For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

जामुनको रुख एक फाइदा अनेक

byDainik Nepalgunj
July 17, 2025
in विचार
0 0
0
जामुनको रुख एक फाइदा अनेक
Share on FacebookShare on Twitter

जामुनको रुख नेपालको तराईदेखि भारतको गङ्गा मैदानसम्म फैलिएको एक गहिरो उपयोगिता बोकेको औषधीय गुणले भरिएको वृक्ष हो । यो रुखले हजारौँ वर्षदेखि मानव स्वास्थ्य वातावरण र संस्कृतिको सेवा गर्दै आएको छ । यो रुख विशेषगरी गर्मी मौसममा हरियाली प्रदान गर्ने, फल दिने र आयुर्वेदिक औषधिको रूपमा काम गर्ने बहुउपयोगी बिरुवा हो । यो सजिलै हुर्काउन सकिन्छ र बीउ जहाँ छरे पनि जागिहाल्छ । यसको वैज्ञानिक नाम साइजिजियम क्युमिनी हो । जामुनको रुख ३० मिटरभन्दा अग्लो हुन सक्छ र यो सय वर्षभन्दा लामो समयसम्म बाँच्छ । यसको काठ बलियो गाढा र टिकाउ हुन्छ भने पातहरू चम्किला बाक्ला र हरियो रंगका हुन्छन् । फूलहरू साना सेतो हरिया रंगका हुन्छन् जामुन बैशाखतिर फुल्छन् । जेठ असारतिर यसको फल पाक्छ जुन पहिलो चरणमा हरियो रहन्छ त्यसपछि गाढा बैजनी हुँदै कालो हुन्छ । फल टररो अमिलो र गुलियो स्वादको हुन्छ यसमा छालासहितको बोक्रा रसिलो गुदी र एउटा कडा बीउ हुन्छ । यसको स्वाद र गन्ध दुवै मीठो र निकै लाभदायक हुन्छन् । नेपालका विद्यालय, मन्दिर ,चौतारा, वन, घर वरिपरिको वातावरणमा समेत जामुनको बोट लगाइएको पाइन्छ र यो मानिसको जीवनसँग भावनात्मक रूपमा पनि गाँसिएको देखिन्छ ।

जामुनको रुख केवल सौन्दर्य वा फलको लागि मात्र उपयोगी छैन यसले स्वास्थ्यमा पनि अद्भुत प्रभाव पार्दछ । प्राचीन आयुर्वेदिक शास्त्रहरू चरक संहिता, सुश्रुत संहिता, भावप्रकाश निघण्टु जस्ता ग्रन्थहरूमा जामुनको प्रयोगलाई विशेष स्थान दिइएको छ । यो वनस्पतिमा जाम्बोलीन, जाम्बोसिन, एलाजिक एसिड, टैनिन, ग्लाइकोसाइड, फ्लाभोनोइड जस्ता यौगिकहरू पाइन्छन् जसले शरीरको रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मधुमेह रोगका लागि यसको बीउको चूर्ण औषधिको रूपमा प्रयोग गरेको पाईएको छ । बिहान खाली पेट एक चम्चा जामुनको बीउको धूलो मनतातो पानीसँग सेवन गर्दा इन्सुलिनको कार्यसञ्चालनमा सुधार आउँछ । यसबाहेक यसको पातले आमाशयमा भएको अम्लता, ग्यास, कब्जियत हटाउन मद्दत गर्छ । बोक्रा उमालेर बनाएको झोल मुखमा कुल्ला गर्दा मुखको दुर्गन्ध हट्छ, गिजा बलियो हुन्छ, र मुखको संक्रमण हट्छ । छालामा लागेको खटिरा, एलर्जी, गन्हाउने घाउमा यसको बोक्रा पानीमा उमालेर धुने गरेमा लाभ हुन्छ । जामुन पचाउन अलि गाह्रो हुने भएकाले यसको सेवन सँगै सिधा नुन, पिप्ला वा मरीच मिसाएर गरे राम्रो पाचन हुन्छ । यो पाचन प्रणाली सुधार्ने, रक्तशुद्ध गर्ने, भोक जगाउने अनि लिभरलाई सक्रिय बनाउने कार्यमा पनि प्रयोग गरिन्छ यदि कसैलाई आउ पखाला लागेको छ भने जामुनको बोक्रा पिसेर कपट छान गरेर एक गिलास पानीमा मिसाएर खाए सन्चो हुन्छ ।

