For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

सुचनाको हक : सुशासनको बलियो आधार

byDainik Nepalgunj
April 16, 2025
in विचार
0 0
0
सुचनाको हक : सुशासनको बलियो आधार
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको भनाइमा ‘सुशासन गरिबी हटाउन र विकासलाई अघि बढाउन संभवत एक मात्र महत्वपुर्ण तत्व हो । सुशासन भनेको कुनै पनि देशको साझा हितलाई अधिकतम रूपमा हासिल गर्ने स्पष्ट सुविचारित व्यवहारहरूको व्यवस्था वा मेल हो’ ।

सुशासन अन्तरगत जनसहभागिता मूलक, कानूनी शासन, मानव अधिकार, राजनैतिक स्थिरता, जवाफदेहिता र उत्तरदायित्व, बैद्यता, पारदर्शिता, सशक्तिकरण, पर्यावरणिय स्थिरता, समता र सक्षमता, नबिन प्रबिधिको प्रयोग जस्ता अत्यावश्यक तत्वहरू पर्दछन् । राष्ट्रको निर्णय गर्ने प्रकृयामा नागरिकहरूको सहभागिता सुशासनको अनिवार्य तत्व हो । सुशासनमा कानुनको शासनलाई मान्यता दिइन्छ । यस्तो कानुनको शासन जसमा कानुनी ढाँचा विवेकपुर्ण र न्यायपुर्ण हुन्छ र निष्पक्षता सुनिश्चित हुने अपेक्षा राखिन्छ । पारदर्शिता सुशासनको अर्को महत्वपुर्ण तत्व हो । जसमा सूचनाको निर्वाध प्रवाहले मियोको रूपमा काम गरेको हुन्छ । जिम्मेवारी सुशासनको अर्को महत्वपुर्ण पक्ष हो । जसमा सरकार, निजी क्षेत्र र नागरिक समाजका संस्थाहरू आमजनता प्रति साथै सरोकारवालाहरू प्रति उत्तरदायी हुन्छन् ।

सु को अर्थ राम्रो भन्ने हो भने शासनको अर्थ राज्य संचालन गर्ने बिधि । असल शासन भन्ने अवधारणाबाट आएको यो बिधि नागरिक समाज समेतको संलग्नतामा आधारित शासन प्रणाली भन्ने बुझिन्छ । जनसरोकारका बिषयलाई नियमन गर्ने, नियन्त्रण गर्ने र सेवाग्राही प्रति उत्तरदायी बनी प्रशासनिक यन्त्रमा सुद्धता ल्याउने यसको मुल उदेश्य हो । सुशासन राज्य संचालन प्रक्रियासंग सम्बन्धित छ । राज्यको श्रोत साधन र आफुलाई प्राप्त अधिकारको समुचित प्रयोगद्धारा जनताको बृहत्तर हित गर्न सक्ने सक्षम पद्धती नै सुशासन हो ।

शासन व्यवस्था जतिसुकै लोकतान्त्रिक भए पनि र जनताले लोकतान्त्रिक तरिकाले सरकार चुने पनि आखिरमा मुलुकको स्रोत साधनको जिम्मेवारी रेखदेख र सुरक्षा गर्ने त सरकारले नै हो । सरकारसँग मुलुकको सबै स्रोत साधन र अवसरको बाडफाड गर्ने जिम्मेवारी हुन्छ । विशाल स्रोत साधन र अवसरको नियन्त्रण र व्यवस्थापन गर्ने मेसोमा भ्रष्टाचार र विभिन्न प्रकारका विकृति र कुशासन जन्मनु नराम्रो कुरा हो । तानाशाही व्यवस्थामा भ्रष्टाचार उन्मूलन गर्न ठाडो कार्वाही गर्ने लगायत अनेकौँ उपायहरू गरेको देखिन्छ । ती उपाय लोकतान्त्रिक पद्धतिमा अस्वीकार्य हुनसक्छन् । यसैले लोकतान्त्रिक मुलुकमा भ्रष्टाचार, विकृति र कुशासनलाई हटाउने काम नागरिक संस्थाहरूले गर्दछन् । नागरिक समाज र नागरिक संस्थाका परिभाषाहरू एउटै छैनन् । तर साझा कुरा के हो भने जुन देशमा नागरिक समाज बलियो छैनन त्यहाँ भ्रष्टाचार मौलाउँछ ।

