For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँके रोजगार मेला–२०८१ मा सरोकारवालाहरुसँग बहसमूलक संवाद

byDainik Nepalgunj
March 29, 2025
in Blog
0 0
0
बाँके रोजगार मेला–२०८१ मा सरोकारवालाहरुसँग बहसमूलक संवाद
Share on FacebookShare on Twitter

कामकाजी संस्कारका लागि ‘व्यवहारिक शिक्षा आवश्यक’

स्थानीय उद्योगहरुमा दक्ष जनशक्तिको पर्याप्त आवश्यकता रहेको औंल्याइएको छ । कामकाजी संस्कारको अभावले रोजगारीमा आकर्षण कम भइरहेको भन्दै स्थानीयस्तरमै पर्याप्त अवसर भएपनि रुची नदेखिएको अनुभव सम्बद्धहरुले सुनाए ।

नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको रोजगार मेला अन्तर्गत शुक्रबार गरिएको बहसमूलक ‘रोजगार संवाद’मा सरोकारवाला क्षेत्रका व्यक्तिहरुले जनशक्ति दक्ष नहुँदा बेरोजगारी बढेको, बैदेशिक रोजगारीमा आकर्षित हुँदा नेपालमा नै जनशक्ति उपलब्ध नहुने गरेको, अदक्ष, अद्र्धदक्षलाई अवसर रहेपनि शैक्षिक बेरोजगारी बढेको बताएका हुन् ।

उनीहरुले उद्योगलाई आवश्यक अनुसार तालिम प्राप्त जनशक्ति नपाएको, सरकारले उपलब्ध गराउने तालिमहरु स्थानीय आवश्यकता र रोजगार भन्दा स्वरोजगार केन्द्रित भएको बताए । वक्ताहरुले व्यवहारिक शिक्षाको अभावले कामकाजी संस्कार कमजोर हुँदै गएको भन्दै विद्यालयस्तरमै अध्ययनसँगै कामलाई जोडेर लैजानुपर्ने सुझाव दिए ।

संवाद कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीले जनशक्ति जति उद्योगधन्दा, कलकारखाना नहुँदा त्यसले बेरोजगारी बढाएको धारणा राखेका थिए । ‘देशमा जनशक्ति जति रोजगार दिने उद्योगधन्दा छैनन्, अर्को विदेशमा बढी सेवा, सुविधा पाइन्छ भने जनशक्ति बाहिरिइरहेको छ’, प्रथम उपाध्यक्ष ओलीले भने । उपाध्यक्ष ओलीले लगानीको वातावरण नभएको अवस्थाले पनि रोजगारका अवसर बढ्न नसकेको बताएका थिए ।

‘एकातिर उद्योगमा टे«ड यूनियनका समस्या, प्राविधिक ज्ञान भएका उपलब्ध नहुँदा भारतबाट श्रमिक ल्याउनु परिररहेको अवस्था छ’, भारतबाट रोजगारीका लागि श्रमिक आउने गरेको सन्दर्भमा भने, ‘काममा अनुशासित नहुँदा पनि भारतबाट श्रमिक ल्याउने गरिएको पाइन्छ ।’ उपाध्यक्ष ओलीले समस्याका बारेमा पटकपटक सम्बन्धित निकायमा समेत जानकारी गराएपनि राज्यले त्यसलाई सम्बोधन गर्न नसकेको बताए । उपाध्यक्ष ओलीले काम नगर्ने मानसिकता, जागिरे मानसिकतामा पनि समस्या रहेको उल्लेख गरेका थिए । आफैपनि उद्योगपति रहेका ओलीले दलीय ट्रेड युनियन खारेजीको आवश्यकतामात्रै औल्याएनन्, औद्योगिक वातावरणका लागि सरकारले पटक्कै काम नगरेको अनुभव व्यक्त गरे ।

