For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

byDainik Nepalgunj
August 16, 2025
in News, मुख्य समाचार
0 0
0
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
Share on FacebookShare on Twitter

कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी सुरू हुन्यो । चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो । हरियो रङका लागि सिमी, कत्थक रङका लागि विशेष काठ, रातो रङका लागि पवईं साग । कालो रङका लागि त सुकेको लौका आगोमा डढाउनुपथ्र्यो ।

थारू समुदायमा विशेषगरी हरियो, कालो, सेतो र रातो रङको प्रयोग हुन्छ । अष्टिम्कीमा पनि यिनै रङ प्रयोगमा आउँछन् । दुःख गरेर सङ्कलन गरिएका प्राकृतिक रङलाई हातैले घरका भित्तामा अष्टिम्की चित्र बनाएर उनीहरू अष्टिम्की पर्व मनाउँथे । तर, अहिले यसको मौलिकता हराएको छ । प्रिन्ट गरिएका अष्टिम्कीका चित्र टाँसेर पूजा गर्ने चलन हाबी भएको छ । यसले अष्टिम्की चित्रकलाको मौलिकपन नै हराउँदै जानेमा विज्ञहरू चिन्तित छन् ।

हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन खास गरी पश्चिमा थारू समुदायले ‘अष्टिम्की पर्व’ मनाउने गर्छन् । यो पश्चिमा थारूहरूको मौलिक पर्व हो । यो दिन अष्टिम्की चित्र बनाएर व्रतालु महिलाले पूजा गर्ने चलन छ ।

मिथिला चित्रकलासँग मिल्दोजुल्दो अष्टिम्की चित्र व्यावसायिक बन्न त परै जाओस् घरका भित्ताहरूमा पनि देखिन छाडेको छ ।

अष्टिम्की चित्रको महत्त्व

अष्टिम्की गीतको पुस्तक प्रकाशन गरिसकेका शत्रुघन चौधरीका अनुसार अष्टिम्की थारूहरूको विभिन्न प्रदर्शनकारी सौन्दर्य कलामध्ये एक हो, जुन प्राकृतिक सौन्दर्य र जीवको गहिरो सम्बन्ध रहेको चित्रकलामार्फत व्यक्त हुन्छ । अष्टिम्कीका दिन बिहानै नुवाइधुवाइ गरी निराहार व्रत बसी महिला–पुरुषहरू घरको बहरी (पिँढी) को उत्तरतर्फको भित्तामा हस्तचित्र बनाउने गर्छन्, जहाँ मानवकृति र प्राकृतिक स्वरूप बनाइएका हुन्छन्”, उहाँ भन्नुहुन्छ, “सृष्टिको कथादेखि पशुपन्छी, जीवजन्तुको चित्र बनाइएको हुन्छ । यसले थारूहरूको जीवनशैली र जीवजीविकाको सम्बन्ध देखाउँछ ।”

अष्टिम्कीबारे विद्यावारिधि गरेका थारू संस्कृतिविद् डा कृष्णराज सर्वहारीका अनुसार, अष्टिम्की चित्रकला एक कला मात्र होइन, समग्र थारू समुदायको उत्पत्ति, जीवनशैली, दर्शन र संस्कृतिको प्रतिरूप हो । उहाँ भन्नुहुन्छ, “अष्टिम्कीको गीत गाउँदै अष्टिम्की चित्र बनाइन्छ । गीतमा भनिएको कुरा चित्रमा झल्किन्छ । चित्रमा सूर्य र चन्द्रको उपस्थितिले थारूहरू प्रकृतिपूजक रहेको प्रस्ट बुझिन्छ ।”

डा. सर्वहारीका अनुसार, अष्टिम्की चित्रकलामा ब्रह्माण्ड सृष्टिसँग जोडिएका सबै पक्ष समावेश हुन्छन् । थारुहरूको कृषिकर्म हलो जोतेको, डोलीमा बेहुला–बेहुली बसेको, घना जङ्गल, पशुपन्छी आदि सबैले थारु जनजीवनको विविध पाटोलाई चित्रमार्फत उजागर गर्छन् । यी चित्र भित्तामा डेहरी (भकारी) मा बनाइन्छन् र साँझपख पूजाअर्चनापछि मात्र फलफूल खाने गरिन्छ ।

असारको पहिलो साता सार्वजनिक भएको पुस्तक ‘बुढनी’ को आवरणमा पनि अष्टिम्की कला झल्कन्छ । यसका लेखक इन्दु थारु अष्टिम्की चित्रकला थारु समुदायका पुर्खाले पहिलेदेखि नै बनाउँदै आएकाले पुस्तकमा मौलिक कलालाई स्थान दिएको बताउनुहुन्छ ।

“थारु समुदायमा चित्र बनाउने आफ्नै शैली छ । बाघ, मयूर होस् वा अन्य जनावर र पन्छी । ज्यामितीय आकारमा बनाइएका यी चित्र हेर्दा स्पष्ट हुन्छ कि यो थारुहरूको कला हो । यो बनाउने तरिका पनि विशिष्ट छ”, उहाँ भन्नुहुन्छ । अष्टिम्की चित्र हेर्नेबित्तिकै थारु समुदायको सांस्कृतिक पहिचानसँग जोडिने अनुभूति आफूलाई हुने उहाँको भनाइ छ ।

