बाँकेका सुनचाँदी सुनचाँदी व्यवसायीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य पत्थर जडित गहनामा १३ प्रतिशत भ्याट लगाउने सरकारको निर्णय विरुद्ध बुधबारदेखि रिले अनसन सुरु गरेका छन् ।
व्यवसायीहरुले अनिश्चितकालीन रुपमा पसल, व्यवसाय बन्द घोषणा गर्दै रिले अनशनमा गर्ने निर्णय गरेका हुन् ।
नेपालगन्ज सुनचाँदी व्यवसायी महासंघका महासचिव सुखनारायण सोनारले बुधबारबाट रिले अनसन सुरु गरेको र अनिश्चितकालीन व्यवसाय बन्द गरिएको बताएका छन् ।
बन्दका समयमा सुनचाँदीको गहनाको कारोबार गरेको पाइएमा पहिलो पटक ११ हजार, दोस्रो पटक ३१ हजार जरिवाना गर्ने उल्लेख गर्दै नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेले तेस्रो पटक पनि संघको निर्णय नमान्ने सदस्य व्यवसायीको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।
