For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

आफ्नै मौलिकतामा सजिएर

byDainik Nepalgunj
August 8, 2025
in विचार
0 0
0
आफ्नै मौलिकतामा सजिएर
Share on FacebookShare on Twitter

समाजवादको सपना देख्दा कसो होला ?–७

देशमा विगत लामो समय देखि नै नेपालका राजनीतिक पार्टीहरूले साम्यबाद र समाजवादको सपना बाँडिरहेका छन् । तर त्यो भनेको कुन चरीको नाम हो ? त्यसको रङ्ग ढङ्ग चाल चलन कस्तो हुन्छ ? त्यसले नेपाली जनताको चरित्र र जनजिविकामा कस्तो प्रभाव÷दुस्प्रभाव पार्छ ? नेपालको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकता रक्षामा यो के कति सहायक हुन्छ ? नेपालमा भैरहेको विदेशीको नाङ्गो हस्तक्षेपको श्रंखला कहाँसम्म जान्छ वा रोकिन्छ ? यसका बारेमा कोहि कसैले प्रमाणिक रूपमा भन्न र गर्न सकेको भने छैन । नेपाली जनता अनापसनाप हावा गफ दिन,े स्टण्डबाजी देखाउने पार्टी र चटेके नेतालाई झट्टै विश्वास गरि दिने र उनीहरूको कथाका पात्र बनि दिने परम्परा जस्तै बनेको छ । यो नेपालका राजनीतिक दलहरूको सत्ताको मार्ग प्रसस्त गर्ने एउटा माध्यम मात्रै हो कि वास्तविकतामा पनि केहि त्यस्तो सम्भव छ यस विषयमा खासै गहिरो गरि अध्ययन भएको देखिन्न । बस् समाजवाद र साम्यवाद भनेको छ, सर्वहारा, गरीब किसान भनेको छ, सम्राज्यवाद मूर्दावाद भनेको छ, मुक्तिसुक्ति भनेको छ यसैको भर्याङ चढेर केहि चण्डमुण्डहरूले सत्ताको चास्नीमा डुबुल्की मारेको छ ।

२०७२ सालको संविधानमा त प्रस्तावनामा नै समाजवाद उन्मूख भन्ने शब्द घुसाएर सम्पूर्ण नेपालीको कायापलट नै भएको भाषणबाजी भै नै रहेको छ । देशमा अझ नेपाल कम्यूनिष्ट पार्टीको झण्डै दुइ तिहाइको सरकार स्थापना भएपछि त झन समाजवाद त आइ नै सक्यो अब साम्यवाद मात्रै आउन बाँकी छ जस्तो प्रचारबाजी भयो तर त्यो कथा ‘लौ न हामी त यता छौं’ भन्दै सडकमा पुगेर तुहियो । अहिले फेरि सत्तातिर समाजवादी र साम्यवादीहरूको दम्भिए सरकार छ भने सडकतिर सत्ताको चास्नी सुक्यो भनेर कोकोहोलो मचाउने अर्को साम्यवादीको डफ्फा छ । यसैमा फेरि अर्को चटकेको पार्टी पनि बेलाबेलामा बतुराउँदै घरि नेपालमा सेना चाहिन्न त घरि नेपाललाई भारतको संरक्षित राज्य बनाउनुपर्छ भन्दै हिँडिरहेको छ । यस्तैका अर्को झाँसामा फेरिपनि नेपाली जनता पर्दै गएमा कुनै अन्यथा पनि हुनेछैन ।

