For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

छाडा चौपायाको बढ्दो समस्या र समाधान

byDainik Nepalgunj
April 21, 2025
in News, विचार
0 0
0
छाडा चौपायाको बढ्दो समस्या र समाधान
Share on FacebookShare on Twitter

मानव समाजको लागि छाडा जनावरहरूसँग सम्बन्धित धेरै आर्थिक, धार्मिक, राजनीतिक र स्वास्थ्य चिन्ताहरू छन् । शहरका सडकहरूमा घुम्ने धेरैजसो जनावरहरू अस्वस्थ छन्, यसले मानिस र जनावर दुवैको स्वास्थ्य चिन्ता बढाइरहेको छ । तिनीहरू घाँस वा अन्य सफा खाद्य खाना खाँदैनन् तर सडेको र बचेको खाना र फोहोरमा बाँचिरहेका छन् । जनावरहरूले धेरै खतरनाक खाद्यजन्य र पानीजन्य रोगजनकहरूको लागि भण्डारको रूपमा काम गर्छन् । जनावरहरूको खुवाउने कार्यबाट प्राप्त पानीमा एन्टिबायोटिक, पोषक तत्वहरू (नाइट्रोजन र फस्फोरस), हर्मोन, तलछट, भारी धातुहरू, जैविक पदार्थ, अमोनिया र मिथेन सहित धेरै रोगजनक र प्रदूषकहरू हुन्छन् । तिनीहरूसँग वातावरणमा रोगजनकहरू परिचय गराउने र खाद्य श्रृंखलालाई हानि पु¥याउने क्षमता हुन्छ । यी प्रदूषकहरूबाट हुने रोगहरूले अस्थायी स्वास्थ्य समस्याहरू मात्र नभई गम्भीर पीडा र मृत्यु पनि निम्त्याउँछ ।

छाडा पशु नियन्त्रणको कुरा अहिले निकै चर्चामा रहेको छ । शहरमा गाई गोरुहरू नै प्रमुख समस्या बनेर रहेको वर्षौ भईसकेको छ । किसानले पशुलाई त्यतिकै छाडिदिँदा छाडा पशु चौपाया बढिरहेको छ । छाडा पशु चौपायाको नियन्त्रणको विषयमा निकै छलफल र हल्लाहरू हुने गरेका छन् । छाडा पशु चौपायाँले खास गरी शहरिया स्थानहरूमा सडक दूरघटनाको कारण बनेको, शहरिया घर,सटरमा राखिएका फलफूल खानाहरू खाईदिएको ,घर गेटमा लगाएको तरकारी वा बोट बिरुवा खाईदिएको, शहरमा फोहोर पारिदिएको, जतिबेला पनि उनीहरूले खाईदिने हो कि भनेर त्रासमा बस्नु परेको, किसानहरूले खेत बारीमा लगाएको बालीनालीमा जतिबेलासुकै प्रवेश गरी खाईदिएको भन्ने जस्ता गुनासा र समस्याहरू आउने गरेका छन् ।

अहिले छाडा पशु चौपाया व्यवस्थापन निकै पेचिलो विषय बनेको छ । खास गरी शहरिया ठाउँहरूमा छाडा पशु चौपायाको निकै चहलपहल देखिएको हुन्छ । छाडा पशु चौपाया नियन्त्रणको लागि भनेर किसानहरूले स्थानीय निकायसमक्ष ज्ञापन पत्र दिने, समाधान गर्न माग राख्ने, गरेको वर्षौ भइसकेको छ । तर पशुलाई उचित तरिकाले व्यवस्थापन भने हुन सकिरहेको छैन ।

