For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

तिहार र भैलो, सामाजिक रूपान्तरणको खोजी

byDainik Nepalgunj
November 12, 2025
in मुख्य समाचार, विचार
0 0
0
शुक्रबार तिहारको कुनै पर्व छैन 
Share on FacebookShare on Twitter

रुपा गहतराज

नेपाल विविध संस्कृति, परम्परा र धर्मावलम्बीहरूले भरिएको हुजातीय, बहुभाषिक र बहुधार्मिक राष्ट्र हो । यस्ता विविधताबीच चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई गहिरो बनाउने काम गर्दै आएका छन् । तिनै चाडपर्वहरूमध्ये तिहार नेपाली समाजमा अत्यन्त लोकप्रिय, रङ्गीन र अर्थपूर्ण पर्व हो । यस पर्वलाई दीपावली, यमपञ्चक वा भाइटीकाको नामले पनि चिनिन्छ । तिहार केवल धार्मिक पर्व मात्र मानिएको छैन, उज्यालो, माया, सम्मान, सह–अस्तित्व र सामाजिक चेतनाको प्रतीक हो । पाँच दिनसम्म चल्ने यस पर्वमा प्रकृति, जनावर, श्रम, परिवार र समाजसँगको सम्बन्धलाई विशेष आदरका साथ स्मरण गरिन्छ । यहाँ तिहारको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक महत्व, आधुनिक परिवेश र समसामयिक राजनीतिक सन्दर्भमा यसको सान्दर्भिकता विश्लेषण गरिएको छ ।

तिहार पर्वको उत्पत्ति र सांस्कृतिक अर्थ। तिहारको उत्पत्तिसँग यमराज र यमुनाको कथा सुन्न पाइन्छ । हिन्दू धर्मग्रन्थ अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई सात रङको टीका लगाएर दीर्घायुको कामना गरेकी थिइन् । त्यसै दिनलाई शुभ मान्दै हरेक वर्ष दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइलाई टीका लगाउने परम्परा बस्यो, जसलाई यमपञ्चक भनिन्छ । यस पर्वका पाँच दिन काग तिहार, कुकुर तिहार, गाई तिहार तथा लक्ष्मी पूजा, गोरु पूजा तथा म्हपूजा र भाइटीकाले सामाजिक र सांस्कृतिक जीवनका विभिन्न पक्ष उजागर गर्छन् । 

कागलाई सन्देश वाहक, कुकुरलाई निष्ठा र सुरक्षा, गाईलाई लक्ष्मीको प्रतीक, गोरुलाई श्रम र उत्पादनको आधार र दिदी–बहिनीलाई माया र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा मानिन्छ । यसरी तिहारले मानव,
जनावर, प्रकृति र परिवारबीचको सह–अस्तित्वलाई अभिव्यक्त गर्छ ।

नेपालमा तिहारलाई सामुदायिक उत्सवका रूपमा मनाइन्छ । घर सफा गर्ने, माटोका दियोमा बत्ती बाल्ने, रङ्गोली कोर्ने, देउसी–भैलो गाउने, गोरु पूजा गर्ने र भाइटीका लगाउने चलन छ । गाउँका बुढापाकादेखि बालबालिकासम्म सहभागी हुने यो पर्वले समुदायभित्रको आत्मीयता र सहयोगलाई बलियो पार्दछ । देउसी–भैलोले सामाजिक सम्बन्ध सुदृढ पार्दै तिहारलाई एक सामूहिक चेतनाको पर्व बनाएको छ । देउसी भैलोको पृष्ठभूमि पनि रोचक छ । सवा लाख पर्वतको खसराज्य भाइ भाग लाग्दै सिमित हुँदै गएपछि बलिराजलाई जुम्ला राज्य चलाउन गाह्रो हुन थालेको थियो । राज्यविशेक भएकै वर्ष उनले कैलाश मानसरोवरमा गएर शिवजीसँग धन सम्पतिको वर मागेका थिए । त्यसैबेला मानसरोवर छेउमा भेटिएका थपाल्या व्यासी 

