For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

byDainik Nepalgunj
June 17, 2025
in विचार
0 0
0
नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम
Share on FacebookShare on Twitter

नेपालगन्ज, पश्चिम नेपालको एक महत्त्वपूर्ण व्यापारिक र सांस्कृतिक केन्द्र। यहाँको खानाको स्वाद र विविधता अनुपम छ। बिरियानी, रावडी, सेकुवा, घमन्जा, चाट पानीपुरी, कबाब, छोला भटोरा, मिठाई, छोला समोसा, सेलरोटी र हलुवा पराठा लगायतका सदाबहार परिकारहरूले बाहिरी पाहुनाहरूलाई सधैं लोभ्याउने गर्छन्। तर, यिनै स्वादहरूलाई व्यवस्थित रूपमा एकै ठाउँमा पस्कने र त्यसलाई पर्यटकीय उत्पादनका रूपमा विकास गर्ने एउटा सपना, जुन लामो समयदेखि मेरो मनमा गढेको थियो। यही सपनाको प्रतिफल हो, नेपालगन्ज फुडलेनको अवधारणा।
तीन वर्षअघि मनमा उब्जिएको यो विचारले त्यही वर्ष मलेसिया पुग्दा देखेको दृश्यले विस्तारै मूर्त रूप लिन थाल्यो।

पोखरा, वीरगन्ज, लखनऊ र विदेशका फुडलेनहरूबाट प्रेरणा लिँदै, नेपालगन्जमा पनि यस्तै एउटा रात्रीकालीन फुडलेनको आवश्यकता महसुस भयो।

अस्पतालका बिरामी कुरुवा, राति अबेर नेपालगन्ज पुग्ने यात्रुहरू र यहाँका करिब चार हजार होटल कोठामा बस्ने पाहुनाहरूका लागि रात्रीकालीन खानाको व्यवस्था नहुनु एउटा ठूलो समस्या थियो। यतिका क्यासिनो र अन्य व्यावसायिक गतिविधिले रात्रीकालीन जीवनशैली बढ्दै गर्दा, एउटा व्यवस्थित फुडलेनको खाँचो झनै प्रखर बन्यो।

फुडलेनको जन्म र प्रारम्भिक चुनौतीहरू:
नेपालगन्जमा एउटा फुडलेनको आवश्यकता र यसको सम्भाव्यताका बारेमा स्थानीय पर्यटन व्यवसायी, शुभचिन्तक र नाट्टाका साथीहरूसँगको छलफलले यसलाई थप बलियो बनायो। अन्ततः, नेपालगन्ज फुडलेन (Nepalganj Foodlane) नाम जुराएर यसको अवधारणालाई अगाडि बढाइयो।

दुई वर्षअघि, शहरभरि छरिएका खानाका ठेला, घुम्ती र कवलहरूलाई एकीकृत गरी एउटै स्थानबाट रातिसम्म गुणस्तरीय स्वादहरू पस्कने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकामा फुडलेनको प्रस्ताव लगियो। तत्कालीन नगर प्रमुख प्रशान्त विष्टले यसलाई तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाए। यसैबीच, रैथाने खानाको प्रवर्द्धनका लागि लुम्बिनी प्रदेशको पर्यटन विकास परिषदबाट बजेट विनियोजनको पहल गरियो। तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले रैथाने खाना प्रवर्द्धनका लागि छुट्ट्याइएको ४० लाख बजेटमध्ये २० लाख रुपैयाँ नेपालगन्ज फुडलेनका लागि कोहलपुरस्थित पर्यटन कार्यालयलाई उपलब्ध गराउने आदेश दिए।

यसले नयाँ ठेला, पुराना ठेलाको स्तरोन्नति, नयाँ दुकानहरूको स्थापना, र सञ्चालनका लागि आवश्यक तालिमको ढोका खोल्यो। तर, दुर्भाग्यवश, कोहलपुर पर्यटन कार्यालय फुडलेन सञ्चालनमा उदासीन देखियो।
स्वादका उत्पादकहरूमा पनि उत्साहको कमी देखियो।

उपमहानगरपालिकाले रात्रीकालीन बजारका लागि BTS रोडमा बनाएका कवलहरू भाडामा लगाउन सूचना प्रकाशित गरे पनि, जिल्ला प्रशासन कार्यालयबाट रात्रीकालीन सञ्चालनका लागि आवश्यक अनुमति लगायतका विभिन्न बहानामा २०८० असार १५ बाट फुडलेन सञ्चालनमा ल्याउने घोषणासहितको योजना गर्भमै तुहियो, र विनियोजित बजेट फ्रिज हुन पुग्यो।

सपनाको पुनरुत्थान र सफल प्रदर्शन
यी अवरोधका बाबजुद पनि, नेपालगन्जमा एउटा फुडलेन सञ्चालनमा ल्याउनु पर्छ र यो एउटा महत्त्वपूर्ण पर्यटन उत्पादन हो भन्ने विश्वास मरेको थिएन।

