नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सुन तथा बहुमूल्य आभूषणमा लगाएको मूल्य अभिवृद्धि कर (VAT) र विलासिता शुल्कको विरोधमा नेपालगन्जका सुनचाँदी व्यवसायीहरूले आज मोटरसाइकल र्याली प्रदर्शन गरेका छन्।ठुलो सङ्ख्यामा व्यवसायीहरु नाराबाजीसहित नेपालगन्ज नगर परिक्रमा गरेका हुन् ।नेपालगन्ज सुन चाँदी व्यवसायी संघ, बाँकेका महासचिव सुखनारायण सोनारका अनुसार, आन्दोलित व्यवसायीहरूले यसअघि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए। सरकारको कदमले सुनचाँदी व्यवसायमा नकारात्मक असर पर्ने भन्दै सोको विरोधमा बृहत मोटरसाइकल र्याली आयोजना गरिएको हो ।संघका अध्यक्ष सलाउद्दीन जसगढले र्यालीको मुख्य उद्देश्य सरकारको यस निर्णयको विरोध गर्नु र सुनचाँदी व्यवसायमा पर्न सक्ने असरबारे ध्यानाकर्षण गराउनु रहेको बताएका छन्। यसअघि पनि देशभरका सुनचाँदी व्यवसायीहरूले नयाँ करको विरोधमा प्रदर्शन तथा पसल बन्द गर्दै आएका छन्।
सुनचाँदी व्यवसायीले नेपालगन्जमा गरे मोटरसाइकल र्याली
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
नेपालगन्ज : लागुऔषध समात्न चल्यो गोली
by
Dainik Nepalgunj
April 25, 2026
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
by
Dainik Nepalgunj
April 25, 2026
बढ्दै औलोको सङ्क्रमण
by
Dainik Nepalgunj
April 25, 2026
भूकम्पको एघार वर्ष पूराः अपूरै छन् भत्किएका संरचना
by
Dainik Nepalgunj
April 25, 2026
लागुऔषधसहित पाँच जना पक्राउ
by
Dainik Nepalgunj
April 25, 2026