पशुहरू मानव सभ्यताको विकास संगै मानवको अभिन्न अंग बनेर रहेका छन् । मान्छेले बाँच्नको लागि जंगली युगमा जंगली जनावरको शिकार गरेर उनैको मासुको भोजन गरी बाँच्ने गर्दथे । जंगली जनावरको शिकार गर्दा होस या शिकारलाई आफू जहाँ रहेको हो त्यो स्थानमा ल्याउँदा जंगली कुकुरहरू मासुको गन्ध थाहा पाएर मान्छेको वरपर आउने, मान्छेले दिएको रहेबचेको मासु हड्डी खान पाउने कारणले मान्छेको वरिपरि बस्ने गर्न थाले । यसले मान्छेलाई रखवारी गर्ने, जंगली जनावरहरू आएमा लखेटेर मान्छेलाई सुरक्षित गर्ने साथै मान्छेले शिकार गर्दा जंगली जनावरलाई लखेटेर मार्नमा सहयोग गर्ने भएका कारणले मान्छेको पहिलो पशु कुकुर हुन गएको थियो भनी मानव इतिहासको विकासमा पढ्न पाइन्छ ।
कुकुर पछि मान्छेले शिकारको क्रममा पक्रेर ल्याएका जंगली जनावरहरूको बच्चाहरूलाई आफू जहाँ रहेको हो त्यही स्थानमा हुर्काउने बढाउने काम गर्न थाल्यो । त्यसो गर्दा माान्छेले शिकार गर्न धेरै समय विताउनु पनि परेन, मासुको जोहो सजिलैसंग हुने भयो । मान्छेलाई लगाउने कपडाको पनि व्यवस्था भयो जनावरबाट निकालेको छाला, रौं वा भूवाको पर्याप्तता भयो । त्यसको साथै मान्छेले पालेका पशुहरूबाट दूध र दूधजन्य पदार्थको उत्पादन गर्न सजिलो भयो । मान्छेले खाएर फालेको फदफूलको बियाँबाट उम्रेको फलफूलको रुखबाट नयाँ विरुवा उम्रन्छ भन्ने मान्छेले अभ्यास गर्दै जाँदा पत्ता लगायो । मान्छेले यो पनि थाहा पायो कि जंगलबाट पक्रेर ल्याएको जनावरको मल जहाँ जहाँ रहेको छ त्यहाँ त्यहाँको फलफूलको विरुवाराम्रो भएर राम्रो फल पनि दिएको पत्ता लगायो । यसले मान्छेले वषौंदेखि भोगिरहेको खाद्यान्नको संकट समाधान गर्न सजिलो भयो । खेतीपातीको शुरुवात संगै मान्छेले जमिन खन्न हलोको पनि विकास ग¥यो । हलोको विकास भएपछि पहिले काठको हलो मात्रै बनाएर जोत्ने चलन थियो । तर जब तामाको पत्ता लाग्यो किसानले तामाको फाली हलोमा बनाएर त्यसलाई हलोमा हालेर जोत्न थाले । जोत्न मान्छेले गोरु, राँगाहरूको प्रयोग गरी खेती कर्मलाई निरन्तरता दिए । यसरी जोत्दा थोरै समयमा धेरै जोत्न सजिलो हुने भयो । र उत्पादन पनि धेरै हुने भयो । मान्छेले पशुबाट धेरै फाइदा लिन सकिन्छ भन्ने थाहा पाएपछि मान्छेले पशुपालन गर्न थाल्यो । पशुपालन गर्दा मान्छेका धेरै समस्याहरू टार्न सजिलो भएको थियो ।