नाट्टा बाँके र अन्य पर्यटन साझेदारहरूले वार्षिक रूपमा आयोजना गर्दै आएको वेस्टर्न ट्राभल मार्ट (Western Travel Mart – WTM) को तेस्रो संस्करण (२०८१) को प्रतीक्षा गर्नुबाहेक अरू विकल्प थिएन। WTM पश्चिम नेपालको पर्यटन चिनाउने एक साझा चौतारी हो, जसले पश्चिम लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलाई लक्षित गरी पर्यटन बजार खोज्ने गर्छ। भारतका पर्यटन व्यवसायी, सञ्चार माध्यम र नेपालभरिका पर्यटन व्यवसायीहरू भेला भई ३ दिनसम्म कला संस्कृति प्रदर्शन, स्थलगत अध्ययन, B2B मिटिङ, FAM Trip, टेक्निकल सेसन जस्ता कार्यक्रमहरू आयोजना हुने यस मार्टले फुडलेनलाई पनि प्रवद्र्धन गर्ने अवसर प्रदान गर्ने अपेक्षा थियो।
तर, २०८१ को WTM पनि विभिन्न कारणले हुन सकेन। नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त लगानीमा हुँदै आएको WTM को दोस्रो संस्करणमा बागेश्वरी मन्दिरमा महा आरती र कैलाश मानसरोवर माउन्टेन फ्लाइटको शुभारम्भले राम्रो नतिजा दिएको थियो। तेस्रो संस्करणकै अवसर पारेर फुडलेन उत्पादन प्रारम्भ गर्ने योजना थियो। यस्तो अन्योलका बीच २०८२ जेठ महिनाको सुरुमा पर्यटन बोर्डले मार्टको तेस्रो संस्करण आयोजना गर्न पत्र पठायो। छोटो समयको चुनौतीका बाबजुद पनि, मार्ट कोल्याप्स हुन नदिन नाट्टा बाँके र अन्य सरोकारवालाहरूले तीव्रताका साथ काम गरे। मार्ट सुरु हुनुभन्दा तीन दिनअघि मात्र उपमहानगर र बोर्डबीच MOU भएपछि WTM आयोजना हुने निश्चित भयो।

WTM को आन्तरिक तयारीसँगै फुडलेनको तयारी पनि अगाडि बढ्यो। बोर्डबाट मार्टका लागि २६ लाख र उपमहानगरबाट ५ लाखको साझेदारी बजेटबाट फुडलेनमा खर्च गर्न नमिल्ने भए पनि, फुडलेन सञ्चालनमा ल्याउने जोश कम भएको थिएन। सजावट, मञ्च, लाइटिङ, स्टल, साउन्ड सिस्टम र कला प्रस्तुति लगायतका लागि कम्तीमा ४ लाख रुपैयाँ आवश्यक पर्ने देखियो। प्रदेश सरकारको पर्यटन मन्त्रालय र नेपालगन्ज उपमहानगरपालिकाले क्रमशः ३ लाख र १ लाख रुपैयाँ साझेदारी गर्ने भएपछि, २ दिनसम्मको डेमो फुडलेनका लागि बजेटको जोहो भयो।
फुडलेनको स्थानका लागि न्यूरोड, वाटरपार्क, BTS रोड, र औद्योगिक क्षेत्र अगाडिको त्रिभुवन चोक लगायतका विकल्पमा छलफल भए। अन्ततः, त्रिभुवन चोकलाई नै अन्तिम रूप दिइयो। कुनै समय नेपालगन्जको मुख्य व्यापारिक केन्द्र रहेको तर पछिल्लो समय सुनसान बनेको त्रिभुवन चोकलाई पुनरुत्थान गर्ने र त्यहाँका स्थापित खानाका दुकान र पारखीहरूलाई आकर्षित गर्न सजिलो हुने बुझाइका साथ यो निर्णय गरियो।

उपमहानगरपालिकाबाट अनुमति र जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षा तथा ट्राफिक प्रबन्ध मिलाउन आग्रह गरियो। रैथाने स्वादहरू ल्याउनका लागि सूचना र नेपालगन्ज उद्योग वाणिज्य संघसँग छलफल जारी रह्यो। जनजाती महासंघको पहलमा आधा दर्जन मौलिक स्टलहरू आउने निश्चित भयो।

