पत्रकार डिल्ली शाहीमाथि कुटपिट भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु थियो । आक्रमण पछि बाँके राष्ट्रिय निकुञ्जले कुनै पनि रेसपोन्स नगरेको भन्दै आक्रोस पोखेका स्थानीयहरूले रेन्जरलाई कुटपिट गरेका हुन् ।
रेन्जरलाई कुटपिट गरेको भिडियो बनाउने क्रममा पत्रकार शाहीमाथि भिडियो डिलिट गर्न पठाई कुटपिट गरेका हुन् । उनी कोहलपुर टुडेका प्रमुख हुन् ।
राप्तीसोनारी ९ बुच्चापुरका स्थानियहरूले बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धिताललाई कुटपिट गरेका हुन् ।
समाचार संकलन गर्ने गएका कोहलपुर टुडेका पत्रकार शाहीलाई पत्रकारको परिचय पत्र देखाउँदा देखाउँदै कुटपिट गरिएको शाहीले बताएका छन् ।
घटनालाई लिएर नेपाल पत्रकार महासंघ बाँकेले घटनामा संलग्न दोषीहरूमाथि कार्वाहीको माग गर्दै स्वतन्त्र पत्रकारिताका लागि भयरहित वातावरण बनाउन बाँके प्रशासनको ध्यानाकर्षण गराएको छ ।