त्यसैले मान्छेले पशुपालन थालेको थियो । पशुपालनमा गाई, गोरु, भैंसी, भेंडा, घोडा, खच्चर बाख्राकुखुरा हाँस सबै सबै आउने भए । सबैलाई मान्छेले आफ्नो अनुकुलमामा जहाँको जे उपलब्धता थियो त्यही नै पाल्ने गर्दै जाँदा र त्यसबाट फाइदा लिँदै जाँदा आजसम्मको मानवको विकास हुन आएको हो । एक जमाना पनि यस्तो थियो मान्छेले गाई भैंसीसंग जमिनको पनि सटटा पटटा गर्दथे रे भन्ने सुनिन्छ । गाई भैंसी दिने जमिन लिने । मान्छेले यसरी पशु पालन थालेका थिए, निरन्तरता दिँदै र फाइदा लिँदै आएका थिए ।
नेपाली जनता जब कृषिमा पूर्ण रूपमा निर्भर रहेका थिए त्यतिबेला गाई भैंसी नपाली हँुदैनथ्यो । जसरी पनि पाल्नु पर्ने थियो । पालेका थिए । पशुपालनपछि धेरै कुरामा फाइदा लिने भयो । तर पछिल्लो समय खेतीमा रासायनिक मलको प्रयोग, कामहरूमा अरू कामहरूको व्यवस्था, जस्तै व्यापार, व्यवसाय, वैदेशिक रोजगारी जस्ता कामको उपलब्धताले गर्दा किसानलाई वा मान्छेलाई गाई भैंसी नपालेपनि हुने भयो । पशुहरू बाँध्ने भनेको आफूपनि बाँधिने भएकाले यीनीहरूको पालन गर्न सबैले छाड्दै जान थाले । पशु पालेपछि आफू नै खटिनु पर्ने भएपछि सबैलाई त्यसमा खटिनु भन्दा अरू नै गर्न सजिलो भयो अरू पेशा अपनाएर पनि पैसाको व्यवस्था हुने भयो । जीविकोपार्जन हुने भयो । मान्छेले पशुलाई पाल्न छाडे । अरू पशुको त अहिले समस्याको कुरा छैन । समस्या रहेको छ त केवल गाई र गोेरुको, बाच्छा र बाच्छीको ।

एकाध घरमा बाहेक गाई, गोरु, बाच्छाबाच्छी पालिँदैन । गाईको दूध दिँदासम्म पाल्ने दूध नआएपछि फाल्ने गरिएको छ । सडकमा छोड्ने गरिएको छ । पहले गोरुको काम हुन्थो । जोत्नमा काम आउँथ्यो अहिले जोत्नमा पनि गोरुको काम छैन । धेरै जसोले जोत्नको लागि प्रविधिको प्रयोग गर्दछन् । प्रविधिको प्रयोग भएपछि गोरुको केही काम छैन । किसानहरूले होस या जसले पालेको थिए उनीहरूले पाल्न आवश्यक रहेन, पालेका छैनन् ।

सबैले गाईगोरु छोडिदिएका छन् । छोडिदिएपछि उनीहरू कहाँ जाउन र जाने ठाउँ भनेको सडक छेउछाउमा हो शहर मान्छेको घर वरपर हो । यसले जहाँतही समस्या निम्तिएको छ । अझै समस्या त तराइृका जिल्लाहरूका स्थानीय तहहरूमा रहेको छ । तराईका स्थानीय तहहरूले छाडा पशु नियन्त्रण गर्न कोही कसैले पनि प्रभावकारी कदम चालेको भन्ने आउन सकेको छैन । छाडा पशुको नियन्त्रणको लागि भन्दै तराईतिरको स्थानीय तहहरूले कार्यविधि पनि बनाएका छन् । छाडा पशु नियन्त्रण गर्नको लागि भन्दै कपिलवस्तुको जिल्ला अदालतले गत साउन १६ गते स्थानीय तहलाई आदेश दिएको थियो ।र राजमार्गमा निर्बाधरूपमा गाडी चल्न दिन भन्दै आदेश दिएको थयो । स्थानीय तहहरूले छाडा पशु नियन्त्रण गर्न भन्दै रकम विनियोजन गर्दै आईरहेका छन् । रकम विनियोजन भएपनि खासै प्रभावकारी रूपमा काम हुन सकेको छैन ।