आमनागरिक र सरकारी निकायका बीच सम्पर्क गराइ दिने काम गर्नुका साथै नागरिक संस्थाले सूचनामा आम नागरिकको पहुँचलाई मूख्य आधार बनाएर समुदायको एकता र निर्णय प्रक्रियामा नागरिकको सहभागितालाई बलियो बनाउने वातावरण तयार पार्दछ । नागकिहरूमा सबै खालका सूचना प्राप्त गर्ने र सूचनाको सदुपयोग गर्ने सीपको विकास भए मात्रै नागरिहरूको प्रयास प्रभावकारी हुन्छ । यसैले सरकारले यस्तो वतावरण तयार पार्न सघाउने कानुन बनाउनुका साथै अन्य उपायहरू अपनाउनु पर्दछ । सूचनाको हक सम्बन्धी ऐन यसैको एउटा महत्वपर्ण उपलब्धि हो । यसले सरकारी र सार्वजनिक निकायमा रहेका सूचना नागरिकले पाउने हकलाई सुनिश्चित गर्दछ ।

सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता, खुलापन र जिम्मेवारीबोध जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य हुन्छ । यसैले नेपाल सरकारले सूचनाको हकलाई लोकतन्त्रका लागि अपरिहार्य पूर्वशर्त मानेको छ । सरकारी कामकाजमा अपारदर्शिता र गोप्यताको लामो परम्परालाई तोड्नका लागि २०४७ सालको संविधानमा नागरिकको सुसूचित हुने हकलाई मौलिक अधिकारको रूपमा राखिएको थियो । तर तदनुसार सूचनाको हकसम्बन्धी ऐनको अभावमा यो हक सहज रूपमा उपलब्ध थिएन ।

नेपालको संबिधान २०७२ मा जारी भएको संबिधानले सुचनाको हकलाई मौलिक हकको रूपमा ब्यवस्था गरेको छ । २०६२÷०६३ को जनआन्दोलन पछि बनेको नेपालको अन्तरिम संविधानले सूचनाको हक स्थापित गरेको थियो । यस पछि सुचनाको हक सम्बन्ंधी ऐन २०६४ पारित गरेपछि सूचना पाउने अधिकार कार्यान्वयनको आमनागरिकले सहज र सरल रूपमा पाउने अवस्था आएको हो । यो ऐनले नागरिकलाई सूचना पाउने अधिकार मात्रै दिएको छैन, यसले सरकारी तथा र्सार्वजनिक निकायहरूलाई आमनागरिक प्रति जवाफदेही, पारदर्शी र जिम्मेवारी बनाउन खोजेको छ । तर ब्यवहारमा अहिले पनि नागरिकले कानून बमोजिम पाउनु पर्ने सवै सुचनाहरू सहज रूपमा पाउन सकेका छैनन । निवेदन माग गरिए पनि कतिपय अवस्थामा आलटाल गर्ने, सुचना नदिने प्रबृत्ति अद्यपी छ । तरसुचना नदिएमा त्यसको कानूनी उपचार पनि भएकाले सुनसुकै सार्वजनिक निकाय दिन बाध्य छन् ।

