महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख बुधबार दुई घण्टा बढी आफ्नो कार्यकक्षमै थुनिएका छन् । स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र बहुमुखी क्याम्पस सम्बद्ध विद्यार्थीहरूले आफ्ना मागहरू पटकपटक वेवास्ता भएको भन्दा क्याम्पस प्रमुख डा. लालमणि आचार्य सहित चार जनालाई क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
तालाबन्दीका कारण क्याम्पस प्रमुख सहित सहायक क्याम्पस प्रमुख सुवास गौतम र भुवनेश्वर लामिछाने र कार्यक्रम निर्देशक (बिसिए) कोषराज रेग्मी दुई घण्टा भन्दा बढी थुनिएका थिए ।
विद्यार्थीको तालाबन्दी पछि क्याम्पस प्रशासन र स्ववियु बीच छलफल भएको थियो । छलफलका क्रममा विद्यार्थीहरूका तत्कालै पूरा गर्न सकिने माग तत्कालै पूरा गर्ने र बाँकी मागहरू क्रमश पूरा गर्दै जाने सहमति भएको क्याम्पस प्रमुख आचार्यले जानकारी दिएका छन् ।
‘हामीले गत साउन ६ गते ५१ बुंदे माग सहित क्याम्पस प्रशासनलाई अल्मिेटम दिएका थियौं पूरा गर्न’, स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष केशर जंग शाहीले भने, ‘बुधबार पनि तालाबन्दी गर्ने योजना थिएन, तर हाम्रा मागमा पटक्कै वास्ता नगरेपछि तालाबन्दी गर्न बाध्य भएका हौं ।’
क्याम्पस प्रमुख आचार्यले विद्यार्थीहरूको माग क्याम्पसकै हितमा रहेपनि पूरा गर्न विभिन्न कठिनाई हुँदा ढिलाई भएको बताए । ‘विद्यार्थीका माग जायज छन् तर पूरा गर्न जनशक्ति, बजेट र प्रक्रियाका कारण ढिलाई भएको हो, अब क्रमशः क्याम्पसको क्षमताले भ्याएसम्म पूरा गर्दै जाने छौं’, दैनिक नेपालगन्जसँग क्याम्पस प्रमुख आचार्यले भने, ‘विद्यार्थीको माग पूरा नगर्ने भन्ने होइन, सकेसम्म पूरा गर्छौ, तर उहाँहरूले एक्कासी तालाबन्दी गर्नुभयो ।’
स्ववियु सभापति शाहीले गत साउन ६ गते माग क्याम्पस प्रशासनलाई बुझाएपछि पनि चरणबद्ध छलफल भई साउनको तेस्रो साता तत्काल पूरा गर्नुपर्ने १७ बुंदे माग बुझाएको बताए । ‘साउन २९ गते पनि छलफल गरेका थियौं, तर वेवास्ता गरिंदा तालाबन्दीसम्म पुग्नु पर्यो’, उनले भने ।
स्ववियु सभापति शाहीले आगामी भदांै १७ गतेसम्म तत्काल पूरा गर्न सकिने मागहरू पूरा गर्न भोलिदेखि नै प्रक्रिया थाल्ने सहमति भएको बताए । ‘काम गर्दा ढिलाई हुनसक्छ, पहिले जस्तै वेवास्ता गरे भदौं २०÷२२ पछि क्याम्पस प्रमुखलाई निषेध गर्छौ’, उनले दैनिक नेपालगन्जसँग भने ।
यस्तो छ, विद्यार्थीको ५१ बुंदे माग
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, पश्चिम नेपालको सबैभन्दा ठूलो शैक्षिक संस्थामध्ये एक हो । जहाँ हजारौं विद्यार्थीहरूले शिक्षा हासिल गर्दै आइरहेका छन् । ‘विशेषत निम्न वर्गीय तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूका लागि यो क्याम्पस उज्ज्वल भविष्यको आधार बनेको तथ्य सबैमा सर्वविदितै छ’, स्ववियुले क्याम्पस प्रमुखलाई बुझाएको ५१ बुंदे मागमा उल्लेख छ । महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा देखा परिरहेका विभिन्न समस्याहरूलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनलाई बुझाएको माग यस्तो रहेको छ–
