For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    भोट कसलाई र किन ?

    भोट कसलाई र किन ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

कल्पवृक्षः एक दिव्य रुख

byDainik Nepalgunj
June 19, 2025
in विचार
0 0
0
कल्पवृक्षः एक दिव्य रुख
Share on FacebookShare on Twitter

कल्पवृक्ष जसलाई वैज्ञानिक भाषामा ब्मबलकयलष्ब र अङ्ग्रेजीमा द्यबयदबद तचभभ भनिन्छ । सामान्यत यो अफ्रिकी मूलको विशेष रूख हो जुन आफ्नो असामान्य बनोट दीर्घ आयु र औषधीय गुणका कारण विश्वभर परिचित छ । हिन्दू धर्ममा भने यस वृक्षलाई एक पवित्र दिव्य र इच्छा पूर्ति गर्ने वृक्षको रूपमा लिईन्छ । कल्प शब्दको अर्थ हुन्छ इच्छा वृक्ष को अर्थ रूख यसरी कल्पवृक्ष भन्नाले इच्छा पूर्ति गर्ने वृक्ष जनाउँछ ।

पौराणिक ग्रन्थहरूमा उल्लेख अनुसार समुद्र मन्थनका बेला प्राप्त १४ अमूल्य वस्तुमध्ये कल्पवृक्ष एक हो जसलाई इन्द्र देवले स्वर्गमा रोपेका थिए । धार्मिक दृष्टिले यो केवल एक वनस्पति नभई दैवी वरदान हो जसको छायाँमा बस्दा वा यसको फल र फूल ग्रहण गर्दा आध्यात्मिक उन्नति समृद्धि र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ । यसले मानवका चार प्रमुख अभिलाषा धर्म अर्थ काम र मोक्षको प्राप्तिका लागि माध्यम बन्ने गर्दछ । कल्पवृक्षका फूलहरू आकार रूप सुगन्ध र जैविक प्रणालीका हिसाबले अत्यन्तै अनौठा आकर्षक छन् । कल्पवृक्षको फूल प्राय सेतो रङको हुन्छ । यसको आकार ठूलो हुन्छ सामान्यतया १२ देखि १५ से.मी. व्यासमा फैलिएको हुन्छ । कहिलेकाहीँ यसको फूलमा हल्का गुलाबी झल्को पनि देखिन्छ । फूलको बनावट धेरै पातलो पंख जस्तै हुन्छ जसले यसलाई सौन्दर्यशाली देखाउँछ । यिनीहरू खासगरी बेलुकीपख फुल्ने गर्छन् बिहानसम्म ओइलाउँछन् । यो फूल एक रात मात्र रहने हुँदा यसलाई रातको फूल पनि भनिन्छ । यो जैविक प्रक्रिया अत्यन्तै रोचक र वैज्ञानिक दृष्टिकोणले महत्त्वपूर्ण छ । यसले जैव विविधताको संरक्षणमा पनि योगदान पु¥याउँछ । कल्पवृक्षको फूल केवल सौन्दर्यका दृष्टिले मात्र होइन औषधीय र सांस्कृतिक दृष्टिकोणले पनि मूल्यवान् छ । परम्परागत आयुर्वेदिक चिकित्सा प्रणालीमा यसको फूल प्रयोग गरिन्छ । यसबाट झोल चिया वा विभिन्न औषधीय पदार्थ तयार पारिन्छन् । यसको फूलले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास गरिन्छ । साथै केही समुदायहरूमा यो फूललाई पवित्र मानिन्छ धार्मिक कार्यहरूमा पनि प्रयोग गरिन्छ । कल्प बृक्षको फलमा प्रशस्त मात्रामा भिटामिन क्याल्सियम पोटासियम फाइबर र एन्टीअक्सिडेन्ट पाइन्छ । फलको गुदीलाई खाने औषधि बनाउने सौन्दर्य प्रसाधनमा समेत प्रयोग गरिन्छ । यसको बियाँबाट तेल निकालिन्छ जुन छालाको रोग कपाल झर्नु तथा सुक्खा अनुहारको उपचारमा उपयोगी मानिन्छ ।यसको फल अझै विशेष मूल्यवान् मानिन्छ । यो फललाई विश्वभरि सुपरफ्रुट भनेर चिनिन्छ किनभने यसमा पाइने पोषणतत्त्वहरू अत्यन्तै उच्च गुणस्तरीय हुन्छन् ।