देश यस्तो भैसकेको छ जहाँका जनता जुनसुकै देशमा बेचिए पनि यहाँको सत्तालाई वास्ता हुँदैन । देशका गाउँहरू रित्तिँदै गएपनि सत्ताको पेट पोल्दैन । देशका सीमा पिलरहरू रातारात सारिए पनि सत्ताका आँखा खुल्दैन । जनताले खाइ नखाए आफ्ना पितापूर्खाले आर्जेको सम्पत्ति होस् या आफ्नै कमाइबाट आर्जेको सम्पत्ति बैंकमा धितो राखेर सानोतिनो ब्यापार व्यवसाय गरि खाएकोलाई सामन्तवादी सोंच भन्दै यसलाई राजनीतिको फेरि लाएर हुन्छ कि छाउरा संगठन लगाएर हुन्छ दुईफुट छोट्याउने धाकधम्की दिएर हुन्छ बन्द गराउने वा त्यसमा हिस्सा खोज्ने वा त्यसलाई पलायन गराउने र सीमापारिकालाई यसमा आवाद गराउने काम यहि साम्यवादी समाजवादीहरूको सरकारले गर्ने गरेको छ ।

हुन त साम्यवाद भन्ने केहि कुरै हुँदैन र समाजवाद भन्ने चाहिँ चौराहमा राखेको मादल मात्रै हो जहाँ जसले जसरी बजाए पनि हुन्छ । स्टालिन देखि ओलीसम्म, पिल्लै देखि प्रचण्डसम्म अनि जर्ज सोरेस देखि शेरबहादुरसम्म सबैको व्याख्या र अर्थमा अट्ने समाजवादको वास्तविक रूपरङ्ग नेपाली जनताले बुझ्न आवश्यक ठानेका छैनन् ।

नेपाली जनताले बुझेको समाजवाद त वास्तविक समाजवाद हो । जुन नेपालको मौलिकतामा थियो । जहाँ संयुक्त परिवार थियो । गाउँभरिमा अ‍ैंचोपैचो जिवन्त थियो । अतिथिको सम्मान थियो । हरघरमा आफ्नो आवश्यकताको लागि आफै उत्पादन गर्नुपर्छ कसैसँग बेसाएर ल्याएर खाँदा आफ्नो इज्जत रहँदैन भन्ने मान्यता थियो । नातापाता सम्बन्धमा दर्जानुसारको सम्मान र सम्बोधन थियो । धर्म, नैतिकताको परम्पराले समाजलाई कडा अनुशासनमा बाँधेर राखेको थियो । शिक्षा निशुल्क थियो । मानव जिवनको उमेर समूहलाई बिभिन्न चरणमा बाँडेर कहिले कुन उमेरमा के गर्ने भन्ने सटिक योजना र प्रयोग थियो । प्रकृति वर्तमान पुस्ताको मात्रै पेवा होइन यसलाई बचाउनुपर्छ र आफ्ना भावी सन्ततिले पनि उपभोग गर्न पाउनुपर्छ भन्ने समाजिक मान्यता थियो । मानवको रक्त शुद्धताको लागि कुलको र प्रकृतिको शुद्धताको लागि मुलको रक्षाको जिम्मा समाजलाई नै थियो । जल जमीन र जङ्गलको रक्षाको लागि हावा गफ होइन व्यवहारिक ज्ञान सीप र त्यसको कडाइका साथ उपयोग थियो । गाउँमा कोहि भोको हुँदा मिलेर खुवाउने चलन थियो । समाजिक कर्महरू गर्दा सम्पूर्ण गाउँ नै मिलेर त्यसलाई सम्पन्न गर्ने चलन र व्यवहार थियो । पराइलाई घरगाउँभित्र पस्न बस्न र मनपरि गर्ने छूट थिएन । आफ्नो गोपनियतालाई आफैसँग राख्ने नीति र नैतिकता थियो । उब्जाउ जमीनलाई जोत्ने र बन्जरलाई पोत्ने थिति थियो । काम बीना माम लिनु पाप मानिन्थ्यो । त्यहाँ वास्तवमा नै समाज थियो अनि समाजवादको उत्कृष्ट प्रयोग थियो ।