केएल दुगड ग्रुपका सिइओ प्रदिप छाजेडले अधिकारको कुरा गर्दा दायित्व वहन तर्फ वास्ता नराखिने गर्दा समस्या आउने गरेको धारणा राखे । यद्यपि, पहिले जस्तो टे«ड यूनियनको समस्या उद्योगमा निकै कम भएको, श्रम विवाद घटेको बताउँदै उद्योगपति छाजेडले दक्ष जनशक्ति नहुँदा रोजगारीको अवसर प्रदान हुन नसकेको बताए ।

उद्योगपति छाजेडले स्थानीय तहले तालिम दिंदा उद्योगमा रहेको सम्भावना हेरेर त्यसै अनुसार तालिम दिए बेरोजगारीको समस्या हल हुन सक्ने धारणा राखेका थिए ।

उद्योगपति छाजेडले विदेशमा गएर जे काम पनि गर्ने र यहाँ खेतबारी बाँझै छाडेर जाने सोंचमा परिवर्तन आउनु पर्ने बताएका थिए । ‘काम ठूलो, सानो हुँदैन भनेर बुझ्न जरुरी छ’, उनले रोजगार संवादमा भने, ‘अब नैतिक शिक्षा दिनुपर्छ, किताबी ज्ञानले मात्रै हुँदैन ।’

शिखर ग्रुप अफ इन्डष्ट्रिजका अध्यक्ष चम्पालाल बोथराले उद्योगमा काम सिक्न नचाहँदा पनि बेरोजगारीको समस्या बढेको बताए । ‘मेरै उद्योगमा उद्योग र नगरपालिकाको खर्चमा तालिम लिन आउ भन्दा तालिम सुरु हुने दिन ५ जना पनि आएनन्’, उद्योगपति बोथराले भने । नेपाली कामदारको अस्थीरता औल्याउँदै उनले आफ्नो उद्योगमा रहेको ९५ प्रतिशत पुरुष कामदार ६ महिना बित्दा ५ प्रतिशत पनि बाँकी नरहने गरेको बताए । ‘महिला कामदारहरु भर्ना गरेपछि काम नियमित छ’, काममा निरन्तरताको समस्या उठाउँदै उनले भने ।

उद्योगपति बोथराले विद्यार्थी पढाउन अभिभावकले लाखौं रुपैयाँ गर्ने तर, रोजगारीका लागि कुनै लगानी नगर्ने प्रणालीको आलोचना गरे । ‘स्कूल, क्याम्पसको अध्ययनले मात्रै रोजगारी सिर्जना हुँदैन, सरकारको शिक्षा नीति पनि चेञ्ज हुनुपर्छ’, उनले एसईई गरेको विद्यार्थी कही न कही काम गरेको हुनुपर्ने भएको भए त्यसले रोजगारसँग जोड्न मद्दत पुग्ने धारणा राख्दै भने । बोथराले सरकारले पनि रोजगार सिर्जनामा केही न केही लगानी गर्नुपर्ने धारणा राख्दै स्वरोजगार बढाउन ध्यान जानु पर्ने र त्यसले लाखौं, लाखौं रोजगार सिर्जना हुनसक्ने बताएका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख

केशव बहादुर विष्टले कार्यालयले स्वरोजगार बनाउन खालका तालिमहरु दिने गरेको बताए । ‘तर, तालिमलाई उद्योग सँग जोड्न सकेका छैनौं’, विष्टले भने, ‘माथिबाट नै बजेट र कार्यक्रम आउँदा यहाँ केही गर्न सक्ने अवस्था रहेन ।’

रोजगार संवादमा स्थानीय सरकारका प्रतिनिधिका धारणा राख्दै खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष धनीराम ओलीले संघीयतापछि तीन तहको सरकारको व्यवस्था भएपनि संघ र प्रदेशको कानुनसँग नबाझिने गरी गर्नुपर्ने व्यवस्थाका कारण स्थानीय आवश्यकता अनुसार काम गर्न समस्या भएको बताए । ‘बजेट कार्यक्रम तोकेर आउँदा चाहे अनुसार तालिम दिन नसकिएको हो’, उनले भने ।

