दुई दशक पहिलेदेखि नेपालगन्जमा भाडाकुँडाको व्यापारमा ख्याती कमाएको ‘नेपाल स्टोरले कोहलपुरमा आफ्नो पहिलो शाखा सञ्चालनमा ल्याएको छ । शनिबार औपचारिक कार्यक्रम बीच नेपाल स्टोरको पहिलो शाखाका रूपमा कोहलपुरमा ‘मेरो नेपाल स्टोर’ शुभारम्भ गरिएको हो ।
नेपाल स्टोरका संरक्षक हाजी साकिर हुसेन, शैय्यदा खातुन र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले संयुक्त रूपमा मेरो नेपाल स्टोर शुभारम्भ गरे । नेपाल स्टोरका प्रबन्ध निर्देशक जाकिर हुसेनका अनुसार, घरायसी भाँडावर्तनका लागि नेपाली बजारमै सस्तो र भरपर्दो हुने गरी आफुहरूले कारोबार गरिरहेकाले कोहलपुरमा त्यो सुविधा उपलब्ध गराउने गरी शाखा सञ्चालनमा ल्याइएको जानकारी दिए ।
‘भाडा वर्तनका लागि रूपैडिहा जानुपर्ने अवस्थालाई हामीले अन्त्य गरेका छौं’, नेपालगन्जकै मूल्यमा कोहलपुरमै सेवा उपलब्ध गराउन खोजिएको जानकारी दिंदै प्रबन्ध निर्देशक हुसेनले भने, ‘नेपालका विभिन्न सहरमा यसखालको शाखा सञ्चालन गर्दै अगाडि बढ्ने नेपाल स्टोरको योजना हो ।’






