कल्पवृक्षको फल ठुलो अण्डाकार आकारको हुन्छ जसको बाहिरी भाग कडा हुन्छ र भित्र सफा सेतो गुदिलो पदार्थ रहन्छ जुन प्राकृतिक रूपमा सुक्खा हुन्छ । यो फलको सेतो धुलोलाई बाओबाब पाउडर को रूपमा प्रयोग गरिन्छ । यो फल भित्र साना कालो दानावाल बीजहरू हुन्छन् । यसमा प्रशस्त मात्रामा भिटामिन ऋ क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम डाइटरी फाइबर पाइन्छ । कल्पवृक्षको फलले रोग प्रतिरोधात्मक क्षमता बढाउन, पाचन प्रणालीलाई सुदृढ गर्न छाला चम्किलो बनाउन, र शरीरलाई ऊर्जा दिन मद्दत गर्छ । एक अध्ययन अनुसार, बाओबाब फलमा कागतीभन्दा ६ गुणा बढी भिटामिन सि हुन्छजुन हाम्रो शरीरको लागि आवश्यक एन्टिअक्सिडेन्ट हो । यो फल सुक्खा अवस्थामा टिपिन्छ र गुदी छुट्याएर चूर्ण बनाई प्रयोग गरिन्छ । स्थानीय रूपमा यसलाई चुस्नी, जुस, चिया वा औषधिको रूपमा सेवन गरिन्छ । अफ्रिकामा त यसलाई जीवन दिने फल भनेर मानिन्छ किनभने यो कुपोषण हटाउन निकै प्रभावकारी मानिन्छ । नेपालजस्तो देशमा जहाँ प्राकृतिक स्रोतहरूको उपयोग गर्दै ग्रामीण विकासलाई प्रोत्साहित गर्न सकिन्छ त्यहाँ कल्पवृक्षको फल कृषि पोषण र व्यवसायिक दृष्टिकोणले बहुमूल्य साबित हुन सक्छ । पछिल्लो समय नेपालमा पनि यसको खेती संरक्षण र प्रयोगबारे चासो बढ्दो छ । यो फल आयुर्वेदिक उपचारमा समेत प्रयोग गरिन्छ, विशेष गरी पेटका समस्या उच्च रक्तचाप मधुमेह तथा सुगर कन्ट्रोल गर्न । यसले रगत सफा गर्छ भन्ने विश्वास पनि छ । बालबालिका गर्भवती महिला तथा वृद्ध व्यक्तिहरूका लागि पनि अत्यन्त उपयोगी मानिन्छ । कल्पवृक्षको फल केवल पोषणको खानी होइन वातावरणमैत्री विकल्प पनि हो किनकि यस वृक्षलाई सिचाइ बिना पनि हुर्काउन सकिन्छ र यसले जमिनको उब्जाउपन बढाउँछ । जलवायु परिवर्तनको सन्दर्भमा यस्ता बहुउपयोगी फलहरू संरक्षण गर्नु जरुरी छ । त्यसैले आजको दिनमा कल्पवृक्षको फल मानव स्वास्थ्य वातावरणीय सन्तुलन र दिगो विकासको प्रतिक बन्दै गएको छ ।अफ्रिकी विश्वासमा कल्पवृक्षको महत्त्व अफ्रिकाको सांस्कृतिक धार्मिक र सामाजिक जीवनमा कल्पवृक्ष पवित्र रहस्यमय र जीवनदायिनी वृक्षको रूपमा गहिरो रूपमा बसिएको छ । यसलाई “त्चभभ या ीषभ” अर्थात् जीवनको वृक्ष भनेर चिनिन्छ जुन केवल यसको पोषणीय र औषधीय गुणको कारण मात्र होइन सांस्कृतिक विश्वास र कथाहरूमा गहिरो जरा गाडेको कारणले पनि हो ।