अष्टिम्की चित्रकला प्रवर्द्धनमा स्थानीय तह

संस्कृति जगेर्ना र थारु लोकचित्रकलाको प्रवर्द्धनमा स्थानीय तहले आ–आफ्नो तर्फबाट पहल गरिरहेका छन् । थारु बहुल क्षेत्रका पालिकाहरूमा अष्टिम्की चित्रकलाको प्रवर्द्धन गर्न कार्यशाला, प्रतियोगिता, गोष्ठीहरू सञ्चालन भइरहेका छन् ।

बर्दियाको बारबर्दिया नगरपालिकाले आफ्नो पालिकामा लागू गरेको स्थानीय पुस्तक ‘बारबर्दिया गौरव’मा अष्टिम्कीबारे पाठ राखेको छ । यसका साथै, त्यहाँ अष्टिम्कीको अवसरमा कक्षा ४ देखिमाथिका विद्यार्थीलाई अष्टिम्की चित्र बनाउने अभ्यास पनि गराइन्छ । ‘बारबर्दिया गौरव’ पुस्तकका लेखकमध्ये एक नरेशलाल कुसुम्याका अनुसार पाठ्यक्रम, कार्यशालालगायत विभिन्न प्रयासले यो चित्रकलालाई दिगो बनाउन र प्रवर्द्धन गर्न सकिन्छ ।

यसै साता काठमाडौँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र अग्रासन थारु महिला समाजको सहकार्यमा थारु अष्टिम्की चित्रकला कार्यशाला आयोजना गरियो । जसमा काठमाडौँवासी थारु युवाले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

कैलालीको जानकी गाउँपालिकाले त आफ्नो कार्यालय भवन कक्ष अष्टिम्की चित्रकलाले सुसज्जित बनाएको छ । मौलिक हस्तकला चित्रले पालिकाकै शोभा बढाएको छ । पालिकाले बर्सेनि अष्टिम्कीको सेरोफेरोमा अष्टिम्की चित्रकला कार्यशाला तथा प्रतियोगिता आयोजना गर्छ । साथै पालिकाले लोककलाको हब भनेर नै घोषणा गरेको छ ।

थारु परम्परालाई जगेर्ना गर्न प्रत्येक वर्ष अष्टिम्कीका अवसरमा कार्यशाला सञ्चालन गर्दै आएको बताउनुहुन्छ, जानकी गाउँपालिका, कैलालीका अध्यक्ष गणेश चौधरी । “पुराना पुस्ताबाट प्राप्त सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले अष्टिम्की चित्रकला बनाउने परम्परालाई जोगाउन कार्यशाला गर्दै आएका छौँ”, उहाँ भन्नुहुन्छ, “कार्यशालामा सहभागीलाई भित्तेचित्र कसरी बनाउने, यसको महत्त्व के छ भन्नेबारेमा सिकाइन्छ ।”

जानकी गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा चित्रमा रङको संयोजन कसरी गर्ने, थारु सीप र परम्परासँग कसरी जोड्ने भन्ने विषयमा काम गर्दै आएको छ । अध्यक्ष चौधरीका अनुसार थारु समुदायको अष्टिम्की चित्रकलामा संरक्षण र व्यवसायीकरणको पहलको आवश्यकता छ । चित्रकलालाई भविष्यमा कसरी बजारीकरण गर्ने भन्ने विषयमा योजना बनाइरहेको उहाँले सुनाउनुभयो । मिथिला चित्रकलाजस्तै अष्टिम्कीले पनि बजार पाओस् भन्ने चाहना रहेको उहाँको भनाइ छ ।

यसका लागि गाउँपालिकाले अष्टिम्की चित्रकलालाई बेलाबेलामा प्रदर्शनीमा राख्ने र आगामी दिनमा कोसेली घर स्थापना गरेर बिक्री गर्ने सोच बनाएको छ ।

यसैगरी, बर्दियाको ठाकुरबाबा नगरपालिकाअन्तर्गत ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले पनि यस वर्ष तीनदिने अष्टिम्की चित्रकला कार्यशाला आयोजना गरेको छ । दुई दर्जन सहभागीले प्रशिक्षकहरूबाट सुन्दर अष्टिम्की चित्र बनाएका छन् । यसलाई अरु वर्ष पनि निरन्तरता दिइने प्रतिष्ठानका सचिव खगेन्द्र नेपाल बताउनुहुन्छ ।