कालान्तरमा विदेशीका हत्याहिंसा र यौनका साहित्य पढेर, आफ्नैलाई मार्ने काट्ने लुट्ने होच्याउने छोट्याउने कथा पढेर, आफ्नो उत्पादन मासेर विदेशीको बजार बन्ने शिक्षा रटेर नेपालमा समाजवादको कथा हाल्ने विज्ञहरू बनिदिँदा नेपालको अहिलेको यो चौपट अवस्था भएको हो भन्न कुनै लाज मान्नै पर्दैन । यस्तै विदेशी वादका कथामा अल्झिएको राजनीतिक तन्त्रले उत्पादन गरेको बीना कामधन्दा धनाढ्य बन्ने, अलिशान महल र लक्जरी गाडीका मालिक बन्ने, बिभिन्न कम्पनीका बीना लगानी मालिक बन्ने विज्ञ र नेतृत्वले आज नेपालमा समाजवादको पाठ नेपाली जनतालाई पढाएर उल्लू बनाएको बनाइ छन् ।
केहि गुटमा स्वार्थ नमिलेका र तख्तमा हिस्सा नपुगेकाहरूले अहिले पूँजिबाद र समाजवादको बीचको बाटो भन्दै समावेशी समाजवाद, एक्काशौं शताब्दीको समाजवाद भन्दै समुन्नत समाजवादको संज्ञा दिइ रहेका छन् । तर यी कसैले पनि नेपालमा सदियौं देखि रहेको वास्तविक समाजवादको कुरै गर्दैन ।

समाजवादको मुख्य तीनवटा बिशेषताहरूमा पहिलो हो सम्पति र उत्पादनका साधनमा सार्वजनिक स्वामित्व दोश्रो हो अर्थतन्त्रमा राज्यको मूख्य भूमिका र तेश्रो हो बितरणको पद्धति पूँजी र श्रमको आधारमा नभएर श्रमको आधारमा मात्रै होस । यसै गरि समाजवादको किसिम पनि तीन रहेको छ । जसमा पहिलो सबैकुरा प्रत्यक्ष केन्दीकृत नियन्त्रणमा रहेको व्यवस्था (स्टालीनबाद) दोश्रो अप्रत्यक्ष रूपमा केन्द्रीकृत नियन्त्रण युगोस्लाभिया र हँगेरीमा प्रयोग भएको र तेश्रो हो मानवीय आवश्यकताका आधारमा बजारलाई एउटा पद्धतिले परिचालन गर्ने । यी तीनवटा मोडेलमध्ये वर्तमान नेपालमा श्द्ध रूपमा कुनैपनि अवस्था छैन । बरु पञ्चायत कालमा राज्यले केहि उत्पादन र वितरणका साधनहरू आफै सञ्चालन गर्ने गथ्र्यो जुन समाजवादसँग केहि मेल पनि खान्थ्यो तर अहिले ती सबै बेचि खाएका छन् ।

अहिले कुनैपनि क्षेत्र छैन जहाँ शुद्ध राज्यको मात्रै लगानी र नियन्त्रण भएको । देशको बैंकिङ्ग क्षेत्रमा केहि मात्रै सरकारको स्वामित्व छ । उत्पादनको क्षेत्रमा शतप्रतिशत नीजि क्षत्रको स्वामित्व छ । बितरणको क्षेत्रमा सरकारको हिस्सा पानी, बिद्युत बाहेक एकाध प्रतिशत मात्रै छ । तर दूर संचारको क्षेत्रमा यसको प्रतिशत केहि माथी रहेको छ । यातायात क्षेत्रमा सरकारी या सार्वजनिक स्वामित्व शून्य रहेको छ । औधोगिक र कृषि उत्पादनको क्षेत्रमा सार्वजनिक स्वामित्व वा सरकारको स्वामित्व शुन्य नै छ । शिक्षामा सरकार या सार्वजनिक स्वामित्व लगभग आधाआधी होला । नेपालको समाजवादको मोडल के हो ? यहाँ त समाजवादको उखान र टुक्का बाहेक कहिँ कतै समाजवादको लक्ष्यण देखिँदेन त । शायद सत्ताको ग्यालेरीमा बस्नेहरूलाई समाजवाद देखिने चश्मा उपलब्ध भएको छ भने हामीलाई थाह हुने कुरा पनि भएन । के अब संविधानमा लेखिदिँदैमा या होर्डिङ्ग बोर्ड झुण्ड्याउँदैमा समाजवाद, सुखी नेपाली समृद्ध नेपाल हुने हो भने ठिकै छ त ।