यस रुखको महत्व केवल औषधीय क्षेत्रमै सीमित छैन यसको वातावरणीय महत्त्व पनि अतुलनीय छ । जामुनको रुख एक छायादार र बाक्लो पात भएको वृक्ष हो जसले धुलो धुवाँ प्रदूषण रोक्न सघाउँछ । यो वातावरणमा अक्सिजनको मात्रा बढाउने कार्बनडाइअक्साइड सोस्ने र माटो भुक्षय रोक्ने प्रभावकारी वृक्ष हो । विशेषगरी सहरी क्षेत्रमा यो रुखले गर्मीमा शीतलता प्रदान गर्दछ सवारीसाधनको धुवा धुलोलाई अवशोषण गरी वायु सफा गर्छ । ग्रामीण क्षेत्रका कतिपय घरको आँगनमा यो रुखको छायाँमा भेला छलफल वा सभा हरू गरिन्छ । किसानहरू यसको पात गाई गोरुलाई खुवाउँछन् जसले पाचन सहज बनाउँछ र दूधको उत्पादनमा वृद्धि हुन्छ । जामुनको काठलाई दीर्घकालीन संरचनाहरू बनाउन प्रयोग गरिन्छ । यसको खम्बा वा चौकीहरू लामो समय टिक्ने र किराले नखाने विशेषता भएका कारण यसलाई इन्धनभन्दा बढी मूल्यवान मानिन्छ । बालीनाली वगैंचाहरूको छेउमा यो रोप्दा हावाको दिशा सम्हाल्न, चिस्यान कायम राख्न र जैविक विविधता संरक्षण गर्न सहयोग पु¥याउँछ । यस्ता गुणहरूको कारण विद्यालय, कार्यालय, बगैंचाहरू, सडक किनारमा यसको वृक्षारोपण अभियान बढ्न थालेको छ । यसको रूखको जराले पानी तान्ने क्षमताले जमिनको जलाशय सन्तुलनमा पनि योगदान पु¥याउँछ । गाउँ घरमा बर्सातको बेला आकाश गडगडायो भने मानिसहरू गड्याङ गुडुङ्ग बाजे जामुनाको रुख मुनि छौ भन्ने चलन छ जामुनको रुख भएको ठाउमा चट्याङ पर्दैन भन्ने भनाई छ ।

जामुनको रुखसँग नेपाल र भारतका धार्मिक, सांस्कृतिक र ऐतिहासिक सन्दर्भहरू पनि गहिरो सम्बन्धित छन् । संस्कृतका कतिपय ग्रन्थहरूमा यसलाई राजजम्बु भनिएको छ जुन राजाहरूले पूजा र साधनामा प्रयोग गर्थे । बौद्ध धर्ममा गौतम बुद्धले ध्यान गरेको वृक्षमध्ये जामुनलाई पनि स्मरण गरिएको छ । हिन्दू परम्परामा पनि यसलाई पवित्र वृक्ष मानिन्छ र कतिपय पूजा विधिमा यसको पात फूल वा फल प्रयोग गरिन्छ । धार्मिक स्थलहरूमा यसको रुख रोप्ने चलन पनि पाइन्छ जुन त्यस क्षेत्रको पवित्रता र हरियालीको प्रतीक हो । ग्रामीण क्षेत्रमा जामुनको फल पाकेपछि बालबालिकाले हर्षका साथ चढेर टिप्ने बाढेर खाने अनि बाँकी रहेको फल टिपेर घरमा लिएर जाने परम्पराले मानिस मानिस बिचको आत्मियता बढाउछ । कतिपय गाउँमा वरको भोजमा जामुनको अचार राख्ने परम्परा अझै जीवित छ । यसको उपस्थितिले संस्कृतिको जगेर्ना मात्र गर्दैन, मानिसलाई प्रकृतिप्रति जोड्ने माध्यम पनि बन्छ । जब हामी धर्म परम्परा प्रकृति र आयुर्वेदलाई एउटै वृक्षमा एकीकृत देख्छौँ त्यतिबेला जामुनको रुख केवल बनस्पति नभई जीवनको एउटा दर्शनको रूपमा खडा हुन्छ ।

