन्छ । शिक्षा प्रणालीमा वन संरक्षणसम्बन्धी पाठ्यक्रमलाई समावेश गरी भविष्यका पुस्तालाई सचेत तुल्याउन आवश्यक छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र होइन, व्यावहारिक रूपमा वन संरक्षणका कार्यक्रमहरूमा संलग्न गराउनु पर्छ । जस्तै वृक्षारोपण अभियानलाई राष्ट्रिय स्तरमा विस्तारित गर्दै हरेक व्यक्तिलाई कम्तीमा एउटा वृक्षारोपण गर्ने संस्कार विकास गर्नुपर्छ । वृक्षारोपण मात्र होइन रोपिएका रुखहरूको संरक्षण तथा उचित हेरचाह गर्न पनि ध्यान दिनुपर्छ । वन व्यवस्थापनलाई सफल बनाउनका लागि आर्थिक स्रोतको उचित व्यवस्थापन हुनु जरुरी छ । सरकारले वन व्यवस्थापनका लागि बजेट वृद्धि गर्नुका साथै निजी क्षेत्रलाई समेत वन संरक्षणका क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्नुपर्छ । हरित पर्यटन लाई प्रवद्र्धन गर्दै वन क्षेत्रलाई आर्थिक रूपमा उपयोग गर्न सकिन्छ जसले वन संरक्षणका लागि आवश्यक कोष जुटाउन मद्दत गर्छ ।

वन संरक्षण र व्यवस्थापन एकअर्कासँग अन्तरसम्बन्धित छन् । वनलाई मात्र जोगाएर मात्र हुँदैन यसको सही व्यवस्थापन गर्न सकिएन भने दीर्घकालीन रूपमा यसको फाइदा लिन सकिँदैन । नेपालले वन संरक्षणका लागि विभिन्न नीति ल्याए पनि तिनको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या कायमै छ । वन वन्यजन्तु औषधीय बिरुवा र जैविक विविधताको सन्तुलित उपयोग गर्न सकिएन भने भावी पुस्ताले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ । वन व्यवस्थापनलाई प्राथमिकता दिँदै वैज्ञानिक अनुसन्धान प्रभावकारी नीति कार्यान्वयन र समुदायको सक्रिय सहभागिता आवश्यक छ । जब वनको सही व्यवस्थापन हुन्छ तब मात्रै वातावरणीय सन्तुलन कायम राख्न सकिन्छ जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सकिन्छ र मानव जातिको दिगो भविष्य सुनिश्चित गर्न सकिन्छ । जय हरियाली

Previous Post

चार महिनामा खर्च होला त ५ अर्ब ७१ करोड

Next Post

सत्यको अधिकार : पीडितको न्याय पाउने आधारभुत मानव अधिकार

Next Post
सत्यको अधिकार : पीडितको न्याय पाउने आधारभुत मानव अधिकार

सत्यको अधिकार : पीडितको न्याय पाउने आधारभुत मानव अधिकार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version