समुदायको भग्रीवाल गोठालाले दिएको सल्लाहअनुसार वलिराजको फौजले ताक्लाकोटदेखि हुम्ला, मुगु हुँदै जुम्लासम्म माग्दै आउँदा धेरै धन बटुलेका थिए ।

यसैले कहाँको भैलोले के दियो भनेर कथानक कहानी पनि पुकारिन्छ । यसैगरी हिउँदमा बलिराजले काठमाडौँ पशुपतिनाथ जाने क्रममा दाङ, पाल्पा हुँदै काठमाडौँ पुग्दा त्यही प्रक्रिया अपनाएका थिए । माग्नेले माग्छन्, दिनेले आनाकानी गरे ‘हामी त्यसै आएका होइनाँै, बली राजाले पठाएका’ भनी दिन्छन् । खस देशका राजाले नै पठाएका हुन् भने भैगो त लेउ भनेर दिएको सम्पतिले राज्य चलाउने वार्षिक आधार बनेकोले भैलो संस्कृति निर्माण भएको थियो ।

आधुनिक परिवेशमा तिहार समय र प्रविधिसँगै तिहारको स्वरूपमा परिवर्तन आएको छ । दियाको स्थानमा बिजुलीले लिएको छ । रङ्गीन बत्ती प्रचलित भएका छन् । घरमै बनाइने परिकारहरूको सट्टामा बजारका मिठाई र चकलेटहरू प्रयोग हुन थालेको छ । देउसी–भैलो व्यापक बन्दै गएको छ । कतिपय ठाउँमा त यो व्यावसायिक बनेको देखिन्छ । तर, यस आधुनिकताबीच पनि तिहारको मूल भावना मेटिएको छैन । बरु वातावरणीय चेतना र मौलिक परम्परालाई पुनर्जीवित गर्ने प्रयासहरू देखिन थालेका छन् । प्लास्टिकका सजावट घटाउने, परम्परागत दिया बत्ती प्रयोग गर्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने जस्ता प्रयासहरूले तिहारलाई आधुनिकताको बीचमा पनि मौलिक बचाइ राखेका छन् ।

तिहारको विशेषता प्रकृति र मानवीय सम्बन्धप्रतिको कृतज्ञतामा निहित छ । कुकुर र कागलाई पूजा गर्नु भनेको जनावरप्रतिको माया र सहअस्तित्वलाई स्वीकार गर्नु हो । गाई र गोरुलाई पूजा गर्नु श्रम, उत्पादन र कृषिप्रति कृतज्ञता प्रकट गर्नु हो । भाइटीका त दाजु–बहिनीबीचको निस्वार्थ माया, आदर र सामाजिक

एकताको सर्वोच्च प्रतीक हो । यस पर्वले हामीलाई आत्म–आदर (म्हपूजा), श्रमको सम्मान (गोरु पूजा), समृद्धिको कामना (गाई पूजा) र पारिवारिक सम्बन्ध (भाइटीका) को महत्व सम्झाइरहेको देखिन्छ ।

समकालीन राजनीतिक सन्दर्भमा तिहार तिहारको उज्यालो केवल घरभित्र सीमित छैन; यसले समाजका अन्धकारलाई हटाउने प्रतीकात्मक सन्देश दिन्छ । आज नेपाल सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार, नातावाद, कृपावाद र असमानताले