वडाध्यक्ष ओलीले ४५ प्रतिशत श्रमशक्ति रहेपनि तर काम गर्न आउने दक्ष जनशक्ति नहुँदा बेरोजगारीको समस्या भएको बताए । ‘बजेट सीमित र तोकिएर आउँदा मागमा आधारित काम गर्न सकेका छैनौं’, उनले पढेलेखेका व्यक्तिले जुनसुकै काम नगर्ने सोंचका कारण पनि समस्या भएको बताउँदै भने ।

नेपालगन्ज उपमहानगरपालिकाकी रोजगार संयोजक मञ्जु ज्ञवालीले माथिबाटै तोकिएर बजेट आउँदा त्यसै अनुसार काम गर्नुपर्ने बताइन् । ‘तालिम र रोजगारी पनि माथिबाटै तोकिएर आएको हुन्छ’, उनले भनिन्, ‘पालिकाले केही बजेट भने छुट्याएको हुन्छ, तर पालिकाको बजेट, स्रोत सीमित छन् ।’

लामो समयदेखि रोजगारका क्षेत्रमा क्रियाशील, नेपालगन्जकी रोजगार संयोजक ज्ञवालीले उप–महानगरको रोजगार नीतिबाटै निजी क्षेत्रसँग समन्वय गर्ने प्रयास चाहीँ गरिरहेको बताइन् । ‘अर्ददक्ष बेरोजगार धेरै हुनुहुन्छ, उनीहरुले रोजगार नपाउने अवस्था चाहीँ छैन’, उनले भनिन्, ‘धेरै बाहिर नै रोजगारी जान चाहनुहुन्छ, नेपालगन्ज भित्रै काम गर्न चाहनुहुन्न ।’

एकै पटक वैदेशिक रोजगार नियन्त्रण गर्न नसकिने भन्दै ज्ञवालीले दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखेकी थिइन् । ‘शैक्षिक बेरोजगार धेरै हुनुहुन्छ’, उनले शैक्षिक बेरोजगारलाई नेपालगन्जमै भने कम रोजगारी सम्भावना देखिएकोे बताइन् ।

‘शैक्षिक बेरोजगारका लागि इन्टर्नशीप गर्ने, विभिन्न किसिमका कार्यक्रम, योजना ल्याउन सकिन्छ’, ज्ञवालीले भनिन् । श्रमको सम्मानका लागि प्रशिक्षण गर्न सक्यौं भने बेरोजारीको समस्या हल हुँदै जाने धारणा उनको थियो ।

रोजागर संवादमा सहभागी, नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष देव बहादुर ओलीले इट्टा उद्योगमा रोजगारीको प्रशस्त सम्भावना रहेको र कमाई पनि राम्रै हुने गरेको बताए । ‘हामीले यहाँ श्रमिक नपाएर भारतबाट अग्रिम पैसा, आउनेजाने भाडा, बस्ने बास सहितको सुविधा दिएर श्रमिक ल्याउँछौं’, उनले भने, ‘इट्टा व्यवसाय क्षेत्रमा पढेलेखेको श्रमिक आवश्यक नपर्ने र अन्य त्यहाँ गएर काम गर्न चाहँदैनन् ।’

प्राध्यापक हरि सुवेदी बेरोजगारी सबैभन्दा ठूलो समस्या नीतिका कारण भएको धारणा राख्छन् । ‘धेरै जसो पालिकाले कपिपेष्ट नीति बनाउँछ र कार्यान्वयन भएन भन्छ । समाधान खोज्नेको सुरुवात नीति बनाउँदा नै हो’, उनले भने ।

शिक्षामा परिवर्तनको आवश्यकता औंल्याउँदै सुवेदीले भने, ‘पाठ्यक्रममै सुधार गर्नुपर्छ, त्यो पनि प्राविधिक र अप्राविधिक चाहिन्छ ।’ उनले बेरोजगारको तथ्यांक लिएर रिसर्च गर्न आवश्यक रहेको धारणा राखे । ‘घर परिवारले दिने शिक्षामा पनि परिवर्तन गर्न आवश्यक छ । हामीले जे भनेपनि बच्चाहरुको इच्छा आफुहरुले दुःख गरेर पनि पूरा गर्छौ’, उनले भने, ‘त्यसले उनीहरुलाई अव्यवहारिक बनाइरहेको हुनसक्छ भन्ने हेक्का गर्नु भएको छ त ?’

