‘लागुऔषध विकासको बाधक’

मदिरा र लागुऔषधको प्रयोगले समाजमा नकारात्मक प्रभाव परिरहेको भन्दै यसप्रति चिन्ता व्यक्त गरिएको छ । सोमबार सिविन नेपाल, नेपालगन्जले आयोजना गरेको ‘मदिरा र लागूपदार्थको प्रयोगः एक विकासको मुद्दा’ विषयक कार्यक्रममा वक्ताहरूले लागुऔषध तथा मदिराको बढ्दो प्रयोगले देशको विकासमै नकारात्मक प्रभाव परेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा लागुऔषध सरकारले निषेध गरेर कानुनी कारवाही गर्दै आएपछि मदिराको व्यापार वैद्य हुँदा त्यसले समाजमा नाकारात्मक असर परेको बताइएको थियो । उनीहरूले मदिरा नियमन गर्दै त्यसको पहुँच सहज हुन नदिन सरकारको ध्यान पुग्नु पर्ने बताएका थिए । ‘अभिभावकमा अत्याधिक मदिरा सेवन गर्ने प्रवृत्तिले बालबालिकाको अध्ययन, शिक्षा तथा उनीहरूको विकासमा समेत नकारात्मक असर परिरहेको छ’, कार्यक्रमका वक्ताहरूले भने ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट प्रतिनिधिमूलक सहभागिता रहेको कार्यक्रममा सिविन नेपालगन्जका प्रमुख सिद्ध राज पनेरुले मदिरा र लागूपदार्थ शारीरिक र सामाजिक दुवै दृष्टिकोणबाट प्रतिउत्पादक भएकाले यसको रोकथाम र नियन्त्रण आवश्यक रहेको बताएका थिए ।
मदिरा विक्रि, प्रयोग, विज्ञापन आदि नियमनका लागि विद्यमान कानून तथा नीतिहरूको कार्यान्वयनका गर्न स्थानीय तह तथा प्रदेश सरकारको समेत भूमिका खोजिएको उक्त अन्तरक्रियामा बोल्दै सरोकारवालाहरूले भएका कानूनहरूको कार्यान्वयन र आवश्यक नीति तथा कानूनहरूको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

पनेरुले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘मदिराको हानिकारक प्रयोगलाई नियन्त्रण गर्ने कार्यमा सरकारी निकाय, संयन्त्र, नागरिक समाज र सरोकारवालावीचको समन्वय र सहकार्य प्रवद्र्धनका निम्ति सघन छलफल आवश्यक रहेको छ ।’

मानव अधिकारकर्मी, अधिवक्ता, सञ्चारकर्मी तथा दुव्र्यसन विरुद्ध आवद्ध संघसंस्थाहरू सहभागी रहेको कार्यक्रममा बोल्दै सिविन नेपालगन्जका प्रमुख पनेरुले मदिरा सेवनको प्रवृत्ति, असर लगायतको बारेमा विभिन्न अध्ययनले देखाएका विषयवस्तु प्रस्तुत गरेका थिए ।
२०१० मा क्यान्सरबाट भएका मृत्युमध्ये ४.२ प्रतिशतको मृत्यु मदिराको सेवनले भएको थियो । न्यून आय भएका देशहरूमा गरिएको अध्ययनले ३३ प्रतिशत देखि ६९% गम्भिर दुर्घटना र घाइतेको कारणमा मदिरा रहेको देखाएको छ ।

‘गरीबी र अभावको अवस्थामा रहेका समुदायहरूमा, बालबालिकाले ठूलो जोखिम वहन गर्छन्’, पनेरुले मदिराको प्रभावबारे आफ्नो प्रस्तुति गर्दै भने, ‘आमाबाबुले बालबालिकाप्रतिको आफ्नो भूमिकालाई बेवास्ता गर्छन्, मदिरा सेवनमा आफ्नो आम्दानी वा ज्याला खर्च गर्दा घरको आर्थिक अवस्था कमजोर हुने, सो कै कारण जागिर गुम्ने जस्ता कारणहरूले बालबालिका र त्यसमा पनि विशेष गरी बालिकाहरूलाई स्कूल छोड्न बाध्य बनाउँछ ।’

अरूको मदिरा सेवनले बालबालिकालाई बाल दुव्र्यवहार र हेला, शारीरिक र भावनात्मक हानि, पारिवारिक हिंसा, शारीरिक दुव्यवहार र यौन शोषणका घटना हुने गरेको पनेरुले बताए ।

‘आमा–बाबुको पिउनेका कारणले हुने हानिः कम जन्म तौल, न्यून शब्द आईक्यू स्कोर, मामान्य विकासमा ढिलाई हुन्छ, सिमान्तीकरणमा परेका समुदाय र समूहका बालबालिकाको अधिकार अरूको पिउने कारणवाट अधिक प्रभावित हुन्छ’, पनेरु भन्छन् ।

कार्यक्रममा अधिवक्ता बसन्त गौतमले कानुनले मदिराको प्रवद्र्धन गर्ने कार्यक्रममा रोक लगाइएपनि कतिपय कार्यक्रममा प्रायोजक भई कानुन विपरित प्रवद्र्धनका गतिविधि हुने गरेको बताएका थिए । प्रयास नेपालका दिपक राज श्रेष्ठले मदिराको अत्याधिक प्रयोग र लागुऔषधलाई एकै ठाउँमा राखेर हेरिनुपर्ने बताए । समाजसेवी जयकेश सिंहले मदिराको नियमन आवश्यक रहेको भन्दै त्यसको असर बालबालिकातहसम्म पुग्ने गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । पत्रकार निरज गौतमले मदिराको बिक्रीलाई नियमन गर्न आवश्यक रहेको बताएका थिए ।

Exit mobile version