सुशान्तले सात र समृद्धिले तीन स्वर्ण
लुम्बिनी प्रदेशस्तरीय पौडी प्रतियोगितामा बाँकेले उत्कृष्ठ नतिजा हासिल गरेको छ । रुपन्देहीस्थित लुम्बिनी वल्र्ड स्कूलले आइतवार आयोजना गरेको प्रतियोगितामा बाँकेका सुशान्त बोहराले ब्वायजतर्फ सर्वाधिक ७ स्वर्ण पदकसहित प्रथम स्थान भए । गल्र्सतर्फ बाँकेकै समृद्धि न्यौपानेले तीन स्वर्णसहित उत्कृष्ठ स्थान सुरक्षित गरिन् ।
नेपालगन्ज स्वीमिङ क्लबका प्रशिक्षक चन्दूराम चौधरीको नेतृत्वमा बुटवल पुगेका बाँकेका २१ खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गरेको क्लब अध्यक्ष केशव न्यौपानेले जानकारी दिए । शनिवारमात्रै अध्यक्ष न्यौपानेले टोलीलाई शुभकामनासहित औपचारिक विदाई गरेका थिए ।