छाडा पशुहरूको संख्या बढ्नुमा एक छाडा अवस्थामै बाच्छा बाच्छीको जन्म, अर्को किसानहरूले छोडिदिएर नै हो । यो नियन्त्रण गर्नको लागि एक किसानहरूलाई पशु छाडा लगाउन नदिने गर्नु पर्दछ । गरेमा कडा कारबाही गर्नु पर्दछ । स्थानीय तहले होस या सम्बन्धित निकायले त्यसको उचित व्यवस्थापन गर्नमा ध्यान दिनु पर्दछ । छाडा पशु चौपायालाई मात्र समस्याको रूपमा लिने चलनले गर्दा उनीहरूको व्यवस्थापनकोलागि मोटो रकम छुट्याउनु परेको छ । उनीहरूको बारेमा सधै चिन्ता लिनु परिरहेको छ । निर्देशिका नै बनाउनु परिरहेको छ । निर्देशिकामा पनि उनीहरूको दीघकालीन व्यवस्थापनको कुनै योजना बन्न सकिरहेको छैन । स्थानीय तहले छाडा रहेका पशु चौपायालाई जसरी भएपनि जंगलमा छोडिदिने लखेटने, खोलाको छेउछाउमा छोडिदिने मात्र काम गरेको देखिन्छ । तर खानपानको अभावमा ,चरनको अभावमा उनीहरू फेरी फर्केर मानिस वरपर नै आउँदछन् ।

आखिर किन त ? पशुहरू भनेका हाम्रो मानव समाजको विकासको क्रमदेखि नै मान्छेको साथी हुन । उनीहरू कै भूमिकाको कारण मानव जीवन सहज बन्न उन्नति प्रगति गर्न सकेको हो । तर अहिले मानिसले यो सबै गुन बिर्सेर पशुलाई छाडिदिने गरेका छन् ।

यस्तो हुनु निकै दुःखद रहेको छ । अहिले किसानहरूले गाई ,गोरु भैंसी पाल्न छोड्ने, पशुपालन गर्न छोडने, भएकोलाई घरबाट लखेटने र दूध र दूधजन्य पदार्थ किनेर खाने । मासु किनेर खाने, छालाजन्य पदार्थलाई विदेशबाट खरिद गर्ने, मललाई सरकार गुहार्ने, मलमा विदेशीको मुख हेरेर बस्ने, अनुदानको मल खोज्ने, महंगो मल खरिदमा लाग्ने माटोको उर्वराशक्तिको ह्रास बनाउनमा हामी सबै पुगेका छौं । राजनीतक दलहरूले मल बिउमा राजनीति गरेका छन् । मल, विउ दिने बहानामा किसानलाई भोटबैंकको रूपमा प्रयोग गरेका छन् । राजनीति गरेको देखाउन मलखादको व्यवस्थाको लागि भन्दै आन्दोलनमा राजनीतिक दल लागेका हुन्छन् । यसो गर्दा राजनीतिक दललाई, सरकारलाई धेरै फाइदा हुन्छ । धेरै कमिसन आउँछ ।

सरकारले, स्थानीय निकायले होस या राजनीतिक दल र राजनैतिक दल निकट किसान संगठनहरूले किसानको मलको समस्या समाधान गर्न यो छाडा पशुबाटै गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिन सकेका छैनन् । छाडा पशुलाई निश्चित स्थान तोकेर राखी तिनीहरूबाट आउने मलले किसानको मलको समस्या समाधान गर्न सकिन्छ भन्ने कसैले सोच्न सकेका छैनन् । छाडा पशुलाई निश्चित स्थानमा राखी उनीहरूबाट दूध उत्पादनलाई बढाउन सकिन्छ । दूध नदिने गाई अर्थात बुढा भएका गाईबाट पर्याप्त रूपमा मलको उत्पादन गर्न सकिन्छ । छालाको उत्पादन गर्न सकिन्छ । मलको उत्पादनले रासायनिक मललाई विस्थापन गर्न सकिन्छ । प्राङ्गारिक मलबाट उत्पादन पर्याप्तमात्रामा उत्पादन गर्न सकिन्छ । गोरुबाट पनि मल उत्पादन त हुन्छ नै अरू केही नभएपनि प्राकृतिक रूपमा म¥यो भने छालापनि काम लाग्छ । अहिलेको कानुनी प्रावधानलाई संशोधन भएमा मासु जन्य पदार्थ पनि काम नलाग्ने कुरा भएन । बाच्छा बाच्छीले केही महिना, वर्ष मै उत्पादन दिने कुरा भैहाल्यो ।