नेपालको कानूनी इतिहासमा पहिलो पटक बनेको यो ऐनमा कतिपय कमी कमजोरीहरू भएता तपानि जनतालाई साँच्चै सार्वभौमसत्ता सम्पन्न बनाउने काममा यो ऐनको ठुलो भूमिका खेलेको छ । यो ऐनले मुख्य रूपमा दुइटा काम गरेको छ । एउटा सरकारी कामकाजलाई खुला, पारदर्शी र उत्तरदायिकत्वपूर्ण बनाउँनमा मद्धत पु¥याएको छ भने अर्को पद वा सत्तामा बसेकालाई नागरिक प्रति जवाफदेही बनाउँमा मद्धत पु¥याएको छ । सुचनाको हकले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतालाई र्सार्थक बनाउँछ किनकि सही र पर्याप्त सूचना पाएपछि मात्रै कसैले पनि सही र उपयोगी निर्णय गर्न सक्दछ । यसो हुँदा अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सार्थक भएको मान्न सकिन्छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को प्रस्तावनामा ऐनको उदेश्य हेर्र्दा राज्यका काम कारवाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउने, र्सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहँुचलाई सरल र सहज बनाउने, राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाकोे संरक्षण गर्ने र नागरिकको सुसूचित हुने हकलाई संरक्षण र प्रचलन गराउने’ । भन्ने ब्यवस्था गरिएको छ ।

उल्लेखित अघिल्ला दुइटा उदेश्य ’राज्यका काम कारवाही लोकतान्त्रिक पद्धतिअनुरूप खुला र पारदर्शी बनाई नागरिक प्रति जवाफदेही र जिम्मेवार बनाउने तथा सार्वजनिक निकायमा रहेको र्सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सरल र सहज बनाउने’ कुराहरू सोझै सुशासनसँग सम्बन्धित विषय हुन् । नेपालमा सूचनाको हक सम्बन्धी ऐन निमार्ण र कार्यान्वयनमा मिडियाको महत्वपूर्ण भूमिका रहेको छ । पत्रकारहरू जनताको तर्फबाट सूचना माग्ने पहिला पंक्तिका हकदार र सरोकारवाला भएको र सार्वजनिक निकायमा अपारदर्शिताको लामो र अभेद्य पर्खाल रहेको अवस्थामा पत्रकारहरूले यसको लागि पहल गर्नु आवश्यक र स्वाभाविक छ । फलस्वरूप सूचनाको हकसम्बन्धी ऐन २०६४ मा राष्ट्रिय सूचना आयोगको गठनमा नेपाल पत्रकार महासघको पनि दायित्व र भूमिका राखिएको छ । तर सूचनाको हकको उदेश्य, यो हक प्रचलनमा रहेका मुलुकहरूको अनुभवबाट के कुरा स्पष्ट हुन्छ भने सूचनाको हक सूचना र संचारका नीति र कानुनहरूभन्दा पनि सुशासन र पारदर्शितासँग सम्बन्धित छ । जो कुनै पनि लोकतान्त्रिक पद्धतिको लागि अपरिहार्य चरित्र हो । पत्रकार मात्रै नभएर सबैले पाउने हक हो । सुचना पाउने नागरिकको अधिकार हो । तर लेखक स्वयमले अनुभुति गरेको कुरा कतिपय कार्यालय र सस्थाले मागेको सुचना दिएका छैनन । यहाँसम्मकी बाँकेको केही स्थापित भनीएको सस्था र सरकारी कार्यालयले समे लेखक स्वयले मागेको सुचना पनि उपलब्ध गराएका छैनन । सुचनाको हकले देशमा सुशासन कायम राख्न र सरकारलाई जनउत्तरदायी बनाउन मद्धत पु¥याउदछ । यो हकको प्रभावकारी कार्यान्वयनले देशको सम्बृद्धि, बिकाश र लोकतान्त्रिक पद्धतीको सुढृढीकरण गर्न, सुशासन कायम राख्न मद्धत पु¥याउने भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागी सम्बद्ध पक्ष जिम्मेवार हुन जरुरी छ । यसै गरि सेवा प्रदायक सार्वजनिक निकायले आफुले नियमित रूपमा उपलब्ध गराउनु पर्ने सुचना सार्वजनिक गर्ने र माग गरिएको सुचना सहज तरिकाले दिन पनि उत्तिकै जरुरी छ । (लेखक अधिवक्ता हुन् ।)

Previous Post

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

Next Post

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पुरा

Next Post
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पुरा

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पुरा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version