वीन बाँकेका अध्यक्ष सावित्री बस्नेत पोखरेलले अब व्यवहारिक ज्ञान ल्याउनै पर्ने धारणा राखिन् । ‘व्यवहारिक ज्ञान लागु नगर्दासम्म दक्ष जनशक्ति उत्पादन हुनसक्दैन’, त्रिभुवन विश्वविद्यालयकी प्राध्यापकसमेत रहेकी बस्नेतले भनिन् । ‘पढेलेखेर राम्रो रोजगारी हुन्छ भन्ने सिकाइन्छ । तर, सीप सिकाइँदैन । हामीले रोजगार भन्दा जागिर मात्रै सम्झियौं । त्यो कमजोर मानसिकताको विकास गरिएको छ । नेपालमा केही छैन भन्ने परिवारबाट भनिरहँदा, घरखेत बेचेर पनि विदेश पठाइनु पर्छ भन्ने घरपरिवारबाट सुरु गरियो’, उनले बेरोजगार बढ्नुको समस्या बारे भनिन् । ‘प्राकृतिक रिसोर्सको प्रयोगमा युवा आकर्षित गर्न सकिएको छैन’, उनले भनिन् । उनले नीतिगत कुरा मिलाएर जडिबुटी, कृषिमा जोड्न सके रोजगारी सिर्जना हुनसक्ने बताइन् ।

दैनिक नेपालगन्जका प्रधान सम्पादक झलक गैरेले सहजीकरण गरेको रोजगार संवादको उद्देश्यमाथि उद्योगपतिसमेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका एशोसिएट सदस्य कमल कार्कीले प्रकाश पारेका थिए । रोजगार संवादको पुरै अवधी संघका अध्यक्ष टंक बहादुर धामीसहितका विभिन्न पदाधिकारी, विष्णु श्रेष्ठ लगायतका कार्यसमिति सदस्यहरुको सहभागिता थियो ।

रोजगार मेला – २०८१ का संयोजक भिमबहादुर रानाभाटका अनुसार, मेलाको दोस्रो दिन आज शनिवार कृषि र पर्यटनका क्षेत्रसँग जोडिएर सरोकारवालाहरुबीच ‘रोजगार संवाद’ गरिंदैछ । आयोजक, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव समेत रहेका संयोजक रानभाटले रोजगारका क्षेत्रमा यसरी गरिएका बहसले नीतिगत सुधार र व्यवहार परिवर्तनमा सकारात्मक दबाव सिर्जन ागर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘यहाँ व्यक्त भएका सुझाव, अवधारणाहरुलाई दस्तावेजीकरण गरेर नीतिगत सुधारका लागि सम्बद्ध निकायमा पठाइनेछ,’ जनप्रतिनिधि, बाँकेका सात पालिकाका रोजगार संयोजक, जिल्लाका उद्योगी व्यवसायी, पत्रकार, कानुन व्यवसायी सहभागी रहेको रोजगार संवादबारे मेलाका विज्ञ, परामर्शदाता सरोज चौधरीले भने, ‘यहाँ उठेका सवाललाई खेर जान दिन हुँदैन भन्नेमा हामी गम्भीर छौं ।’

Previous Post

रोजगारीका लागि उद्योगमैत्री वातावरण

Next Post

दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा

Next Post
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ

दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अवैध कुखुरा र सालको काठ बरामद

April 20, 2026
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version