बर्दियाको बारबर्दिया नगरपालिकाले थारु लोककला अष्टिम्की जोगाउन तथा यसलाई व्यापकता दिन यस वर्ष पालिकास्तरीय अष्टिम्की टिक्ना (पूजा गर्ने) कार्यक्रम गरेको छ । यसका साथै, नगरपालिकाले अतिरिक्त क्रियाकलापअन्र्तगत परम्परागत सीप हस्तान्तरणसँग सम्बन्धित विभिन्न कार्यक्रम विद्यालयहरूमा गर्दै आएको छ । नगरपालिकाका प्रशासकीय अधिकृत टीकानाथ गोसाईंले परम्परागत सीपलाई जोगाउने उद्देश्यले अष्टिम्की चित्रकला, डुना, टपरी, ढकिया बनाउनेलगायत कार्य विद्यालयलले शैक्षिक क्यालेन्डरमै समावेश गरेको बताउनुभयो । आगामी दिनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा अष्टिम्की कार्यशाला गर्ने योजना रहेको उहाँको भनाइ छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अष्टिम्की चित्रकला जोगाउन र प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले संस्कृति र परम्परा जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । “यसको संरक्षणका लागि सम्बन्धित समुदायभित्र पुस्तान्तरण हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “यही आवश्यकतालाई मध्यनजर गर्दै प्रतिष्ठानले झकझक्याउने ठाउँमा जति सम्भव हुन्छ, सहकार्यको प्रयास बढाइरहेको छ ।”

अष्टिम्की चित्रकला कार्यशालमा प्रतिष्ठानले गरेको सहजीकरणको प्रभाव राम्रो देखिएको उहाँको अनुभव छ । “लोककलाको बजारीकरण र दीगो विकासका सम्भावनालाई ध्यानमा राख्दै काम सुरू गरिएको छ । यस्ता कार्यक्रमले थारु समुदायको मौलिक शैली, लोककथा, अष्टिम्की चित्र तथा अन्य लोकचित्रकलालाई जनजीवन र सामाजिक रूपान्तरणसँग जोड्ने प्रयास गरेका छन्”, उहाँले भन्नुभयो ।

प्रशिक्षण कार्यक्रममार्फत स्थानीय कलाकार तथा नयाँ पुस्तालाई थारु चित्रकलाको महत्त्व र सीप हस्तान्तरण गरिँदै आएको छ । यसबाट राम्रो प्रभाव र सम्भावना देखिएको काफ्ले बताउनुहुन्छ । उहाँका अनुसार, लोकचित्रकलाको मौलिकता जोगाउँदै पुस्तान्तरण र दीगो विकासका लागि आम्दानीको स्रोतका रूपमा कसरी विकास गर्ने भन्नेबारे सोच बनाउन आवश्यक छ ।

अष्टिम्की चित्रकलामा थारुहरूको जीवनदर्शन स्पष्ट झल्किन्छ । थारु लोककला बाँचेको छ । यद्यपि, नयाँ पुस्तालाई यसको महत्त्व अझै पनि बुझाउन सकिएको छैन । चित्र बनाएर आम्दानी गर्न सकिन्छ भन्ने सोचको अभावले पनि यसले व्यवसायीकरणको बाटो लिन नसकेको कलाकार मित्थु थारु बताउनुहुन्छ । उहाँले अष्टिम्की कलामै धेरै पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

‘पहिले ट सिरिजल जल थल धरती, डुसरे ट सिरिजल कुश कइ डाभ’ यही श्लोकबाट अष्टिम्की गीतको सुरूआत हुन्छ । अर्थात् पहिले पृथ्वी जलैजल थियो, पछि स्थल बन्यो । कुश भन्ने वनस्पतिको पहिलो सृष्टि भयो । यसरी सृष्टिको सिर्जनाको कथाबाट अष्टिम्की गीतको प्रारम्भ भएको छ ।

सर्वहारी अष्टिम्की चित्रलाई अष्टिम्कीको अवसरमा मात्र सीमित नराखी अन्य समय पनि अभ्यासमा ल्याउन सकिए थारु कलाकारलाई अगाडि बढ्न अवसर मिल्ने बताउनुहुन्छ । प्रवर्द्धनमा सबैले आफ्नो स्थानबाट साथ दिए लोककला लोप हुन सक्ने खतराबाट जोगिने उहाँको भनाइ छ ।

संस्कृति बचाउने मनसायले मात्रै होइन, यसलाई आर्थिक अवसरमा परिणत गर्न पनि जरुरी छ । जसरी मिथिला चित्रकलाले विश्वमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ, अष्टिम्की कला भने घरकै भित्ता र पोस्टरमा सीमित हुन पुगेका छन् । यसको प्रवर्द्धनका लागि प्रचार–प्रसार, कार्यक्रम, प्रदर्शनी, अभियान तथा कार्यशालामार्फत नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्नमा भने ढिला भइसकेको छ ।

Previous Post

लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

Next Post

संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

Next Post
संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
योगिनी कप फुटबल आज फाइनल

योगिनी कप फुटबल आज फाइनल

April 12, 2026
बाँकेमा कानूनी सहायता समितिको सक्रियता

बाँकेमा कानूनी सहायता समितिको सक्रियता

April 12, 2026
त्रिशक्ति मन्दिरमा संगीतमय श्रीराम कथा

त्रिशक्ति मन्दिरमा संगीतमय श्रीराम कथा

April 12, 2026
नाट्टाले ल्यायो पर्यटन क्यालेण्डर

नाट्टाले ल्यायो पर्यटन क्यालेण्डर

April 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version