अफ्रिकी किंवदन्तीहरू अनुसार जब भगवान्ले वृक्षहरू सिर्जना गर्दै हुनुहुन्थ्यो उहाँले कल्पवृक्षलाई अत्यधिक शक्तिशाली बनाउनु भयो । यो वृक्ष अत्यन्त घमण्डी भयो र आफैंलाई अरूभन्दा महान ठान्न थाल्यो । त्यसैले भगवान्ले यसलाई उल्टो गरी जमिनमा रोपिदिनुभयो यही कारणले यसको हाँगा जमिनतिर फर्किएको र जराजस्तो देखिने विश्वास गरिन्छ । यसको अनौठो आकृतिले पनि यस वृक्षलाई रहस्यमय र पवित्र बनाएको छ ।

धेरै अफ्रिकी समुदायहरूमा कल्पवृक्षलाई आत्माहरूको बासस्थान मानिन्छ । केही जातिहरू यसलाई पूर्वजहरूको आत्मा रहने स्थान भनेर पूजा गर्छन् । यसको छायाँमुनि सभा बसालिन्छ, न्याय निर्णय लिइन्छ र सामुदायिक निर्णयहरू गरिन्छ । यसरी यो केवल प्रकृति मात्र होइन समुदायको केन्द्रको रूपमा पनि सम्मानित छ ।