आजको आधुनिक युगमा जब मानव स्वास्थ्य वातावरण र परम्परागत ज्ञान संकटमा परेका छन् त्यस्तो अवस्थामा जामुनजस्ता वृक्षहरू समाधानका स्थायी आधार हुन् । नेपालमा औषधीय बनस्पतिको सम्भावना प्रचुर भए पनि हामीले व्यावसायिक र वैज्ञानिक ढंगले यसको सदुपयोग गर्न सकेका छैनौँ । जामुनको बीउ, फल, बोक्रा, पात र काठ सबै बेचबिखन हुन्छ्न । यसको खेतीबाट ग्रामिण उद्यमशीलता रोजगारी र जैविक कृषि प्रवद्र्धन गर्न सकिन्छ । यसबाहेक यसको जुस सिरप, अचार, औषधि उत्पादन, साबुन वा फेसक्रिम निर्माणमा पनि आधुनिक प्रयोग हुन थालेको छ । नेपालमा सरकारी तवरबाट जामुनको वृक्षारोपणलाई प्राथमिकता दिइनु आवश्यक छ । विद्यालय स्तरबाट नै एक विद्यार्थी, एक जामुन जस्ता अभियान थालेर विद्यार्थीहरूमा प्रकृति प्रेमको भावना रोप्न सकिन्छ । स्थानीय तह, नगरपालिकाहरूले सार्वजनिक स्थलहरूमा जामुन रुख रोपेर हरियाली र वातावरण सन्तुलनमा योगदान गर्न सक्छन् । दीर्घकालीन दृष्टिकोणले जामुन जस्ता बहुपयोगी रुखहरूको संरक्षण र प्रवद्र्धन गर्नु भनेको भविष्यका पुस्ताका लागि स्वास्थ्य, हरियाली र आत्मनिर्भरता निर्माण गर्नु हो । यदि हामीले जामुनको रुखलाई केवल फल दिनेलाई सीमित नगरी यसको जीवन्त दर्शनलाई आत्मसात गर्न सक्यौँ भने, हामी प्रकृतिसँगको गहिरो सम्बन्ध पुन स्थापित गर्न सफल हुनेछौँ ।

आजको जलवायु संकट र स्वास्थ्य चुनौतीको समयमै जामुनको महत्त्व झनै बढेको छ । यो रूख छायादार, प्रदूषण सोस्ने र कम पानीमा हुर्कने भएकाले हरित शहर निर्माणमा उपयोगी हुन्छ । यसको फललाई जुस, सुकुटी, अचार र जाम जस्ता परिकार बनाएर स्वरोजगारका अवसरहरू पनि सिर्जना गर्न सकिन्छ । जामुन एउटा यस्तो प्राकृतिक उपहार हो जसले स्वाद, स्वास्थ्य र संस्कृतिलाई एकैसाथ जोड्छ । यसको हरेक भागमा उपयोगिता लुकेको छ । बोक्राले कयौ रोगको उपचार गर्छ । जामुनको रूखले शीतलता र वातावरणीय सन्तुलन प्रदान गर्छ । यसैले हामी सबैले जामुनको रुख संरक्षण र प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ । जय हरियाली

Previous Post

विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययन अवसर दिंदै ‘साथम’

Next Post

उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा सङ्ख्या शून्य

Next Post
बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा सङ्ख्या शून्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन

अन्योल बीच खुले स्कुल

April 29, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

हुलाकबाट घरमै राहदानी वितरण चौध जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी

April 29, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

बाँकेमा आज आँधीको सम्भावना

April 29, 2026
निजी वनको दर्ता अब पालिकाबाट

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version