फलामे रड र गोली प्रहारबाट युवा घाइते, आइसियुमा उपचार

भावुक याेगी

फलामे रड र गोली प्रहारबाट बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँका एक युवा गम्भिर घाइते हुनुभएको छ ।

सामान्य विवाद पछि आइतबार राति सुरु भएको झगडाले कुटपिट हुँदा फलामे रड र गोली प्रहारबाट ठाकुरबाबा १ भुरीगाउँका रमेश प्रसाद तिमिल्सैना गम्भिर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । 

घाईते तिमिल्सैनालाई आइबार राती साढे ११ बजेतिर ठाकुरबाबा आधारभुत नगर अस्पतालमा प्राथमिक उपचार पश्चात राती नै नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते तिमिल्सैनाको ठाउकोमा र हातमा गम्भिर चोट लागेको छ । गम्भिर घाइते तिमिल्सैनाको आईसियुमा राखेर उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घाइतेसंगै रहनुभएका साथीले दिएको जानकारी अनुसार मिर्चेयाबाट मैनवार हुँदै भुरीगाउँ तर्फ आउने क्रममा केही युवाहरुको समूहले मैनवार गाउँ नजिक कुटपिट गर्दै टाउकोमा फलामे रड र गोली प्रहार गरेका जनाएका छन् । प्रत्यक्षदर्शी र स्थानीयका अनुसार ३ राउण्ड गोली प्रहार भएको जनाएका छन् । घाईतको हातमा दुई ठाउँमा गोली लागेको जनाएका छन् ।

गोली समेत चल्दा हातमा गोली लागेको जनाईएपनि प्रहरीले अझैँसम्म गोली चलेको पुष्टी गर्न सकेको छैन । अहिलेसम्म रड प्रहार र कुनै धारीलो हतियार प्रहार भन्ने छ, चिकित्सकले रिपोर्ट दिएपछि मात्रै गोली चलेको बारेमा थाहा हुने प्रहरीले जनाएको छ । 

ठाकुरबाबाका २५ वर्षीय तर्क भण्डारी लगायतको समूहले फलामे रड गरेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । प्रहरीका अनुसार भण्डारीसहित ८ जना माथी पीडित पक्ष घाइतेका परिवारले किटानी जाहेरी दिएका छन् ।

मुद्धा प्रकृया अघि बढाईएको छ । घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनामा संलग्न अरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

मिर्चैया गाउँमा मृत्यु भएको घरमा कुरुवा बस्न गएका बेला सामान्य विवाद भएपछि घर फर्किने क्रममा मैनवार गाउँ नजिक बाटोमा झगडा हुँदा फलामे रड र गोली प्रहार भएको हो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

फलामे रड र गाेली प्रहारबाट एक युवा गम्भीर घाइते भएकोमा संलग्नता भएकाहरुलाई तत्काल पक्राउ गर्न माग गर्दै अहिले विहान ८.३० बजे दबाबमूलक रुपमा स्थानीयले पुर्व पश्चिम राजमार्ग र भुरीगाउँ बजार १ घण्टाका लगि बन्द गरेका छन् ।

Exit mobile version