कल्पवृक्षको फल, पात, बोक्रा गुदी सबैलाई औषधीय गुण भएको विश्वास गरिन्छ । विशेष गरी अफ्रिकाका ग्रामीण क्षेत्रमा यो वृक्ष खाद्य सुरक्षा परम्परागत उपचारको स्रोत हो । यसको गुदी सुकाएर बनाइएको पाउडर बालबालिकाको कुपोषण हटाउन रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरलाई ऊर्जा दिन प्रयोग गरिन्छ । महिलाहरू यो वृक्षबाट प्राप्त हुने औषधीय पदार्थहरूलाई गर्भावस्थामा प्रयोग गर्छन् । अफ्रिकाका केही क्षेत्रहरूमा त नवजात शिशुलाई जीवनको शुभकामनास्वरूप कल्पवृक्षको गुदी खुवाउने चलन छ । यसको जरा, बोक्रा फूल पात सबै कुनै न कुनै औषधीय वा सांस्कृतिक प्रयोजनका लागि प्रयोग गरिन्छ । अफ्रिकी विश्वासमा कल्पवृक्ष केवल एक रूख होइन, यो जीवन, आत्मा, सन्तुलन र संरक्षणको प्रतीक हो । यसले भौतिक जीवन मात्र होइन, आध्यात्मिक जीवन महत्त्व राखेको छ ।आज पनि अफ्रिकामा कल्पवृक्ष काट्नु पाप मानिन्छ र यसको संरक्षणलाई धर्मको रूपमा लिइन्छ । यस्तो विश्वासले यो वृक्षलाई केवल जैविक सम्पदा होइन सांस्कृतिक धरोहरका रूपमा पनि अमर बनाएको छ । कल्पवृक्ष प्राय अफ्रिकाको सहारा मरुभूमि क्षेत्र मडागास्कर भारतको केही उष्ण स्थानहरू र दक्षिण एसियाका केही गर्मी क्षेत्रहरूमा पाइन्छ ।
नेपालमा हालसालै यसको सम्भावना देखिएको छ र यसको वृक्षारोपण अभियान तीव्र रूपमा फैलिरहेको छ । विशेषतः बाँके, बर्दिया, कैलाली, चितवन, लुम्बिनी, काठमाडौ , सल्यान , सुर्खेत क्षेत्र अनि विभिन्न तराईमा लगाईएको पाईएको छ ।नेपालमा वातावरणप्रेमीहरूले कल्पवृक्षलाई भविष्यको जलधार भनेर चिनाउँदै आएका छन् किनभने यसको फेदमाल पानी संचित गरी खडेरी समयमा पानी प्रदान गर्छ । जलवायु परिवर्तनको सामना गर्न यो वृक्ष एक आदर्श प्राकृतिक समाधान मानिन्छ । नेपालमा यसलाई हरित अभियानसँग जोडेर कल्पवृक्ष अभियान को रूपमा संचालन गरिएको छ जसले धार्मिकता र प्रकृति संरक्षणलाई एकै साथ अघि बढाउने प्रयास गरिरहेको छ । यसको मूल्य केवल जैविक दृष्टिले मात्र होइन सामाजिक र आध्यात्मिक अर्थमा समेत अत्यधिक छ । कल्प वृक्ष अभियान भनेर हेमन्त राज काफलेले चलाएका छ्न उनलाई कल्प बृक्षको बीउ जर्मनी बस्ने साधाना अधिकारी रानाले पहिलो पटक २०७३ मा पठाएर कल्प वृक्ष लगाउन सहयोग गर्नु भएको थियो । उहाँ कै बिउकै कारण अहिले कल्प वृक्ष अभियान चाल्न पाईएको छ । धनगढीमा पत्रकार पुस्पराज जोशि , बर्दियामा कृष्ण जङ शाह चितवनमा शुक्र रेग्मी र रौतहटमा रितेश साह ले बिरुवा लगाएका छ्न १०० बढी कल्प वृक्ष नेपालमा हुर्काई सकेका छ्न र बिस्तारै बढ्दै गएको छ । अहिले मोरिङ्गा फर लभ का प्याटृक चौ ले आफू मडागास्कर गएको बेला बीउ ल्याएर हेमन्त लाई दिएर यो देश भरी अभियान बनाएका छ्न । यो बिरुवा विशेष गरि खुल्ला चौर मन्दिरहरूमा लगाउने अभियान बनेको छ ।
