For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, March 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सुध्रिएन सामुदायिक विद्यालयको गुणस्तर

byDainik Nepalgunj
August 31, 2025
in News, मुख्य समाचार
0 0
0
प्रदेशस्तरीय पौडीमा बाँके प्रथम
Share on FacebookShare on Twitter

आशा परियार

बाँकेमा सामुदायिक विद्यालयबाट २०८१ सालको (एसइई) परीक्षा दिने विद्यार्थीमध्ये ४७.७ प्रतिशत मात्रै उत्तीर्ण भए । एसईई परीक्षामा बाँकेबाट ८ हजार २ सय ३१ विद्यार्थी सहभागी थिए ।

सामूदायिक विद्यालयका ५ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएकोमा २ हजार ५ सय ३२ जना उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयका २ हजार ७ सय १० जना विद्यार्थी सहभागी हुँदा २ हजार ५ सय ८० जना उत्तीर्ण भए । अर्थात् उत्तीर्ण दर ९१.८ प्रतिशत देखिन्छ । समग्रमा परीक्षार्थीको उत्तीर्ण दर ६१.१ प्रतिशत रहेको छ ।

गत वर्ष सामुदायिक विद्यालयको उत्तीर्ण दर १८.१ प्रतिशत मात्र थियो भने संस्थागतको ६७ प्रतिशत थियो । संयुक्त रूपमा ३३.९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको तथ्यांक छ । सो वर्ष १६ विद्यालय (४ वटा सामुदायिक र १२ वटा संस्थागत) ले शून्य नतिजा ल्याएका थिए । यस वर्ष शुन्य नतिजा ल्याउने विद्यालय संख्या घटेर ३ (१ सामुदायिक, २ संस्थागत) मा आएको छ । अघिल्लो वर्षको तुलनामा समग्रमा सुधार देखिए पनि सामुदायिक विद्यालयको गुणस्तर भने संस्थागत विद्यालयको तुलनामा कमजोर देखिएको छ । बाँकेमा ५ सय ७० पूर्वप्राथमिक तहका सामुदायिक विद्यालय छन् । २ सय ५ संस्थागत विद्यालय छन् । १ देखि १२ कक्षासम्म सञ्चालन हुने सामुदायिक विद्यालय २४८ छन् । संस्थागत २०५ र धार्मिक विद्यालय १३१ छन् ।

उता, कक्षा १२ को परीक्षा नतिजा अनुसार बाँके जिल्लाबाट ८,९१४ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये ४७.३५ प्रतिशत (३ हजार ८ सय ६४) विद्यार्थीले उत्तीर्ण भए । पूरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या २,७८२ छ । ५ हजार ५० विद्यार्थी अनुत्तीर्ण भए ।

सरकारले शिक्षामा वर्षेनी ठूलो रकम लगानी गरेको छ । बाँके जिल्लामा विद्यालय पूर्वाधार निर्माण, पाठ्यपुस्तक वितरण, पाठ्यक्रम प्रवद्र्धनदेखि छात्रवृत्ति कार्यक्रमसम्म बजेट आउने गरेको छ । शिक्षा क्षेत्रमा राज्यको व्यापक लगानी हुँदाहुँदै पनि बाँकेका सामुदायिक विद्यालयले अपेक्षित गुणस्तर हासिल गर्न सकेका छैनन् ।

आर्थिक वर्ष २०८१÷८२ मा बाँकेमा शिक्षा क्षेत्रमा २ अर्ब ४१ करोड ३६ लाख १ सय ४७ रूपैयाँ बजेट विनियोजन गरिएको तथ्यांक छ । यसमध्ये १ अर्ब ८० करोड ८६ लाख ५४ हजार ४९१ रूपैयाँ मात्र खर्च भएकोे शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको तथ्याङ्क छ ।

व्यवस्थापन र शिक्षकको भुमिका

बाँकेमा शिक्षा क्षेत्रमा ३९ वर्ष बिताएकी शिक्षाविद् किरण आचार्यले सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा मूल कारण शिक्षक र व्यवस्थापन रहने बताउँछिन् । “शिक्षक सुध्रिए शिक्षा सुध्रिन्छ । शिक्षा क्षेत्रको समस्या शिक्षकबाट सुरु हुन्छ र समाधान पनि त्यहींबाट खोज्नुपर्छ,” उनी भन्छिन् ।

आचार्यका अनुसार सामुदायिक विद्यालयमा पढ्ने अधिकांश बालबालिका विपन्न, श्रमिक परिवारका छन् । ‘पढेर के हुन्छ ?’ भन्ने सोच बोकेका अभिभावक, असमयमा विद्यालय आउने–जाने विद्यार्थी र पाठ्यक्रममै गाह्रो सुरुवात—यी तीन तहको बोझ बोकेर सामुदायिक विद्यालयका नतिजा कमजोर आएको हो,’ उनले भनिन् । उनी भन्छिन्, ‘४५ मिनेटको पिरियड हो भने पनि आउँदा–जाँदा १० मिनेट त्यत्तिकै जान्छ, ३५ मिनेट मात्रै पढाइ हुन्छ । बालबालिकाले न त समयमै ध्यान दिन सक्छन्, न
पाठ्यक्रम बुझ्न सक्छन् ।

