बिर्यानी र कवाफमा रंग प्रयोग गर्नेलाई ६ महिना कैद सजाय

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेले जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. ११ स्थित बिसमिल्ला होटलका संचालक विरुद्द दायर गरेको मुद्दामा बाँके जिल्ला अदालतले ६ महिना कैद र १ लाख रुपैया जरिवाना गरेको छ ।

सो होटलको स्थलगत अनुगमन निरीक्षण गर्दा विर्यानी पकाउने ठाउँ खुल्ला रहेको, शौचालयसंग जोडिएको, अत्यधिक फोहोर अवस्था रहेको, झिंगा भन्केको पाइयो, फ्रिजमा अत्यन्त फोहोर (दूषित) अवस्थामा मासु भण्डारण गरेको, Non-food grade प्लाष्टिकका भाडामा खानेकुरा (प्याज, राइता, ब्रेडक्रम, चिकन) भण्डारण गरेको, पकाएर खाने खाना बिरयानी र कवाफमा Synthetic food color प्रयोग गरेको, भण्डारण कक्ष अत्यन्त फोहोर पाइयो, खानेकुरा अव्यवस्थित गरि राखेको, कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा नै फोहोर फाल्ने, थुक्ने लगायत गर्ने गरेको पाइयो भनी गत वर्ष २०८१ जेष्ठ ५ गते मुद्दा दायर गरेको थियो ।

सो मुद्दा सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अघिल्लो आर्थिक वर्षमा कुल ६ वटा मुद्दा दायर गरेको छ ।

Exit mobile version