हिन्दू धार्मिक विश्वासमा कल्पवृक्ष अत्यन्तै महत्त्वपूर्ण स्थानमा रहँदै आएको छ । विभिन्न पुराणहरू जस्तै गरुड़ पुराण, विष्णु पुराण, पद्म पुराण आदि मा यसको वर्णन भेटिन्छ, जसले यस वृक्षको महत्ता बढाएको छ । विश्वास गरिन्छ कि स्वर्गमा इन्द्रको बगैंचामा रहेको कल्पवृक्षले देवताहरूको सबै इच्छाहरू पूर्ण गर्दछ । केही मन्दिरहरूमा यसको चित्र वा मूर्ति राखी पूजिन्छ विशेषत दक्षिण भारतका केहि मठहरूमा यस वृक्षको विशेष पूजा गरिन्छ । धेरैजसो भक्तहरू यस वृक्षलाई शुद्ध, पवित्र र पुण्यदायी मान्दछन्, जसको छायाँमा व्रत, ध्यान, पूजा वा तपस्या गर्दा ईश्वर प्राप्ति सम्भव हुने विश्वास गरिन्छ । महिलाहरू सन्तानको कामनाका लागि वृद्धहरू स्वास्थ्यको कामनाका लागि र आध्यात्मिक साधकहरूले आत्मज्ञानको कामनाका लागि यस वृक्षसँग सम्बन्धित पूजा गर्छन् । केही ठाउँहरूमा कल्पतरु पूजा वा कल्पवास नामक धार्मिक अभ्यास पनि प्रचलनमा छ जसमा कल्पवृक्षलाई साक्षी राखेर धर्म कर्म गरिन्छ । यस्तो विश्वास गरिन्छ कि यो वृक्षको वरिपरि बसेर साँचो मनले कामना गर्दा ईश्वर स्वयं तृप्त हुन्छन् र भक्तको इच्छा पूरा हुन्छ । आजको सन्दर्भमा कल्पवृक्ष केवल धार्मिक प्रतीक नभई पर्यावरणीय संरक्षणको प्रतीक बनेको छ । यसको अद्भुत संरचना र जलवायु प्रतिरोधी प्रकृतिका कारण वैज्ञानिकहरूले समेत यसको संरक्षण र विस्तारमा जोड दिएका छन् । नेपाल जस्तो जैविक विविधता सम्पन्न देशमा कल्पवृक्षको सम्भावना अझ व्यापक छ जहाँ यसको औषधीय आहारजन्य वातावरणीय योगदानलाई ध्यान दिँदै खेती अनुसन्धानको दायरा फराकिलो पार्न सकिन्छ । पर्यावरणीय संकट सुक्खा जलवायु परिवर्तनजस्ता समस्यालाई हल गर्न यसको वृक्षारोपण अपरिहार्य बन्दै गइरहेको छ । साथै हिन्दू धर्मको गहिरो आस्था र परम्परासँग जोडिएकाले कल्पवृक्ष धार्मिक तथा सांस्कृतिक चेतनाको पुनर्जागरणको केन्द्र बन्न सक्छ । यदि हामीले कल्पवृक्षको सही वैज्ञानिक उपयोग धार्मिक श्रद्धा तथा वातावरणीय आवश्यकता बुझेर यसको संरक्षण तथा प्रवद्र्धन गर्न सके भने यो वृक्ष भविष्यको हरियाली, स्वास्थ्य र अध्यात्मिक समृद्धिको आधार बन्न सक्छ । यसले हाम्रो वर्तमानलाई सुरक्षा भविष्यलाई हरियाली दिने गहिरो क्षमता बोकेको छ ।
कल्पवृक्षको बनोट अन्य रुख्हरूभन्दा धेरै फरक हुन्छ । यसको विशाल बिराट मोटोपनयुक्त र बोतलजस्तै गोलो आकारको हुन्छ जसले हजारौं लिटर पानी संचित गर्न सक्छ । यसको उचाइ सामान्यत ५ देखि २५ मिटर सम्मको हुन्छ र परिपक्व वृक्षको गोलाइ १० मिटर भन्दा बढी हुन सक्छ । केही वृक्षहरू त हजार वर्षभन्दा बढी पुराना पाइन्छन् जसले यसको दीर्घजीवी प्रकृतिलाई पुष्टि गर्छ । पातहरू हिउँदमा झर्छन् र वसन्तमा पुन पलाउँछन् । फूलहरू सेता र ठूला हुन्छन्, रातमा मात्र फुल्छन् र चमेरो तथा कीराहरूबाट परागण हुन्छ । कल्पवृक्षको फल अण्डाको आकारको हुन्छ, जसको बोक्रा काठजस्तो कडा हुन्छ र भित्र