संविधानबाटै समाजवाद सुनिश्चित गरेको र कम्यूनिष्ट समाजवादीहरूको बर्चश्व रहेको देशमा गरिखाने वातावरणसम्म छैन । वातावरण चाहियो भने यिनको समाजवाद र गणतन्त्र खतरामा गैहाल्छ । अनि ‘बोल्न पाएका छौ त्यो चानचुने उपलब्धि हो ?’ भन्दै हप्कीधप्की गरिन्छ । बेलुकी बासबस्ने बेला बाँसको झाँङमा बसेका डाँङ्ग्रेहरूको हल्ला र यिनीहरूको समाजवाद उस्तैउस्तै हो ।
असारमा भएको एसइइ र अहिले आएको प्लस टु को रिजल्टले नेपाल सरकारको सार्वजनिक शिक्षाको अवस्था कस्तो छ भन्ने देखाएको छ । आज देशका विश्वविद्यालयहरू रित्ता छन् । साइन्स उच्च शिक्षा पढ्ने विद्यार्थी त न कै बराबर छन । सरकारले पासपोर्ट र एनओसी बाँड्नुलाई समाजवाद र शिक्षा विकासको उपलब्धी मानेको हो भने भन्नु केहि छैन ।

सरकारले शिक्षाको स्तरीयता, जनताको सहज पहुँच र नेपाल सापेक्ष नेपालको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने शिक्षाको सुनिश्चिताको लागि एउटा शिक्षा ऐन सम्म पनि ल्याउन सकेको छैन । नयाँ नयाँ विश्वविद्यालय खोल्ने बनाउने योजना पार्टीका नेताहरूले खल्तीमा बोकेर त हिँडेका छन् तर ती विश्वलिद्यालयमा पढ्ने पढाउने कसले हो ? के हो ? चल्ने कसरी हो ? त्यसका बारेमा यी समाजवादको मदिरापान गर्नेहरू कसैसँग न उत्तर छ न योजना नै । यी कथित समाजवादको नशामा डुबेकाहरूलाई नीजि क्षेत्र बिझाउँछ, सार्वजनिक क्षेत्रमा सरकारी बजेटमा कमिशन र व्यक्तिगत स्वार्थ देखिन्छ अनि पार्टी कार्यकर्ता भर्तीको सुनिश्चित बाटो भेटिन्छ अनि नीजि क्षेत्र प्रति पुरै पूर्वाग्रह राखिन्छ । गर्दागर्दा अहिले त सरकारको बगलमा बसेका केहि उद्योगीहरू, सेवा प्रदाय कम्पनीका मालिकहरू र श्रमिकका नेताहरू सरकारलाई समाजवादको परिभाषा पढाउँदै छन् । यहाँ यत्ति भन्नैपर्छ कि विदेशीका कथा पढेर कथित समाजवादको उल्टी गरि हिँड्नु भन्दा नेपालको मौलिकतामा रहेको समाजवादलाई संस्थागत गरेर यहि मौलिकताको जगमा रमाएर समाजवादको सपना देख्न किन सकिन्न ?

Previous Post

बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न मुख्यमन्त्री कार्यालयद्वारा पत्राचार

Next Post

प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन:मुख्यमन्त्री आचार्य

Next Post
प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन:मुख्यमन्त्री आचार्य

प्राविधिक शिक्षाले रोजगारी सुनिश्चित गर्छ, खाली बस्नुपर्दैन:मुख्यमन्त्री आचार्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version