स्थानीय निकायले छाडा पशुहरू गाईगोरु बाच्छा बाच्छीलाई निश्चित स्थानमा राखी पालनपोषण गर्नलाई ध्यान दिनु पर्दछ । त्यसकोलागि केही मान्छेहरूलाई रोजगारीको रूपमा काममा खटाउन सकिन्छ । स्थानीय तहले पशु नियन्त्रण गर्न बनाएको कार्यविधि अन्र्तगत नै रहेर काममा खटाउने र तलबको व्यवस्थापन गर्ने गर्न गाह्रो हुँदैन । विदेश पुगेर गाई फारममा काम गर्नु भन्दा स्वदेशमै कामपनि मिल्दछ । स्थानीय निकायले मल, दूध, उत्पादन गरी पर्याप्त आमदानी गर्न सक्दछ । उत्पादन भएको मल, दूध छाला सबै बिक्रीबाट राम्रो आमदानी गर्न सकिन्छ । काम गर्ने कामदारलाई लाग्ने खर्च आमदानी गरिदिन्छन् । खेर गैरहेको घाँसको पनि सदुपयोग हुन्छ । छाडा पशुबाट धेरै फाइदा लिन सकिन्छ । पहले पहिले गाडा टाँगा चलाउनको लागि गोरुको प्रयोग हुन्थो । अहिले यातायातको साधनको विकास भैसकेको अवस्था छ । अझै सोच्नेहो भने भित्री गल्लीहरूमा हिँडनको लागि, सामानहरू बोकाउनकोलागि टाँगा, गाडा पनि बनाउने हो भने देशको परनिर्भरता हटन मद्दत गर्ने हुन्छ । गोरुको प्रयोग पनि हुन्छ । हुन त यो पुरानो चलन हो तर पनि छाडा पशुहरूबाट फाईदा लिन यसको पनि प्रयोग गर्नु बेठीक हुँदैन ।

यो विधि अपनाउने हो भने पशुहरू नियन्त्रण गर्न गाह्रो हुँदैन । तर पशु नियन्त्रणको नाममा ठूला ठूला कुरा गरिरहने ,वर्षेनी रकम पनि विनियोजन भइरहने, निर्देशिकाहरू बनिरहने । आदेश पनि भईरहने तर वास्तविक रूपमा नियन्त्रण हुन नसक्ने हुन्छ । पशुलाई पशुलाई दुःख, मान्छे मान्छेलाई दुःख जारी रहने छ । त्यसैले छाडा पशु चौपायाको व्यवस्थापनमा दीर्घकालीन सोचाईको आवश्यकता साथै प्रभावकारी कार्यान्वयनको आवश्यकता रहेको छ ।

सहरी क्षेत्रमा छाडा चौपाया नियन्त्रणको विषय सधैँ पेचिलो बन्ने गरेको छ । बजार क्षेत्रमा अनियन्त्रित रूपमा आउने चौपायाले शहरको व्यवस्थापनमा बाधा पु¥याउने गरेका छन् । यो समस्याको जननी पशुपालक किसान नै हुन् । आफूले पालेका चौपायाको उपयोगिता सकिएपछि वा पालेकै अवस्थामा त्यसको लालनपालन नगरिदिँदा यो समस्या उत्पन्न भएको हो । त्यसैले यसको व्यवस्थापनको दायित्व पनि त्यही व्यक्ति वा समूहमा जान्छ ।

बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सहरको सुन्दरतामा प्रभाव पर्नुका साथै दुर्घटनाको कारक बन्ने गरेका छन् । राजमार्गमा छाडा पशुका कारण दैनिक दुर्घटना हुने गरेको छ । छाडा चौपायाको उचित व्यवस्थापनका लागि गरिएका प्रयासको परिणाम देखिन सकेको छैन । बुटवल पनि त्यसको चपेटामा छ । त्यसको दिगो व्यवस्थापन हुन सकिरहेको छैन । यात्रुले राजमार्गमा दैनिक सास्ती खेप्नु परेको छ । छाडा चौपायाका कारण किसान पनि हैरान छन् । खेतमा लगाएको बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन् ।

दिन प्रतिदिन बढ्दै गएको छाडा चौपायाका कारण विभिन्न नोक्सानका साथै, सडक दुर्घटना पनि बढ्दै गएको छ । चाडा चौपाया नै अहिले स्थानीय तहको लागि टाउको दुखाइको विषय भएको छ । छाडा चौपाया व्यवस्थापन गर्ने प्रतिबद्धता पटकपटक जनाइएको भए पनि असफल हात लागेको छ ।

छाडा चौपाया किसानबाटै सृजित समस्या हो । किसानले खेतीपाती गर्नका लागि प्रयोग गर्दै आएका गोरु कृषिको आधुनिक यन्त्र उपकरण भित्राएसँगै बेवारिसे छोड्ने क्रम बढेको छ । कृषिमा यान्त्रिक उपकरणको प्रयोग गर्नतर्फ आकर्षित हुँदै गएका उनीहरू घरमा रहेका गोरुलाई छाडा छोड्ने गरेका छन् । यसैगरी, दूध दिँदासम्म घरमा राख्ने र दूध दिन छोडेपछि घरको गाईलाई सडकमा ल्याएर छाड्ने प्रवृत्ति छ । यदि, किसानले त्यसरी गाई गोरु नछोडेको भए आज छाडा चौपाया समस्या यति विकराल बन्ने थिएन होला ।

छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय सरकारले विनियोजन गर्ने गरेका छन् तर त्यो बजेट बालुवामा पानी खन्याए जस्तो भइरहेको छ । छाडा चौपाया समस्या बहु सरोकारित समस्या हो, एउटा पक्षलाई मात्र दोष दिएर यसको समाधान खोजियो भने सम्भव छैन भन्ने बुझ्नु जरुरी छ । अवश्य पनि छाडा चौपायाको नियन्त्रण र व्यवस्थापनको जिम्मेवारी स्थानीय निकायको हो ।

यदि नेपालगन्जमा साँढेको आतंक छ भने कसैले नेपालगंजका जनतालाई सोध्नुपर्छ। चाहे त्यो प्रसिद्ध व्यस्त बजार होस् वा गल्लीहरू । टैक्सी स्टेशन होस् वा बस स्टप, सबै कुरालाई उच्चस्तरीय बनाइँदैछ । छाडा गाईको आतंक सधैं आम जीवनमा बोझको रूपमा रहेको छ । चोक, चौबाटो वा सडकको छेउमा समूहमा बसेका यी असहाय जनावरहरूले त्यहाँ परेको फोहोर सुँघ्छन्, डराउँछन् र सडकमा रहेका सर्वसाधारणलाई कहिले निशाना बनाउँछन् भन्ने थाहा हुँदैन । बाटोमा आफ्नो विचार र धुनमा हराएको व्यक्तिले यो कुरा तब मात्र महसुस गर्छ जब ऊ यी असहाय जनावरहरूको अचानक भागदौडको शिकार हुन्छ । अब मिलियन डलरको प्रश्न यो छ कि जब पीडा र रोग दुवै देखिने हुन्छ, तब यसको स्थायी उपचार किन पत्ता लाग्दैन ?