सेतो फसफसे पदार्थ हुन्छ । संसारकै सबैभन्दा रोचक र अनौठो वनस्पतिहरूमा गनिन्छ कल्प वृक्ष । कल्पवृक्ष एक बहुपरिपक्व वृक्ष हो जसको आयु पाँच हजार वर्षसम्म बाच्न सक्छ भन्ने बैज्ञानिक भनाइ छ । यसको विशेषताहरूमा पातहरू , फल फूल हरूमा पाइने पोषक तत्वहरू यसलाई विशेष वनस्पतिको रूपमा मानिएको छ । यसको फल अत्यन्त पोसिलो र यस्को फेद गोलाईमा पानी संचय गर्ने क्षमता हुन्छ । विकासक्रमीय दृष्टिले, यो रुख अफ्रिकामा उभिएको भएता पनि यसको वंशावली प्राचीन पृथ्वीका भौगोलिक र जलवायु परिवर्तनोंसँग गहिरो सम्बन्धित छ । यसको वंश विकासमा जलवायु परिवर्तन र पर्यावरणीय चुनौतिहरूले कसरी प्रभाव पारेको छ भन्ने विषयमा बृहत अनुसन्धानहरू भइरहेका छन् ।
कल्पवृक्षको पारिस्थितिक भूमिका अत्यन्त महत्वपूर्ण छ । यो विशेषगरी शुष्क र अर्धशुष्क क्षेत्रहरूमा पाइन्छ, जहाँ यसले माटो संरक्षण, हावा र पानीको सन्तुलन कायम राख्ने काम गर्छ । यसको विशाल रुखले वर्षा जल संचित गर्छ र माटोमा चिस्यान राख्न मद्दत पुर्याउँछ । यसले स्थानीय जीवजन्तुहरूका लागि भोजन र आश्रयको रूपमा कार्य गर्छ । साथै, कल्पवृक्षको रोपणले मरुभूमीकरण रोकथाम र जलवायु परिवर्तन विरुद्धको प्राकृतिक रक्षा प्रणालीको रूपमा कार्य गर्दछ । जैविक विविधताको संरक्षणमा यसको भूमिका यथेष्ठ छ यसले मानव जीवनसँग पनि सजीव सम्बन्ध राख्छ ।
अफ्रिकामा कल्पवृक्षलाई ‘सुपरफूड ट्री’ भनिन्छ किनभने यसको फल पात र बीउमा मानव स्वास्थ्यका लागि आवश्यक पोषक तत्वहरू भरपुर पाइन्छन् । भिटामिन सि, क्याल्सियम, फाइबर र एन्टिअक्सिडेन्ट युक्त यसका अङ्गहरू विभिन्न रोगहरूको उपचार र रोकथाममा उपयोगी ठहरिएका छन् । परम्परागत औषधिमा यसको प्रयोग हजारौं वर्ष पुरानो छ । पछिल्लो विज्ञानले पनि यसको एन्टि–इन्फ्लेमेटरी, एन्टि–ब्याक्टेरियल एन्टि–डायबिटिक गुणहरूलाई पुष्टि गरेको छ । यसले दीर्घकालीन स्वास्थ्य सुधारमा योगदान पु¥याउँछ र विकासशील देशहरूमा पोषण संकटलाई घटाउन सक्ने सम्भावना बोकेको रुख हो यो ।
कल्पवृक्ष स्थानीय आर्थिक गतिविधिहरूमा पनि महत्वपूर्ण छ । फलको व्यावसायिक उपयोगले खाद्य सुरक्षा बढाउँछ भने यसको बोक्रा र पातले पशुपालनमा मद्दत गर्छ । यसका बीउबाट तेल निकाल्ने प्रविधिहरू विकास हुँदैछन् जसले आर्थिक अवसरहरू सिर्जना गरेका छन् । ग्रामीण समुदायहरूले यसलाई सञ्झ्याल छाना बनाउन पनि प्रयोग गर्ने गरेको पाइन्छ । आर्थिक विकाससँगै, यसको संरक्षण र समुचित प्रयोगले दिगो विकासका लक्ष्यहरू पुरा गर्न मद्दत पु¥याउन सक्छ ।
