जिल्ला प्रशासन कार्यालय बाँकेले राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवामा सहजता ल्याउन बिदाका दिन आज शनिबार पनि सेवा संचालन हुने जनाएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय परिचय नम्बरको आधारमा पनि मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था गरेको पृष्ठभूमिमा कार्यालयले नागरिकलाई सुविधा प्रदान गर्नका लागि शनिबारसमेत सेवा खोल्ने निर्णय गरेको हो ।
कार्यालयका प्रशासकीय अधिकृत विष्णु साहनीका अनुसार परिचयपत्र दर्ता सम्बन्धी सम्पूर्ण सेवा पनि नियमित रूपमा उपलब्ध हुनेछ । उनले सबै सरोकारवालालाई आवश्यक कागजातसहित समयमा उपस्थित हुन अनुरोध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकलाई कार्तिक १८ गतेदेखि युवासँगै संवाद, वडा तथा पालिका स्तरीय भेला, बैठक गरिसकेको छ ।
अध्यक्ष गुरुङ्गले छैठौं बैठकले तय गरेको कार्यक्रम अनुसार, मंसिर २० गते युवा विद्यार्थीका प्रश्न र हाम्रो उत्तर अत्तरसंवाद कार्यक्रम सञ्चालन गरिने, मंसिर १ गते जेनजी आन्दोलनको दोषीलाई कारवाही माग गर्दै जेनजीका नाममा बाँकेका सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिइने बताएका छन् ।