रोजगारीको सवालमा राजनीतिक दलको बहस

नेकपा (एकीकृत समाजबादी) बाँकेले रोजगारीका सवालमा शनिवार नेपालगन्जमा अन्तक्र्रियात्मक बहस आयोजना गरेको छ ।

‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नारा लिएर नेकपा एुसले नेपालगन्जमा विभिन्न राजनीतिक दलका नेता र समाजका बौद्धिक ब्यक्तित्वसङ्ग अन्तक्र्रियात्मक बहस आयोजना गरेको हो ।

नेकपा एसले कृषि, उद्योग, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, बिदेश नीति, संबिधान कार्यान्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन जस्ता बिषयमा देशव्यापी बहस गरिरहेको जनाएको छ ।

त्यसक्रममा नेपालगन्जमा आयोजित कार्यक्रममा राजनीतिशास्त्री प्रा. डा. जनार्दन आचार्यले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि युवा नेता, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँले स्थानीय तहसम्म गरेका आन्दोलन बारे जानकारी दिंदै बहसको औचित्यबारे प्रकाश पारेका थिए ।

जिल्ला पार्टी अध्यक्ष दिपक जिएमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, नेकपा माओवादी केन्द्रका नेता तारा प्रसाद खत्री, राष्ट्रीय स्वतन्त्र पार्टीका नेता बिनोद अग्रहरी, राप्रपाका कार्यबाहक अध्यक्ष नारायण शर्मा, जनमोर्चाका नेता कृष्ण पाण्डे, नयाँ शक्तिका नेता केवल गिरी, नेकपा बिप्लवका केन्द्रीय सदस्य नारायण लम्सालले विषयवस्तुबारे आफ्ना धारणा राखेका थिए । पार्टी उपाध्यक्ष करिश्मा योगीका अनुसार, एकीकृत समाजबादी पार्टीले २०८१ चैत १ गतेबाट केन्द्र, प्रदेश सरकार देखि स्थानीय तहसम्म ज्ञापन पत्र बुझाउने, अन्तरक्रिया, सुझाव संकलन, बहस छलफल जस्ता कार्यक्रम गरेर रोजगारी र सुशासनका लागि आन्दोलन गर्दै आइरहेको छ । आगामी कार्यक्रम जेष्ठ १८ देखि २० सम्म जिल्लाका मुख्य मुख्य स्थानमा पर्चा पम्प्लेट बितरण कार्यक्रम रहेको उपाध्यक्ष योगीले बताइन् ।

Exit mobile version