विश्वका विभिन्न संस्कृतिहरूमा कल्पवृक्षलाई गहिरो धार्मिक र सांस्कृतिक महत्त्व दिइएको पाईन्छ । अफ्रिकाका समुदायहरूमा यो रुखलाई जीवन र पुनर्जन्मको प्रतीक मानिन्छ । हिन्दू, बौद्ध र जैन धर्महरूमा यसको पौराणिक कथा र आध्यात्मिक सन्दर्भहरू पाइन्छन् । यसले मानव जीवनका मूल प्रश्नहरू जस्तै जीवन, मृत्यु, पुनर्जन्म र ब्रह्माण्डीय सन्तुलनलाई प्रतीकात्मक रूपमा प्रतिनिधित्व गर्छ । यसको अध्यात्मिक महत्त्वले मानवीय चेतना र प्रकृतिको सम्बन्धमा गहन दृष्टिकोण प्रदान गर्दछ । कल्पवृक्षलाई जीवन र प्रकृतिबीचको अन्तरसम्बन्धको प्रतिकको रूपमा हेरिन्छ । यसको विशालता र दीर्घायुले प्रकृतिको सहनशीलता र मानव जीवनको नातालाई संकेत गर्छ । यसको संरक्षणले मानिसहरूलाई दार्शनिक रूपमा प्रकृति प्रति संवेदनशील र जिम्मेवार बन्न प्रेरित गर्छ । आधुनिक समाजमा जहाँ प्रविधिको विकासले प्रकृतिलाई जोखिममा पारिरहेको छ, त्यहाँ कल्पवृक्षले दिगो जीवनशैली र सहअस्तित्वको सन्देश दिन्छ । यसले मानव र प्रकृतिको बीचको सम्बन्ध पुनःनिर्माण गर्ने चुनौतीलाई स्वीकार गर्दछ । जलवायु परिवर्तन र दिगो विकासमा योगदान
जलवायु परिवर्तनले विश्वलाई गम्भीर रूपमा प्रभावित गरिरहेको यस युगमा, कल्पवृक्षले विशेष भूमिका निर्वाह गर्न सक्छ । यसको वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्दछ, कार्बन अवशोषणमा योगदान पुर्याउँछ, र स्थानीय जलवायुलाई स्थिर पार्न सहयोग गर्छ । दिगो विकासका लक्ष्यहरू लाई प्राप्त गर्न यसको संरक्षण अनिवार्य छ । यस वृक्षको अध्ययन र संरक्षणले भविष्यका जलवायु नीतिहरू विकास गर्न वैज्ञानिक आधार प्रस्तुत गर्न सक्छ ।
विज्ञानिकहरूले कल्पवृक्षमा गहन अनुसन्धान गरिरहेका छन् जसले यसको अनौठो जीव विज्ञान र पर्यावरणीय क्षमताहरू उजागर गरेका छन् । बायोटेक्नोलोजी प्रयोग गरेर यसको औषधीय गुणहरूको नयाँ प्रविधिहरू विकास हुँदैछन् । डेटा विज्ञान र जीआईएस प्रविधिको प्रयोगले यसको वितरण विकासक्रम र पर्यावरणीय प्रभावहरूको विश्लेषणलाई थप सटीक बनाएको छ । यसको व्यावसायिक उपयोगलाई प्रवद्र्धन गर्न नविनतम टेक्नोलोजीहरू अपनाइरहेको छ । कल्पवृक्ष एक बहुआयामिक वनस्पति मानव जीवन र बाताबरणका लागि अद्वितीय भूमिका खेल्दछ । यस वृक्षप्रति गहिरो सम्मान र संरक्षण हाम्रो दायित्व हो ताकि भविष्यका पुस्ताहरू पनि यसको अनमोल उपहारबाट लाभान्वित हुन सकून् ।

Previous Post

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

Next Post

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

Next Post
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

बाँकेको चर्चित पर्यटकीय स्थल वाटरपार्कमा १०० किलो बढि प्लाष्टिक फोहोर

March 14, 2026
नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

नेपालगन्जमा पनि नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक

March 14, 2026
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ : निगम

March 14, 2026
बढ्यो साइबर अपराध

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

March 14, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version