दशैँ केवल एउटा चाड मात्र होइन यो परिवारलाई मिलन गराउने आत्मीयता साटा साट गर्ने आशीर्वाद बाँड्ने । सत्य र असत्यको लडाइँमा न्यायको विजयलाई स्मरण गराउने पर्व हो । वर्षभरि जसरी दुःख संघर्ष निराशा भए पनि दशैँ आए पछि नेपालीको अनुहारमा खुशी ल्याउने गर्छ । तर विडम्बना के छ भने जब राष्ट्र आन्दोलनको पीडामा हुन्छ विशेष गरी जेन जि पुस्ताले चलाएको संघर्षले देशलाई हल्लाएको छ उथल पुथल बनाएका छ भ्रस्ट शासकलाई थला पारेको छ । यस्तो बेला दशैँको उल्लास पनि अधुरो अपुरो देखिएको छ । तिनी कलिला ७४ जना कलिला मुनाहरू सहिद बने हजारौं घाईते भएका छ्न दुःखद परिस्थिति देखिएको छ । दशैँ गीत गाउँघरमा बज्ने ढोल मादल, दमाहा थारुहरूको दशिया गित सुदुरपश्चिम्को देउडा हुड्के र शहरभरि देखिने झिलिमिली ले रमाइलो दशै आगनमा आएको भान गराउँछ ।
जेन जि पुस्ताले गरेको सेप्टेम्बर ८ ले यो बर्षको दशै खल्लो बनाएको छ । तत्कालीन सरकारको निकम्मा कामले आज हजारौं कलिला मुनाहरू घाईते भएका छन् । उनीहरूले दशैँमा आमाबुबाको हातबाट टीका थाप्नु पर्ने हो, साथीहरूसँग पिङ खेल्नु पर्ने हो गाउँघरको मेलामा रमाउनु पर्ने हो। तर उनीहरू अस्पतालमा छ्टपटाई रहेका छ्न दशै को मुख मा अभिभावकलाई पीडा दिएको छ । आलोव घाउ बोकेर दशैँको समय अस्पतालको शैयामा बिताइरहेका छन् । कतिपय अभिभावकले दशैँमा आफ्ना सन्तानलाई अस्पतालमा भेट्ने होलान कतिपयलाई भने दशैँको मुखमै सन्तान गुमेमेको आलो घाउले बिछिप्त भएका छन् । यस्तो दशैँले खुशीभन्दा पनि गहिरो निकै नहुने पीडा ल्याइदिएको छ। हाम्रो दशैँ केवल परम्परा निभाउने औपचारिकता मात्र होईन यसले वास्तविकता नै असत्यमाथि सत्यको विजय हो ।
दशैँको मूल भावनामा अन्यायमाथि न्यायको जित असुरमाथि देवताको विजय र अन्धकारमाथि उज्यालोको प्रतीक रहेको छ । रामले रावणलाई जितेझैं दुर्गाले महिषासुरलाई परास्त गरेझैं नेपालीले पनि दशैँमा विजयको गीत गाउन सक्ने बाताबरण बनोस । तर सडकमा जेन जि पुस्ताको रगत बगिरहँदा भ्रष्टाचार र अन्यायको रावण अझै बढी दम्भ बोकेर खुले याम घुम्दा जनताको पीडा अझै अन्त्य नभएको देख्दा दशैँको त्यो विजयको अर्थ अधुरो भएको छ । यही कारण दशैँले आज हामीलाई भित्रभित्रै चसक्क दुखाएको छ । एकातिर टीका जमारासँग आशीर्वाद बाँडिन्छ अर्कोतिर आन्दोलनकारी युवाको रगतले सडक रातो भएको थियो । यही विरोधाभासले दशैँलाई केवल चाड होइन एक अमिट सम्झना बनाई रहेको छ।
दशैँले ल्याउने आशा अझै बाँकी छ । दशैँ केवल रमाइलो गर्ने समय होइन यो आत्मपरीक्षण गर्ने भविष्यप्रति दृढ संकल्प गर्ने समय पनि हो । आमाबुबाले छोराछोरीको निधारमा राखिदिने जमरा र टीकाले केवल आशीर्वाद मात्र दिन्न यो एक प्रकारको हिम्मत र प्रेरणाको प्रतीक पनि हो । आन्दोलनमा होमिएका जेन जि युवाहरूका लागि दशैँको आशीर्वादले न्याय, समानता र सुशासनको लागि अझ बलियो उर्जा देवस । दशैँले उनीहरूलाई सम्झाउँछ सत्य कहिल्यै हार्दैन, संघर्ष दीर्घकालीन भए पनि विजय अन्तत न्यायको पक्षमै हुन्छ ।
यसरी जेन जि आन्दोलनको पीडासँगै आएको दशैँ नेपाली समाजको पिडाको एक अमिट दर्पण बनेको छ । एकातिर हामी परम्परा र संस्कृतिको संरक्षण गर्दै रमाइलो गर्छौं अर्कोतिर हाम्रो वर्तमान युवा पुस्ता वास्तविकता पीडा र अन्यायका कारण छातिमा गोलि खाएर अस्पतालमा जुधिरहेका छन् । अहिलेको यो बर्षको दशै नेपाली समाजमा खुशीको प्रतीक नभई पीडाको साक्षी बनेको छ ।