कक्षा १ कै पाठ्यक्रम गाह्रो बनाइएकाले सुरुवातमै विद्यार्थी हच्किन्छन्, शिक्षा प्रतिको चाख घट्छ र बोझ लाग्न थाल्छ । हामीले बालविकास र कक्षा १ मा विजय प्राप्त गर्न सकेनौँ भने, साक्षर बनाउने कुरा हावामा उड्छ । शिक्षा त तब मात्र अर्थपूर्ण हुन्छ, जब तल्लो तहबाटै आधार बलियो बनाइन्छ ।’

बाँकेमा लोकसेवाबाट प्रतिस्पर्धा गरेर आएका उत्कृष्ट शिक्षक छन् । हजारौंसँग प्रतिस्पर्धा गरी छनौट भएका शिक्षकले इमान्दारितापुर्वक दायित्व निर्वाह गरे नतिजा सुधार हुने उनको भनाई छ । उनी भन्छिन्, ‘शिक्षकले आफ्नो जिम्मेवारी चिने, आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गरे, सामुदायिक विद्यालय आफैँ उत्कृष्ट बन्छ । यदि त्यही इमानदारिता देखाइयो भने संस्थागत विद्यालयसमेत टिक्न मुस्किल पर्छ ।’

विद्यालयका प्रधानाध्यापक–हरूको भूमिकामाथि पनि आचार्यले प्रश्न गर्छिन् । उनी भन्छिन्, ‘प्रधानाध्यापकले शिक्षकसँग काम कसरी लिन सकिन्छ भन्ने हेक्का राख्नुपर्छ । शिक्षकहरूलाई केवल तालिका बनाइदिएर हुँदैन, उनीहरूको कार्यसम्पादन, अनुशासन र विद्यार्थीसँगको व्यवहारसमेत मूल्यांकन हुनुपर्छ ।’

यसमा राज्य र स्थानीय तहको सक्रिय भूमिका आवश्यक पर्ने समेत उनी बताउँछिन् । ‘नीति त बनेका छन्, तर कागजमै राखेर हुँदैन’, उनी भन्छिन्, ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारको पहिलो लाइनमा स्थानीय सरकार नै पर्छ । फोटो खिच्ने मात्र होइन, नतिजा ल्याउने काम गर्नुपर्छ ।’

सुधारको प्रयास कति पर्याप्त ?

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका इकाइ प्रमुख धनुसुदन चौलागाई बाँकेका सामुदायिक विद्यालय प्रगति उन्मुख रहेको बताउँछन् । उनी भन्छन्, ‘विगतका वर्षको तुलनामा सिकाइको गुणस्तर क्रमशः उकासिँदै गएको छ, सुधारको गति निरन्तर छ ।’ बाँकेमा शैक्षिक सुधारका लागि कुनै छुट्टै विशेष कार्यक्रम सञ्चालन नगरिए पनि संघ, प्रदेश र स्थानीय तहबाट नियमित रूपमा सञ्चालन भइरहेका सबै गतिविधिलाई शैक्षिक सुधारको एक हिस्सा मानिने उनी दावि गर्छन् । गुणस्तरीय शिक्षा केवल सरकारी योजना वा बजेटको भरमा मात्र निर्भर नहुने भन्दै उनले विद्यालयको आन्तरिक व्यवस्थापन र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक पर्ने बताए । राजनीतिक आग्रहभन्दा माथि उठेर स्थानीय जनप्रतिनिधि र व्यवस्थापन समितिले निर्णय लिनुपर्छ भन्नेमा पनि उनले जोड दिए । शिक्षकका लागि मौद्रिक र गैरमौद्रिक दुवै प्रकारका उत्प्रेरणा आवश्यक देखिन्छ । कार्यसम्पादन मूल्याङ्कनलाई वस्तुगत बनाएर, सुविधा र व्यावसायिक विकाससँग जोड्नुपर्छ । “जब शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय समुदाय एउटै उद्देश्यका लागि संगठित हुन्छन्, तब मात्र गुणस्तरीय शिक्षाको आधार बलियो बन्छ,” चौलागाई
भन्छन् ।

Previous Post

‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’

Next Post

नेपालगन्जमा राष्ट्रिय पुस्तकालय दिवस

Next Post
नेपालगन्जमा राष्ट्रिय पुस्तकालय दिवस

नेपालगन्जमा राष्ट्रिय पुस्तकालय दिवस

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

काँग्रेसको समीक्षामा ‘बबाल’

March 11, 2026
नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

नेपाल राष्ट्र बैंक नेपालगन्जका अवकाशप्राप्त कर्मचारीलाई सम्मान

March 11, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकमा एक करोड चार लाख मतगणना

March 10, 2026
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

राईको राजिनामालाई जनमतले दिएको जवाफ

March 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version