For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी प्रदेशका खानेपानी योजनाः २०८२/०८३ मा विकास या विभेद ?

byDainik Nepalgunj
June 23, 2025
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी प्रदेशका खानेपानी योजनाः २०८२/०८३ मा विकास या विभेद ?
Share on FacebookShare on Twitter

डा. डक्टप्रसाद धिताल

लुम्बिनी प्रदेश नेपालका सात प्रदेशहरूमध्ये विकासको सन्दर्भमा बहुचर्चित प्रदेश हो । यस प्रदेशमा रहेका १२ जिल्लाका लागि खानेपानी मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १४३८ वटा खानेपानी योजना छनौट गरेको छ। पहिलो दृष्टिमा यो तथ्य उत्साहजनक देखिए पनि जिल्लागत वितरण हेर्दा योजनाको समानता, आवश्यकताको मूल्याङ्कन र पारदर्शिता गम्भीर प्रश्नका विषय बनेका छन् ।

जिल्लागत योजना संख्या हेर्दा दाङमा २१२, प्यूठानमा १९०, रोल्पामा १८७, अर्घाखाँचीमा १८४ योजना रहेका छन् भने बाँकेमा ५१, बर्दियामा ३९, नवलपरासीमा ६१, कपिलवस्तुमा ६४ मात्र योजना परेका छन्। यस्ता आँकडाले भौगोलिक र जनघनत्वको तुलनामा योजनाको वितरण अत्यन्त असमान र पक्षपातपूर्ण देखिन्छ। बर्दिया, बाँके, रुपन्देही र कपिलवस्तुजस्ता तराईका जिल्लामा पानीको पहुँचको अभाव, उद्योगीकरणको विस्तार, बढ्दो भूजल दोहन तथा जलवायु परिवर्तनका प्रभावहरू गहिरिँदै गएका छन्। यस्तो अवस्थामा ती जिल्लामा न्यून योजना संख्या देखिनु गम्भीर विषय हो।

योजना वितरणको आधार जनसंख्या, भूगोल, पानी अभाव, र सामाजिक संरचना हुनुपर्ने हो भने यहाँको वितरणले राजनीतिक पहुँच र सत्ताको प्रभाव झल्काउँछ। कतिपय नेताका जिल्लामा योजनाको चाङ लगाइएको छ भने कतिपय दलित, जनजाति र सीमान्तकृत समुदायको बस्तीहरूमा नजरअन्दाजी गरिएको छ। उदाहरणस्वरूप, दाङ र रोल्पा जस्ता पहाडी जिल्लामा अत्यधिक योजना देखिन्छन् भने तराईका सघन बस्तीमा सीमित योजना मात्र छुट्याइएको छ।

विकास योजनाको सफलताको मुख्य आधार मात्र संख्या होइन, त्यसको आवश्यकतालाई सम्बोधन गर्न सक्ने क्षमता हो। यस्ता योजना छान्दा स्थानीय तहसँग समन्वय र जनताको आवाज सुन्ने अभ्यास भएको देखिँदैन। योजना छनौटमा कसरी, कुन मापदण्ड अनुसार छानिए भन्ने विवरण सार्वजनिक गरिएको छैन, जसले पारदर्शिताको गम्भीर अभाव देखाउँछ। यसले गर्दा योजनामा दोहोरो वितरण, पुनरावृत्ति र गैरआवश्यक क्षेत्रमा पनि योजना परेको आशंका बलियो हुन्छ।

खानेपानी परियोजनाको अर्को पक्ष कार्यान्वयन हो। योजनाहरू छनौट गरिए पनि ती योजनाका लागि आवश्यक बजेट, प्राविधिक दक्षता, अनुगमन संयन्त्रको अभाव तथा निर्माणको गुणस्तरसम्बन्धी प्रश्नहरू उब्जने गरेका छन्। कतिपय योजनाहरू गत वर्षदेखि नै अलपत्र छन् भने नयाँ योजनाको सूची फेरि थपिएको छ। कार्यान्वयनको ढिलाइ, ठेकेदारको लापरबाही, लागतको फजुल खर्च र ठेकेदारी सिण्डिकेटले खानेपानी योजनालाई जनताका लागि होइन, ठेकेदारको कमाइको माध्यममा परिणत गर्ने खतरा देखिन्छ।

पानी प्रायः महिला, बालबालिका र गरिब समुदायको प्राथमिक समस्या हो। दैनिक जीवनमा पानी बोकेर ल्याउने मुख्य जिम्मेवारी महिलाहरूको हुन्छ। तर योजना निर्माणमा महिलाको सहभागिता, निर्णय प्रक्रियामा उनीहरूको पहुँच, वा उनीहरूलाई लक्षित गरेर बनाइएका योजना कमै मात्र छन्। सामाजिक विभेदको सन्दर्भमा पनि दलित समुदाय अझै सामूहिक धारामा पानी लिन पाउँदैनन्। यी पक्षलाई सम्बोधन नगरेको योजना समानताको होइन, असमानताको प्रतिबिम्ब हो।

यो योजनात्मक संरचना हेर्दा यस्तो आभास हुन्छ कि प्रदेश सरकारले सच्चा आवश्यकतालाई भन्दा राजनीतिक पहुँच र प्रभावलाई प्राथमिकता दिएको छ। वर्षेनी बजेट विनियोजन हुने, योजना सूची निकालिने, तर ती योजनाहरू कति पूरा भए, कति अपूरा रहे, तिनले कति जनतालाई सेवा दिए भन्ने कुनै पनि प्रभाव मूल्याङ्कन छैन। योजनाले मात्र समस्याको समाधान हुँदैन, समाधान हुन्छ योजनाको सही छनोट, पारदर्शी कार्यान्वयन र परिणाममूलक अनुगमनबाट।

त्यसैले अबको आवश्यकता भनेको योजनाको संख्याको होड होइन, गुणस्तरको सुनिश्चितता हो। सहर वा गाउँ जे जहाँ भए पनि पानी पहुँचमा हुनुपर्छ। प्रदेश सरकारले योजना छनौटमा आवश्यक तथ्याङ्क, सामाजिक संरचना, जातीय समावेशीता र लैङ्गिक दृष्टिकोणलाई मुख्य आधार बनाउनु अत्यन्त जरुरी छ।

विकास योजनाहरू जनताको प्यास मेटाउनका लागि हो, नेताको प्रभाव देखाउन होइन। योजना संख्या भन्दा योजना प्रभाव हेर्ने बेला आइसकेको छ। लुम्बिनी प्रदेश सरकारले खानेपानी मन्त्रालयको यो योजना सूचीलाई पुनरावलोकन गर्दै आवश्यक सुधार नगरेसम्म प्रदेश विकासको नाममा पुनः अन्याय र विभेदको पाइला चाल्ने खतरा बढ्नेछ।

Previous Post

सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग

Next Post

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

Next Post
डेंगु : जोखिममा बाँके

डेङ्गी नियन्त्रणका लागि पहल गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

April 3, 2026
सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्यूरोको अनुरोध

April 3, 2026
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी: मुख्यमन्त्री आचार्य

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी: मुख्यमन्त्री आचार्य

April 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version