१) विद्यार्थीहरूका लागि स्तरीय र सुविधा सम्पन्न खेलमैदानको निर्माण गरिनु पर्ने ।
२) सम्पूर्ण विद्यार्थीहरूका लागि अनिवार्य रूपमा डिजिटल परिचय–पत्र को व्यवस्था गरिनु पर्ने ।
३) नियमित पठनपाठनको प्रभावकारी सुनिश्चितता गरिनु पर्ने ।
४) पुस्तकालय व्यवस्थापन सुधार गरी यथाशक्य छिटो इ–लाइब्रेरीको सञ्चालन गरिनु पर्ने ।
५) सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरू त्रिविको नियमअनुसार निर्धारित कार्यसमय भित्र कार्यालयमा बस्नुपर्ने ।
६) प्रयोगात्मक अध्ययन आवश्यक पर्ने संकायका लागि आवश्यकता अनुसार प्रयोगशालाको व्यवस्था मिलाउनु पर्ने ।
७) व्यवस्थापन संकाय अन्तर्गत बिबिए, बिसिए, बिएड तथा सूचना प्रविधि अन्तर्गतका सहायक क्याम्पस प्रमुख तथा कार्यक्रम संयोजकहरूलाई विद्यार्थीहरूको माग अनुसार तत्काल परिवर्तन गरिनु पर्ने ।
३६) क्याम्पस परिसरभित्र साइकल, मोटरसाइकल र कार पार्किङका लागि सुविधा सम्पन्न र व्यवस्थित पार्किङ स्वलको व्यवस्था गरिनु पर्ने ।
३७) क्याम्पस परिसरमा अभिभावकहरूलाई बस्न मिल्ने गरी प्रतिक्षालय निर्माण गरिनु पर्ने ।
३८) सेमेस्टर प्रणालीतर्फ शैक्षिक क्यालेन्डर सार्वजनिक गरिनु पर्ने ।
३९) क्याम्पस अगाडिको सडकमा ब्रेकर निर्माण गरिनु पर्ने।
४०) परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको मितिले तीन महिनाभित्र सार्वजनिक गर्न माग गर्नुपर्ने ।
४१) राष्ट्र विकासको मूल आधार प्राविधिक तथा व्यावसायिक शिक्षा भएकोले यसको प्रवद्र्धन गर्न जोड दिनु पर्ने ।
४२) सेमेस्टर अन्तर्गतका कार्यक्रममा दक्ष तथा विषयविज्ञ प्राध्यापकद्वारा मात्र अध्यापन गराइनु पर्ने ।
४३) बिएएलएलबिका लागि एलएलएम उत्तीर्ण र बिबिए कार्यक्रमका लागि एमबिए उत्तीर्ण जनशक्तिको व्यवस्था गरिनु पर्ने ।
४४) क्याम्पसलाई गुणस्तर प्रत्याभूति गराउन आवश्यक शैक्षिक पूर्वाधार तथा समुचित शैक्षिक वातावरणको निर्माण गर्न पर्ने ।
४५) व्यावहारिक, नैतिक र सिपमूलक शिक्षा प्रदान गर्न जोड दिनुपर्ने ।
४६) स्वास्थ्य विमालाई प्रभावकारी ढङ्गले कार्यन्वयन गर्नका लागि सम्बन्धीत निकाय सँग तत्काल समन्वय गर्नुपर्ने ।
४७) क्याम्पसमा पदिय जिम्मेवारी पाएका प्रध्यापकहरू अन्य परीक्षा केन्द्रमा रनर गार्ड भएर जाने परिपार्टि अन्त्य गर्नुपर्ने ।
४८) स्नातकोत्तर तहमा कक्षा समय तालिका अनिवार्य गर्नुपर्ने ।
४९) क्याम्पस परिषर भित्र नेपाल बैंक लिमिटेडको एटिएम र क्युआर मार्फत भुक्तानी गर्ने व्यवस्था गर्नु पर्ने ।
५०) छात्रवास व्यवस्थापन गरी सञ्चालनमा ल्याउनु पर्ने ।
५१) रिसर्च टे«निङ्ग सम्बन्धी कार्यक्रम विद्यार्थीको लागि गनुपर्ने ।






