यसको जवाफ दिन, पहिले केही तथ्यहरू हेरौं । नेपालगन्जको कुरा गर्ने हो भने, यहाँ निगमको नन्दीशाला कान्जी हाउस छ । यहाँ एक पटकमा करिब साढे दुई देखि तीन हजार जनावर राख्न सकिन्छ । तर वास्तविकता यो हो कि क्षमता भन्दा कम जनावरहरू सधैं हुन्छन् । यदी निगमले छाडा गाईहरू समात्नबाट जोगिन्छ भने किन राख्ने भन्ने बारेमा सोच्नु पर्छ ? त्यहाँ निजी गाई गोठहरू पनि छन् । तर उनी गाईहरू पनि लैजान्छिन्, तर उनलाई गाईवस्तुमा कुनै चासो छैन । बजेटको कुरा गर्ने हो भने, कुनै कमी छैन र अनुदान पनि उपलब्ध छ । कमी भएको एउटै कुरा भनेको इच्छाशक्ति हो । यदि निगमले चाहन्छ भने, यसले आफ्नो क्षेत्राधिकार अन्तर्गत रहेको गाईगोठमा थप घेराहरू बनाउन सक्छ, तर यसले न त त्यसो गर्छ न त यसबारे सोच्दछ । फलस्वरूप, असहाय जनावरहरू सडकमा भेटिन्छन् र सर्वसाधारण अस्पतालमा रगत बगाएर लतपतिएको भेटिन्छन् ।

त्यस क्षेत्रका जनप्रतिनिधिहरू पनि दुर्घटना हुँदा मात्र ब्यूँझन्छन् । तर उनीहरूको सान्त्वना दाहसंस्कारसम्म मात्र रहन्छ, त्यसपछि उनीहरू पनि त्याग गर्छन् । वास्तवमा, यही अवस्थाले नै परिस्थितिलाई झनै खराब बनाइरहेको छ । छाडा जनावरहरूको मुद्दालाई अभियानको रूपमा लिनु आवश्यक छ । यद्यपि, यहाँ पनि इच्छाशक्ति बाधा आउन सक्छ। उसलाई जगाउनु मात्र पर्छ ।

यस्तो अवस्थामा यस्ता घटनाहरूलाई रोक्न गम्भीर प्रयास सुरु गर्नुपर्छ । छाडा कुकुरको संख्या नियन्त्रण गर्न व्यापक बन्ध्याकरण र रेबिज खोप कार्यक्रम सञ्चालन गरिनुपर्छ । यसले तिनीहरूको संख्या नियन्त्रण गर्नेछ र रेबिज संक्रमणको जोखिम कम गर्नेछ । हिंस्रक वा बिरामी कुकुरहरूको लागि विशेष आश्रयस्थलहरू स्थापना गरिनुपर्छ, जहाँ तिनीहरूको हेरचाह गर्न सकिन्छ र सार्वजनिक स्थानहरूमा खतरा बन्न सक्दैनन् । ठूला जनावरहरू, विशेष गरी गाईहरूले छाडा जनावरहरूको संख्यामा उल्लेखनीय योगदान पु¥याउँछन् ।

यसको समाधान भनेको अनधिकृत दुग्ध फार्महरू बन्द गर्नु हो । ठूलो संख्यामा छाडा गाईवस्तुहरूको हेरचाह गर्न सक्षम उपयुक्त स्थानहरूमा ठूला गौशालाहरूको स्थापनालाई प्रवद्र्धन गर्नुपर्छ। यदि कुनै डेरी फार्म वा गोठको गाईवस्तु यसको परिसर बाहिर जान्छ भने त्यसको इजाजतपत्र रद्द गर्नुपर्छ । यदि कुनै डेरी वा गोठको गाईवस्तु यसको परिसर बाहिर जान्छ भने त्यसको इजाजतपत्र रद्द गर्नुपर्छ र यी डेरीहरूलाई शहर बाहिर सार्नुपर्छ । आफ्ना गाईवस्तुहरूलाई शहरका सडकहरूमा स्वतन्त्र रूपमा घुम्न दिने गाईवस्तु मालिकहरूलाई उचित जरिवाना गर्नुपर्छ । महानगरपालिकाले कुकुर जस्ता छाडा जनावरहरूलाई समात्न पशु समात्ने टोलीहरू नियुक्त गर्नुपर्छ । घरपालुवा जनावरको स्वामित्व, छाडा जनावरको जनसंख्या नियन्त्रण, पशु व्यापार र फोहोर व्यवस्थापन आदिलाई नियमन गर्नुपर्छ ।

