गैरेको नेतृत्वमा दिदी बहिनी समूहको सामूहिक दर

रमा गैरेको नेतृत्वमा दिदी बहिनी समूहको सामूहिक दर तथा तिज मिलन कार्यक्रम नेपालगन्जमा आयोजना गरिएको छ ।

तिज मिलनमा कोषाध्यक्ष दिपा न्यौपाने, लक्ष्मी पन्थीको नेतृत्वदायी भूमिकामा सबैको साथ र सहयोगमा समूहका सदस्यहरुको सहभागिता रहेको थियो ।

तिज आगामी आगामी भदौ १० गते मनाइँदै छ । त्यसअघि विभिन्न संघ, संस्थाहरुले तिज मिलन कार्यक्रम गर्दै आइरहेका छन् ।

‘परम्परागत तिज महिलाहरुका लागि भक्ति, श्रद्धा सँगै दिदीबहिनी तथा माइती भेटघाटको अवसर हो’, गैरेले भनिन् ।

Exit mobile version