समाजलाई कमजोर बनाइरहेको छ । माओवादी जनयुद्धले राजनीतिक रूपान्तरणको बाटो खोले पनि वास्तविक परिवर्तन अझै अपूरो छ । यस्तो बेला तिहारले चेतनाको उज्यालो बालेर नयाँ बाटो देखाउने अवसर दिन सक्छ । विश्वव्यापी जेन्जी आन्दोलनले जस्तै नेपालमा पनि नयाँ पुस्ताले प्रश्न गरिरहेको छ, परिवर्तन केबल नारामा होइन, व्यवहारमा कहिले हुन्छ ? अब समय आएको छ– संविधान संशोधन गरी जनताको अपेक्षाअनुसार पुनःपरिभाषित गर्ने, राजनीतिक स्थायित्व स्थापना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र समाजलाई समाजवादतर्फ रूपान्तरण गर्ने । तिहारमा हामीले दिने सन्देश के हो भने अन्धकार हटाउन उज्यालो बाल्नुपर्छ ।

राष्ट्र निर्माण र सामाजिक रूपान्तरण सबै नागरिकको सामूहिक जिम्मेवारी हो । जब हामी काग, कुकुर, गाई, गोरु र परिवारलाई सम्मान गर्छौं, त्यही क्षण हामी सह–अस्तित्व, श्रम र प्रेमको मूल्य अभ्यास गरिरहेका हुन्छौं । यही मूल्य नै  सामाजिक रूपान्तरणको आधार हो । समय र प्रविधिसँगै यसको स्वरूप बदलिँदै गए पनि यसको गहिरो सांस्कृतिक मूल्य अविचलित छ । अहिलेको राजनीतिक र सामाजिक सन्दर्भमा तिहारमा हामीले स्पष्ट सन्देश दिनुपर्छ– जेन्जी साथीहरु, परिवर्तन सुनिश्चित गर्ने बेला आएको छ । जेन्जी उमेर समुह हो । यस उमेर समूहले सबै दल, संघ–संस्था र समाजमा हित समूहको रुपमा काम गर्न सक्नु पर्दछ ।

देश राजनैतिक रुपमा सङ्कटमा छ । असाधारण परिस्थिति सिर्जना भएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको छ । तर नेकपा (एमाले)ले संसद् पुनस्र्थापनाको मुद्दा उठाएर बसेको छ । नेपाली काँग्रेसले निर्वाचन गर्नुपर्छ तर निर्वाचनको वातावरण बनेको छैन भनेर बीचको बाटो अपनाएको छ । नेकपा

(माओवादी केन्द्र)ले भने स्पष्ट रुपमा निर्वाचन नै अहिलेको निकास हो भनेर अपिल गरेको अवस्था छ । अरु साना दलहरु ठूला दल र सरकारको बाटो हेरेर बोलिरहेका छन् । आम नागरिकले अग्रगामी कदम छनोट गर्ने बेला यथास्थिति लम्ब्याउने र प्रतिगामी खेल खेल्ने समय दिन लगाउनेहरुबाट सचेत हुनु पर्दछ । यसका
लागि मिडिया र नागरिक समाजले सक्रियता देखाउन आवश्यक छ ।

अब संविधान संशोधन, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, नातावाद र कृपावादको अन्त्य गर्दै समाजलाई समाजवादतर्फ अगाडि लैजान नागरिक चेतना र जिम्मेवारी लिने बेला आएको छ । यसैले तिहारलाई केबल पर्वका रूपमा मात्र होइन, राष्ट्र निर्माण र रूपान्तरणको प्रेरणाका रूपमा मनाउनुपर्ने आवश्यकता आज झन् तीव्र भएको छ । उज्यालो दियोले जसरी अन्धकार हटाउँछ, त्यस्तै सामाजिक चेतनाले मात्र मुलुकको अन्धकार हटाउनसक्छ । यही अर्थमा विश्वभरका  नेपालीजनमा तिहारको हार्दिक शुभकामना !

२०८२ कार्तिक ४ गते
Previous Post

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

Next Post

‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा

Next Post
‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा

‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेतृत्व छनोट प्रक्रियामा संघ

नेतृत्व छनोट प्रक्रियामा संघ

April 11, 2026
सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

April 11, 2026
भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

भ्याट, कर र भन्सार दर घटाउन व्यवसायीको माग

April 11, 2026
गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

April 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version