मार्टको तयारी एकातिर चलिरहेको बेला, फुडलेन व्यवस्थापन समितिकी सल्लाहकार उमा थापा मगर, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, महासचिव भीम रानाभाट, र संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, कृष्ण प्रसाद श्रेष्ठ, शिव दाहाल, सन्जय कसाैधन लगायतकाे टोली फुडलेनको तयारीमा जुट्यो। फलस्वरूप, २०८२ जेठ २४ गते बेलुका ६ बजे त्रिभुवन चोकमा नेपालगन्ज फुडलेनको शानदार शुभारम्भ भयो। पहिलो दिन राम्रो संख्यामा स्टल र ग्राहकको भीड रह्यो भने दोस्रो दिन अभूतपूर्व रूपमा सफल रह्यो। फुडलेन कल्चर र रात्रीकालीन बजार नेपालगन्जका लागि एक नयाँ र उत्साहजनक अनुभव थियो।

भविष्यको मार्ग:
समग्रमा, नेपालगन्ज फुडलेनले नेपालगन्जलाई थुप्रै सकारात्मक सन्देश दिएको छ। यसले सद्भावको अमूल्य सन्देशका साथै थुप्रै सम्भावनाका ढोकाहरू खोलेको छ। उद्घाटनका अवसरमा नगर प्रमुखले हरेक हप्ताको एक दिन फुडलेन लगाउने प्रतिबद्धता जनाएका थिए, जुन कार्यान्वयन हुन सके नेपालगन्जको रात्रीकालीन पर्यटनमा यसले नयाँ आयाम थप्नेछ।
मलेशियाको राजधानी क्वालालम्पुरमा रहेको सडक खानाको अभ्यास नेपालगन्ज फुडलेनका लागि एक उत्कृष्ट उदाहरण बन्न सक्छ। क्वालालम्पुरका जालान आलोर (Jalan Alor) जस्ता फुड स्ट्रिटहरूले कसरी सडक खानालाई व्यवस्थित, स्वच्छ र विश्वस्तरीय पर्यटकीय आकर्षणमा परिणत गरेका छन् भन्ने कुरा अध्ययन गर्नु आवश्यक छ।
वरिष्ठ पत्रकार मित्र झलक गैरे जो यहाँको पर्यटनमा सधैं हाम्रो स्थायी साझेदार अभियन्ता छन्, उनीसंग मलेसिया पुग्दा, त्यहाँको सडक खाना सफलताको पछाडि सरकार, स्थानीय व्यवसायी र समुदायको बलियो सहकार्य, सरसफाइमा विशेष ध्यान, गुणस्तर नियन्त्रण, र परम्परागत स्वादलाई निरन्तरता दिँदै नवीनता भित्र्याउने अभ्यासले महत्त्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालेका थियाैं । त्यहीँबाट हामीले नेपालगन्जमा मौलिक स्वादका चलायमान बजार परिकल्पना गरेका थियाैं । साकार भैरहदा यसको स्थायित्व र व्यवसायिकता हाम्रो सामुदायिक र सामुहिक चासो हुनुपर्छ ।

नेपालगन्ज फुडलेनलाई दीर्घकालीन रूपमा व्यावसायिक बनाउन निम्न कुराहरूमा ध्यान दिन सकिन्छ:

  • नियमित सञ्चालन: नगर प्रमुखको प्रतिबद्धता अनुरूप फुडलेनलाई हप्तामा कम्तिमा एक दिन नियमित सञ्चालनमा ल्याउने। क्रमशः दैनिक बनाउने ।
  • गुणस्तर र सरसफाइ: खाद्य स्वच्छतामा विशेष ध्यान दिँदै स्टलहरूलाई आवश्यक तालिम प्रदान गर्ने र नियमित अनुगमन गर्ने।
  • स्वादमा विविधता: रैथाने तथा मौलिक स्वादहरूलाई प्राथमिकता दिँदै नयाँ र आकर्षक परिकारहरू थप्न प्रोत्साहन गर्ने।
  • पूर्वाधार विकास: फुडलेन क्षेत्रमा पर्याप्त प्रकाश, सिट व्यवस्था, शौचालय र पार्किङको सुविधा सुनिश्चित गर्ने।
  • प्रचारप्रसार: आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न फुडलेनको व्यापक प्रचारप्रसार गर्ने।
  • स्थानीय सहभागिता: स्थानीय समुदाय र व्यवसायीहरूलाई फुडलेन सञ्चालन र व्यवस्थापनमा थप सक्रिय रूपमा सहभागी गराउने।
    नेपालगन्ज फुडलेनले नेपालगन्जको समृद्ध खाना संस्कृतिलाई विश्वसामु चिनाउने मात्र नभई, यसलाई स्थानीय अर्थतन्त्रको विकास र रोजगारी सिर्जना गर्ने एक महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित गर्न सक्ने प्रबल सम्भावना बोकेको छ।

जय पर्यटन ! ( पर्यटन व्यवसायी सिग्देल नाट्टा बाँके च्याप्टर अध्यक्ष हुन् )

Previous Post

जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

Next Post

डुडुवामा मनपरी खर्च

Next Post
डुडुवामा मनपरी खर्च

डुडुवामा मनपरी खर्च

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version