छाडा जनावरहरूले मानिस र वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकाले पशु स्वास्थ्य कानूनहरू कडाइका साथ लागू गरिनुपर्छ । ठूला स्तरका पशुपालन नियन्त्रण कार्यक्रमहरू लागू गरिनुपर्छ। जिम्मेवार घरपालुवा जनावरको स्वामित्वको बारेमा शिक्षा आम जनतामा प्रचार गरिनुपर्छ। जनसहभागिताको धेरै कदर गरिनेछ । थप रूपमा, फोहोर व्यवस्थापनमा सुधार गर्नाले कुकुरहरूको खानाको स्रोतहरू नियन्त्रण गर्न मद्दत गर्न सक्छ । सरकारले कुकुर पाल्ने सम्बन्धमा दिशानिर्देश जारी गरेको छ, जसमा आवारा कुकुरहरूलाई शहरबाट टाढा छोड्ने र घरपालुवा कुकुर मालिकहरूले नियमहरू पालना गर्ने सुनिश्चित गर्ने निर्देशनहरू समावेश छन् । समग्रमा, कुकुरको टोकाइका घटनाहरू नियन्त्रण गर्न सरकारी निकायहरू, नगरपालिकाहरू, नगर परिषदहरू, नगरपालिकाहरू र समाजका सबै वर्गहरूको संयुक्त प्रयास आवश्यक छ । यस समस्याको समाधान सतर्कता, जागरूकता र ठोस कदमहरूबाट मात्र सम्भव छ ।

सामाजिक र राजनीतिक रूपमा, आजकल छाडा जनावरहरूको मुद्दा एक प्रमुख बहस बनेको छ । तर आजसम्म कुनै पनि संस्था वा सरकारले यसलाई रोक्न कुनै प्रभावकारी कदम चालेको छैन । यी जनावरहरूले प्रायः ट्राफिक प्रवाहमा बाधा पु¥याउँछन् जसले गर्दा अनावश्यक समयको बर्बादी हुन्छ र धेरै सडक दुर्घटनाहरू हुन्छन् । रातको समयमा यी जनावरहरू सडकमा खुलेआम घुम्दा वा बस्दा अवस्था झनै खराब हुन्छ । अँध्यारोका कारण चालकहरूलाई अचानक जनावर देख्न गाह्रो हुन्छ। छाडा जनावरका कारण हरेक वर्ष हजारौं दुर्घटना हुन्छन् र सयौं मानिसहरूले ज्यान गुमाउँछन् र धेरै घाइते हुन्छन् । कुकुर र साँढे जस्ता आवारा जनावरहरू शहरहरूको लागि प्रमुख समस्या बनेको छ किनकि अत्यधिक भुक्ने र टोक्ने कामले ध्वनि प्रदूषण मात्र निम्त्याएको छैन तर मानव समाजको लागि स्वास्थ्य चिन्ता पनि सिर्जनो गरेको छ ।

यो समस्या समाधानका लागि सबैभन्दा पहिले किसान नै आफू सजग हुन आवश्यक छ । यदि, किसानले जथाभावी छाडा चौपाया छोड्दैनन् भने भएका छाडा चौपायाको व्यवस्थापन गरेर समस्या समाधान गर्न सकिने देखिन्छ । (डा. कार्की सीनियर वेटेरिनरियन हुन् ।)

Previous Post

भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण

Next Post

‘इत्तेहादको महाधिवेशन बाँकेका लागि अवसर’

Next Post
‘इत्तेहादको महाधिवेशन बाँकेका लागि अवसर’

‘इत्तेहादको महाधिवेशन बाँकेका लागि अवसर’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
अवैध भन्सार छलि ल्याएको सामान बरामद

अवैध भन्सार छलि ल्याएको सामान बरामद

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version