नेकपा एमाले बाँकेले आज शनिबार जिल्ला स्तरीय जनभेलाको आयोजना गर्न लागेको छ । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जनभेलालाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने जानकारी दिएका छन् ।
‘पुष्पलाल चोक र विरेन्द्रचोकबाट र्याली सुरु भएर पार्टीकार्यालयमा पुगी जनभेलामा परिणत हुनेछ’, अध्यक्ष गुरुङ्गले भने । नेकपा एमाले बाँकेको छैठौं बैठकले गत कार्तिक १८ गतेदेखि युवासँगै संवाद, वडा तथा पालिका स्तरीय भेला, बैठक गरिसकेको छ ।
अध्यक्ष गुरुङ्गले छैठौं बैठकले तय गरेको कार्यक्रम अनुसार, मंसिर २० गते युवा विद्यार्थीका प्रश्न र हाम्रो उत्तर अत्तरसंवाद कार्यक्रम सञ्चालन गरिने, मंसिर १ गते जेनजी आन्दोलनको दोषीलाई कारवाही माग गर्दै जेनजीका नाममा बाँकेका सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिइने बताएका छन् ।